ओबामा प्रशासनको अमेरिकामै विरोध

-तिर्थराज पाण्डेय / वासिङ्टन डि सि

ईराक युद्द, स्वास्थ्य विमा र गोलार्धमा ब्रिद्दी भइरहेको तापक्रम ब्रिद्दी लगायतका विषयमा अलोकप्रिय भएका पूर्व राष्ट्रपतिको तुलनामा वाराक ओबामा एकाएक लोकप्रिय बनेका थिए । ओबामाले आप्रवासीहरू प्रति अमेरिकाले न्यायपूर्ण व्यवहार गर्ने नारापनि दिएका थिए । तीनै विभिन्न कारणले गर्दा उनलाई अमेरिकी नागरिकहरुले जिताए । उनी आफैंपनि आप्रवासी मूलका हुन् । तर आची गर्‍यो दैलो विर्सियो भने झैँ उनले लिएको अध्यागमन नीति आप्रवासीमैत्री लिन सकेनन् । त्यसैको कारणले अहिले आप्रवासीहरुले उनको विरोध शुरु गरेका छन् ।

राष्ट्रपति निवास ह्वाइट् हाउस परिसरमा साँझ ३ बजे तिर अमेरिकन-इस्पेनिश समुदायका मानिसहरूको ठूलो समूह ओबामा इमिग्रेसन प्रशासनको विरोधमा नारा लगाउँदै थियो । हालसालै उनको प्रशासनले गैर कानुनी रूपमा अमेरिका बसिरहेकाहरु प्रति डिपोर्टेसन (खोजेर, पक्राउ गरेर) संबन्धित मुलुक फिर्ता पठाउने कामलाई तीव्र पारेपछि सो कामको विरुद्धमा नारा बाजीहरु हुँदै छन् । त्यसले गर्दा ओबामालाई आफूले राष्ट्रपति निर्वाचनमा गरेका बाचाहरुप्रति आदर नगरेको भन्दै आलोचना हुने देखिएको छ ।

  • suryodaya timsina baltimore

    धन्यबाद तिर्थ सर समाचार को लागि, के अब ओबामा सरकार पनि पतंन तिर लागको जस्तो छ, अब ओबामा सरकार ले सोच्न बेला आयको छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • khem

    धन्यवाद तिर्थ जी .राम्रो समाचार पस्किन्नु भयो.इम्मेग्रेशन क्याप ले सबैतिर यस्तै तहल्का मचाएको छ .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sahabir

    हामीलाई त थाहै थिएन

    अब ओबामा पनि अलोकप्रिय हुने भयो
    आफै बिदेशी भएर के गरेको उसले त्यस्तो

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • gurung pk South korea

    वावा……तिर्थ जी अब पत्रकारिता तिर हो ………अमेरिका कस्तो छ हो ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree