एन आर एन युरोपेली भेला: सुने लागेका कुरा
एन आर एनको युरोप स्तरीय भेला सकियो । युरोप स्तरीय भएकालेपनि यसको चर्चा, परिचर्चा, गुनासा र बहस हुनु स्वभाविकै हो । कार्यक्रममा फ्रान्स निवासी नेपालीहरूको खासै सहभागिता देखिएन । त्यसले कार्यक्रम स्थानीय स्तरमा सफल भयो कि भएन लेखाजोखा गर्ने काम एन आर एन र तपाई पाठकहरूको हो । म आफू चाहिँ कार्यक्रममा पुरै सहभागी हुन सकिन स्वास्थ्यका कारणले । त्यसैले कार्यक्रममा भएका सबै पक्षलाई मैले समेट्न सक्ने कुरो भएन । तरपनि विभिन्न देशका साथीभाईसित भेट गरियो । स्थानीय साथीहरूका गुनासा र जवाफहरु सुनियो । तीनै देखे सुनेका पक्षहरूलाई समेटेर युरोपेली भेला बारे यो लेख तयार पारिएको हो । साथीहरूले मेरो प्रत्यक्ष भोगाई भन्दा पनि मलाई सुनाएका, मसित सहभागीहरूले साझेदार गरेका अनुभवहरूको रूपमा बुझिदिनु हुन अनुरोध छ ।
व्यवस्थापनको कमजोर पाटो
मूलतः यस्तो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम सबैलाई पायक पर्ने ढंगले राजधानी शहरमा राखिन्छ । तर अहिले भएको कार्यक्रम पेरिसबाट बाहिर लाकुर्नभ भन्ने ठाउँमा थियो । जसले गर्दा केही साथीहरू रेल स्टेसन र अन्त्रबाट कार्यक्रम स्थल पुग्दा दुख पाए । त्यसरी त्यति टाढा किन राखियो त कार्यक्रम ? सभा हल सस्तो परेको भन्ने तर्क गरिएको छ । हल दुइ दिन प्रयोग गरेबापत १५ सय यूरो लागेछ । तर फ्रान्सवासी साथीहरू त्यति पैसामा त्यो भन्दा अझ स्तरीय हल पेरिसभित्रै पाइन्थ्यो । त्यति रकम लागेकै छैन, लाग्दै लाग्दैन भन्छन् । त्यसको अर्थ यहाँका नेपालीहरूले आर्थिक गन्धको महसुस गरेका छन् । आयोजकले मेयर कार्यालयले रकम तोकेर पठाएको बिल एन आर एनका सदस्यहरू माझ पुर्याएर देखाउन सके त्यस्तो भ्रम मेटिन्छ । त्यसो गर्न नसकेको अवस्थामा भ्रष्टाचारै हो भनेर पत्याउनुपर्ने हुन्छ ।
आयोजक संस्थाले मन, मस्तिष्क,बिचार र छाती फराकिलो बनाउन सक्नुपर्छ । त्यस्ता कार्यक्रम आफ्नो ल्याकत हेरेर गर्ने हो । आर्थिक, सांगठनिक, वैचारिक सबै ढंगले सबल हुनुपर्छ आयोजक संस्था । त्यसमा सहभागी हुन जति आए ती सबै एन आर एन फ्रान्सले बोलाएरै आएका हुन् । घरमा आएका पाहुनालाई सत्कार गर्नु, तिनका सुविधा हेर्नु आफ्नो कर्तव्य हो । तर कार्यक्रम सकिने दिन आयोजकले खाना खुवाएको १५ सय यूरो लाग्यो, कोही छ सहयोग गर्ने ? भन्दै बिल तेर्स्याए ।
त्यसले सहभागीलाई कस्तो बनायो भने हेर बिचरा हामीले त ऋण लगाई लगाई यो खाना खाइरहेका रहेछौं । हरेक सहभागीलाई प्रति व्यक्ति ५० यूरो त तोकिएकै थियो प्रवेश शुल्कका रूपमा । खानाको पैसापनि तिर्न नसक्ने हो भने त्यो प्रवेश शुल्क केका लागि हो त भन्ने प्रश्नपनि उठेको छ । प्रवेश शुल्क लिएरपनि खाना खुवाउन नसक्ने भए कार्यक्रम किन आयोजना गरेको त भन्नेपनि छन् ।
व्यवस्थापनको कुरो गर्दा पोख्त दला भिलेत भन्ने ठाउँमा बुक गरिएको रहेछ होटेलहरू । हाम्रा अध्यक्ष सहित थुप्रै मित्रहरू बसेको होटेल वरिपरि पहिलो साँझ मारपिट चलेछ । होटेलवालाले ‘व्यवस्थापनले अर्को निर्देशन नदिएसम्म कसैलेपनि झ्याल नखोल्नुहोला’ भन्ने निर्देशन दिएछन् । सहभागिहरुलाई त्यो हा हु गर्ने, हुलदंगा भैराख्ने, चोरी बढि हुने, मारपिट चल्ने ठाउँ हो भन्ने जानकारी हुने कुरो भएन । होटेलवालाले त्यस्तो निर्देशन दिएपछि भने भोलि पल्ट ‘यो त चोर डाँका लाग्ने ठाउँ रैछ’ भनेर डराउँदै थिए ।
कोषको प्रसंग चल्नासाथ तै चुप मैं चुप
एन आर एनको केन्द्रीय कार्यालय चलाउनको लागि एउटा कोषको निर्माण हुँदै रहेछ । उद्देश्य १ लाख डलरको कोष बनाउने र त्यसको ब्याजबाट खर्च चलाउने । कोषका लागि चन्दा कसले कति दिने भन्ने प्रस्ताव गरियो । लौ जापानबाट यति । रसियाको फलानोले यति । बेल्जियमको फलानोबाट, जर्मनीको तर्फबाट । नाम भकाभक आए । करिब ४१ हजार डलर जम्मा हुन्जेलसम्म पनि फ्रान्सको नाम आएन । अनि मैले गएर समीतिका केही युवा साथीहरूलाई भनेँ – के हो यस्तो बेइज्जत ? कार्यक्रम आयोजना गर्नेले त बरु झन् अलि बढि राखेर उदारता देखाउनुपर्ने मा १ हजार डलर पनि नदिने ? के भन्लान अरू देशकाले ? ‘
मैले यो पनि भनेको थिएँ- सके अध्यक्ष, आइसिसी सदस्य लगायतका हस्तीले तिर्नु । नसक्ने अवस्थामा पनि समितिका ११ जना सदस्यले दामासाहीले उठाउँदा एक हजार डलर भनेको प्रति व्यक्ति ७० यूरो पनि पर्दैन ।
त्यही त हेर्नु न । गर्नुपर्ने । खोइ टाउकोहरूले सोच्दैनन् हामीले के गर्ने ? हामी त ठिटा परियो । नयाँ छौं । पुरानाले गर्नुपर्ने हो ।’ भने ती साथीहरूले । उनीहरू गएर सल्लाह पनि गरेछन् । तरपनि त्यो कोषमा एन आर एन फ्रान्सको तर्फबाट एक सुको झरेन ।
अरू देशबाट साथीहरू विमान चढेर आएका छन् । यहाँ दुई दिनको लागि आउँदा कसैको एक हप्ता लागेको छ । मध्यपूर्व, जापान, अमेरिका लगायतबाट आउ, होटेल, यात्रा अनेक नाममा निकै खर्च गरेका छन् । त्यत्रो खर्च गरेर आउनेले पनि मन फराकिलो बनाएर एन आर एनको केन्द्रीय कार्यालय त चलाउनै पर्छ भन्ने सोचेर दिए । तर भेला आयोजना गर्ने एन आर एन फ्रान्सले नै सुको दिएन । यसलाई एन आर एन फ्रान्सको महानता भन्ने हो कि बेइज्जती ?
पुरस्कारको दुरुपयोग
अब नेपालमा शहीद घोषणा गरे जस्तै हुँदै छ पुरस्कार । कार्यक्रम आफैँले आयोजना गर्ने । अनि आफैँले पुरस्कार बाँड्ने । पुरस्कार भन्ने कुरो विशेष योगदान गरेका व्यक्तिलाई उसको कामको कदर गर्न दिईने चीज हो । त्यो पाउँदा पाउनेको कद माथि उठ्छ । पुरस्कार सहजै पाइने सस्तो होइन । तर यो कार्यक्रममा लगभग ३० वटा पुरस्कार बाँडियो । पाउनु पर्ने नपर्ने सबैले पाए । पुरस्कार बाँडेर लिए जस्तो देखियो । स्थानीय सहभागिता जम्माजम्मी ३०, ३५ जना । अनि पुरस्कार पाउनेपनि झण्डै त्यतिनै संख्यामा ? लाम लागेर पाएको पुरस्कारले मान्छेको शिर कति ठाडो बनाउला ? जन्ती भोज खाँदा टपरी बाँडे जसरी बाँडेको पुरस्कारको मूल्य कति होला ? त्यति धेरैले पुरस्कार पाउने गरि उदाहरणीय काम गरेको भए एन आर एन फ्रान्सको सहभागिता किन त्यस्तो लज्जाजनक त ? भन्ने प्रश्न निकैले उठाएका छन् ।
विदेश बसेका । प्रजातान्त्रिक संस्कार जानेका बुझेका । टाढा बाठा । बुझकी । ज्ञान र सीप धेरै लिएका नेपालीले के यस्तै संस्कार हो र सिक्ने अनि सिकाउने ? हामी बसेका मुलुकमा के त्यसैगरी पुरस्कार पालै पालो एकले अर्कोलाई पैँचो तिरेझैं बाँड्ने गरिन्छ ?
खोइ त स्थानिय सहभागिता ?
बाहिरबाट आउने सहभागीहरूले कार्यक्रममा स्थानीय सहभागिता देखिएन । आयोजक देशले आफ्नै देशका नेपालीलाई चित्त बुझाउन सकेको देखिएन भनेर बुझे । कार्यक्रममा जति नेपाली थिए ती मध्येपनि अधिकांश केही सीमित परिवारकै सदस्यहरू थिए । बेल्जियमबाट आउने सहभागी र आयोजक फ्रान्सको नेपाली सहभागिता झण्डै बराबरी जस्तो थियो ।
कार्यक्रमको उद्घाटनमा प्राय स्थानीय सहभागितालाई प्राथमिकता दिन निःशुल्क गरिन्छ । तर आयोजकले त्यसो गर्न सकेनन् । त्यसो किन गरिए होला ? स्थानीय सहभागिता धेरै भयो भने एन आर एन फ्रान्स प्रति भएका गुनासा, त्यहाँको बेथिति, सीमित व्यक्तिको हालीमुहाली बारे त्यहाँ प्रश्नहरू गरिएलान् भन्ने डरले हो भनेर धेरै साथीहरूले सुनाए । अरू नेपालीलाई प्रवेश शुल्क लिएपनि एउटै परिवारका थुप्रै सदस्य निःशुल्क प्रवेश गरेका रहेछन् ।
गाना बजाना कसको स्वार्थमा ?
सहभागीहरूको मनोरञ्जनका लागि सांस्क्रितिक कार्यक्रम आयोजना गरिएको थियो । अन्य कार्यक्रमहरुमा सधैँ स्थानीय कलाकारहरूले नै देखाउने गर्थे । स्थानीय कलाकार भनेपनि नेपालका रक्तिम सांस्क्रितिक परिवार, हिउँचुली सांस्क्रितिक समूह लगायत चर्चित सांस्क्रितिक समूहका थुप्रै कलाकार यहीँ थिए । सहभागीलाई भात खुवाएको पैसो सम्म भीख माग्नुपर्ने अवस्था आर्थिक रूपमा थियो भने नेपालबाट ती कलाकार ल्याउनु किन ? स्थानिय कलाकारमै सिमित राखेको भए के फरक पर्थ्यो ? र कलाकारपनि एन आर एन फ्रान्सको समितिमा भएका एक व्यक्ति विशेषको गीत रेकर्ड गराएकालाई नै किन ल्याइयो भन्ने प्रश्न उठेको छ । स्थानिय कलाकारहरूले ‘साना तिना कार्यक्रम पर्दा, पैसा खर्च नगर्दा चाही हामीलाई सित्तैँमा लगाउने । तर ठूलो कार्यक्रम र पैसा खर्च गर्नु पर्दा चाहिँ नेपालबाट ल्याउनुपर्ने ?’ भनेर चित्त दुखाएका छन् ।
समय अभाव थियो भने सांस्क्रितिक कार्यक्रम नराखेको भए के बिग्रिन्थ्यो ? बरु सांस्क्रितिक कार्यक्रम नराखेको भए खर्च घट्ने थियो । फ्रान्सवासी नेपालीका साझा समस्याबारे छलफल चलाउन सकिने थियो । बाहिरबाट आएका नेपालीका अनुभवहरू मन फुकाएर सुन्न पाइने थियो । आखिर सांस्क्रितिक कार्यक्रम राखेर पो भयो के ? अधिकांश सहभागी दोस्रो दिनको सांस्क्रितिक कार्यक्रम नहेरी बाटो लागे । नेपालबाट व्यक्ति विशेषको चाख र प्रभावमा नल्याएको भए प्रवेश शुल्क कम राख्न सकिन्थ्यो । त्यो गर्दा स्थानिय नेपालीको सहभागिता पनि बढ्ने थियो ।
कार्यक्रमको औचित्य के ?
करिब १८ देशका प्रतिनिधिले भाग लिएछन् यो भेलामा । आर्थिक हिसाबले भन्नुपर्दा जम्मा जम्मी एक लाख यूरो खर्च भएको अनुमान रहेछ । सबै सहभागीको बस्ने, खाने, यात्रा खर्च गर्दा । त्यो भनेको नेपाली झण्डै एक करोड रुपियाँ हो । समयको कुरा त भिन्नै छ । कार्यक्रममा खासै ठोस एजेन्डा उठेनन् । यत्रो पैसा खर्च गरेर ठोस उपलब्धि के हासिल भयो ? उही द्वैध नागरिकता । उही सय मिलियनको लगानी कोष । सधै उठिरहेका उनै बासी कुरा । त्यत्ति छलफल त नेटबाट पनि गर्न सकिन्थ्यो । पेरिसमा प्रत्यक्ष भेला राख्नुकै उपलब्धि चाहिँ के त ? यो चाहिँ थुप्रै मुलुकका सहभागीहरूले उठाएका थिए ।
हामी साना तिमीहरू ठूला ?
कार्यक्रम दुई दिन भनेर स्पष्ठै पारेका थिए आयोजकले । त्यसैले सहभागी हुने भएपछि दुई दिनको समय लिएर आउनुपर्ने हो । तर भयो के भने कतिपय व्यक्तिहरू पहिलो दिन सहभागी भए । दोस्रो दिन यस्सो देखा परे । आफ्ना कुरा भटाभट राखे । उपदेश दिन आए झैँ गरे । अनि अर्को दिन हाम्रो फुर्सद छैन भन्दै कार्यक्रम नै नसकि बाटो लागे । यसले के देखाउँछ भने ठूला भनिनेहरुसित स्थानिय स्तरका गुनासा, अनुभव, दुख, पिर, पीडा र समस्या बुझ्ने चासो छैन । तिनका लागि ताली पिट्न मात्रै आउने हुन् अरू सहभागीहरू । एन आर एन भनेको ठूला ठूला व्यापारीका गफ सुन्ने, तिनले भाषण गर्दा ताली पिट्ने हुन् सानो तिनो पेशा गरेर, थोरै कमाएर, दुखले बस्नेहरु । यो विषय निकै सहभागीले उठाए र जापानका प्रतिनिधिले त माईकबाटै दुखेसो पोखेका थिए ।
आयोजक संस्था भएकोले एन आर एन फ्रान्सले आफ्नो तर्फबाट कम्तीमा एकाध घण्टा आफ्ना समस्या, सफलता असफलता, अनुभव, यहाँका नेपालीका दुख र सुखबारे अनुभवहरू साझेदारी गर्ने, सुनाउने मौका पाउनु पर्ने थियो । तर सायद संस्थामा भएका कमी कमजोरीबारे आवाज उठाउँछन्, यहाँका बेथितिहरू सबै सहभागीले थाह पाउँछन् र नेत्रित्वको कमजोरी छताछुल्ल हुन्छ भनेर होला त्यतातिर पहल नै गरेनन् । जति सहभागी भए ती मध्येकाले पनि भने- हामीलाई के जोकर फाल्टू बनाउन बोलाएको पैसा तिराइ तिराई ? हाम्रा कुरा कसैले नसुन्ने भए तिनको लागि ताली बजाउने साधन मात्रै हामी ?
एन आर एन फ्रान्समा २ हजार भन्दा बढि नेपाली छन् । यति ठूलो कार्यक्रममा २ हजारबाट ५० जन नेपालीपनि नआउने । यदि साँच्चिनै ती सबैलाई समेट्ने हो भने के नेत्रित्वले सोच्नु पर्दैन ? छलफल गर्नु पर्दैन कहाँ रह्यो कमजोरी भनेर ? एक जना व्यापारी र केही युवाहरूले म सँग यस्तै गुनासो गरेका थिए । तर यो विषयमा अध्यक्ष देवमान हिराचनको भने प्रशंसा गर्नुपर्छ । उनी कार्यक्रममापनि फरक फरक टेबलमा गएर कुरा सुन्दै थिए । यहाँ समस्याहरू सुन्नको लागि फेरी फेरी कार्यक्रम आयोजना गरिए खुशिसाथ आउने बचन दिँदै थिए ।


वाह ददीजी मान्नुपर्च तपाइको आँट् । ए उटा अैलो नेपाली जन्मेको रैच् ल । थिक् कुरा उथाउनु भयो। सल्लाम तापाइलाई। धेरै कुरा छन् अझै बाहिर् ल्यौनुपर्च् तपैइले ।
मन परो वा परेन:
0
0
[Reply]
बिनोद खकुरेल Reply:
August 10th, 2010 at 11:46 am
फ्रान्सबाट आज भोली टाढा भएर पनि तपाइका जुझारु सब्दहरु मार्फत थुप्रै कुराहरु थाहा भयो त्यसको लागी धन्यबाद ददि जि,
आयोजकहरुबाट थुप्रै गल्तिहरु भए होलान, कति साथीहरुबाट राम्रा कुराहरु पनि त सुनिए होलान ? चित्त नबुझ्ने पक्षहरु पनि देखियो होला र त्यस बारे चर्चा हुनु स्वभाबिक नै हो, हुनु पनि पर्छ ।
गल्ति कमजोरी कामगर्ने बाट हुन्छ केहि नगर्नेबाट हुंदैन।
गल्ति देख्नेले औंल्याउनु पर्छ, गर्नेले सच्याउन तयार हुनु पर्छ र अरु सबैले बाताबरण सहज बनाइदिनु पर्छ। जसले गर्दा त्यस्ता कुराहरु पुन: नदोहोरिउन, यो नै हाम्रा केही गराइका उदेस्य हुनु पर्यो।
प्रतिक्रियाको नाममा यहाँ सब्दरुपि तिखा भालाहरुले अरुलाइ घोचेर, उदिनेर, चोट लगाइदिएर वा घाउका पाप्राहरु उप्काइदिएर कसरि के मजा किन लिनु ?
अरुको मन किन कुढ्याउने, मुटु किन चस्काउने, ह्रिदय किन दुखाउने…!
आक्रामक बनेर वा भन्डाफोर को बाटो समातेर नै अघि बढ्न पर्छ भन्ने पनि छैन, प्रसंसै प्रसंसा गरेर वा पुरै बेवास्था गरेर जानुपर्छ भन्ने पनि होइन।
गरौं, केहि गरौं, आ-आफ्नो ठाउँबाट सक्दो गरौं, एकले अर्कालाइ बुझेर गरौं, एक-अर्का संग मिलेर गरौं, बांडेर गरौं ।
कहिले हो एक दिन जानु छ, तर जानु अघि केहि गरेर जाउं, केहि छोडेर जाउं, केहि दिएर जाउं, सकिन्छ भने अरुको लागि पनि, समाज र सभ्यताको लागि पनि ।
प्यारिसको सुन्दर बगैंचामा आकर्सक रंग र मिठो बास्ना छोड्ने मनमोहक फुल झैं बनेर कसैलाइपनि नबिझाइकन हामि सबै बांच्न सके कस्तो हुन्थ्यो होला यो संसार !
बिनोद खकुरेल
काठमाण्डौ ।
मन परो वा परेन:
0
0
[Reply]
हामी पनि यहाँ बस्स्दही आएको नेपाली हौ यहाँ को समाज लाई बुजेका छौ केहि गरौ भनेर लागेका नेपाली हरु पनि धेरै छन तर के गर्ने फ्रान्स को एन आर एन त बेग्तिगत सन्स्था को रूप म पो देखायो चौथो यूरोपन भेला ले त । जस्ले आफ्नो परिवार बाहेक फ्रान्स मा आरु पनि नेपाली र केहि गर्न सक्ने बेक्ती हरु छान । जस्ले इ कुरा हरु समेट्न सक्दैन तेस्तो बेक्ती किन अद्धेक्ष पद मा ? जस्ले मन्च मा गएर दुही शब्द राम्रो सँग बोल्न सक्दैन । एस्ता बक्ती हेरु ले गर्दा नै एन आर एन सस्था आरु ठाउँ बाट जती आगाडी बडेको छ फ्रान्स मा छैन देस लाई गली गर्नु सस्था लाई गली गर्नु हाम्रो मुर्खता हो तर जस्ले इ सब चलाए को छ उनिहरु हेरु ले आफ्ना पेट भर्ने काम मात्र गरे का छन । पेरिस मा बसे का नेपाली लाई पारिवारिक सस्था होईन नेपाल र नेपाली लाई सह्योग गर्ने सस्था चाहियको हो । जस्ले अद्धेक्ष लाई नै नालाएक भन्छ उनिहरु ले सम्मान पाउछ । जो चाही सस्था लाई सहयोगा को भावना राखेर मन्च मा उबिएर सस्था लाई सहयोग गर्छ उनिहरु लाई धन्यवाद पनि पाउदैन । एस्तो सस्था लाई फेरी कसरी मदत गर्ने मन हुन्छ । नाम र दाम को लागि मात्र सस्था खोलेर भासन दिएर मात्र मात्र पुग्दैन केहिगर्नु अनि मात्र अनि मात्र सहयोग पहिन्छ । – जय नेपाल
मन परो वा परेन:
0
0
[Reply]
चित्त बुज दो लेख l अति उत्तम l तपै को लेख लाई नेपाल को प्रतेक दैनिक साप्ताहिक पत्रपत्रिका तेलिभिसन रेडियो छाप्नु बोल्नु प्रचार प्रसारण तुरुन्तै गर्नु पर्छ l संसारमा कहिँ नदेखाएको जात्रा एनरएन फ्रान्स ले देखाएको ले नेपाल को संभिधान हल मा यस बिसय छलफल गरि तपै ले लेख्नु भएको समाचार प्रतेक सभा सद मन्त्रि लाइ बादनू पर्छ l एनरएन फ्रान्स ले नेपाल नेपाली को बेइजती संसार मा नै गरे l कानूनी कारबाही हुनु पर्छ l खल्तीमा पैसा नभए कसले कार्यक्रम गर्न जोड दिएका थिए? मेट्रो ट्रेन स्टेशन पहुना हरु बेहाल दुःख पारी राख्दा कहा बुढा हरु?सहोयोग लोकल नेपाली हरु ले दिएको सुलिसुली न्यूज़ छ l बुढा हरु यति पापी छन् कि जुलाई अगस्त को बीच मा गरे नेपाली कोहि हुदैन l कुरा काट्ने कोहि हुदैन l अति सदयंत्र तरिकाले कार्यक्रम गरेर प्रमाण पत्र लिए l प्रमाण देखाए पछी भोलि तस्करी काम गरे पनि नेपाल पुलीस ले संकई नगरोस l आजै फ्रान्स भरिका नेपाली जम्मा गरि मीतिंग बसेर एन आर एन फ्रान्सको समितिका मुख्य मान्छे बिरुद्ध घोर महाभियोग आरोप लगाई पद चुट गराई नया निर्बाचन गर्नु पर्छ l नमाने काठमाडौँ एनरएन मा पत्र लेखि हामी बाट निरबाचित बिजेता को नाम खबर एनरएन काठमाडौँ पठौने l आधा सिट एनरएन महिला को हुने छ l
मन परो वा परेन:
0
0
[Reply]
saaraa chaakariko pachhaadi daudiyeko belaa dadijile khataraa satya tathya lekhera sabailaaii jaanakaari dinu bhayeko chha . NRNko galata kuraa chhopna khojera ke ? aakhira nepalplus baata aaihaalyo . Dadi raichha raichha auta nidar, mutu bhaako maanchhe la. maile maane aba chaahi;
aba dutaawasako karmachaarisita miolera nepali passport baata paisaa kaamauneko baare pani lekhnu parryo dadiji.
मन परो वा परेन:
0
0
[Reply]
नमस्ते दधि जी राम्रो छानबिन गरि लेख्नु भएको रहेछा बधाई छ!
मन परो वा परेन:
0
0
[Reply]
कार्यक्रम गर्दा गल्ति त भै हाल्छ दोस अपजस बधाई आइ हल्छा गल्ति लाई सुधार्नु पर्ने हुन्छा धन्यवाद!
मन परो वा परेन:
0
0
[Reply]
Keeran Reply:
August 9th, 2010 at 2:38 pm
Akdam thik mulyan kan garnu vho dadi Ji,tara ma tapta Ji lai kay bhanchu bhani,sadhai aru ko budilay kati aadachay hunu huncha saknu hun cha bhani satha ma Naya garay ra dhay khu.khali nrna ko birod gardai samaya barbad nagara ho,samatara sabainay pali lai haina bhani nrna bhan da pani khatam hun cha timiharu ka sastha. Bhandari reeskam gara ra aru lai eejat garna siknu.
मन परो वा परेन:
0
0
[Reply]
sagar Niranjan Reply:
August 9th, 2010 at 9:33 pm
ghuss dinee bhndaa ghuss khane Chor.
chakadi garnee bhanda chakadi khanee Dakaa.
ghar ghar maa gayar LolyPop khanne staff AAchhi.
staff nepaly portugel agent 1 nepalie passport 1500 dekhi 2000 Bengaladesh Pak becheko.
staff 5 yrs 10 carods income now nepal.
मन परो वा परेन:
0
0
[Reply]
दिलमाया मगर होलैंड Reply:
August 9th, 2010 at 9:48 pm
इज्जत भये पो इज्जत दिने/ तेरो इज्जती छैन/
मन परो वा परेन:
0
0
[Reply]
tapta bhandari Reply:
August 10th, 2010 at 1:34 am
किरण, लक्ष्मी गुरुङ जे नाममा कमेन्ट गरे पनि गर्नुस यहाँ म के स्पस्ट पार्छु भने म दधिजीको नेपल्प्लुसको नियमित पाठक हुँ! मलाई उहाको लेख ले मुहानी नै लगाएको छ, दिनको धेरै पटक उहाको लेख हेर्छु राम्रो लाग्छ! तेस्पछी कमेन्ट हेर्छु पढे पछी कमेन्ट गर्छु तेती मात्र हो म NRNA बिरोधि होइन मेरा कुनै पनि कमेन्ट लेखमा तेस सस्था को बिरोध छैन बरु सल्हा मात्र हो! त्यो पनि पाठक को हिसाबले!
र कुरा रह्यो एकता समाजको, म सो सस्था को अधक्ष्य हु तर मेरा विचार व्यक्तिगत हुन मैले राख्ने कमेन्टहरु सबैलाई मान्य नहुन सक्छ! अर्को कुरा हाम्रा १५ जना कार्य समिति छन्! हामी पब्लिक सम्पूर्ण सदस्य र कार्य समितिको सल्हा र सुझाब अनि बुद्धिमा चल्छौं! हामी कुनै पनि अन्य सस्थाको बिरोध गर्दैनौ! हामी सबै NRN हो! हाम्रो सस्था सबै सस्था संग हात मा हात मिलाएर काम गर्न तयार छ!यहाँका लोकल समस्या लाई पहिलो चरणमा लिनु पर्छ! तपाई हरु लाई सुझाब र सल्लाह छ भने nepaliekatasamaj@gmail.com होइन भने duplicat ID मा व्यक्ति र सस्था लाई मानहानी हुने गरि नलेखे कसो होला किरण जी? तपाई हरुको IP ठेगाना भेट्नु गारो हुने छैन यो कम्प्युटर जमाना मा कुरा बुझी राख्नु!
मन परो वा परेन:
0
0
[Reply]
दिवाकर चालिसे जर्मन Reply:
August 10th, 2010 at 10:18 pm
बिडम्बना अहिले nrna परिस सीमा भन्दा बहिर गयो l दूध उमाली बसे आफै पोक्छ l आगो रिस आक्रामक भै यकता समाजको पतन लेखेकोलाइ घोर बिरोध गर्छु l कुनै पनि कमेन्ट करताहरु nrna फ्रांस को पतन होस लेखेका थिएन l सिर्फ समितिको महाभियोग चुनाब प्रस्ताब थिएl nrrn फ्रांस सैतान रहेछ l सबैको नाश भनेर सराप दिएर हिड़ने बेकुफ्फ़ l एवेरेस्टलाइ ओराली गर्न मैसन दू नेपाल खोले झै यकता नेपाललाइ ओरली गर्न गारै परला l कमेन्ट कर्ताहरू + नेपाल पलुस सत्य देखाएर आखा खोली दियो l नत्र पहिले सबैलाई nrrn अंधो बनाएर राखेका थिए l श्री ३ का छोरा छोरी जनमानासाथ कर्नेल हुन्थे l nrrn परिस केही काम नेपाली समाजको लागी नगरी कर्नेलको प्रमाणपत्र l दर्ता नै नभएको सस्थाको प्रमाणपत्र झुन्दाये कुकुरको टाउको जुन्दाए सरह हो l यसमा कुनै कानूनी मान्यता नभई जाली थरिन्छ l
हरेक पार्टी भित्र बिरोधीहरुको इज्जत गर्छ l बिरोधीले गल्ती देखाई सच्यावुन मार्ग देखौंछ l nrrnपरिस सिस्नो हो l सबैको कुरा चुक्ली उजुरी l सबैको कुरा काटेर हिड़ने सस्था हो l nrrn ko सबै icc लाइ फ़ोन गरेर चुक्ली यसो त्यसो के नाटक हो?तिनीहरुनै जिस्काई रहेको छ यी गाई जात्रिहरुलाइ l nrna फ्रंसले नेपाली जनताले तिरेको करबाट थुप्रै पल्ट खर्चगरी सकेको समाचार छ l देशको धुकुती लुटेर सितार नर्तकी नचायेर हिड़नेलाइ तुधिखेलमंच माँ सिस्नो पानिले झ्वाम झ्वाम
मन परो वा परेन:
0
0
यति कुरा त थोरै भयो । कुरा धेरै छन् । सुधार्न पर्नेकुरा झन् धेरै छन् । लक्ष्मी गुरुँग कता गए खै त लक्ष्मी कमेन्ट आएन त ?
मन परो वा परेन:
0
0
[Reply]
जवाफी दिन नसक्नेगरी लेख्नु भयो हैन ददिब्रो ? खोइ त तपाईले उठाएका प्रेश्नको जवाफ ? सब चुप लागे यहा लेखेको कुरा को जवाफ दिन नसकेर
मन परो वा परेन:
0
0
[Reply]
वा वा हाम्रा नेपाली देश देखि विदेश सम्म उही मानसिकता, रोम मा पनि त्यहिँ एन आर एन को भेलामा मुक्का मुक्की भएको सुनेको थिए होइन जहाँ पनि जात जनाउने हामी बिर गोर्खे का सपुत, अहिले आएर एसो सोच्दा Thikkai गरेछु अहिले सम्म यो संगठन को सदस्यता नलिएर.
मन परो वा परेन:
0
0
[Reply]
दिवाकर चालिसे जर्मन Reply:
August 10th, 2010 at 10:35 pm
गैर आवसीय नेपाली संघ इटली ले मीती 7august 2010 मा देव् घाट एन आर एन बृद्घाश्रम लाई एक समरोह बीच रु ८१०२२ को चेक उक्त समीती का सम्योजक भोजराज भण्डारी लाई एन आर एन इटालीका महासचिब श्री रामजीबी पन्थ ले हस्तान्तरण गर्नुभयो।
उक्त समारोहको प्रमुख अतिथि अन्तरराष्ट्रिय समीती का सद्स्य श्री रामबहादुर भण्डारी ले कोश को उचीत प्रयोग साथै आगामी दीन हरुमा यस्तै सहयोग गर्न तत्पर रहेको जान्कारी दिनुभयो भने एन आर एन इटालीका महासचिब श्री रामजीबी पन्थले सामाजिक सेबा को लागी गठन भएको एस सस्था ले स्थापना काल देखीनै सामाजीक समस्यहरुको सम्बोधन गर्दै आएको जानकारी दीदै उक्त कार्यक्रम लाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभाब लाई धन्यवाद दीनु भएको थियो। उक्त समरोह का सभापती भोज राज भण्डारी ज्यु ले बृद्घाश्रम को बारेमा र यस्को भाबी कार्यक्रम को बारेमा प्रकाश पार्नु भएको थियो।
(खोई फ्रंस बाट काम ???मुक्कामुक्की अमेरिका यूरोपको कैबिनेट पनी हुन्छ lनिरुन्कुश पारवारिक सासन माँ पो बिरोध गर्ने द्रोहीl जनक्रांतिको लागि मसाल पनी उथिन्छ)
मन परो वा परेन:
0
0
[Reply]
Dhruba Reply:
August 11th, 2010 at 3:54 pm
दिवाकर जी जर्मनी मा बसेर पनि इटाली को जादै चासो राख्नु हुँदो रेछ यसमा यहाँ लाइ धन्नेबाद. जुन कुरा इटाली बस्ने लाइ भन्दा germany मा बस्ने लाइ बढी थाहा हुँदो रेछा किन होला ? अनि अर्को कुरो violence कुनै ठाउँ वा क्याबिनेट जसको भए पनि अनुशरण गर्ने मेरो बनि छैन त्यसैले म भन्छु राम्रो कुराको सिको गरौ नराम्रा कुरा लाइ भिर बाट फ्यालिदिउ र आवश्यक परिन्जेल जस्तो व्यक्ति वा संस्था को पुकार अनि आवश्यकता सकिए पछी सत्तोसराप.
मन परो वा परेन:
0
0
[Reply]
यहि त छ ददी जी दुक्ख को कुरा nrn ले बिदेसमा बस्ने नेपाली हरुको संगठन भन्छ तर फ्रान्स को nrn एउटा private संगठन जस्तो भैराखेको छ फ्रान्सको east west north south मा रहेको सबै नेपालकी लाइ समेट्नु कता हो कता पेरिस मा भएको १०% नेपाली पनि समेटेर लान नसक्नु पुरानो भनौदा नेपाली अथवा nrn नेतृत्वको कमजोरी हो !!यहाँ को nrn को नेत्य्रित्व लिने व्यक्तिहरु राजनैतिक पार्टी को भात्री संगठन जस्तो + जातीय रुपले +सामन्त सोच विचार ;रुदिबादी रुपले अगाडी बढेको देखिन्छ !!अब जब सम्म उहाहरुको चेतना र बिबेक परिपर्तन हुदैन फ्रान्स को nrn ले केहि गर्न सक्दैन !!तेसैले अब को nrn को नेत्य्रित्व युवा पुश्तामा आउनु पर्छ !! अहिले को नेतृत्व भनौदा हरु ले कि त कुर्सि छोडेर सल्लाकार भएर बस्नु पर्यो कि त सबैलाई समेटेर लान सक्नु पर्यो otherwise फ्रान्स मा यथास्थितिको nrn को औचित्य छैन !!
मन परो वा परेन:
0
0
[Reply]
NRN जस्ता आदिकरिक रुपमा दर्ता नबयेका संस्था चलाउनु गैरकानुनी हो ( खोजतलास गर्नु हाम्रो कर्तब्य )
मन परो वा परेन:
0
0
[Reply]
दिलमाया मगर होलैंड Reply:
August 9th, 2010 at 9:51 pm
१००% साचो बात शेरपा काका
मन परो वा परेन:
0
0
[Reply]
समाचारको लागी धन्यबाद ददि जि,
फ्रान्सबाट आज भोली टाढा भएर पनि तपाइका जुझारु सब्दहरु मार्फत थुप्रै कुराहरु थाहा भयो त्यसको लागी धन्यबाद ।
आयोजकहरुबाट थुप्रै गल्तिहरु भए होलान, कति साथीहरुबाट राम्रा कुराहरु पनि त सुनिए होलान ? चित्त नबुझ्ने पक्षहरु पनि देखियो होला र त्यस बारे चर्चा हुनु स्वभाबिक नै हो, हुनु पनि पर्छ ।
गल्ति कमजोरी कामगर्ने बाट हुन्छ केहि नगर्नेबाट हुंदैन।
गल्ति देख्नेले औंल्याउनु पर्छ, गर्नेले सच्याउन तयार हुनु पर्छ र अरु सबैले बाताबरण सहज बनाइदिनु पर्छ। जसले गर्दा त्यस्ता कुराहरु पुन: नदोहोरिउन, यो नै हाम्रा केही गराइका उदेस्य हुनु पर्यो।
प्रतिक्रियाको नाममा यहाँ सब्दरुपि तिखा भालाहरुले अरुलाइ घोचेर, उदिनेर, चोट लगाइदिएर वा घाउका पाप्राहरु उप्काइदिएर कसरि के मजा किन लिनु ?
अरुको मन किन कुढ्याउने, मुटु किन चस्काउने, ह्रिदय किन दुखाउने…!
आक्रामक बनेर वा भन्डाफोर को बाटो समातेर नै अघि बढ्न पर्छ भन्ने पनि छैन, प्रसंसै प्रसंसा गरेर वा पुरै बेवास्था गरेर जानुपर्छ भन्ने पनि होइन।
गरौं, केहि गरौं, आ-आफ्नो ठाउँबाट सक्दो गरौं, एकले अर्कालाइ बुझेर गरौं, एक-अर्का संग मिलेर गरौं, बांडेर गरौं ।
कहिले हो एक दिन जानु छ, तर जानु अघि केहि गरेर जाउं, केहि छोडेर जाउं, केहि दिएर जाउं, सकिन्छ भने अरुको लागि पनि, समाज र सभ्यताको लागि पनि ।
प्यारिसको सुन्दर बगैंचामा आकर्सक रंग र मिठो बास्ना छोड्ने मनमोहक फुल बनेर कसैलाइपनि नबिझाइकन हामि सबै बांच्न सके कस्तो हुन्थ्यो होला यो संसार !
बिनोद खकुरेल
काठमाण्डौ ।
मन परो वा परेन:
0
0
[Reply]
नमस्ते सबै मा ,दधी दाई एउटा कुरा चाहिँ छोड्नु भयो है तपाइ ले लेख्न ।यहाँ बिचार गर्नु पर्ने कुरा के हो भने नेपाली दुतावास ले एन आर एन ले भेला भएका नेपाली हरु लाई नेपाली जनता ले तिरेको कर बाट भोज दिए ।मैले नबुझेको कुरा के हो भने अरु यहाँ भएको नेपाली संस्था हरुले पनि भोली यसरि नै भेला गर्लान अनि उनि हरु लाई पनि भोज दिने कि नदिने ?अनी दिने हो भने हाम्रो जस्तो गरीब देश ले फिजुल खर्च मा अझै पनि उहि पंचायत बेला को निति नहटाएको देखिन्छ ।हैन आएका हरु को सम्मान मा हो भने नेपाली सिने जगत कै प्रथम super star राजेश हमाल आउँदा त यहाँ भएका नेपालीहरु ले मात्रै भेटघाट कार्यक्रम राखेका थिए ।कि यि आफ्नो स्वार्थ मात्रै हेर्ने । खाली देश ले यो दिएन र त्यो दिएन भनेर बिश्व भरि कराउँदै हिंड्ने करोड्पती हरु लाई गरीब नेपालीहरु ले तिरेको कर बाट भोज दिनु पर्ने केहि तुक देख्दिन ।आगे साथी भाई हरु लाई कस्तो लाग्छ भन्नु होला ।
जय नेपाल
मन परो वा परेन:
0
0
[Reply]
ददी दाई तपाईं ले जे लख्न्नु भयो सबै राम्रै लख्नु भयो । यहाँ सस्था चलाउन र सस्था खोल्ने धेरै छन । तर गर्नु केहि गरेको छैन र पाहिएको पनि छैन । याहा प्रोग्राम गरेको भोलिपल्ट सिदा नेपाल स-परिवार सहिता जानी पनि छन । तर यो सस्था ले एसो गरेछ भन्नु पाए को छैन । कुरा मात्र ठुला मेजो नेपाल ले घर बनाउने भनेर पैसा कमाए को देखेर नै सस्था माथी सस्था मात्र खुलेका छन ।न घर नै बनेछ न सस्था ले केहि गर्छ । केहि गर्नु छ भने सिधा गर्नु मद्त मग्नु पर्दैन मदत दिन आफै आउछौ । एन र एन ले जुन तरिकाले बेजत गरेको छ साएद आरु ठाउँ म पनि एस्तै होला तर एन र एन ले के अब अदेछे पद हुने पलो सकिने थाहा पाएर होला आफ्नो पाला मा नही छोरा छोरी लाई चिनौने काम म पाछी परेन । इ-मैल लेखेको भर्मा र छोरी लाई नेपाली झन्डा लिएर मन्च मा गए को भर मा समान दिइयो अरु पनि थिय । नेपाली कल्चार सो गर्नी हरु । अरु को नाम त त्यहाँ आएन त । जस्को बाउ,आमा एन र एन मा छ उसै लाई पहिला प्राथमिक्त दिइयो । जस्ले एन र एन लाई मदत गरे को छ उस लाई सुन्दा दुख लग्नु सोबाबिका हो । खुल्ला मन्च सबै को आगाडी काम गर्नी लाई किन बिचार गरिएन त । सिदा थाहा हुन्छ कि एन र एन को अदेछे को कम्जोरी कती छ भनेर सबै देन परिवार लाई गर्नु छ भने सस्था म होइन घर म नै बशेर भोज मोज गर्नी । आरु को आड लिएर किन आगाडी बड्नु खोज्ने ।आए का कलाकार लेत मन्च मा भन्द घर मा पो सो गरेछन फेस बूक मा हेरदा त टन्न वाइन बोतमा
मन परो वा परेन:
0
0
[Reply]
लेखौं के लेखौं र कत्ति लेखौं! आफ्नु गल्दी सुधार्ने वाला कोहि देखिंदैन! येत्ति पनि हामीले गरे, अरुले गर्न सक्दैन, तेही ठुलो थियो! आफ्नु गल्दीको मुल्यंगन गर्दैन! सबैलाई नाम कमाउनु छ, अरुसंग भिग मागेर चलाउने भन्ठानेथे तर नभयेपछी तेही तान्ड़प जात्रा देखाएको हो! तेस्को उब्लाब्धि हँसिल गर्नु छैन! संगठनमा आफुले जीमेवारिको ओहोदा लिदा ठुलो भए, उसको नाम पनि ठुलो अक्छेरले देखेथे तर गर्ने बेलामा भुसिया कुकुरले जस्तै पुछ्छर हल्लाउंदै पछी हड्छ! सबै चंखे मनुवाहरु छन्! येस्तई कुबुददी संधैं दी रहोस, उपपर वालाको मेहेरबानी! लौरोपनी नाभांज्ने र सर्प पनि मर्ने! क्या काइतेहरु छन्! कुर्सि आफैले पकड्नु छ र काम पनि नगर्नु छ! न आफुले गर्छ न अरुलाई गर्न दिन्छ! अरुले गरेकोमा डाहाले छात्तिभित्र ज्वाला मुखी राप दन्कन्छ!
अहिलेसम्म जनताको कर सदुपयोक भैदिएको भए देस कत्ता पुगी सक्थे! सँधै दुरुपयोक! एउटा कर्मचारीको सोबिबेकले अफ्नुखुसी गर्छन! तेसैको एउटा कडी हो यो! देशबाट नेताहरु सान्तिसेना जस्तो भिजिट मिसनमा आउछन! देशको भत्ता खल्तीमा हाल्छन अनि दुधबासमा भएको पनि चाटेर जान्छन! कर्मचारीहरु प्रोमोसनको लोभले सिधा ज्यानलाइ बेरुपी कुप्रो पारेर खस्रो हाट मोलछान! यिनीहरुले सदुपयोक गरिदिएको भए आज नेपालीहरु येसरी गल्लि गल्लिमा भौंदारिनु पर्ने थिएन! देशबाट डाँका नेताहरु आउँदा कत्रो सम्मान गर्छन तर याहाँका कोहि दुख पाएका मान्छे गए थर्काएर पठाउछ! क्या थिति!!!!!
जय नेपाली
मन परो वा परेन:
0
0
[Reply]
परिसमा बस्ने नेपालीहरु, एउटा शिछित मानबले आफ्नो आत्मसम्मानको लागि जिबनमा गर्न हुने रा नहुने कही कुराहरु यस प्रकार छन
क) केहि नगर्ने ले भन्दा गर्नेले जिबनमा गल्ति गर्छन
ख) पत्रकारितामा सधै नकारात्मक कुरा मात्रै होइन सकारात्मक पनि लेख्नु पर्छ
ग) लुकेर कसैको आत्मामा ठेस लाग्ने अपशब्द प्रयो गरि प्रतिक्रिया दिन हुदैन
घ) अरुको इज्जत गर्नेले मात्रै आफ्नो इज्जत राख्नन सक्छ
……..
मन परो वा परेन:
0
0
[Reply]
हैन यो NRN बन्या के हो? प्रस्ट पारीदिनुशाई गाउले हो
(Non Residence Nepalis Association- actually it is NRNA)
मन परो वा परेन:
0
0
[Reply]
मिन कुमार श्रेष्ठ
पेरिस फ्रान्स
ल ल दधि गी
बढाए छ nrn को बारेमा लेखेको लेख,
हजुर lae धेरै धेरै धन्यवाद, हामी सबैले हजुर ले येस्तई कुराहरु लेखान्नुस भन्ने आशा मा छौ , फेरी पनि धन्यवाद
मन परो वा परेन:
0
0
[Reply]
kaam garnele kam nagre nikalch. nikmma kahlinch.aeru chance didein. nagareco accusation. pyariski nepale mahilaco ijjat nageri arab countryco mahileco kura gari pyraishco nepale mahilaco beijati garekole septermber 5 gate mesion dee nepalle gareko teej programme bahiskar. bahiskarma sampurna mahila sath cha.
मन परो वा परेन:
0
0
[Reply]
नेपाली एकता समाजलाइ दोष लगाउने होईन,
मन परो वा परेन:
0
0
[Reply]
सीफ़ारिस चीठी,संगठनको नामबाट लैटर पाड़ बनाई कुनै देशको भंसार कर नतरी आयात नीरायतको ब्यापार गरि देशहरूलाइ तीरनु पर्ने अरब रुपिया भंसार राज्सव लुकाई धन नगद नारायण कमाई हीदी राखेको नारद मुनीलेपटता लगायेछ /घरासिये,पसल सामान मूर्ति ,बीदेशी मुद्रा,रेस्तुरांत आब्सेक परेको बेसार,मसालादेखी घर प्रयोग हुने साबुन कट्टु कार्गो गरि संगठनको नामबाट नेपालबाट आयात/घर पसल रेस्तुरांतमा बीक्र्री नभएको,यूरो नोतको बीतता,अति महंगा बस्तु,कार्गोबाट भंसार कर नै नतरी संगठनकई नामबाट नेपालमा सामान पठाउने गरेको नारद मुनि को खबर छ /नेपालको avenuenews.tv खबर भीतरको खबर पत्रकारले छानबीन गर्नु पर्छ/
मन परो वा परेन:
0
0
[Reply]
bastba ma yo prgm ma sancharkarmi ko hun ra ke garchhn bhanne thaha nabhyaka aayojak haru rahechhan .khusi lagyo europe ma baser pani chnage hun naskeko bichar ra bybhar dekher.
मन परो वा परेन:
0
0
[Reply]