राष्ट्रिय सरकारकालागि भट्टराई-खनाल मोर्चाबन्दी
अहिले बहुमतीय सरकार आम नेपालीको भावना बिपरित हो । तरपनि एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड त्यही सरकारका लागि मरिमेटेर लागेका छन् । उता नेपाली कांग्रेसले सहमतीय सहमतीय भनेपनि ज्यान फालेर लागेको छ आफ्नै नेत्रित्वको बहुमतीय सरकारका लागि । ती दुई बाटा नेपाललाई रक्त कुण्डमा अँचेट्ने ध्येय हुन् । तर उनीहरूलाई त्यही नभै नभएझैं देखिन्छ । तिन वटै पार्टीका शक्तिशाली नेताहरू बहुमतीय सरकारका पक्षमा पलेटी कसेर लागेपनि माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराई र एमालेका अध्यक्ष झलनाथ खनालले भने राष्ट्रिय संयुक्त सरकारको लागि मोर्चाबन्दी गरेका छन् ।
तिन वटै पार्टीका शक्तिशाली नेताहरू बहुमतीय सरकारको पक्षमा जुधिरहेका बेला खनाल र भट्टराईले भने आआफ्नो पक्षबाट संयुक्त राष्ट्रिय सरकार बनाउनुपर्छ भन्दै मोर्चाबन्दी कसेका हुन् । यो मोर्चाबन्दी सांगठनिक रूपमा नभएपनि आआफ्नो पक्षबाट थालनी गरेर एकै ठाउँ उभ्याएका हुन् । आफ्नै पार्टी अध्यक्ष प्रचण्ड आफ्नो मन्त्रित्वमा बहुमतीय सरकारको लागि समर्थन जुटाउन मरिमेटेर लागेका बेला भट्टराई भने संयुक्त राष्ट्रिय सहमतिको संयुक्त सरकार हुनुपर्छ भन्दै त्यसलाई तीव्र पारेका छन् । यसले सतहमा हेर्दा खासै फरक पारे जस्तो नदेखिएपनि प्रचण्डलाई चुनौती थपेको छ । उता भट्टराईको उद्घोषले भने एमाले अध्यक्ष खनाललाई उर्जा दिएको छ ।
आआफ्नो तर्फबाट मोर्चाबन्दी गरेका उनीहरूले राष्ट्रिय संयुक्त सरकारका लागि धारणपनि समान व्यक्त गरेर दुबैले बहुमतीय सरकारका लागि चौतर्फी दबाब र आशा छरेका छन् । बहुमतीय सरकारले शान्ति संझौता टुंगोमा पुग्दैन नत संविधान नै बन्छ । शान्ति र संविधान निर्माणका लागि राष्ट्रिय बहुमतीय सरकार नभै हुन्न । कम्तीमा प्रमुख दलहरूले राष्ट्रिय सहमति कायम गरेर संयुक्त सरकार बनाउनुपर्छ भन्ने स्पष्ट अडान ती दुई नेताहरूले राखेका छन् । उनीहरूको दाबी छ- बन्ने भए यस अघिका सरकारले पनि बनाउन सक्थे । अघिल्ला दुई बहुमतीय सरकारको असफलता देखि देखि फेरी किन राष्ट्रलाई खाडलमा हाल्ने बहुमतीय सरकारकै कसरत गर्ने ?
उनीहरूले जे अडान व्यक्त गरेका छन् वास्तवमा जायज छन् । अहिले देशको खाँचो भनेको संविधान निर्माण हो तोकिएको समयमा । अनि शान्तिवार्तालाई मनासिब तरिकाले टुंगोमा पुर्याउनु हो । सबै पार्टी कार्यकर्ता, इमानदार नेता र आम जनताको चाहना पनि त्यही हो । देशलाई अग्रगमनको बाटोमा, प्रगतिको बाटोमा लैजान आधारपनि । आम कार्यकर्ताहरूले पार्टी र देशलाई जोगाउने अवसर पनि यही हो उपयुक्त दबाब दिएर ।
एमाले पार्टीमा खनाल पक्ष पेलानमा परेको छ माधव नेपाल र ओली पक्षको । उता बाबुराम भट्टराई पार्टीमा बहुमत पक्षमा नभएपनि प्रभावशाली भूमिकामा छन् । पार्टीका अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बाबुरामकै तर्कमा देखिएका छन् । यसलाई दुबै पार्टीका कार्यकर्ताले साथ र दबाब दिने हो भने नेपाली कांग्रेस र प्रचण्ड पक्षलाईपनि समझदारीमा ल्याउन सक्छ । तराई टुक्र्याउने निहित स्वार्थको चारो छरेर बसेका मधेशवादी दलका कुत्सित ध्येयलाईपनि असफल पार्ने छ । राष्ट्रिय सहमतीकालागि प्रयास गर्नेलाई बलियो बनाउने छ ।
अहिलेको अवस्थामा न त माओवादीलाई बाहिर राखेर संबिधान बन्छ । शान्ति संझौता टुंगोमा पुग्छ । नत नेपाली कांग्रेसलाई नै पाखा लगाएर त्यो संभव नै छ । राजतन्त्रलाई हातेमालो गरेर गणतन्त्र सम्मको एक साथ यात्रा गरेका यी प्रमुख तिन दल फेरीपनि एकै सूत्रमा नउनिए शान्ति संझौताले मूर्त पाउँदैन र गणतान्त्रिक संविधान बन्ने संभावनापनि छैन । त्यसैले अहिले खनाल र भट्टराईको मोर्चाबन्दि नै अहिले देशका लागि सबै भन्दा उपयुक्त मार्ग हो ।


जय होस्, छिट्टो राष्ट्रिय सरकार बनोस /
मन परो वा परेन:
0
0
[Reply]
माओबादीको पतन भई सकेको छ.जती टाउको फोरे पनि जाल्झेल गरे पनि माओबादीको सरकार एक हप्ता पनि तिक्दैन. जनताले थाहा भई सक्यो माओबादीलाइ लाठी नै लाठी हानेर खेत्नु पर्छ. माउबादी पनि अस्ति जनताले लखेटे देखि थर्कमन भई सकियो.
मन परो वा परेन:
0
0
[Reply]
Prem Gurung Reply:
July 31st, 2010 at 11:54 am
lyase kun janata le maobadi laai khedyo? Can you please tell me? Wayaat.
मन परो वा परेन:
0
0
[Reply]
जनता को लागि जुन जोगी आए पनि कानै चिरेको हो
मन परो वा परेन:
0
0
[Reply]
“भारतीय एजेन्ट रास्त्रद्रोही प्रचण्ड लाइ भारतले वास्ता गरेन”
राति राति लैनचौर धाउने महान प्रचण्ड ले भारत को योजना बमोजिम भारतमा बसेर १५ हजार नेपालि मारे, देश लाइ संघियता मा टुक्र्याए, देश मा जाति, धर्म को राजनीति घुसाएर अहिले भारतीय एजेन्ट मधेश मोर्चा को सुत्रपात गरे र अहिले नेपाल भारत् ले स्वात्तै खाइ सक्यो तर भारत् ले आफु बाट सबै फायदा लिए बापत अझै प्रधानमन्त्री नदिएको रोदन मा रास्त्रबादी हु भनेर चर्को नारा लगाउदै छन् र हामि पाडा जनता उनी लाइ हिरो देख्दचौ
आफु लाइ सर्वशक्तिमान तानाशाह बनाउने शर्त मा भारतसग प्रचण्डले राजा फाल्ने, देश टुक्र्याउने र मधेश मोर्चा तयार गर्ने सुरुंग खनेका थिए र आज भारत को सबै योजना सफल भयो अब आफु ले कबुलेको दिने पालो भारत् को थियो तर भारत् ले प्रचण्ड लाइ प्रधान मन्त्रि समेत नदिने भयो, किनकि भारत् चोर माथि को चकार धुर्त निस्क्यो त्यसैले प्रचण्ड ले यो भारतविरोधी रोदन गरेका हुन्; उनको रोदन घुर्क्याई मात्र हो;
यो सबै कुरा छर्लंग हुदा हुदै पनि अझ नबुझ्ने हामि प्रचण्ड भक्त पाडा जनता को मुख मा घास हालिदिए हुन्छ
मन परो वा परेन:
0
0
[Reply]
Your father has sold most of our river, do you have any answer for that? Can you just write a line of word about that? No…. Bull shit comment.
मन परो वा परेन:
0
0
[Reply]
Dallal kangress badi.
मन परो वा परेन:
0
0
[Reply]