गौतम बुद्ध माथि फेरी अन्याय
-थापा राजवरसिं / क्यानडा
शाक्यमुनि बुद्ध नेपाल मै जन्मे । लुम्बिनी नेपालमै छ । त्यो पनि कपिलवस्तुमा त्यत्रो साक्षी अशोक स्तम्भ अझै खडा छ । हाम्रो देश सानो र अविकसित नै होस् हामी गर्व गर्छौं । किनकी संसारकै अग्लो शिखर सगरमाथा पनि हाम्रै देशमा छ । गएको तिन चार महिना देखि हामीले समाचारमा बारम्बार पढ्दै र सुन्दै आएका छौं कि भारतले नक्कली कपिलवस्तु बनाउँदै छ र र त्यसलाई दुस्प्रचार गर्दै छ । त्यो कुरो भयो भारतको ।
तर बुद्ध नेपाल मै जन्मेको भनेर अझै पनि संसार भर राम्रो प्रचार प्रसार रहेनछ भन्ने कुरा मैले किनेको यौटा साधारण क्यालेन्डरले प्रमाणित गरेको छ (हेर्नुस फोटो) । सन् २०१० को लागि छापिएको त्यो क्यालेन्डरका सबै प्रिष्ठहरुमा शाक्यमुनि बुद्धको फोटो र शाक्यमुनिका भनाइहरू मात्रै छन् । लगभग २०/२५ देशमा बिक्री हुने त्यो क्यालेन्डर अमेरिका, क्यानाडा, अष्ट्रेलिया लगायत धेरै देशमा बिक्री गरिन्छ । तर बुद्धका बारेमा स्पष्ट जानकारी नदिँदा गलत सन्देश जान्छ । अनि शाक्यमुनि बुद्धको बारेमा भ्रम किन पैदा नहुनु ? अनि कसरी संसारलाई थाहा हुन्छ बुद्ध नेपाल मै जन्मेको हुन् भनेर ?
बुद्धको बारेमा मात्रै छापिएको र फोटो भएको १२ पेजको क्यालेन्डरमा नेपाल भन्ने शब्दसम्म कतै उल्लेख छैन । यो सरासर ठूलो अन्याय भएन हाम्रो देश अनि शाक्यमुनिको जन्मभूमि नेपाल माथि ? यी फोटोहरू कम्बोडिया र थाईल्याण्डमा रहेका बुद्धका मूर्तिहरू हुन् । मार्क डाउने हुन् फोटो ग्राफर । हामी सबै मिलेर यो क्यालेन्डर छापेर गलत सूचना दिने यो प्रेस र फोटो ग्राफरलाई किन बिरोध नगर्ने ? किन सचेत नपार्ने ? किनकी यस्तो ठूलो गल्ती फेरी हुन् र शाक्यमुनि को बारेमा गलत लेखिन नपाओस् ।
अमेरिकाको लागि sales@brountrout.com # 13106079011 toll free
क्यानाडाको लागि sales@brountrout.ca # 18882545842 toll free
यू के को लागि sales@brountroutuk.com #08001693718 free phone
अस्ट्रेलियाको लागि sales@brountrout.com.au # 1800111882 toll free
प्रेसको मुख्य वेब www.brountrout.com

![8432_142142299708_859294708_2506077_3522801_n[1][1]](http://www.nepalplus.com/wp-content/8432_142142299708_859294708_2506077_3522801_n11.jpg)

ल ल प्रचार पर्सार गर्दै जानुस तेस्मा हाम्रो भन्दा पनि भगवान बुद्ध को आसिर बाद छ नेपाल र नेपाली को गर्ब को कुरा सबै तुहीदै छन्|
मन परो वा परेन:
1
0
[Reply]
yo sarasar juto ho nepal2011 lai bharman barsa manaune huda pani yasalai galti sachhchaun ati jaruri chh. budhha nepalma janmekahun kin arko desh bhaner lekhne.yasalai kada kda karbahi hos.
मन परो वा परेन:
0
0
[Reply]
Hami Nepali haru kina murkha vaeka houn.
Buddha janmine belama na ta Nepal thiyo na ta indian nai thiyo.
245 barsh agi shree 5 prithivi Narayan shah le buddha janmiye thau lumbini ahile ko Nepal ma ekikrit gareka hun.
ma ta prithivi Narayan shah lai dherai dhanya bad dier budhha vanda pani respect garchhu. Aja ma nepali vhaner sansar ma chinin pauda dherai gaurab chhu. ra prithivi Narayan shah mathi avari chhu.
idiot Nepali haru. Stop being more idiots and stupid. Learn to respect the person who create Nepal and made Buddha also Nepali.
Look at the country’s situation Now. do you think if Buddha knows he was going to be born in Nepal he will choose it?? God does not care about the where he belongs. He lives among all of us.
So let us not be more stupid and think about how we can make better Nepal. If we unite and learn to support and respect each other history will rewrite it self.
So shut up and back to work. stop talking to much like Nepali politicians. It is time to band all the politicians from their dirty game. Do you all hear me??
मन परो वा परेन:
0
1
[Reply]
ददिजीले दिनु भएको मुख्य वेब पेज खुल्दैन त । गोलभेडाका अचारहरुलाई घनचक्कर हुनेगरी कमेन्ट पठाउछु भनेको हेर्या हेर्यै भैगयो ।
मन परो वा परेन:
0
0
[Reply]
Mr Narayan. You are idiot because Lumbini is in Nepal now OK?
मन परो वा परेन:
1
0
[Reply]
Cherti ra Bahun lai k matlab Buddha ko Siva linga lai puja gardai basnu bhagawan bhanera Siva lai haina.
मन परो वा परेन:
0
1
[Reply]
यो त नेपाली माथि को दमन हो इंडिया को येस्मा नेपाल सरकार ले इंडिया संग कुटनीतिक सम्बाद गर्नु पर्छ र नेपालको गौरब को बिसयमा आच आउन दिन हुदैन !
मन परो वा परेन:
5
0
[Reply]