हरेक दिन खस्कँदै छ लोकप्रियता
कुनै बेला प्रचण्डको नाम सुन्दा सारा विश्व चकित पर्थ्यो । अद्रिष्य बाघ झैँ थियो त्यो नाम । विश्वका शक्तिशाली मेडियाहरुसमेत नेपालको चर्चा गर्दा उनको नाम जोड्थे । एसियामा त उनको प्रसिद्धि चुचुरोमै थियो । कतिपयले उनलाई माओकै हाराहारीमा सम्म राखेर हेर्न थालेका थिए । नेपालमा प्रचण्डले केही गर्छन् भन्ने ठूलो जन विश्वास थियो । शान्ति संझौतामा सिंगो पार्टीलाई लिएर आफैँ ओर्लेपछि प्रचण्डले अब देशलाई दीर्घकालीन शान्तिमा लान्छन् । समग्र देशको विकासका लागि चमत्कारिक काम गर्छन् । सारा दलहरूलाई विश्वासमा लिएर प्रजातन्त्र संस्थागत गर्छन् भन्ने थियो । तर परिणाम ? बिगतमा उनले कमाएको प्रसिद्धि दिनदिनै खस्किरहेको छ । आफूसँगै उनले आफ्नो दलकै लोकप्रियतालाई पनि घटाउँदैछन् । पद र कुर्सीका लागि उनले सारा जगत हँसाइरहेका छन् । संस्थागत हुनुपर्ने प्रजातन्त्र दिनदिनै कमजोर बनिरहेको छ ।
अहिले प्रधानमन्त्री पदका लागि निर्वाचन भएको चौथो पटक भइसक्यो । हरेक पटक हार खाइरहेका छन् उनले । पदका लागि उनी हरेक पार्टीका नेताको दैलो दैलो धाइरहेका छन् । तर चौथो पटक हार खादापनि उनले प्रधानमन्त्री पदमा पुग्न मरिमेट्न छोडेका छैनन् । उनले जति मेरिमेट्दापनि दलहरूलाई विश्वासमा लीन सकेका छैनन् । संविधान बनाउन केन्द्रित हुनुपर्ने सम्पूर्ण संसद्, सभासदहरूलाई प्रधानमन्त्री पदको निर्वाचनको खेल वरिपरि सीमित राखिएको छ । यो निर्वाचनले गर्दा जनतालाई प्रजातन्त्रप्रतिनै वित्रिष्णा जगाउने काम भइरहेको छ । जनतामा यो निर्वाचनको न कुनै आकर्षण न त सरोकार नै ।
प्रधानमन्त्री माधव कुमार नेपाललाई दुई दुई ठाउँबाट हारेको भन्दै जनताका लागि स्वीकार्य हुन नसक्ने अडान लिने यीनै प्रचण्ड हुन् । तर अहिले प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा उनले चार पटक हार खाइसके । चार पटक संसदमा हार खाएका, सभासदले नपत्याएका उनलाई अब के भन्ने ?
यही निर्वाचनका लागि यदि उनले प्रधानमन्त्री पदको दाबी नगरेको भए सायद आफ्नै पार्टीका उपाध्यक्ष बाबुराम भट्टराईका पक्षमा सहमति बन्थ्यो कि ? दलहरूले बाबुराम भट्टराई उमेदवार भए स्विकार गर्न सकिने बताउँदा बताउँदै र जनमत भट्टराईको पक्षमा बाक्लै देखिँदापनि प्रचण्डले आफ्नै लागि ज्यान फाले ।
आफ्नै पार्टीका उपाध्यक्ष भट्टराई र एमाले अध्यक्ष झलनाथ खनालले बहुमतबाट चुनेको प्रधानमन्त्री र सरकारले कुनैपनि हालतमा देशका समस्या हल गर्न नसक्ने हुनाले सर्वदलीय राष्ट्रिय सरकार बनाउनुपर्ने आव्हान गरिरहेका छन् । तरपनि प्रधानमन्त्री पदको लोभले प्रचण्डलाई छोडेको देखिँदैन । बरु उनी अझै हार खान तयार देखिन्छन्, अझै संसदीय खेलमा गन्हाउन चाहन्छन् । पार्टीलाई कमजोर सिद्द गराउन चाहन्छन् । तर प्रधानमन्त्री पदका लागि र्याल चुहाउन भने छाड्ने पक्षमा छैनन् ।
संसदमा सबै भन्दा ठूलो पार्टीको सर्वोच्च नेता भएका नाताले सबैभन्दा त्यागी उनै बन्नुपर्ने हो । सहमतिको प्रयास उनैले गर्नु पर्ने हो । पद र कुर्सीका लागि आफूले त्याग गरेर आफैँले देखाउनुपर्ने हो । तर चार पटकसम्म हार खाँदापनि उनले पद र कुर्सी बाहेक सबै मिथ्या हो भनेर देखाइरहेका छन् । त्यसले उनको सिंगो व्यक्तित्वलाई प्रत्येक दिन ओझेलमा पार्दै गएको छ । आफ्नै पार्टीभित्र मतभेद, विवाद र असन्तुष्टी जन्माइरहेको छ । बचेखुचेको व्यक्तित्वसँगै पार्टी प्रतिष्ठा र संसदीय प्रजातन्त्रलाईपनि कमजोर पारिरहेको छ । तर यो चेत आउला प्रचण्डमा चाहिँ कहिले ?


yaso garda kaso hola ? sabhi mantri pad ok lagi proposal magara ra jaso proposal janta bata parit huncha usili chalauna dine proposal jasla karayanan garna sagadaina usko thau ma arko magnea taso garda kukur jasto savasad ok pani sing aauchake
मन परो वा परेन:
0
0
[Reply]
वास्तवमा भन्ने हो भने अहिले त्यस्तै नै देखिएको छ|प्रचण्ड पनि अन्य झैँ पदलोलुपतामा परेको भन्ने सर्वसाधारणले अड्कल काटीसके|प्रचण्डले बाबुरामलाई प्रधानमन्त्रीको उमेद्वार बनाएर शान्ति सम्झौताको लागि सक्रिय भएर काम गरेका भए उनि नेता होइन राजनेता बन्न सक्थे|भन्नै पर्दा माओबादी भनेको हरेक गारिब नेपालीको छाप्रोमा पुगेका छन्,त्यहि भएर अब देशमा केहि हुन्छ,गरिब निमुखाका दिन फिर्लान भनेर हरेक शोषित,पिडित अनि निमुखा जनताको आशा थियो तर आज त्यो आशा बिस्तारै निराशा तिर परिणत हुदैछ|प्रचण्डको यो कुर्सि अनि पद प्रतिको मरिहत्तेले पार्टीलाई त असर पर्छ नै सम्पूर्ण राष्ट्रले नै कुनै मोड लिन सक्दैन|त्यसैले प्रचण्डले पनि मेरो गोरुको बार्है टका गर्नु हुदैन|हिजोको उद्येश्यलाई भुल्नु हुन्न|कुन उद्येश्यले माओबादीको जन्म भएको हो त्यो भुल्नु हुन्न|यत्रो समय सम्म कमाएको नाम र सम्मान माटोमा मिल्न बेर छैन|एक पटक यो संविधान बनाउने काममा तनमन लगाएर काम गर्नुहोस तपाईको नाम शिखरमा पुग्ने छ|
मन परो वा परेन:
0
0
[Reply]
बाबुराम भट्टराई,बाबुराम भट्टराई को हो यो मान्छे?
सहमति को सरकार बनाए आफु हातमा दहि जमाएर बस्नु सिबाये अरु कुनै विकल्प नरहेको यो बाबुराम भट्टराईले उमेद्वारी फिर्ता नलिने सर्त मा यी प्रचंडे लै प्रदंमंत्री पदमा उठाएका हुन् ,जनतको सामु प्रचंडे लाई ४-५ पटक हराएर आफु दिन दहाडै प्रख्यात हुन खोज्ने यी कमरेड पनि तेती सरो कुबुद्दिका त रहेनाचन बन्ने कुरा नेपाल प्लस क साथीहरुलाई बनीराख्नु नपर्ला कि ?
मन परो वा परेन:
0
0
[Reply]
Sabaiko Aa-aaphnai Bislesan, Kasaile Haryo Bhanyo Bhanchha Bhane Maile Ta Jityo Bhanchhu Kina Bhane Harne Byakti Kunai Pani Chunabma Bhag Lina Paudaina Ta !!!!!!!! Tiniharu Hatdai Janchha Ta……………… Yaha Harne Ta Sambidhan Bidh Bhanauda Natheharu Hun………. Ke Khalke Niyam Ho Yo?????? Yai Chal-le Ta Asimit Chunab Bhaepani Harjit Hudaina. Tesaile Aaba Sambidhan Samsodhan Garnu Parchh, Jastai (Tasatha Basne Niyam Radda Garnu, Tin Pataksamma Chunna Sakena Bhane Swata Hareko Banaunu, Wa Tatastha Base Si Khaseko Matko Aadharma Har Jit Garaunu) Lau Bhandiechhu Ni Maile.
मन परो वा परेन:
0
0
[Reply]
हामी जनता जता जता चचहुइ गर्यो उतै जान्छौ | मेरो विचार मा त अब नेतालाई दोश्दिने होइन पुरुक्क पार्नुपर्छ| फल मीठा छन् तर रुख मा काढा छ | सबै पार्टी का सीधान्त राम्रा छन् | तर नेता भनाउदा हरु खराब छन् | नेतारुपी काढा लाई अलि ठीमोस्नु पर्ला की | फल को भन्दा काढा को सुसार बढी भयो की ……………………
मन परो वा परेन:
0
0
[Reply]
अब प्रचण्ड ले सोच्ने बेला आयको छ!!!अब पनि न सोचे उनको पतन पक्का छ
मन परो वा परेन:
0
0
[Reply]
साच्चै भन्ने हो भने माओबादी पार्टीले शान्ति र संबिधान चाहदैनन् भन्ने कुरा उन्नका अध्यक्ष महोदय बाट रहस्य उद्घाटन गरिसक्नु भयो /प्रचण्डलाई यो कुरा को राम्रो हेक्काछ तर किन उनि मरिहत्ते गर्छन प्रधानमत्री को लागि ……………. यो खोजि को कुरा भयको छ /
मन परो वा परेन:
0
0
[Reply]
Its as clear as day light that prachand is loosing his popularity day by day, for chair money, and power. He seem blind leader; but not a national leader rather a manager of particular Organisation. He hardly bears good moral character rather ordinary nepalese guess. Very vast ideological differences can be seen maoists party in these day because of power attraction.
मन परो वा परेन:
0
0
[Reply]
GUYS SHERPA JEE HAS A POINT…………….INDIA IS A OCTOPUS AND WE OFTEN FORGET THAT WHILE COMMENTING. LALDHWAJ IS A GREAT FELLOW BUT NOT TO THAT EXTENT OF BISHWAS COM. YET
मन परो वा परेन:
0
0
[Reply]
शुरु को प्याराग्राफ मा प्रचण्ड चाकडी देखियो! यो लेख्ने मानिस को दिमाग मा गोबर हुनु पर्चा! त्यो छबिलाल बाहुन को नाम एशिया कै चुचुरो मा? माओको दाजो मा? अदृश्य बाघ? के यो सोमा! राची लग्नु पर्ला जस्तो छ! नेपाल को नक्शा हेरेको छ विश्व को मानचित्र मा? कहा राजा भोज कहा गंगो तेली! त्यो छबिलाल नामको छट्टु श्याल लाइ बाघ भन्ने? गाउका सोझा साझा मानिस लाइ इन्डिया को दलाली गरेर इन्डियाको आड मा मुर्ख बनाएको जस्तो हो विश्व मा नाम कमाउन? त्यो बाहुन को औकात लाइ त्यति माथि नगरौ! मलाइ पढ्न पनि लाज लाग्यो
मन परो वा परेन:
0
0
[Reply]