फूटबल खेल जमाउँदै छन् अमेरिकाका नेपाली

-हरि शर्मा  / न्युजर्सी, अमेरिका

विश्व कप फुटबल खेलको उद्घाटन सँगै फ्रेन्ड्स अफ नेपाल (एफ.ओ.एन.)  न्यु जर्सीको पहलमा यस इलाकाका फुटबल पारखीहरू पनि प्रत्येक शनिवार बिहान सूर्योदयसँगै फुटबल मैदानमा जम्मा हुन्छन् । करिब दुई घण्टा मैदानमा बल सँगसँगै कुदिरहेका भेटिन्छन् । एफओएन न्युजर्सीका उप सभापति भानु श्रेष्ठका अनुसार करिब ८-१० जनाको टिम द्वारा सानो गोल पोस्ट भएको ठाउँबाट सुरु भएको फुटबल अहिले आएर फुल कोर्टमा करिब ७ वटा टिमले लिग चरणको प्रतिस्पर्धाको लागि निवेदन दिएका छन् ।

एकातिर शारीरिक व्यायाम द्वारा स्वस्थ लाभ अर्कोतिर खेलको माध्यमद्वारा व्यस्त जीवनमा कम्तीमा हप्ताको एक पटक साथि भाईहरु संग जमघटको अवसर । यसको निरन्तरतालाई संगठनद्वारा नै प्रवर्धन गर्नु पर्छ भन्ने मान्यता रहेको प्रतिक्रिया एफ.ओ.एन न्यु जर्सीका सभापति अनन्त रिसालले दिए । हालसम्म सम्म सेन्ट्रल जर्सी ‘ए ‘, सेन्ट्रल जर्सी ‘बि ‘, नर्दन जर्सी, साउथ जर्सी तथा सेन्ट पिटर्स टिमले खेल मैदानमा आफ्नो सहभागिता जनाई सकेका छन् । “अहिलेसम्मको खेलमा केशव सेढाईको नेतृत्वमा रहेको नर्थ जर्सी टिम अलि सवल देखिएतापनि अन्तिम चरण सम्ममा नतिजा कुन टिमको पोल्टामा पुग्ने हो भन्ने चाहिँ नहेरी भन्न सकिन्न” सेन्ट्रल जर्सी ‘बि’ का डिफेन्डर बिरु आफ्नो ओरेन्ज कलरको जर्सी नियाल्दै प्रतिक्रिया दिंदै थिए । उता नर्थ जर्सीका क्याप्टेन गणेस सेढाई भने आफ्नो टिमले विजय गर्नेमा निर्धक्क देखिन्थे ।

“हामी पनि आगामी साता अगस्त १४ गते सनिबार विहान हुन गैरहेको नर्थ जर्सी टिम सँगको म्याच लाई आफ्नो पक्षमा पार्न आवश्यक गृहकार्य र रणनीतिमा जुटिसकेका छौँ । हामीसँग खेलाडीको कमि त छदै छैन, केवल चुस्त खेलाडीहरुलाई टिम कम्पोजिसनमा मिलाउने कार्य भैरहेको छ ” एफओएन न्यु जर्सीका कोषाध्यक्ष एवं सेन्ट्रल जर्सी ‘ए’ का डिफेन्डर दिपेश अधिकारी भन्दै थिए ।

  • lekali

    जहाँ रहे पनि नेपाली रमाउनु पर्छ । प्रगति गर्नु पर्छ । झैझगडा गरेर दुनिया हसाउनु चाही हुदैन ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • tapta bhandari

    बधाई छ तेहाका नेपाली हरुलाई§

    मन परो वा परेन: Thumb up 0 Thumb down 1

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree