नेपाली सेनाले भर्ति गर्न पाए माओवादीले किन नपाउने ?

मूल प्रश्न नै यही हो । विस्तृत शान्ति सम्झौता र हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौतामा नेपाली सेना र जनसेना दुबैले नयाँ भर्न नगर्ने स्पष्ट उल्लेख छ । तर त्यसलाई उल्लंघन गर्दै नेपाली सेनाले नयाँ भर्ना गर्दै आएको हो । नेपाली सेनाले पटक पटक सरकारकै निर्देशनलाईपनि अवज्ञा गर्दै भर्ना लिँदै आएको हो । यो पटक नेपाली सेनाले नयाँ भर्ना लिने भएपछि त्यसैको टक्करमा माओवादी जनसेनालेपनि भर्ना लीन दरखास्त आव्हान गरेको छ । संयुक्त राष्ट्र संघिय मिसन अनमिनले भने दुबैको विरोध गरेको छ ।  तरपनि पश्न उठ्छ- नेपाली सेनाले पटक पटक सैन्य भर्ना गर्न पाउँछ भने माओवादी जनसेनाले भर्ना लिन पाउने कि नपाउने ?

प्रमुख दलहरूकै सहमतिमा भएको हो ब्रिहद शान्ति संझौता । त्यसमा प्रष्टै उल्लेख छ- शान्ति संझौताकालभरि नेपाली सेना र जनसेना दुबैले भर्ना नलिने । तर नेपाली सेनाले भने यस अघिपनि तिन पटक भर्ना लिएको हो । लागवादीले बिगतमा आपत्ति जनाउँदै आफुलेपनि भर्ती लिने चेतावनी दिएपनि भर्ती गरेको थिएन । यो पटक भने सबै डिभिजनमा दर्खास्त आव्हान गरेको छ । दुबै सेनाले सैन्य भर्ना आव्हान गरेपछि अनमिनले दुबैको विरोध गरेको छ ।

यदि शान्ति संझौता सबैका लागि समान ढंगले लागू हुने हो भने कुनैपनि हालतमा नेपाली सेनालेपनि सैन्य भर्ना गर्न पाउँदैन । किनभने शान्ति संझौतामा त्यही स्पष्ट उल्लेख छ र त्यसलाई नेपाली सेनालेपनि आदर गर्नै पर्छ । कि त नेपाली सेनाले भर्ना गर्न पाउने प्रावधान राखेर सच्याउनुपर्छ सबै दलको सहमतीमा संझौता । नत्र दुबै पक्षका लागि बनाएको संझौता एक पक्षले मान्ने अर्को नमान्ने कसरि हुन्छ ?

देश संक्रमणकालिन अवस्थामा रहेका बेला नेपाली सेनाले बिगतका सहमतिलाई पटक पटक लत्याएर शान्ति संझौता बिरुद्द भाँजो हाल्न खोजेको सन्देश दिएको छ । यसैपनि अनमिन भन्दा बढि कुनैपनि भरपर्दो अन्य अन्तर्राष्ट्रिय संस्था हुँदैन मध्यस्थता र निगरानीका लागि । उसलाई हाम्रै पार्टीहरूले, सरकारले आव्हान गरेको हो शान्ति संझौता निगरानीका लागि । उसको निर्देशनलाई मान्नु सबैको समान दायित्व हो । तर नेपाली सेनाले भने त्यसलाई पटक पटक अनादार गरेको छ ।

नेपाली सेनाले शान्ति संझौताकालको संख्या पूर्ति गर्ने स्पष्टोक्ति दिएको छ भने उता माओवादीलेपनि पनि शान्ति सम्झौता हुँदा अनमिनले प्रमाणित गरेको संख्यामा नबढ्ने गरी भर्ना खोल्ने बताएको छ । यसरी हेर्दा माओवादी तर्क नाजायज लाग्दैन । अहिले नेपाली सेनाको लागि केही पद रिक्त हुँदापनि आकाशै झर्ने, सगरमाथानै पल्टिने अवस्था छैन । शान्ति संझौताले मूर्त रूप नपाउन्जेल राष्ट्रले गरेको संझौतालाई उसले पालना गर्नु पर्छ । यदि शान्ति संझौताले नेपाली सेना र माओवादी सेनालाई समान परिभाषामा राखेर संझौता गराएका छन् भने दुबैले समान ढंगले पालना गर्नै पर्छ । नत्र नेपाली सेनाले भर्ती गर्न पाउँछ भने माओवादी सेनापनि भर्ति गर्नबाट रोकिँदैन ।

कुनै व्यक्ति विशेषका स्वार्थ, पार्टीगत हित र कसैलाई मन पर्ने नपर्ने आँखाले हेर्दा माओवादी सेनाले भर्ती गर्न पाउँदैन भन्ने लाग्न सक्छ । तर व्रिहद शान्ति संझौता अनुसार  यदि  नेपाली सेनाले भर्ती गर्न पाउँछ भने माओवादी सेनालाईपनि त्यसले रोक्दैन । वास्तविकता त्यही हो ।

  • Ganesh paudel

    Maobadi ta chor ra aparadhi hun

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    harry Reply:

    गणेश जी सरकार पनि कम त छैन नि | पक्ष्यपात नगरी भन्नु पर्दा कोहि भन्दा कोहि कम छैन |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    badakaa tharu Reply:

    साथी चोर र अपराधी त अहिलेको माकुनेको सरकार हो … जनता को भावना बिपरीत बनेको सरकार ले जनता मार्न फेरी पनि सेना भर्ती गर्न खोज्दै छ …. जनता का छोरा छोरी मार्ने मानव अधिकार उलंघन गर्ने सेना लाइ यो सरकार ले बढुवा गर्यो ,,केकेन पदक पनि दियो ,,,नेपालको अंतरिम संबिधान माँ उल्लेख भएको संघियता र धर्म निरपेक्षता को बिरुद्ध मंत्री हरु नै बोल्दै हिड़ेका छन ,,,,यो सरकार जनाबिरोधी र नालायक र असफल भई सक्यो तै पनि अझै जुका झै कुर्सिमा बस्न चाहन्छ ,,,,यो देश माँ संघीय र लोकतांत्रिक ब्यबस्था फलाउन फुलाउन मायोबादी कै सरकार चाहिन्छ ;;;;;जय लाल जय सलाम
    बड़का थारू

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sagar Sharma

    Absolutely right.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • hoina kati rakhnu paryo sena ra janasena khoi tiniharule kko raksha gareko6 simaanaa michida herera bas6 bhane yi dubai senaharu chaidaina bekaarma janataalaaii rinko bhari bokauna.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • harry

    कुरो ठिक हो |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gita Sharma

    मावोबादी सेना र नेपाली सेना मा धेरै फरक छ मावोबादी सेना ले पार्टी को कम गर्छ यो कुरा कसै ले बिर्सन हुदैन

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    harry Reply:

    गीताजी प्रसङ्ग कसले कसको काम गर्छ भन्दा पनि शान्ति सम्झौताको पालनाको हो भन्ने कुरा पनि बुझ्न जरुरि छ नि होइन र ? सम्झौता त दुवै पक्ष्यको लागि होला नि कि माओबादीलाई मात्र ? लेख अलि ध्यान दिएर पढ्ने हो कि !!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Gita Sharma Reply:

    दखिएको बिषय यो होला तर मावोबादी लाई चै शान्ति भनेको क हो तह नही छैन होला

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Narayan paudel

    Ye teso bhaye tapaiko nepali sena ani kangres yemale haru chai sadhu santa niapradhi hai wah ganesh ji kya ramro bislesan kasaiko pak6e hoina nutral janta bhayera hernus

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    harry Reply:

    नारायणजी प्रति म सहमति जनाउछु, हामीले निस्पक्ष्य भएर हेर्नु पर्यो नि |हाम्रो यहि प्रवृति ठिक छैन एउटा पार्टी म लागेपछि अन्धभक्त |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    बिकनी किलर Reply:

    ह्यारी जी
    कुरो को चुरो त हजुर ले पो बुझ्नु हुदोरहेछ है । देस मा बेरोजगार बढेर गरीब का छोरछोरी हरु मुग्लान भासिनु दैनिकी बनेको अवस्था मा नेता हरु ले उत्पादन गरेको रजनितिक समस्या मा गुज्रिनु नै नेपाली को नियती वा बाध्यता तपाइ के भनु हुन्छ ? बडा बिस्लेशन गर्नु हुदो रहेछ एउटा देस को रास्ट्रिय सैनिक र एउटा पर्टीको जत्था लाई कसरी समान नजर ले हेर्न र मुल्याङ्कन गर्न सक्नु हुन्६ हजुर । नेपाली सैनिक ले नेपाली जनताको लागि ज्यान गुमाउदै आएको छ बाटा घाटा हरु खनिरहेको छ बाढी पहिरो वा आगो लागेको थाउमा जनता लाई उद्दर गरिरहेको छ तपाइको पुकादा को जत्था ले के गरेको छ मान्छे मार्ने बाहेक ?

    अब कुरो समान कानुनको यदि समान कानुन हुने भए सानो उदाहरण दिन्छु “रत्न पार्क बाट लगनखेल जादा माइतिघर नेर रेड लाइट बलिरहेको हुन्छ र सबै सर्ब साधरण गाडी रोकेर ग्रिन लाइट को सिग्नल कुरिरहेका हुन्छन् त्यहि बेला पुकदा को गाडी साइरन बजाउदै आउछ तिनै गुरिल्ला को साथ अनी बाटो क्रस गरेर जान्छ तर न ट्रफिक केही गर्न सक्छ न हामी केही भन्न सक्छौ तर यदि सर्बसाधरण बाटो क्रस गरे पछि के हुन्छ त्यो त हजुर लाई थाहा होला । अब भन्नु त समान कानुन हुने भने नेपाली सर्ब साधरण र पुकदा लाई एउटै हुनु पर्ने वा उनी बिधीको शासन मान्ने भए रेड लाइट बल्दा ग्रिनलाइट को सिग्नल कुर्नु पर्ने हैन र की उनी नेता बहेको ले छुट ????

    ह्यारी जी अलिकती सोसियल भएर कमेण्ट गर्नुहोस् न की माओवादी को अन्धो भक्त भएर …..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Gita Sharma Reply:

    १००% सहमति हजुर सग

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    shiva Reply:

    मित्र विकिनी जी मलाई लाग्छ तपाइको कोहि आफन्त सैनिक होला अनि खुलेर प्रसंगसा गर्नु भयो तर ति सैनिक हरुको पनि त कुकार्य हरु बिस्तृत रुपमा थाहा पाउनुं भयो भने तपाई तेही सैनिकहरुलाई थुक्न पछी पर्नु हुन्न !लौ भन्नुस के चाही राम्रो काम गरेको छ ति नेपालि सैनिक भनौदाहरुले
    उही हाकिमको घरमा गएर ग्यास सिलिन्डर हरु उठाउने घास दाउरा गर्ने बाहेक???? कत्ति नै नेपालि सेना भनेर फुर्ति लाउछा यार!!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    harry Reply:

    बिकनीजी अन्धभक्त चै तपाई हुनुहुदो रहेनछ नेपाली सेनाको भन्ने कुरा त थाहा भैसक्यो |किनकि न त मैले माओबादीकै बखान गरेको छु न त सेनाकै, भन्न खोजेको कुरा के हो भने नियमको पालना दुवै पक्ष्य बाट हुनुपर्यो होइन र ? अब पक्ष्य लिएरै भन्नु पर्दा देशमा बेरोजगार बढेर गरीबका छोरछोरीहरु मुग्लान भासिनु दैनिकी बनेको अवस्थाको दोषी को हो त !माओबादी सेना?मान्छे मार्ने काम,दिन दहाडै बलात्कार त सेनाको तर्फबाट भएकै छैन |तपाइको विश्लेषण चै मलाई मन पर्यो |केहि महिना अघि जंगलमा काउलो खोज्न गएका तिन महिलाको हत्यालाई के को संज्ञा दिनुहुन्छ ?कि तपाई यसको बारेमा बेखबर हुनुहुन्छ? घाँस दाउरा गर्न गएका छोरी बुहारी सेनाद्वारा बलात्कृत हुनुलाई चै के भन्नु हुन्छ ? विकाश निर्माणको सन्दर्भ मा-दशैंको खसी जस्तो गरेर पालेको छ सरकारले त्यति पनि नगरे किन राख्नु पर्यो त नेपाली जनताको रगत पसिनाको तलब खुवाएर ,न त सीमा सुरक्षा नै गरेका छन |गरेका छन भनौ भने दिन दहाडै सीमा स्तम्भहरु सारिंदा सेना कहाँ भैसी चराउन गएको छ ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    harry Reply:

    बिकनीजी

    कुनै व्यक्ति विशेषका स्वार्थ, पार्टीगत हित र कसैलाई मन पर्ने नपर्ने आँखाले हेर्दा माओवादी सेनाले भर्ती गर्न पाउँदैन भन्ने लाग्न सक्छ।तर व्रिहद शान्ति संझौता अनुसार यदि नेपाली सेनाले भर्ती गर्न पाउँछ भने माओवादी सेनालाईपनि त्यसले रोक्दैन वास्तविकता त्यही हो।यो अंश लाई हेर्न भुल्नु भएछ नि मित्र! स्थाई शान्ति नहुन्जेल सम्म कसैले पनि सेना नियुक्त गर्न नपाउने भनेर गरेको हस्ताक्षर को के अर्थ रहयो?आफुलाई सोसिअल भन्न रुचाउने मित्र तपाईको कमेन्ट ट्रयाक बाहिर भयो कि?मर्ने र मार्ने कुरालाई अहिले नकोट्याउ होला!पहिले यो कुरा थाहा पाएर आउनु होला कि कसको तर्फ बाट धेरै मारिए सेना या माओबादी?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    Gita Sharma Reply:

    हजुर जस्तै है हा हा

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • palpali mgr-Tara

    तेसो भए अब शान्ति सम्झौता भाडिन खोजेको हो त ?? भर्नाको कुरा लाई छोडेर पहिला यो सन्क्रमणकाल लाई कसरी हटाउने र स्थिर बनाउने garna छोडेर आ-आफ्नो अडानमा रहन खोज्नु यो के हो त ?? ठीक अब तेसो हो भने अब हामी जनताबाट पनि भर्ना खोलिने छ जस्मा माओवादी र सरकार दुबइ सँग लड्न तयारी गर्ने छौ ……………..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • lekali

    पाउछ पाउछ नपाउने भन्ने कुरा नेपालमा कहिँ छ कि क्या हो? जे कुरा विश्वको कुनै ठाउमा पाइदैन त्यो नेपालमा पाउनै पर्छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • nepali babu

    के सधै राज्य एस्तै परिस्थिति मा रहने ? ५ वर्ष भैसक्यो कहिले हुन्छ समाधान ? कहिले बन्ला सरकार र लेखिएला संबिधान ? यो त आकाश माथि को फल हेरेर मर भने जस्तै हो ….. के यो दिन देख्न लाई नै हो २०६३ को जना आन्दोलन ? यो प्रस्न को सिधा उत्तर दिन सक्ने हैसियत कुनै पार्टी को नेतामा छ? न माओबादी शान्ति स्थापना को लागि तयार छ न कुनै दल को नेताहरु…सबै लाई चाहिएको छ त केवल सत्ता र कुर्सि… अनि लुट्नु छ देश लाई… घुम्नु छ विदेश… जनताको लागि सोच्ने कोहि छ यहाँ? कदापी छैन… तेसैले यो अनिर्णयको बन्दि मा देश लाई फसाउनु कहाँ सम्मको देशभक्ति हो नेपाली नेताहरुमा ….. नेपाली सबै नेताहरु गोरु हुन् … घास खाने औकात पनि छैन यिनीहरुको ….. प्रचण्ड त झन् बुढो गोरु हो… न एसले जोत्न सक्छ .. न मर्छ……. सधै जनतालाई तर्साको छ …. अन्न बालि लुटेको छ…. जनताको छोरा छोरि लाई लड़ाको छ… हत्या गरेको छ….. न संबिधान बनाउन सहायोग गर्छ न सहमति नै बनाउन सक्छा
    तेसैले माओबादी लाई अब गोलि ठोकेर मर्नु को विकल्प अरु छैन ….. नेपाली सेना मा भर्ना गर्न पाउनु पर्छ…..मेरो भनाइ मा ६०१ टोलि सबै लाई टुँडिखेल मा लायिन लगाएर नेपाली सेना ले गोलि ठोक्नु पर्छ अनि मात्र देश बन्छ …. नत्र हाम्रो नाती को पल सम्म पनि येही हाल हुनेछ ……..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • abc

    एकदम गलत

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree