कांग्रेस भन्दा मधेशी मोर्चा पो राष्ट्रवादी ?

प्रधानमन्त्री पदका लागि कांग्रेस र माओवादीले लत्तु छाडेको देखिएको थियो । प्रजातान्त्रिक दलहरूको मत बाँडिएको मौका पारेर मधेशी मोर्चाहरूले धमिलो पानीमा माछा मार्न खोजेका थिए । सत्ताको लोभमा कतै कांग्रेस र माओवादीले मोर्चाका देश विखण्डन गर्ने सम्मका माग स्विकार गर्छन् कि भन्ने त्रास थियो । तर नेपाली कांग्रेसले भने त्यो आत्मघाती कदमलाई स्विकार गरेन । बरु केन्द्रीय समितिबाट छलफल गराएर निर्णय गर्ने र अन्य दलसितपनि छलफल गर्ने निर्णय गर्‍यो । मधेशी मोर्चाका माग कांग्रेसले अस्वीकार गरेपछि अब एनेकपा माओवादीको परीक्षा हुने भएको छ ।

मधेशीका मागलाई स्विकार गरेर भएपनि सरकार बनाउने माओवादी निर्णय प्रचण्डले गरेका थिए । तर माओवादीभित्रैपनि त्यो निक्कै आलोचित बनेको छ । माओवादीमा अहिले तिब्र छलफल भइरहेको छ । एकथरी अहिले माओवादीको सरकार नबने शान्ति संझौता टुंगोमा नपुग्ने, सेना समायोजन पनि नहुने र संविधान नबन्ने तर्क गरिरहेका छन् । अर्का थरी मधेशीका मोर्चाका मागलाई स्विकार गरेर सरकार बनाए पार्टी सँगै राष्ट्रियतापनि गुम्छ भन्ने तर्क गर्दै स्विकार गर्न नहुने अडानमा छन् ।

त्यसमा कुन पक्षले जित्छ, के निर्णय हुन्छ हेर्न बाँकी छ । तर नेपाली कांग्रेसले समेत मधेशी मोर्चाका केही माग राष्ट्रियतासित जोडिएकाले तत्काल पुरा गर्न नसकिने भन्दै अस्वीकार गरेपछि नेकपा माओवादीमाथि नैतिक दबाब पर्ने निश्चित छ । तरपनि हिजो माओवादीका नेता अग्नि सापकोटाले एमाले र मधेसवादी दलले सही निर्णय गरे राष्ट्रियताको रक्षा हुनसक्छ भन्दै ती दललाई आफ्नो पार्टीका पक्षमा उभिन आग्रह गरे । यसबाट उनको भनाईमा नेपाली कांग्रेसभन्दा मधेशवादी दल राष्ट्रियतावादी भन्न खोजेको बुझिन्छ । त्यसले पनि माओवादीले मधेशी मोर्चाका माग कतै सहर्ष स्विकार त गर्ने होइनन् भन्ने आशंका उब्जाउँछ । माओवादीको सरकार बनाउन सहयोग गरे राष्ट्रवादी र असहयोग गरे अराष्ट्रिय भन्न मिल्दैन । कुनैपनि दल राष्ट्रियताका पक्षमा कहाँ उभिन्छ भन्नेमा भर पर्छ । देशको राष्ट्रियतालाई कसैको सरकार बन्नु र नबन्नुसित मात्रै जोडेर हेर्न मिल्दैन ।

उनको त्यो भनाईसित कुनैपनि हालतमा सहमत हुन सकिन्न । किनभने राष्ट्रियताको विषयमा नेपाली कांग्रेसको अनुपातमा मधेशवादी दल हुनै सक्दैन । धेरै घुमाउरो गरि लेख्दै पर्दैन । अहिले मधेशबादी दलले राष्ट्र टुक्र्याउन मोर्चा कसेका छन् भने नेपाली कांग्रेसले त्यसको विरोध गरेको छ । मधेशी मोर्चाको बिखण्डकारी शर्तलाई अस्विकार गरेको छ ।  मधेशी मोर्चाका दलहरू प्रजातान्त्रिक धारका पार्टीहरू विभाजित भएको मौकामा देश टुक्र्याउने शर्त राखेर बसेका छन् । तिनले आम नेपालीको हितका लागि अरु कुनै माग देखेका छैनन् । तिनको पहिलो र अन्तिम भन्नु नै एउटै ध्येय छ मधेश टुक्र्याउने । अनि के ती पार्टी भन्दा अझ अराष्ट्रियतावादी हो नेपाली कांग्रेस ? सत्ता र कुर्सीकाकालागि के माओवादी नेताले यतिसम्म तल ओर्लेर कांग्रेसलाई टाढा र मधेशी मोर्चालाई नजिक बनाउन सुहाउँछ ?

  • gita khatri

    हाम्रा नेताको कुनै इज्जत नै रहेन | सत्ता लुप्प्ता मात्रै रहेछन | कुर्ची पाउनु भन्दा अर्को कुनै विकल्प नै सोच्न सकेनन | मेरो गोरुको बार्है टक्का गरेर त कसरि हुन्छ र ? मिल्ने पाटो सम्म त मिल्ने कुरा गर्नु पर्यो नी | यो मदेश बादी दल भनेको बीखण्ड कारी पार्टी हो यसमा कुनै दुइ मत छैन | मधेस बादी दलले कहीले पनि सिङ्गो नेपाल को बारेमा कुरा उठाउदैंन भने एस्तो पार्टी कसरि रास्ट्र बादी पार्टी हुन्छ | यस्ता पार्टी लाई त बीखण्ड कारी पार्टी भन्दा राम्रो होलाकी ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gita Sharma

    दाहाल चोर कति मुर्ख छ हेर त उसलाई कुर्ची भन्दा अरु केहि को मतलब छैन यस्ता लाई प्रधानमन्त्री हुन दिएर जनता ले के आसा गर्नी उसलाई त उसकै भुडी भर्दा ठिक छ !! जय पशुपति नाथ !!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Deven

    चोर प्रचंडे तैले गर्दा नेपाल को अस्तितो सबै बिलिन हुदैछ/ तलै त ढुंगा ले हानेर टुँडिखेल को बीच मा मार्नु पर्ने/ लोक प्रिय, बुद्दिमानी, शिछित बाबुराम भट्टराई लै प्रधान मन्त्रि बनाउदा तेरो बाउ को के बिग्रिन्थ्यो? नेपाल तेरो बाउ को बिर्ता होइन, अब त अति भयो/ जनता ले तलै देश निकाला गंरने दिन आउनु नै लाग्यो/ खबरदार तेस्तो कुनै सम्झौता गर्लास मधेसी हरु संग/

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    munna Reply:

    You are absolutely right Deavan ji

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bairagi maila

    बल्ल नेपाली काँग्रेस को बुद्धि फिरेको जस्तो छ, रास्त्रियताको सबालमा यो राम्रो निर्णय हो great नेपाली काँग्रेस! अब सबै दलले काँग्रेसले जस्तो सोच बनौनु पर्यो

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Prem Gurung Reply:

    NC chor haru le ke testo nirnaya garyo? Vision bina ko dalal party desh bechuwa haru le ke testo kam garyo ra great????? Waste of time. Bairagi maila Gyane maila ra Kc ko ardali jasto lagyo. Don’t mind. Jasta lai tastai.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • अनुराधा

    बुद्दी फिरे राम्रो हुन्थ्यो । धोतीका मागहरु मात्र पुरा गरेर देश उँभो लाग्दैन । धोती, कछाड, लगौटी, बुलाँकी, लुँगी भिर्ने धेरै छन् यो देशमा । यि सब बसेर साझा बिन्दुहरु नखोजे देश भँड्खालोमा जाकिन्छ । यिनको बुद्दी छिटै फर्कोस । काँग्रेस मात्र होइन एमाले बिमाले र माओवादी सबै एकै मन्छमा बसेर साझा सहमती कायम गरुन् । राष्ट्रेल एकता मागेको छ बिग्रह होइन ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • प्रचण्ड ले स्विकर्च्हन हेर्दै जाउ नत्र नियमावली संसोधन गर्नु पर्छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Balaram Thapa

    विखण्डनकारी मधेसी मोर्चा र विध्वंसकारी माओवादी बीच गठबन्धन हुने बलियो सम्भावना छ । किनकि-

    १. मधेसवादी र माओवादी दुबै जातीय र भाषिक आधारको संघीयताका पक्षधर हुन ।
    २. मधेसवादीहरु प्रकट रुपमै र माओवादी क्रान्तिकारी खोल ओढेको भारतीय दलाल हुन ।
    ३. मधेसवादीले मधेसीहरुलाई र माओवादीले आफ़्ना लडाकुहरुलाई सामुहिक रुपमा नेपाली सेनामा हुलेर सत्ता कब्जा गर्न​ चाहेका छन ।

    यी दुई राट्रघाती शक्ति मिलेर सत्तासीन भ​एमा छिट्टै नेपालको स्वतन्त्र अस्तित्व अतितको कथामा सिमित हुनेछ । अब हामीले के गर्दा ठीक हुन्छ​, कसलाई समर्थन गर्दा ठीक हुन्छ सोचौं ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Prem Gurung

    Kangress lai samarthan garne bhaneko hola mitra, tara janata le chini sakeko chha. NC chor haru jasto rastra ghati lai bujh pachaera aru lai rastraghati dekhne haru saun ma aankha futeko goru jastai ho la.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree