हिराचनका मोती जस्ता कुरा
चार दिन अघि नाकको अपरेशन गरेको दुखाई छँदै थियो । त्यही बेला शनिवार एन आर एनको युरोपेली भेला पेरिसमा पर्यो । साथीभाई आए अरू देशका । विमानस्थल जाउ, कार्यक्रम स्थल पुर्याउ, फेरी लीन जाउ साँझ । पेन किलर खाँदै भएपनि गरियो । फेरि यो नाकको अपरेसन मुख भित्रबाट गर्ने रहेछ । नाक, मुख र टाउको सबै दुख्ने । केही निल्न नहुने । जति बोल्यो उति बढि दुख्ने । शनिवार कार्यक्रम सकिएपछि फेरी साथीहरू लीन जाने क्रममा साँझ झ्वाट्ट भेट भए एन आर एन का केन्द्रीय अध्यक्ष देवमान हिराचन । एन आर एन डेनमार्कका अध्यक्ष सोम सापकोटा सँग हामी गफ गरेर बसेको ठाउँमा मिसिन आएका थिए उनी टेवलमा ‘तपाईहरुसित गफ गर्न मन छ’ भन्दै । डा उपेन्द्र महतोका कुरा त केही पटक सुनिएकै हो । चर्चा परिचर्चा अनि उनको नेत्रित्व क्षमता पनि भोगिएकै हो । तर नयाँ अध्यक्ष देवमान हिराचन होलान् कस्ता ? जिज्ञासा मलाईपनि थियो । थालियो गफ सुन्न । अति सरल रूपमा प्रस्तुत भए उनी ।
शुरुमै उनले युरोप, अमेरिका, जापान, अष्ट्रेलियातिर बस्ने साथीहरूले दुख गर्नु पर्यो भनेर गुनासो गर्न नहुने भनाई राख्न थाले । सारै सुस्तरी प्रस्तुत भएका उनले बुझाउन खोजे- यहाँ अलिकति गर्मी भए एयर कन्डिसन छ, कुलर छ । अलिकति जाडो भए हिटर छ । बिजुली बत्ती कहिल्यै जान्न । फ्रिज चौबिसै घण्टा चल्छ । जे झिकेर खाएपनि भएको छ । खोकी लागेपनि तुरुन्त उपचारको सुविधा छ । काम गर्यो, कुनै कारणले छोड्नुपरे बेरोजगार भत्ता पाइन्छ, तालिम पाइन्छ अर्को पेशा गर्न । गर्मीमा बियर, हुस्की वा कोक के खाने ? फ्रिजमा सबै छ । तर सारा अफ्रिकी, एसियातिर हेर्दा मानिसहरू खानै नपाएर मरेका छन् । ४० डिग्री तापक्रममा पसिना चुहाउँदै गह्रुँगो भारी बोक्छन् । घर नभएर सडकमा सुत्नुपर्नेहरु सडकमै किचिन्छन् । हामी यस्तो सुख सुविधाले बस्न पाउँदापनि दुखी बन्ने ? प्रश्न गर्थे । भन्थे- यो त हाम्रो भाग्गे हो भाग्गे । यस्तो सुख सुविधामा बस्न पाउनु ।
मान्छेको सोचाई बीउ, मन चाहिँ खेत
त्यति हुँदापनि किन दुखि त मान्छे ? ती सब राम्रो र नराम्रो, सकारात्मक नकारात्मक कस्तो सोचाई राख्ने भन्ने कुरा हुन् । उनी भावनात्मक बने । मान्छेको सोचाई बीउ हो भने मन चाहिँ खेत । मान्छेले खेतमा जस्तो बाली लगाउँछ त्यस्तै फल्छ । राम्रो धान फलाउनु छ भने धानको बीउ राम्रो लगेर खेतमा रोप्नुपर्यो । मकै रोपेर कहिँ धान फल्छ ? धान फलाउन त राम्रो धानको बिउ रोप्नुपर्छ । त्यसैले मनमा राम्रा कुरा सोचे राम्रै कुरा फल्छन् भने उनले । उनका कुराले हामी वरिपरि बस्नेलाई झ्याम्म लागे झैँ बनायो ।
तर के मान्छेका मनमा सधैँ सकारात्मक सोच मात्रै आउँछन् त ? हरेक मान्छेका मनमा गलत कुराहरू आउँछन् । समस्या नै समस्याको भारी र तनावले घेरेका बेला को खित्का छोडेर हाँस्न सक्छ ? हरेक मान्छेको मनमा आउँछ । पुल बाट हामफालौं की ! सडकमा गुडिरहेको ट्रक भित्र छिरेर मरौं की ? उनले आफूलाई समेत जीवनमा निकै पटक त्यस्तो सोच आएको सुनाउँदै भने- होकी होइन ल भन्नुस् त ? आउँदैन नभन्नुस् है ? सबैको मनमा आउँछ । समस्या कसलाई आउँदैन ? जसलाईपनि आउँछ । ति समस्या हल गर्ने सामर्थ्यपनि हामीसितै छ । तर हामीले ति समस्यासित नजुधेर आफैंलाई अभागी ठान्ने हो भने हामीले आफैंले आफुलाई अभागी बनाउनु हो ।
जीवनलाई गाँठो पार्न आउने समस्याहरूलाई नै गाँठो पारेर थन्क्याउन सिपालु रहेछन् उनी । समस्या आउँछन् । ताँती लागेर आउँछन् एकैचोटी । आफ्नो क्षमताले ती समस्या टार्न सकिन्न । अनि तिनले झन् घेर्छन्, अत्यास लाग्छ, हुटहुटी बढाउँछ । जति हुटहुटियो जित्दै जाने त्यही समस्याले । उ अझ थपिन्छ । कसो गर्ने ? जापानीले झैँ सुस्तरी बोल्ने उनले सुनाए- आत्तिनु हुन्न । आए पो एकैचोटि त ती समस्या । तिनलाई एकैचोटी सँगसँगै समाधान गर्नु पर्छ भन्ने छैन नि ! उनले सुझाए- ती समस्यालाई मनमा लगेर थुपुक्क गाँठो पारेर राख्ने । निक्लिन नदिने । अनि ती मध्ये एउटालाई फुकाएर समाधान गर्ने । पालैपालो मनबाट झिक्दै हल गर्दै जाने ।
त्यसै बनेको हो र आजको हिराचन ?
आजको पैसावाल देवमान हिराचन त्यसै बनेको हो र ? अब भने उनले भावुक बनाउन चाहे झैं गरे । यो ३८ वर्षको जापानी वसाईमा मैले के भोगिन ? मैले कति दुख गरेँ । कति भौँतारिएँ ? दुखका कति पानाहरू छन् । वेदना र कति छटपटीहरू काटेँ ती कि त मलाई थाह छ कि त अद्रिष्य भगवानलाई । कि त मेरो परिवार र निकट एकाध मित्रलाई । जीवनमा समस्या नभोग्ने कोही हुँदैन । हौस्याए उनले- समस्याबाट भाग्ने होइन तह लगाउने तिनलाई । जीवन र जगत भनेकै यस्तै हो । आत्तिनु हुन्न ।
उनी सकारात्मक सोचको विकास गर्न सल्लाह दिइरहन्थे । बारम्बार त्यही दोहोर्याईरहे । एउटा नेपालीको कथा सुनाउनपनि भ्याइहाले- एक पटक एउटा नेपाली केटो मेरो पसलमा आयो । उसले भन्यो-दाई मैले जापानी केटीसित बिहे गरेको । उ त हिजो मलाई छोडेर हिँडी । अब मेरो बिजोक हुने भो । मैले सुझाव दिएँ- भाई आत्तिनुहुन्न । यदि तिमीले गल्ती गरेको छ केटीलाई भने तिमीले माफी माग । होइन भने उ फर्केर आउँछ । केटो खुशि हुँदै गएको थियो । नभन्दै एक दुई दिनमा त त्यो केटी फर्केर आइछ । नेपाली केटो फेरी पसलमा भेट्न आएर भन्यो- दाई मेरो श्रीमती त आइ नि फर्केर ! हिराचन सकारात्मक सोच राख्दा सकारात्मक परिणामनै दिन्छ भन्छन् ।
जापानी लठ्याउने हिराचनका जुक्ति
करिब एक घण्टाको त्यो बसाईमा उनले साँच्चै एकाग्र बनाए । उनले भाषण मात्रै गरेनन् । बरु दिए उनले व्यापारका केही सुझाव । सुनाए जापानमा आफू कसरी सफल भएँ भन्ने पनि । भारतबाट प्रकाशित हुने कुनै एक आयुर्वेदिक पत्रिकामा पढेछन्- मान्छेको आफ्नो ग्रह अनुसार शरीरमा नौ तत्व हुन्छन् । ति ९ तत्व भए शरीरमा यस्तो यस्तो हुने भनेर लेखिएको रहेछ । कुनै चिजको शरिरमा कमी हुँदा ति मध्ये कुनै एकको अभाव खट्केको हुन्छ । गुरुहरूले मान्छेको शरीरमा देखिएका ति ९ मध्ये जुन अभाव हुन्छ त्यसैलाई माला वा केही बनाएर शरिरमा लगाउने गर्छन् । यसैलाई गज्जबको ब्यापार गर्ने सोचमा ढाले हिराचनले- ति नौ वटै तत्व भएको माला वा घण्टि बनाउने । नौ वटै तत्व एउटै मालामा राखिदिएपछि सबैलाई एउटा न एउटा त मिल्ने भयो । त्यो घण्टी भित्र अझ बुद्धको जन्मस्थलको माटोनै राखिदिएपछि ? बुद्ध जन्मे हुर्केको, उनको पैतालाले छोएको, उनले स्पर्श गरेकै धरती त्यसमा मिसाइदिएपछि बौद्दमार्गी जापानी किन भुतुक्कै नहोउन् ? त्यसले जापानमा राम्रो बजार पाएछ ।
जापानीहरू काठमाडौं बौद्दनाथको गुम्बा भनेपछि हुरुक्कै हुन्छन् । बौद्ध मन्दिरमा घुमेको, त्यहाँ गएर घुमाएका मानेहरू जापान पुग्दासम्म संझना दिलाउँछ । काठमाडौं भनेपछि बुद्धका आँखा अगाडि तीनै माने घुमाएको संझना दोहोरिन्छ । जापानीहरूको यो भावनालाई कसरी अँठ्याएर फाइदा लिने ? फुर्यो बिचार उनलाई- त्यसैको आकारमा गहना बनाइदिने । अक्किल त कति जुराए जुराए उनले ।
नेपालमा ट्रेकिङ गरेको सम्झना दिलाउन ट्रेकिङका गोरेटोभरि टार्लाङ टुर्लुङ बज्ने खच्चडको घण्टीलाई झोलामा झुण्ड्याउने साना साना घण्टि बनाइदिए । झोलाका घण्टि बज्दै जाँदा हिमालको हाँसो र छहरा छाँगाका गुनगुन पनि संझिने भए । नेपालको समग्र भावनाले साथसाथै घण्टी बजाएझैं बनाउँछ । माछापूच्छ्रे हिमाल हेर्दै क्याम्प बनाएर पालमा बसेको द्रिष्य मानसपटलमा उत्रिन्छ । त्यसले ब्यापार मात्रै दिलायो र ? नेपाल र नेपालीलाईपनि जापानमा अझ चिनाउने भयो । ७००० मिटर माथिको चौंरीका भुत्लाबाट दिनौं हिँडेर बेशीमा ओराली स्थानिय हातले उँधेका राडी कुन जापानी आँखामा नभिज्ला ? त्यसको मागलाई त उनले धान्नै नसक्ने गरि फैलाए ।
नेपाल हाँसे पो नेपाली हाँस्ने !
सकारात्मक सोच लिएर काम गरे नयाँ नयाँ बिचार र अक्किल आउँदै जान्छन् । ब्यापारकालागि नौलो सोच र अक्किल चाहिन्छ भन्छन् उनी । वर्षौं बसेर जाने बुझेका,विदेशको रहन सहनमा पारंगत भैसकेका र अक्किल अनि सिप जान्नेले नयाँ र नजान्ने अनि युवाहरूलाई सिकाउनुपर्छ भन्नेमा जोड दिँदै थिए उनी । आफूले जानेको कुरा सिकाएर कहिल्यै पछि परिँदैन । उसलाई आफ्ना बिचार ज्ञान साझेदारी गरिदिनु पर्छ । त्यसो गरे मात्रै साथी भाई, वरपरका ईष्ट मित्र सबै खुशि बन्छन् । अरुपनि सम्पन्न बन्छन् । म मात्रै धनी बनौं अरू गरिवै रहून् भन्ने धारणा राख्नुहुन्न । अरुलाई गरिव राखेर आफू मात्रै धनी हुनुको के मजा ? केको सन्तुष्टि ? उ धनी भए माग्न त पाइन्छ । आफू जस्तै गरिव भए के माग्ने ?
धनी हुँदैमा मैले के दश थान चस्मा लगाउने हो र ? पाँच वटा कोट लगाउने हो र ? खाने उही हो । लगाउने उत्तिकै हो । त्यसैले सारा नेपाली हाँस्नु पर्छ । हामीले अरू नेपालीलाइपनि कसरि हसाउने भन्ने सोच राख्नुपर्छ । हामी समग्र नेपाली नै धनी भए, सबै मिलेर हाँसे पो देशै समग्ररुपमा हाँस्छ र हामी सबै खुशि हुन्छौं । सबैका आँखामा सन्तुष्टि र आत्ममा हाँसो भरिए पो सँगै मिलेर हाँस्न पाइन्छ त ! साथीभाई धनी भए लौ न भन्न पाइन्छ खाँचो पर्दा ? ‘तपाईहरु १० जनाको बीचमा म एक्लै हाँसे भने तपाईहरुले यो हिराचन कस्तो पागल रहेछ भन्नुहुन्न ? सँगै हाँस्न पाइयो भने पो बल्ल आनन्द आउँछ होइन ?’ बेला बेला भावनात्मक हुँदै प्रश्नपनि राख्थे उनी ।
(साथीहरु प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । अन्यथा मेट्नुको बिकल्प छैन । लेखसित संबन्धित प्रतिक्रिया दिनुहोला । धन्यावाद-नेपालप्लस) ।


Impressive personality with Good thinking as if it were a real HEERA. Go ahead Hirachan with your thought but never limit your words to mere words like political figures do, always extend those words to actions. Best wishes for success in all your attempts.
मन परो वा परेन:
0
0
[Reply]
नमस्ते दधिजी! रोचक कुराहरु छन् हिराचन जी का हिरा र मोति जस्ता शब्दहरु तर बिडम्बना NRNA फ्रान्सको नेतृत्व गर्न सक्ने खुबी भएका मान्छेहरु कोहि रहेनछ भन्ने यस कार्यक्रम बाट प्रस्ट हुन्छा तेहा कार्यकर्ताका परिवार बाहेक कोहि थिएन.हिराचन जी ले मोति जस्ता शब्द तिनीहरुका व्यक्तिगत परिवारलाई सुनाएर जानु पर्यो दुख को कुरा हो….. ९०% नेपाली नगएको कार्यक्रम पनि नया राजदुतले देख्न पाउनु भयो अब त निस्पक्ष्य बस्छन कि जीवनजी…………..? अर्को कुरा एकता समाज बाट लात खाएका पनि NRNA को चकादी गरेको देखियो यो पनि खुशीको कुरा हो अर्को पटक एकता समाजले लात हानेपनि NRNA मा चान्स छ अग्रिम बधाई उहालाई! कार्यक्रममा NRNA बोर्ड का परिवार का सम्पूर्ण लाई फ्री तर public लाई सक्दो कसियो !जे होस् जनता को पैसा मा नाच्ने हो……! पेरिस का जनता को मुद्दा उठाउनु के मतलब पैसा उठाए भयो होइन हरिहर अनि अशोक्जी? हल तयारी गर्नु १९०० यूरो लाग्यो रे लल फेरी एस्तो खाने मौका कहाँ आउछ र? बल गर्नुस सक्दो बिल निकाल्नुस अनुराधा जी ले उठाएको पैसा पनि येही झोम पार्नुस कसो मान्छेले कुरा उठाउनु त सक्दैन अन्तमा जय NRNA भुडी पुजा………………………….! नारद मुनि
मन परो वा परेन:
0
0
[Reply]
laxmi gurung Reply:
August 2nd, 2010 at 11:44 pm
कुनै ब्यक्ति गएकोमा किन तेत्रो डाहा! हिराचन जस्तो अथवा अलि कामको मान्छे गएको भएपो दुख्ख मान्नु पर्यो भने! न बोलीको ठेकान न कामको ठेकान, बिच्चरा बल्ल बल्ल कागज पाएको कता ऊदौं कता ऊदौं भागो हो ! जाता जाला भातै खाला होलानी नारद जी!
जय NRN का भुँदी हरु
मन परो वा परेन:
0
0
[Reply]
सुबोध खरेल Reply:
August 5th, 2010 at 10:08 am
नारद मुनी जी
तँपाइँले उठाउनु भएको कुरा सारै चर्को सँग आयो । कुरा सहि हो एनआरएनए फ्रान्सको नेतृत्व राम्रो भएन र कार्यक्रममा परिवारका बाहेक अरु सहभागि हुन सकेनन । किनभने प्रबेश शुल्क निकै महगौ पर्यो । परिवार जति जम्मैलाई फ्रि थियो ।
अरुलाई चाँहि साँस्कृतिक कार्यक्रमले हो । कमसेकम उद्घाटन शेसन मा सबैलाई फ्रि गर्न पाको भए र त्यसपछि कार्यक्रममा बसे १५ यूरो लिने जसमा १० यूरो खानाको शुल्क र पाँच यूरोसदस्यता शूल्क गरेको भए मेरो बिचारमा धेरै सहभागिता बढ्दथ्यो । एकदमै राम्रो अबसर पेरिसका नेपालीहरुले गुमाए ।
न त कोहि सदस्य भो यत्रो कार्यक्रममा न त सहभागित बढ्यो । यो हामीलाई पनि लज्जाको कुरा भयो । केन्द्रलाईपनि लज्जाको बिषय भो । उनीहरुले पनि लाज मानेर गए । बस्ने ठाउँपनि डाँका लाग्ने ठाउँमा रैछ रे भने ।
साँस्कृतिक कार्यक्रम राख्ने नाममा गाइजात्रे हलमा कार्यक्रम भो । त्यो साँस्कृतिक कार्यक्रम पनि जम्मै किरण केसी को गित गाउने र सँगीत भर्ने कलाकार रहिछन् । किरण केसीले एनआरएनको मन्च ब्यक्तिगत रुपमा प्रयोग गरेको देखियो । देख्नुभएन किरण केसी आफ्नो गीतमा नाचेको मन्चमा ? भोलीपल्ट त एउटै पनि मान्छे थिएन बाहिरको ।
जोगिमाराका नाममा उठेको पैसा कहाँ जाला त ? यिनले आजसम्म खाएपनि एकदिन त छेर्नै पर्छ नि । त्यो त आइसिसी र अध्यक्षले छेरिहाल्छन् नि ।
कुरा त अर्को पनिछ कि देउसी भैलो त आकस्मिक कोष र दुखी गरिबकालागि उठेको हो । बरु त्यो पैसा कता गयो त्यो पनि खोज्ने हो की साथीहरुले ? गरिब गुरुवाको नाममा उठेको पैसा कता लए साँच्चि ?
मन परो वा परेन:
0
0
[Reply]
great personality. Thanks so much for bringing his thoughts and status Dadiji.We didn’t know that he is such a talent and kind person. I wait his interview in details.
Good luck for Hiachanji for his presidential time.
मन परो वा परेन:
0
0
[Reply]
ददी जी त NRN को नाम लिंदा नै टेम्पर लूज हुन्थ्यो तर आज पुप्लुक्क पुगे छनी ! जे होस् सबै ठाउँका पदाधिकारी उत्साह जनक र कर्तब्य निष्ठा छन्! तर हाम्रो फ्रान्सका पताधिकारीहरु त फोटो खिच्न र मेडियामा नाम निकालेर गरेको देखाउन मात्रा उत्साहित छन् अहिले सम्म केहि गरेको पनि छैन र गर्नेवाला पनि छैन! नाच्न जानको लागि पनि सदश्य लिनेहरु पनि छन्! यो प्रोग्रम्माता हरे बिजोक देखो! खै नेपालीहरुको उपस्थिति? बिच्चारा अनुहार कसरि देखायो होला! अरुको त कुरै छोडौं तेस्को पदाधिकारीहरु को उपस्थिति नै छैन! र उसको परिवारलाइ पनि लग्न सकेन!!!!!!!!!!!!!!!अरुलाई कसरि सहभागी गराउने? NRN नै नराम्रो होइन नै एस्लाई नेपालीको बिचमा चिनाउन सकेन, यसको महतो बुझाउन सकेन, अरुको लागि कहिल्यै केहि सोचेको र गरेको छैन! जे होस् यसपाली भुटानीहरुको मोति पनि अलि पलाएको जस्तो छ है, नेपालीनै हो र केहि बुझ्नु छ भनि सहभागी हौँ !!!!!!!!!!!!!!!!!!!!!
जय नेपाली
मन परो वा परेन:
0
0
[Reply]
helen sexy dancer Reply:
August 3rd, 2010 at 4:45 pm
Nepali hoo kehi bujjnu chh bhane tappai kin 30 tarik resident ma na ayeko? Bolaayenki ? Bichari kathaibari. tappai baat kati janna sahavagi garer lyaawanu bhyo? 95% Nepalis were absents. Hirachan mahat thapa duniyaako agadi nrn franceko beijat hunu bhayo. 95% nepali ko unpasthi clear-all nepalis hate nrn france members. management was worst. nrn france local nepali sang jhagada dushmani garer kasari chalchh.
dr.upendra mahat himself said that nobody can say if he or she is on nrn without any selfish desire.every man or woman has own self desire.
karmachari ko srimati laai ultaune paltaune ambassdor aryal pala dekhi chali raheko rato machhidranath koo jatra hoo.
मन परो वा परेन:
0
0
[Reply]
हो कार्यक्रममा लोकल सहभागिता भएन । यसको कारण त टिकट खर्च महगोँ थियो धेरै साथीका लागि । नेपालबाट कलाकार बोलाएर तामझाम गर्नुभन्दा त्यो कार्यक्रमको उद्घघाटन शेसन सबैकालागि ओपन गरेको भए फ्रान्सको इज्जत अझ बढ्ने थियो । मैले त त्यहि अनुभव गरेँ । हुन त गाना बजाना सुन्दा आनन्द आयो । यो कार्यक्रम आनन्द लिने भन्दापनि सहभागिता बढाउने खालको हुनुपर्थ्यो भन्ने मलाई लाग्छ ।
अब साथीहरुले अबस्यै समिक्षा बैठक राख्लान । बैठकमा निम्न कुरा उठ्न जरुरी छ ।
१ साँस्कृतिक कार्यक्रमको महत्व र खर्च
२ टोकन अफ लभको दूरुपयोग । हुन त मैले पनि टोकन अफ लभ पाएँ तर मलाइ मज्जा लागेन किनभने मैले यो कार्यक्रमका लागि सम्मेलनको दिनमा हल्का सघाउने बाहेक केहि काम गरेकी थिइन । आत्मा देखि भन्दा म यसको हकदार होइन । तर मैले उहाँहरुको इज्जत गर्छु ।
३ लोकल सहभागिता कम हुनुका कारणहरु
४ सल्लाहाकार राखेर कामै गर्न नदिइनुका उदेश्यहरु
५ ब्यवस्थापनका कमी कमजोरीहरु । जस्तै त्यत्रो कार्यक्रममा कुनैपनि एनआरएन सदस्यता बढाउने बिषयमा सोचिएन र लोकल मानिसलाई एनआरएनप्रति आकर्षित गराउने सूवर्ण मौका गुमाउनु । आदि आदि
मन परो वा परेन:
0
0
[Reply]
laxmi gurung Reply:
August 3rd, 2010 at 4:38 pm
अनुराधा जी
NRN को सदस्य लिएपछि ठुलो भएको ठान्छन, सहयोक र सल्लाहको लागि कोहि गए खुकुरिलियेर काट्न आएको जस्तो भाग्छन, स्तरको बिभेत गर्छन आफैले गरेको देखाउछान, भोजभतेर गरे नाच्न पनि पाउने, आफुले गरेको देखाउन माइकमा उर्दी लगाउँछ भनेर धेरै पैसा दिन्छन बरै कोहि खान, बस्न मेडिसिनको सहयोककोलागि गए नाक खुम्चाउन्छन्, NRN को पदाधिकारी भनेर बोलाउनु पर्छ नत्र बिचर पित्त खाली गरेर मुखमा ओकल्छन, आफुले गर्दा अरुको सहयोकको आस गर्छन अरुलाई गर्नुपर्दैन कत्रो बिडम्बना, अरुको समस्या थाहा पाए उसको स्तर खस्किन्छ, अझ बुझ्न गए जातै गयो, हरेदैब!!!!!!!!!!! तेसैले NRN को बारेमा उसले पनि बुझुन र अरुलाई पनि बुझाउन, अब!!!!!!!!!!!!!!!!! VISION भएको परादरसी सक्रिय ब्यक्तितोको निर्बाचनबाट छानौ, आफै बस्नु छ तेसैले उसले सदस्य पनि दिदैन होस् गर्नुस, उनीहरु केहि गर्नको लागि त्यहाँ बसेको होइन , आफ्नु नाम र गरेको देखाउनको लागि अरुसंग फोनबाट भिग मागेर गर्यक्रम गर्छन कठै अरुको भलाइको लागि होइन! देख्योनी आफ्नै परिवारहरुले मफतिमा दनगायो अरुलाई पैसा असुले!! कत्रो बुद्दिमानीहरु, लौन प्रभु येस्ता झुण्डबाट बचाउ!!!!
तेसैले निर्मल जी र अनुराधा जी ले अलि सक्रियेता बधौनेकी !!!!!!!!!!!!!!
तर टाउको फुटाउनेहरुको झुण्ड नाबनाउँ!
हे प्रभु चांडो बुद्दिमानी आओस!
जय नेपाली
मन परो वा परेन:
0
0
[Reply]
laximi gurung Reply:
August 4th, 2010 at 1:37 am
खै मा कहाँ बस्ने भनेर सोधेको झ्है लाग्थ्यो बिदेशी पाहुना संग सबैले कुरा गर्दै थिए एन आर एन को कुरा काट्दै हिड्ने र पद नपायर बौलायेकी लै पनि खै कसले टोकन ओफ लव दियछा र कुकुर ले रियल झारे झैँ हिडको देखे
प्रेसिडेन्ट बन्ने इच्छा त छैन गुड लक्
मन परो वा परेन:
0
0
[Reply]
अनुराधा पौडेल Reply:
August 5th, 2010 at 10:34 am
लक्ष्मी जी
मैले एनआरएनको पद नपाएर बहुलाएको छैन । एनआरएनएमा अझैपनि केहि पदहरु खाली छन् । तँपाइँलाई मन परे र माग गरे उहाँहरुले अझैपनि पदपूर्ती गर्न सक्नुहुन्छ। मलाई केहि साथीहरुले आउ, त्यहाँ जाउ भन्नुभएको छ । तर म गएको छैन । म पदको भोको छैन र मेरो एनआरएनको अध्यक्षमा उठ्ने कुनै लालास छैन । सबै कुरा भद्रगोल भइसक्यो र ब्यक्तिवाद उग्र रुपमा देखिएको छ । एनआरएनए फ्रान्सको कोहि मान्छेले सोचेको छ कि यो सबैको साझा सँगठन हो ? छैन । मुखले भनेर भएन ब्यवहारमा देखिएन । अब म जाँदैमा त्यहाँ परिवर्तन हुँदैन । माफ गर्नुस । सबै टीम मिलेर जानका लागि तँपाइँहरु तात्नु भो भनेमात्र हो ।
त्यहाँ परिवर्तन गर्न यूवाहरुको सँयुक्त सहभागिताको निकै खाँचो छ । अध्यक्ष एउटाले मात्रै परिवर्तन हुने होइन । त्यसको लागि उसलाई सघाउने टीम राम्रो हुनुपर्छ । हाम्रो निर्मल जी कम्ती काम गर्नुहुन्छ तँपाइँहरुलाई थाह छ ? उहाँ धेरै बेस र सहयोगी तथा केहि गरौँ भन्ने भावनाको मानिस हो । मैले त उहाँसँग काम गरेको छु नि । उहाँको भावनालाई तँपाँइ हामीले बुझ्न जरुरी छ । तँपाइहरु एकता समाजको ग्रुप नै उता लाग्नु भो । तँपाइँ हामी बाहिर बसेको मानिस एकमत भयौँ सदस्यता लियौँ निर्वाचन गर्यौ भने उँभो लाग्छ नत्र त लाग्दैन ।
तँपाइँलाई थाहै होला मैले एनआरएनए फ्रान्सबाट तँपाइँहरुको कार्यशैली चित्त बुझ्दो भएन सारै धेरै कमेन्ट मात्र गर्नु भो, काम गर्नेलाई इज्जत दिन जान्नुभएन भनेर राजीनामा दिएकी हुँ । मैले पद पाइन भनेर छोडेकी होइन । भ्रममा नपर्नुहोला । यहाँ कार्यसमिती को चुनाब हुँदा म नेपालमा थिएँ ।
म अहिले एनआरएनको मीडीया टास्क फोर्समा छु । काम गर्नेहरुलाई एनआरएनमा हजारौँ बाटोहरु छन् । यहि समितीमा बस्न पाइन भनेर रुनै पर्दैन । म पत्रकार पनि भएकोले म समितीमा बसेर यसो उसो भन्नु भन्दा मैले आफ्नै बिचार पेपरमा लेखेँ भने त्यो झन कयौँ गुना बलवानशाली हुन्छ । साथीहरुले म माथि आक्षेप नलाउनुस् ।
मैले माथि नै भनेँ त्यो टोकन अफ लभको म हिस्सेदार होइन किनभने मैले राम्रो काम गर्न पाएकी छैन । तर उहाँहरुले दिनु भो मैले नाइ भनिन । निर्मल जीले अस्ति मन्चमै बहिष्कार गर्नु भएको थियो टोकन अफ लभ । तर पछि लिनुभो । आग्रह टार्न सक्नुभएन । तर मैले माइकमा भनिन तर मन्चमा सबैका सामु भनेँ । मैलाई नदेउ भन्दा गाली पनि खाएँ एकदुइ जनाको । यसको मतलब हामीले काम गर्न पाएनौँ भन्ने हो । रिस राग होइन । सानातिना कुरा होलान् मतभेदका तर हाम्रो कुरा उही भो सहभागिता बढाउँ । एनआरएन अन्तराष्ट्रिय मन्च हो र केहि गरौँ ।
मन परो वा परेन:
0
0
अनुराधा पौडेल Reply:
August 5th, 2010 at 10:41 am
खै म कहाँ बस्ने हो भनेको त त्यो दिन मेरो काम के थियो थाह छ तँपाइँलाई ? त्यो दिन मलाई फाइनल कुरा अर्थात सम्मेलनको घोषणा पत्र लेख्ने जिम्मेवारी थियो । अरु साथीहरुसँग मिलेर । । कता बसे अरु साथिहरु मलाई थाह थिएन । नदेखेको हुनाले म बस्ने ठाउँ कता हो भनेर सोधेको मैले । केलाई र्याल चुहाउनु मैले ? हेर्नु भो त हामीले के गर्यौ भनेर ? पढ्नु भो पेरिसको घोषणा पत्र ? कसले लेखेको हो थाह पाउनु भो ? अनि ? केहि छ कि अरु ?
एनआरएनको पदमै त छु म । मिडीया टास्क फोर्सको सदस्य हुँ म । के हो मिडीया टास्क फोर्सको सदस्य तँपाइँलाई थाह छ ? कमेन्ट गर्ने भनेर जे पनि भन्न त भएन नि साथी ।
मन परो वा परेन:
0
0
laximi gurung Reply:
August 8th, 2010 at 1:46 am
तर पनि एन आर एन लै तपैले सधै बिरोध गर्नु हुन्छा मेरो भनाइ के भने एदी एन आर एन मा icc मेम्बेर र अधयेक्छ्ये ठिक छैनन् भने हामीले एन आर एन लै ठिक छैन भन्न मिल्दैन तेसैले तपाइलाई थाहा छ एन आर एन के हो भन्ने र एकता समाज के हो भन्ने आउनुहोस तपाई हाम्रा प्रोब्लेम मिलेर solve गरौ तर एन आर एन को तपैले गरेको बिरोध मा सहन सक्दिन
किनकि तपैमा कम गर्न सक्ने तागत छ तर तेस्लाई misuse नगरौ एन आर एन भनेको नेपाली हरुको सस्था हो र सबै नेपालीको हितमा कम गर्छा हामी तपाइलाई सहयोग गरछौ
मन परो वा परेन:
0
0
अनुराधा पौडेल Reply:
August 8th, 2010 at 9:26 am
तँपाइँ बल्ल लाइनमा आउनुभो । तरपनि लक्ष्मी जी मैले एनआएन फ्रान्सको बिरोध गर्दै कहाँ हिँडैको देख्नुभो तँपाइँले ? तँपाइले कसको कुरा सुन्नुभएको छ ? कहिले कुन मान्छे सँग एनसीसी फ्रान्सको बिरोध गरेको छु मैले ? मैले त्यसभित्रका केहि गन्धे बिचारहरुको बिरोध गरेको हो सँस्थाको होइन । तँपाइँको बोलीमा कता कता त्यहि गन्धे झारको डकार आयो । तँपाइँ कतै उनीहरुबाटै पोषित हुनुभको छ छैन ? छ भने बधाइ छ अर्को पटकको एनसीसी फ्रान्समा एउटा सीट यहाँलाई पक्का । किनभने अर्को पटकको एनसीसी पनि गन्धे बिचारहरुको पञ्जामा जाँदै छ र त्यसैको पूर्व अभ्यास अहिले देखिनै भइराखेको हो । निश्चयनै त्यहाँ असल साथीहरुपनि छन् तर एनसीसी फ्रान्स सीमीत भन्दापनि सिमीत ब्यक्तिको बन्दैछ । अब को उठ्दै छ एनसीसी फ्रान्सको अध्यक्ष तँपाइँलाई थाह छ ? किन बाहिरी मान्छे कार्यक्रममा आएनन तँपाइँलाई थाह छ ? किन त्यहाँ सदस्यता दिइएन तँपाइँलाई थाह छ ? किन यत्रो घिनलाग्दो राजनिति गरिँदैछ एनआरएनका नाममा ? उत्तर दिनुस त निक नाममा होइन सहि नाममा । ल हिम्मत निकाल्नुस त । मैले त मेरो बिचार खुलै राखेको छु । तँपाइँले झैँ बोल्न डराएर अर्को नाममा पनि होइन ।
मन परो वा परेन:
0
0
very nice think. still share your exprience for us.
मन परो वा परेन:
0
0
[Reply]
दधि जी नमस्कार नआरनको प्रोग्राम चलाउन अरुकोहि छैन पेरिसमा. दुताबस्कै एक जना कर्मचारीले नआरनको प्रोग्राम चलाएको पनि देखियो. त्यो पनि दस तिर मुख बिगार्दै अनि नक्कल पार्दै लादिदै दुताबास को मंची रे त्यस्तो पनि कत्ति बेला प्रोग्रम्मे बाट बाहिर निस्कनु जस्तो भयो. पेरिसको नआरन ले किन एस्तो एस्तो बेधंगी काम गर्छ ह. अनुराधा जी निर्मल जी हरु जस्तो धेरै राम्रा कार्यक्रम चलाउन सक्ने मान्छेहरु हुदा हुदै एस्तो मान्छे हरु लाइ कार्यक्रम को जिम्मा किन दिनु भाको ह नआरन का साथी हरु ले . अर्को पटक नआरन ले एस्तो प्रोग्राम गर्दा गुणस्तर मा पनि ध्यान दियोस. अनि अर्को कुरा त्यहाँ भएका स्थानीय प्रतिभा हरु लाइ मौका दिनुस. नेपाली दुताबासको कर्यक्रराम हो कि नआरन को कार्यक्रम हो कि त्यो साजा कार्यक्रम हो? थाहा नै भएन. हस त दधि ब्रो थप जानकारी हरु को अपेछ्या गर्दछु.
मन परो वा परेन:
0
0
[Reply]
admin Reply:
August 3rd, 2010 at 7:26 am
त्यो कार्यक्रम एन आर एन भन्दा पनि सांस्क्रितिक कार्यक्रम हो । तपाईले संकेत गर्न खोज्नु भएको निता श्रेष्ठलाई होला । बुझ्नु पर्ने कुरा के भने एन आर एनको परिभाषा अनुसार उहाँपनि एन आर एन मै पर्नुहुन्छ । र उहाँ दुतावसको कर्मचारी होइन । तर उहाँले कुनैपनि एन आर एनका सदस्य वा कुनै अर्को संस्थाको सदस्यको भन्दा नेपाल र नेपालकालागि निता मेडमको योगदान धेरै छ । उहाँले कुनैपनि संस्थाले आयोजना गरेको कार्यक्रमलाई उत्तिकै सहयोग गर्नुहुन्छ। कुनै ब्यक्ति विशेषलाइ मन पर्ने र नपर्ने त भैहाल्छ । कार्यक्रम एन आर एन कै मान्छेले चलाउनुपर्छ भन्नेपनि छैन । कार्यक्रम चलाउन सक्ने अरुपनि मान्छे छन् तपाईले नाम लिएका ब्यक्ति बाहेक पनि । निता श्रेष्ठको सहयोग फेरी पदमा बसेर होइन कुनै पद न ओगटीकनै हो । पदकालागि मरामार भैरहेको र पदमा पुगेर पनि केहि नगर्ने ठाउँमा कुनैपनि पदमा नबसि त्यति गर्नु धेरै हो। राम्रो कामको जसले गरेपनि प्रशंसा गर्नुपर्छ जस्तो लग्छ है-नेपालप्लस ।
मन परो वा परेन:
0
0
[Reply]
himaliman Reply:
August 3rd, 2010 at 7:37 am
दधि जी मैले कुनै व्यक्ति बिसेष लै भनेको होइन . खाली प्रोग्राम गर्दा स्तरीय होस् भन्ने मात्र हो. मान्छे जो भए पनि हुन्छ
मन परो वा परेन:
0
0
[Reply]
himaliman Reply:
August 3rd, 2010 at 8:57 am
dadhi ji maaf garnu hola malai ta nita dutabas ko karmachari bhanthaneko. ma harek palta dutabas ma jada junai bela pani nita ji lai nai dekhthe ani kam liyera jada uhale nai kam garne nagarne nirnaya garnuhunthyo. karmachari nabhayeta tyasto kam garnuhunna thiyo hola. tyahi bhayera maile dutabas ko karma chari bhanthaneko. nita ji lai mero suvakamana cha pragati ko lagi. agadi badhne manchee le aruko alochana pani sunchan. tyasaile arko patak dekhi yestai karyakram chalauda ali thos rup ma ani akarsak tarikale garnu hola. dadhi sir tapaile mero confusion lai clear garidinu bhayo thank you for that.
मन परो वा परेन:
0
0
[Reply]
admin Reply:
August 3rd, 2010 at 9:07 am
भ्रम रहन्छन् र चिर्नु पर्छ सबै भएर । समस्या हुन्छन् तर लौ बसौं सँगै चलफल गरौं भन्ने साहस हुनुपर्छ । तर सल्लाहको नाममा एकै समूह, नातापाता र परिवारका सदस्य बसेर एक ब्यक्तिको कुरा र तर्कमाथि हमला गर्ने, सबै जना एकै चोटि जाइलाग्ने गर्नुहुन्न । त्यो प्रब्रित्ति छ एन आर एन फ्रान्समा । परिवारको एक सदस्य संस्थामा भएपछि अरुले काम गर्न हुन्छ, काम गर्दैमा सबै त्यहि झुत्ति लागेर टाँस्सिनु पर्छ भन्ने छैन ।
अब रयो निता मेडमको कुरा, उहाँले नेपाल र नेपाली बहेको जुनसुकै ठाउँमापनि आफ्नो ठानेर काम गरेको जस्तो लाग्छ । दुतावास हामी सबैको साझा घर भएकोले उहाँले कर्मचारी नभैकनपनि सहयोग गर्नु राम्रो हो । प्रश्न चाहिं के भने उहाँले कसैलाई काखा कसैलाई पाखा गर्नु भयो कि भएन ? दुरुपयोग गर्नु भयो कि भएन ? भन्ने हो । यो मेरो बुझाई हो । सबैका बुझाई फरक हुन्छन् नै-नेपालप्लस
मन परो वा परेन:
0
0
एकदम राम्रो लाग्यो हिराचनजी तपाईको सोच अगाडी बढ्नुस
एन आर एन लाई राम्रोसित हाक्नुस, हामीले त चिन्नेमौका पाएकै थिएन
धनी धनी मात्रै नहेर्नुस, हामी जस्तो थोरै कमाउनेका कुरापनि सुन्नुस, समस्या बुझ्नुस, चर्का चर्का कुरा सुन्ने धनीका मात्रै राम्रो होइन, अनि एन आर एन खाली धनीले हाकेको देखिन्छा किन सधै रसियाको मान्छेहरुको मात्रै फाईफुई सुन्ने ? के एन आर एन पैसाको लागि मात्रै हो ?
मन परो वा परेन:
0
0
[Reply]
गाईजात्रा Reply:
August 3rd, 2010 at 5:57 pm
को छ त्यस्तो धनि नेपाली फ्रांसमा? यूरोको लागी नै कुकुर लडे झै लड़को हल्ला सुँदै छू ! गरीब नै गरीबबाट नेपालको नाम बेचीं धन कमायेर धनि बन्न खोज्दै होला! फ्रांसमा बसेका केही नेपालीले फ्रेंचहरुलाइ नेपालमा स्कूल बनाई दिनु पर्यो,अपांगलाइ सहयोग गर्नु पर्यो भनेर धेरै बर्ष अघि देखि चंदा उठाएर ठगेको फ्रेंचहरुबाट सुने!यस्ता किसिमको हल्ला कसैले सुने नेपाल प्लस मार्फ़त खबर गरी ठगी हिड़नेलाइ कारबाही गर्न सजिलो होला! न र न फ्रांसको गाईजात्रा धेरैले मज्जा उठाये !
मन परो वा परेन:
0
0
[Reply]
बिदेशबाट आएका न र एन पदाधिकारीलाइ यहाँको बारेमा पहिले नै खबर भएको यहाँ भुझे ! यो औति नै असफल भएको प्रोग्राम हो ! असर बिस्वमाँ बसेका न र एन नेपाली सबैलाइ लागी सक्यो ! नेपाली राज्दुताबासको सहयोग नभएको भये न र एन लड़ी सकेको छाप्रो हुन्थ्यो ! यसमा राज्दुताबासलाइ फ्रांस माँ बसेका सबै नेपालीले धन्यबाद दिनै पर्छ ! न र एन फ्रांसका पदाधिकारीको कुकर्म कामले गर्दा फ्रांसमाँ बसने नेपालीको बेइजती नै गरी दियो ! अरु देशमाँ न र एन कार्यकर्म माँ पत्रकारले लाइव टीवी प्रोग्राम हल भरी खाचा खच ! खोई तएहा ? न र एन पदादिकारी फ्रांसको अज्ञानत मुर्ख घमंडी कारण गर्दा प्रोग्राम लाजै मरो देखियो ! बिदेशबाट आएकाले भनियो ! यो कार्य्रम न र एन फ्रांस को नभई नेपाली राज्दुताबस बात गरेको जस्तै सबैले अनुभव गरे! न र एन फ्रांसले पैसा खर्च गरेर हिदनु पर्ने माँ नेपाली जनताले कर तिरेको पैसा बात नेपाली राज्दुताबासलाइ दुख दिएको फीलिंग सबैले तएहा गरे ! फ्रांस माँ बसेका नेपाली कोही उपस्थित थिएन ! नेपाली सरनाथीको बारेमा सुलुखुली गरेका हल्ला सुने! भूटानी पोल खोल्दै गरे थुप्रै भूटानीको पोल खोला ! तै चुप मई चुप भएर बसे ठीक ! चिगम ताने जस्तै तनकाए अंतरास्तिये राजनैतिक फसेर भूटानी काण्ड दुबला ! हरेक कार्यक्रमा पैसाको कुरा मात्र उठौने? गफ हकदा अरब यूरो नेपाल माँ रेमित्तांस पठौने कुरा गर्छ! १९०० यूरो कसरी पर्यो ? हल मेरी ले सित्तई दिएको हो ! भोज गर्नु पर्यो भने राज्दुताबासको घर बात भाडा कूड़ा लिएर पकावने हो ! बाकि भएको खाना घर मई लगेर तन्न खाने ! १९०० यूरोले त्येती थोरै आएका मानिसलाइ ५ स्टार माँ भोज गर्न पुग्छ ! १९०० यूरो बाट ड्रगिस्ट अफ़्रीकां अरबी जिप्सी गुंडा ल्याएर रेस्तौरांत माँ दनादन दिन पुग्छ !लक्ष्मी तपाई लाइ धनबाद छ की तपाई ले बिजोक लेखेको माँ ! यो प्रोग्राम असफल भयको माँ लाज लाग्यो! न र एन फ्रांसका पदाधिकारीले बिदेश बात आएका न र एनलाइ फ्रांसमाँ बसेका नेपाली बांदरले घर पनी बनौदिएन अरुलाइ पनी बनाउन दिदिएँ भनेर कुरा काटी हिड़ेको खबर हाम्रो कान पूगी सकेको छ ! बांदर भएको भये झगडा गरेर तमाशा देखौं सकथे! नेपाल नेपालीको बेइजती नगरु भनी बहिस्करै गरे !
मन परो वा परेन:
0
0
[Reply]
नमस्ते दधिजी! कमेन्ट हरु हेर्दा धेरै कुरा बुझियो सुनियो! कामको कारण जानु सकिएन फेरी पनि NRNA फ्रान्स लाई बधाई छ…………………. जे भए पनि उहाहरु को ईक्छा त पुग्यो होला होइन? फ्रान्स का धेरै न आएर के भयो त अन्य देश र कलाकार त टन्न आएका रहेछन नि समाचारहरु र कुराहरु बाट थाहा भयो! जे भए पनि यूरोपियेन narna भेला बनाएर नै छाड्यो यो खुशी को कुरा हो! हिराचन जी को कुरा सुन्दा खुशी लाग्यो धन्यवाद दधिजी
मन परो वा परेन:
0
0
[Reply]
laximi gurung Reply:
August 4th, 2010 at 12:54 am
कहिले सम्म अरुको टाउकोमा बसेर एकता समाज चलाउँछौ ? आफ्नो बुध्ही लगाउनु । एन आर एन र एकता समाज को भिन्नतालाई बुझ्ह अनि सुगुरको खोर बाट बाहिर आउनु । र आकाशलाई हेर्ने कोशिश गर । साएद तिम्रो बुद्दीमा घाम लाग्नेछा
आफुलाई मपाई नशोच
मन परो वा परेन:
0
0
[Reply]
admin Reply:
August 4th, 2010 at 1:54 am
(संबन्धित विषयमा कमेन्ट गर्नुहोला , लेखले छुँदै नछोएको विषयमा ब्यक्ति विशेषलाई बेक्कारमा आरोप लागएर लेखिएका कमेन्ट स्विकार्य हुने छैनन्-नेपालप्लस)
मन परो वा परेन:
0
0
[Reply]
हिराचन जी को सबै कुरा हरु ठिक्कै छन्
पेरिस मा नेपाली हरु बीच सधै झगडा मचाउने काम मात्र गरेमा सबै जना ले ठुलो नोक्सानी ब्हेहोर्नु पर्ला त्यो चाहे कुन्नै पनि समाज होस् होसियार !!!!!!!!!!!!!!!!!!!!!!!!!!
मन परो वा परेन:
0
0
[Reply]
Gitane Fr. Reply:
August 4th, 2010 at 9:22 pm
Perish don ends.
Rajan ktm
मन परो वा परेन:
0
0
[Reply]
hernus sathi haru sabai jana ko chitta bujhauna pani sakidaina tyasaile post ko pachhadi sabai jana laag6aan
मन परो वा परेन:
0
0
[Reply]
ददिजीको कलममा जादू नै छ ल ! कति मिठो छोटोपनी !
सधै रसियाली ग्रुपको किन हाली मुहाली ? यस्तो गज्जबको सोच रहेछ है हिराचनमा ! राम्रो सोचा आज राम्रोसित बुझ्न पाइयो बल्ल तपाइँ कस्तो मान्छे भनेर
मन परो वा परेन:
0
0
[Reply]
साथीहरुका प्रतिकृया पढें । म पनि पेरिस बैठकमा पोर्चुगलबाट सहभागि भएको हैसियतले मनमा लागेका केहि कुरा राख्दैछु ।
१) कार्यक्रमलाइ सफलतापुर्बक सम्पन्न गर्ने एनआरएन फ्रान्सका मित्रहरुलाइ बधाइ ।
२) ब्यवस्थापकिय पक्षमा केही कमजोरीहरु रहे पनि ब्यस्त समयको बावजुत आयोजकहरुको खटाइ स्मरणिय छ ।
३) स्थानिय सहभागिता कम भएको प्रष्ट अनुभुत भयो । कम से कम उदघाटन समारोहमा फ्रान्समा रहेका सम्पुर्ण संघसंस्थाहरुका प्रमुखहरुलाइ सहभागी गराउन सकेको भए उपयुक्त हुन्थ्यो ।
४) आफु बसेको देशमा संसार भरिबाट पाहुना आउदा स्वागत गरि छलफल अन्तरकृयामा सहभागि भएको भए एनआरएन फ्रान्सको सदश्य नभएका मित्रहरुलाइ पनि अवश्य केहि फाइदा नै पुग्थ्यो ।
५) कार्यक्रममा सक्रियता पूर्वका खटेका स्वयम्सेवी मित्रहरुलाई हतोत्साही पार्ने खालका टिप्पणीहरु नकारात्मक सोचका परिचायक मात्र हुन ।
अन्तमा -
बिरोधका मात्रै गाथा लेख्नेहरु धेरै भए
आफ्नो आङ्को भैंसी छाडि, जुम्रा देख्ने धेरै भए ।
- भीम के सी कमल
लिस्बन, पोर्चुगल
मन परो वा परेन:
0
0
[Reply]
अंजू रिमाल ! लिस्बोन , पोर्तुगाल Reply:
August 6th, 2010 at 4:25 pm
भीमजी नमस्कार तपाई जून गाऊमा जानू छैएन त्यों गाऊको ठेगाना मागेर नहिदे उचित होला! तपाई नेपालको गाऊमा सिंगान खाएर बसी राखेका बेला फ्रांसमा नेपालीहरुले घर जगा किनेर बसि सकेका थिए! तपाईले सिच्छा होइएन तपाईले सिच्छा सिक्नु पर्ला जस्तो लाग्छ ! तिनीहरुदेखि भर्खरै आएका जसले ये एन र का पदादिकारी नचिनेका पनि आएका छैएन ! पकैपनि तएहा ये एन र भित्र गलत भएकाले नै नेपाली कोही अएन! भोली तपाईले पोर्तुगालमा गरेको कार्यक्रममा कोही नआए के भन्नु हुन्छ ? हामी २ बर्ष फ्रांसमा बसेर आएको पोर्तुगालमा इम्मिग्रासन खोले पच्छी यही लिस्बोनमा ! हामीलाइ फ्रांसको बारेमा सबै थाहा भएकोले ये एन र को बिरुद्ध नेपालीले देखाएको बिरोध जाएज छ! यसमा तपाई पनि समर्थन दिन पर्छ ! पहुनालाई आदर गर्ने कुरामा पहुनाले पनि अरुलाइ आदर दिनुस! तपाईले सोचेको भन्दा आदर सम्मान फ्रांस पोर्तुगालमा नेपालीबाट पाउने छन ! ये एन र फ्रांसका पदादिकारीले राजीनामा दिए उचित होला ! नत्र धीर्नाको आगो फैलेर ये एन र सस्थालाइ धक्का पुगला ! यसो चाही नहोस !
मन परो वा परेन:
0
0
[Reply]
अंजू रिमाल ! लिस्बोन , पोर्तुगाल Reply:
August 6th, 2010 at 4:56 pm
भीमजी नमस्कार तपाई जून गाऊमा जानू छैएन त्यों गाऊको ठेगाना मागेर नहिदे उचित होला! तपाईले नेपालीलाइ किन सदस्य नदिएको नसोधेको ? तपाईको सरीरमा जुमरा नभएको जस्तै अरुको वकालत नगर्नुस ! तपाई नेपालको गाऊमा सिंगान खाएर बसी राखेका बेला फ्रांसमा नेपालीहरुले घर जगा किनेर बसि सकेका थिए! तपाईले सिच्छा होइएन तपाईले सिच्छा सिक्नु पर्ला जस्तो लाग्छ ! तिनीहरुदेखि भर्खरै आएका जसले ये एन र का पदादिकारी नचिनेका पनि आएका छैएन ! पकैपनि तएहा ये एन र भित्र गलत भएकाले नै नेपाली कोही अएन! भोली तपाईले पोर्तुगालमा गरेको कार्यक्रममा कोही नआए के भन्नु हुन्छ ? हामी २ बर्ष फ्रांसमा बसेर आएको पोर्तुगालमा इम्मिग्रासन खोले पच्छी यही लिस्बोनमा ! हामीलाइ फ्रांसको बारेमा सबै थाहा भएकोले ये एन र को बिरुद्ध नेपालीले देखाएको बिरोध जाएज छ! यसमा तपाई पनि समर्थन दिन पर्छ ! पहुनालाई आदर गर्ने कुरामा पहुनाले पनि अरुलाइ आदर दिनुस! तपाईले सोचेको भन्दा आदर सम्मान फ्रांस पोर्तुगालमा नेपालीबाट पाउने छन ! ये एन र फ्रांसका पदादिकारीले राजीनामा दिए उचित होला ! नत्र धीर्नाको आगो फैलेर ये एन र सस्थालाइ धक्का पुगला ! यसो चाही नहोस ! हामीले देखे भंगारा छाती भएका भुसुना द्वारपाल ! भर्खरै आएका नादान बालक तोते कही काम देला कही सहयोग पाउला आशामा ! सित्तई लगेर पदादिकरिले जोतौन्च्छ! हंदर खाए पछि बिरोध गरिहाल्छ ! त्यों हामी देखि पाई राखेका छू ! बरु अस्ति आएका पहुना कोही नाफर्केर ट्येह लुकेर सर्नाठी लिने हल्ला सुने ! फ्रांसको विशा पाउना sajilo छिएन ! वीसा घुम्न मौका पारेर फ्रांस छिरेका पहुनाहरु ! पोलैंड, उक्रेन , क्रोतिया, बेल्ग्रदे गरीब यूरोपको देशमा ये एन र को कार्यक्रम गरेको भए यसरी सबै पहुना औन्ठे अमेरिका जापान रुस्सियाबाट ??? दुनिया मतलबी !!!
मन परो वा परेन:
0
0
[Reply]
यो सारा प्रतिकृया हेर्दा थाहा हुन्छ फ्रान्स मा भएका नेपाली हरु मा के के कुरा को भिन्नता छ भनेर ।एक दुइ लाई छोडेर सबै स्ंस्था हरु आर्थिक हिसाब किताब सबै को सामु प्रस्ट पार्दैनन ।सहयोग माग्दा नि गरे गर नगरे नि नगर गर भन्ने ताल ले माग छन ।राजा मरेर गद्दी खाली हुँदैन भन्छन ।अनी को जान्छ सहयोग गर्न लाई ।जे होस हामी सबै ले मिलेर फ्रान्स मा भएको नेपाली हरु को राम्रो पहिचान बनाउनु पर्ने हो ।अब आउने युबा पुस्ता मा नेपाली भाषा ,कला ,सँस्कृती को बारे मा ज्ञान बढाउनु पर्ने हो ।ति नेपाली कलकार हरु लाई पो नराम्रो लाग्यो होला त ।ल अब एक पल्ट सबै यहाँ भएका नेपाली हरु ले बिचार गर्नु पर्ने हो पछी आउने समय मा के गर्ने भनेर ।जुन जुन संस्था ले आफ्नो हिसाब किताब र लक्ष्य पुरा गरेको देखिन्छ उसै लाई समर्थन गर्ने हो ।हो कि होइन साथीभाइ हरु ले बिचार गर्नु ।जय नेपाल
मन परो वा परेन:
0
0
[Reply]
निर्मल घिमिरे Reply:
August 8th, 2010 at 9:12 am
शुरेस तपाईपनि आ उनुभएन नी त कार्यक्रममा । अब सँघसँस्थाले हिसाब देखाएनन भनेर कार्यक्रममा नआउने कुरा भएन नि । तपाईले भनेको सहि हो नेपालीका लागि गरिएका कुनै पनि सँगठनका कार्यक्रमको हिसाब किताब यहाँको कुनै पनि नेपाली र दुताबासलाई थाह छैन । एकता समाज बाहेक सबै सँस्था दुताबासको छत्र छायाँमा खुलेकोले हामीले हिसाब किताब दुताबास सँग माग्ने हो अब । किनभने हामीलाई के थाह यिनले दुताबासलाई पो पैसा खुवाएका छन् कि ।
मन परो वा परेन:
0
0
[Reply]
aruna, nantes. Reply:
August 8th, 2010 at 5:20 pm
ghus vratachar?.europ nepalee sabaie darkhart chithi, fax banai rasta pati, pradhan mantri, para rast mantri ,akhtiyor kasu?
मन परो वा परेन:
0
0
[Reply]
दधि जी धन्यबाद सबै जना नेपाली हरु लै फोरम दिएको मा. मलाई हाम्रो एन आर एन ले गरेको ठिकै लग्यो. तर कार्यक्रम संचालिका को धार्रा देखेर दिक्क्का लग्यो. पेरिस मा अरु को हि छैन. एस्तो ढोंगी मंची हरू लै किन नेपालको प्रतिस्थ को जिम्मा दिन्चन. येस्तई तान्त्रिक हरु ले चलाउने हो नेपाल को कार्यक्रम. यो कुरा मलाई चित्त बुजेना. यो कमेन्ट लै नकाटी किन राखिदिनु होला/.
दधि जी ले गरेको सबै काम को लागि धन्यवाद. सफलताको कामना गर्दा छु.
मन परो वा परेन:
0
0
[Reply]
ओ सुरेश मलाई तिम्रो कमेन्ट ठिक लग्यो है. के छ भाइ. तिमि किन अलि निस्क्रिय भाको. तिमि एस्तो राम्रो मंची सक्रिय मान्छे जसले जे भने पनि आफ्नु बाटो मा राम्रो संग लाग. तिम्रो भबिस्य राम्रो छ.
मन परो वा परेन:
0
0
[Reply]
फ्रान्स का नेपाली हरु लाई धन्यवाद ! कार्यक्रम लाई भन्दा भुढ़ी भर्न महत्व दिनेहरुको जति
तारिफ गरे पनि कम छ कार्य क्रम स्थल खाली तर रेस्टुरा मा सितैमा ज्युनार गर्न भने अटाई
न अटाई तीनसय भन्दा बढी व्यक्ति हरु को उपस्थिति थियो ! मैले बुझ्न सकिन !
मन परो वा परेन:
0
0
[Reply]
Gabbar Reply:
August 7th, 2010 at 6:16 pm
Naam thar toker comment Lekhanu bhyekoma Dhanybad.Tapai akrosit hunuhunchh.Hami sadharn Gali garnus. Hami risaudin. VIP pahuna aayekale “Bhudi” sabda gali dekhiyo. Gayer Mafi magnus.
Hami kohi thiye?.Local Nepali kohi aayeka thiyen.
300 jyunnar gareko photos cha? Kukurko Mut Raksi piyer 1 Laai 10 dekechh.Tyeti sankhya thiyen.
VIP Pahuna harule dekhkai thiye kati Sankhyaa.
Yak Pariwar 20 janna Sankhyaa .Family Businees Enterprise. Dosh arumathi?
Maobadi Janasena Karykarta Ayerdanga machula re..??.La Courneuve ko commisarat ma ujuri re re…???????
Hat khutta vacher Upang Pareki Laai Resident Card ko Lagi Biha. Card vayo Urki Bahu Biha.
Pahile Nari Laai samman Din Siknus.
Malika Karki Didi Namaskar.Hamilaai kahile Geet sunwane?
http://www.youtube.com/watch?v=1lJ0BDk-iWE
मन परो वा परेन:
0
0
[Reply]
जापनी नानी लाइ इंग्लैंड मा जस्तो नारी अधिकार कहा. जापानि बोल्दा नरम. रिसहा सनकी झगड्लू हुन्छ. इंग्लैंड मा गेस्ट लाइ घर बोलाएर जुनार भोज गर्न्छ. जापान मा कहा. गेस्ट देख्ना साथ भाग्छ/लाहुरे ले जापनिज नागरिक पाउदैन.बेरोजगारी भत्ता ब्रिध पेंसन मेडिकल खर्च नानी हरु को पढाई घर सिट्टी जापान मा छैन/ पेरिसमा ख़शी को टाउको देखाई कुकुर को मासु बेच्ने हरु ले मीलियन फ्रांक कमाएको फ्रौड़ चिठी बनाई नेपालमा तस्करी गरेको हल्ला.सांचो झूठो दैब जनोस/ फ्रान्स फूटबल टीम हारेको बदनामी भन्दा एन.आर .ओन.फ्रान्स परिस ले बदनामी गरया/ फूटबल मनेजर राजीनामा दिए/ एन.आर ओन. फ्रान्स प्राइवेट कंपनी ले राजीनामा कहिले. कालमोचन घाट को गोलों गोलों पिथोको पिंड नखाए सम्म छोड़ने देखे न/भूपू इंग्लैंड एन.आर.ओन.का अडछे मेजर डम्बर बहादूर घले पद जिम्मा दिएर राम्रो बने देखे/ मेजर घले निडर स्वतंत्र बोल्ने हूँ.प्रोफेस्सर सूर्य सुबेदी उच्चतम बिचार बुद्दिजीबी हुनु हुन्छ.ताप्का भाई तिम्रो हिम्मत बोली जवाद बहादुरी ठीक छ/ब्रिटिश लाहुरे को समस्या पेरिस ले टाउको दुखाउनु पर्दैन.घर न घाट को /
मन परो वा परेन:
0
0
[Reply]
हामी पनि यहाँ बस्स्दही आएको नेपाली हौ यहाँ को समाज लाई बुजेका छौ केहि गरौ भनेर लागेका नेपाली हरु पनि धेरै छन तर के गर्ने फ्रान्स को एन आर एन त बेग्तिगत सन्स्था को रूप म पो देखायो चौथो यूरोपन भेला ले त । जस्ले आफ्नो परिवार बाहेक फ्रान्स मा आरु पनि नेपाली र केहि गर्न सक्ने बेक्ती हरु छान । जस्ले इ कुरा हरु समेट्न सक्दैन तेस्तो बेक्ती किन अद्धेक्ष पद मा ? जस्ले मन्च मा गएर दुही शब्द राम्रो सँग बोल्न सक्दैन । एस्ता बक्ती हेरु ले गर्दा नै एन आर एन सस्था आरु ठाउँ बाट जती आगाडी बडेको छ फ्रान्स मा छैन देस लाई गली गर्नु सस्था लाई गली गर्नु हाम्रो मुर्खता हो तर जस्ले इ सब चलाए को छ उनिहरु हेरु ले आफ्ना पेट भर्ने काम मात्र गरे का छन । पेरिस मा बसे का नेपाली लाई पारिवारिक सस्था होईन नेपाल र नेपाली लाई सह्योग गर्ने सस्था चाहियको हो । जस्ले अद्धेक्ष लाई नै नालाएक भन्छ उनिहरु ले सम्मान पाउछ । जो चाही सस्था लाई सहयोगा को भावना राखेर मन्च मा उबिएर सस्था लाई सहयोग गर्छ उनिहरु लाई धन्यवाद पनि पाउदैन । एस्तो सस्था लाई फेरी कसरी मदत गर्ने मन हुन्छ । नाम र दाम को लागि मात्र सस्था खोलेर भासन दिएर मात्र मात्र पुग्दैन केहिगर्नु अनि मात्र अनि मात्र सहयोग पहिन्छ । – जय नेपाल
मन परो वा परेन:
0
0
[Reply]