खुर्सानीबाट हतियार बनाउँदै भारतीय सेना
हातमा हातमा छ्यासछ्यासती भेटिने हतियार अब झन् खुर्सानीबाटै बन्ने भएपछि के होला ? हो, भारतीय सेनाले अब खुर्सानीबाट हतियार बनाउने घोषणा गरेको छ । उसले विश्वमै सबै भन्दा बढि पिरो खुर्सानी आफ्नो देशमा पाइने र त्यस्तो खुर्सानीबाट शक्तिशाली हतियार बनाउन लागेको घोषणा गरेको छ ।
पिरो खुर्सानीलाई भारतीय सेनाको डिफेन्स रिसर्च एण्ड डेभलपमेन्ट अर्गनाइजेसन भनिने प्रतिरक्षा प्रयोगशालामा लगेर परीक्षण गर्दा ग्रिनेट बनाउन सकिने तत्वहरु भारतीय वैज्ञानिकहरूले फेला पारेको हो । त्यसको पुष्टि भारतीय सेनाका प्रवक्ता कर्णेल आर कालियाले गरेका हुन् ।
त्यसलाई भारतीय सरकारले भिड नियन्त्रण गर्ने र महिलाले आत्मरक्षाका लागि प्रयोग गर्ने हतियार बनाउने योजना गरिरहेको छ । त्यस्ता हतियार भूत जोलोकिया भन्ने खुर्सानीबाट बनाउन लागेका हुन् । त्यो खुर्सानीलाई घोस्ट चिल्ली भनेरपनि चिन्ने गरिन्छ भारतमा । त्यस खुर्सानीलाई ग्रिनिच बुक अफ वर्ल्ड रेकर्डमापनि सबैभन्दा उच्चतम भनेर पहिचान गरिएको अमेरिकी मेडियाहरुले दाबी गरेका छन् ।
त्यो खुर्सानी भारतको उत्तर पूर्वी भागमा अत्याधिक चल्तीमा छ जहाँ पेटको रोग निको पार्नपनि सेवन गरिन्छ । ती खुर्सानीका बोक्रा यति कडा हुन्छन् मान्छेका छालापनि डढाउन सक्छन् । त्यसको पिरोले गर्दा ठूलो मानवीय क्षति बिनानै आतंककारीहरुलाई लघार्न र भीडलाई नियन्त्रण गर्न सकिने भएकोले निकै प्रभावकारी हुने दाबी भारतीय अधिकारीहरूले गरेका छन् ।


bhana nepama pani painchha yaho bharata lai hane aatam bomb banaunu parchha hamro satru bhaneko nai bharata ho.
मन परो वा परेन:
0
0
[Reply]