हेर्दा हेर्दै फुलबाट आकाशसम्म

-एस् बी छन्त्याल / बेल्जियम

(मैले एक दिन यी दुई जोडी लाई आकाशमा यसरि स्वच्छन्द उड्दै गर्दा क्यामरामा छोपेको थिएँ)

जीव जन्तुको आनीबानी र तिनका क्रियाकलापलाई नियाल्न सहज हुन्न । झन् मानव बस्तीदेखि टाढा बस्न रुचाउने चराहरुको जिवनचक्रलाई सींगै क्यामरामा कैद गर्नु त अझ मुस्किलको पक्ष हो । तर लगनशीलता र चाख भए असम्भव केही छैन जस्तो मलाई लाग्छ । हामी नेपालीहरूमा यस्ता विषयहरू उति चर्चा र प्रशंसाका विषय नबनेपनि वैज्ञानिक जगतमा प्रशंसनीय मानिन्छन् । तैपनि मैले झण्डै वर्ष दिनसम्म एउटै परिवारका एक जोडी चराका पछि लागेर चराको जिवनचक्रलाई फूलदेखि उडेर स्वच्छन्द आकाश रमाउन पुगुन्जेल सम्मका तस्विर कैद गरें । तिनलाई नेपालप्लसका पाठक सामु पस्किए चाखलाग्दो होला भन्ने ठानेको छु ।

अलि पछि मैले हेर्दा ति दुई जोडी मध्ये यि एक जोडी आफ्नै प्रेम र मायामा डुबेको पाएँ । ति जतिखेर’नी सँगै हुन्थे । सँगै नाच्थे, गाउँथे, चर्थे, रमाउँथे र टहलाउँथे । पछि मलाई थाह भयो- यीनलाई अंग्रेजीमा क्यानेडियन गुज भनिने रहेछ । क्यानडामा पाइने हुनाले त्यसो भनिने गरेपनि केहि वर्ष अघिदेखि यीनलाई यूरोपमा  प्रतिस्थापन गरिएको रहेछ ।

केहि समयको माया प्रिती, रमाईलो र रमझमपछि यी परिवार बनाउने ध्याउन्नमा बिभिन्न ठाउँ चहार्दै रहेछन् गूँड बनाउने सुरक्षित स्थलको खोजिमा । यी कहिले तालमा देखिन्थे, कहिले ढकमक्क फूलेको फाँटमा ।

           सुरक्षित स्थल फेला पारेपछि पोथीले लगातार केहि फुल पारिछे ।

एकदिन भने पोथी म्रिततुल्य देखिन्थी किनभने उ एक्लै फुललाई छोपेर चलमल नगरि बसेकि थिई । दशौं घण्टा फुल तताउन छोपेर बस्दा भोकाएकि पोथीलाइ आहारा लिन भाले नजिकै कतै गएको थियो ।

केहि सातामा पोथीका फुलबाट दुई बचेरा निस्किएको देखें । भाले नजिकै बसेर आफ्ना सन्तानको रेखदेख गर्थ्यो । उ पोथीलाई साथ दिईरहेको थियो बाँकी सन्तान सुरक्षित जन्माउन ।

हेर्दा हेर्दै तिनले निकै कोरले बचेरा । तुरुन्तै हिँड्न सक्ने हुने रहेछन् ती ।

पछि मैले देखें- पहिले आकाशमा देखिएका दुबै जोडीले सँगसँगै बचेरा हुर्काएका रहेछन् । अनि ति सँग सँगै थिए । एउटै संसारमा रमाईरहेका थिए । आफ्ना बचेरालाई संसार चिनाइरहेका थिए ।

आफ्ना सन्तानलाई कसैले दागा धर्न नपाउन् भनेर भाले र पोथीमध्ये एक अगाडि र अर्को पछाडि लागेर छेकेर, बचाएर राख्थे ।

न माटो, न पानीनै कहाँ पो भर हुन्छ र शत्रुको । त्यसैले ति पौडी खेल्न सिकाउनपनि अगाडि पछाडीनै लाग्थे ।

खान, बस्न, बास खोज्न, पानीमा, पाखामा सबैतिरबाट बच्न र जिउन सिकाइसकेपछि तिनले आकाशमा उड्न पनि सिकाए । अनि सारा जिवनका बाँच्ने आधार सिकाएर तिनले आफ्नै जिवन जिउन स्वच्छन्द छोडिदिए ।


  • thank you for to highly appriciate

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • राम गुरुङ

    मा त प्रकृतिको पूजारी असाध्यै मन पर्छ
    फोटा पनि सुन्दर छन्

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • सृजना रिजाल

    एक दम सुन्दर तस्बिर
    मेहनतको फल मिठो हुन्छा ददी एसबी

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sahabir

    thank you somuch SBji, really great work, nice pictures. keep continue you will achieve somehting . Really realy beautifull

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gita Sharma

    Really cute Dadi ji

    Thank you

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    ajay anjan Reply:

    gita ji tapai le sarai man pardo kura garnu hunerahe chha malai ta sarai man pareko chha saydh tapai lai dekhna napaya ra ho la ok thank for you

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bairagi maila

    नमस्ते दधि जी! great and हार्ड work एक बि जी तस्बिर हरु धेरै राम्रा छन् फेरी पनि नया कुराहरु पाइने छ भन्ने आशा मा छु र एक बि जी यो कहाँ कुन देश मा लिनु भएको होला?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    admin Reply:

    (बेल्जियममै खिच्नु भएको हो। धन्याबाद-नेपालप्लस)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • एस् बी छन्त्याल

    प्रतिकृया , सुझाब र हौसला दिनुहुने सबै मित्रहरुलाई हार्दिक धन्यवाद । आलेख ददिजीको हो र तस्वीर मैले बेल्जियममा लिएको हुँ । तस्वीरमा आलेख (कट्लाइन) लेख्ने जिम्मा मैले उहालाई नै दिएको थिए आँफैले लेख्न बलबुताले भ्याएन । आलेखको लागि ददिजिलाई धेरै धेरै धन्यवाद ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • yak dam ramro picture 6 dherai dherai dhannebad hajurlai…

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sagar sharma

    Mind blowing pictures. Thanks to both of you, एस् बी छन्त्याल jee & दधि jee for such blog.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Anuradha poudel

    Phul 4 wata ani bachha chahi 5 wata ali bhayena. Ani yeuta photoma ta hulai dekhinchha. Yo kunai park ko photo hunuparchha jaha 2 ya 3 wata gundma yekaipatak bachha koraliyeko thiyo hola.
    Maile park ma ke dekheko chhu bhane yo samuhaka thula mau harule aruka pani bachhaharulai yekai sath take care garchhan ra groupe ma rahana sikaunchhan. Tyo groupe ko photoma mauharule bachhaharulai take care garirahechhan.

    Maile parewako yek jodilai tesari nai niyalne mauka pako thiyen. Parewaharuko pani dhai aamaharu hunda rahechhan. Babu am charo khojna gayeka bela ya jiu tankauna ali para rukhako thutoma baseka bela ya pankheta sajairakheka bela yiniharule take care garda rahechhan. Je hos photole jiban ra sirjan byakta garchha; Mero man choyo. Chhantyal ji lai dhanayabad.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • santosh

    एकदम राम्रो छ . छन्त्याल जी र ददी जी लै धेरै धेरै धन्यबाद

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • बहुत राम्रो कथा बनाउनु भएछ चरा जिबनिको। राम्रो लाग्यो है।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • utam acharya

    धेरै धेरै राम्रो र तपाईहरुको लगन र परिश्रमको कारणले हामीले यति राम्रो कुरा जान्न र बुज्न पायकोमा धन्यवाद |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree