सम्झनाको तरेलीमा जन्मथलो र प्रमेथियस

-एस बी छन्त्याल / बेल्जियम

[अक्षर गोलो बनाइ लेख्न नसकेर छबिलाल हेड्सरले बुढी औँला र चोर औँलालाई जोडेर ओखर थिचे झैँ थिचीदिएको त झन् अहिले जस्तो नै लाग्छ । सामाजिक शिक्षा पढाउँदा त्यो नरे मोराले क्लासको अर्कोलाई कागजको मट्यांग्रा बनाएर ठोकेछ । अनि यल्ले हो सर भनेर सुराकी लगाइदिँदा लोके सरले १५० पटक उठबसको सजाय फर्मान, म जाबो निम्छरो त्यही कक्षामा नै भुतुक्कै ]

आफ्नै आँगन । च्याँ च्याँ गर्दै यही धूलोमा झरियो । बामे सर्दै यही ठाउँको माटोमा बल्ड्याङ खाइयो । सिंगान झार्दै भाँडाकुटी खेलियो यही ठाउँमा । बेहुला बेहुली हुँदै जन्ती त कति पटक गइयो गइयो । सिंगान पुछेर भोटो र कछाडमा माम्री पार्न सिकेपछि काठको बडेमानको पाटी बोकेर ढुंगेखरी धस्दै लागियो कपुरी क गर्न यही ठाउँको पाठशालामा । आफू र आफू जत्रै फिस्टेहरू देखेपछि यती मन फुरुङ्ग त भएको होइन त्यो कपुरी क गर्ने ठाउँमा । तुना बाँध्न मिल्ने दौरा फनफनाउँदै थाङ्नाको फुटबल खेलमा गनी नसक्नु पटक खट्टाको नङ सत्यानाश पारियो त्यही बुङबुङे धूलोमा । साहू बुढाको अमिलो चोरी गर्दा सिस्नुको झ्याङमा गुल्टेको बाबै क्या नमीठो पिरो त भएको थिएन ।

अहो एउटा हिसाब मिलाउन नसकेर टेके सरको यती त मार खाएको होइन बाबै अहिले पनि आङै जिरिङ्ग हुन्छ । फलानो माने ढिस्कानो भन्न नजानेर गङ्गे सरले सिस्नुपानी र लौराले पुरै हात भरी नीलडाम हुने गरी हानेको सम्झिँदा अहिले पनि कीबोर्डबाट हात फुत्त तानिएछ । अक्षर गोलो  बनाइ  लेख्न नसकेर छबिलाल हेड्सरले बुढी औँला र चोर औँलालाई जोडेर ओखर थिचे झैँ थिचीदिएको त झन् अहिले जस्तो नै लाग्छ । सामाजिक शिक्षा पढाउँदा त्यो नरे मोराले क्लासको अर्कोलाई कागजको मट्यांग्रा बनाएर ठोकेछ । अनि यल्ले हो सर भनेर सुराकी लगाइदिँदा लोके सरले १५० पटक उठबसको सजाय फर्मान, म जाबो निम्छरो त्यही कक्षामा नै भुतुक्कै । २ दिनसम्म हिँड्न पनि नहुने कैँची खुट्टामा ।

तर एक जना यती मेहनती र मायालु गुरु पनि थिए मेरा त्यही ठाउँको पाठशालामा । म फिस्टे दिनहुँ काठको पाटीमा अङ्गारको कालोले चम्काउँदै र भोटो हल्लाउँदै जाने । उनी १० बजे देखी ४ बजेसम्म त्यही चम चम गर्ने पाटीमा कपुरी क र एक दुई लेख्दै भन्न सिकाउने । जति पटक मेटे पनि लेखि दिने उही खरी ढुङ्गाले । न उनलाई झ्याउ लाग्ने न रिसाएर सातो जाने गरी सजाय दिने । जसले जे नाम र उपनामले बोलाए पनि केही नभन्ने । बस आफ्नो इमान्दारिताको कदर होस् या नहोस् । तर उनको लागि सबै फिस्टे बराबरी, सबै फिस्टे समान । थिए उनी पद र नोकरीको हिसाबले पियन तर मेरो लागि अब्बल दर्जाको गुरु ।

त्यही फिस्टेहरू आज संसारभरिका झिलिमिली हेर्दैछन् । पौरख गरेर खान सिकेका छन । तर उनी भने अझै पनि उही पद र उस्तै गरी कपुरी क सिकाउँदैछन् त्यही ठाउँ र त्यही पाठशालामा । न ढाँट्न जानेका छन न झूट बोल्न । न उनी अरुको मन दुखाउँछन् न लप्पन छप्पन जानेका छन् । गाह्रो सारो पर्दा लौन भने कमजोर ज्यान नै भए पनि होइन भनेर टार्न जान्दैनन् । सबैका प्रिय, सबैका पिउन (पियन) काका : खिम ब. छन्त्याल र मेरो मनका प्रमेथियस ।

प्रवासमा जब जन्मभूमिको याद झन् ताजा हुन्छ मनका हरफहरू यसै त्यसै बरालिन्छन् । शायद त्यो धूलोले मलाई कहिले फर्किएला भनेर बाटो हेरी बसेको होला । पाखो र पहराले सुसेली हाल्दै बोलाउँदो हो । वसन्तको पालुवाले गुराँसको फूल सँगै स्वागतमा पर्खिएको होला । कठै म प्रवासी भने ….. । जे जस्तो र जहाँ भए पनि त्यो धूलो माटो त्यो वन पाखा र मेरो प्रमेथियस लाई मुटु भित्रै राखेको छु त्यही दिनको भेट र पर्खाइमा ।

  • suresh lama,paris

    सांचै मन छुने लेख ।गाउँ घर को याद हरु चलचित्र झैं सर्,,र याद आयो ।अघि पनि लेख्दै जानुस राम्रो छ लेख ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • राम गुरुङ

    असाध्यै मन छुने लेख सुरेशजी ले भने जस्तै
    कस्तो गाउ**घरको सम्झना आयो ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • लेकाली

    बाल्यकालको पुराना कुराहरुलाई जस्ताको तेस्तै उतारेर मन छुने लेखन प्रस्तुत गर्नु भएको छ एस बी छन्त्यालजीले । फेरी पनि यस्तै खाले लेखहरु हामी सामू पस्कदै गर्नुहोला ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • tapta bhandari

    नमस्ते धेरै राम्रो लेख रमाइलो र गाउ को याद आयो नाम सुने को तर नगए को गाउ राम्रो रहेछा

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • अकेला

    असाध्यै राम्रो गाउघरको सम्झना दिलाउने खालो छ
    मैलेनी बच्चामा स्कूल गाको सम्झिए

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Mekh Rana

    धेरै राम्रो लेख

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sagar Sharma

    For all friends who are in foreign:
    Listen these songs also following the link below:
    http://www.youtube.com/watch?v=VFvA5qK183Q&p=6962C4B3AFC911A9&playnext=1&index=4

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • gita khatri

    हो हजुर लेख्त गजबको रहे छ | ढिलै भयपनी आफ्नो मनमा गुम्सियाका पिडा अनि आफ्नै गुरुबर्गले आफ्नो छात्रा , छात्र असल हुन् भन्दै दीयको सजाय को बारेमा चित्रण गरि अलि अलि भयपनी गुरुभेटी दिनु भयछ | पकै पनि तपाइको यो लेखले गुरुको सम्मान हुने छैन | अलि अलि भयपनी गलानी हुनेछ | माता, पिता र गुरु सधैब पुजनीय हुनुहुन्छ | यी साना तिना कुरा मिडिया सम्म ल्यार अपमान नगराबलक अपमान नगराबलक …………….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    एस् बी छन्त्याल Reply:

    गीता जी, प्रतिकृया लेख्नु भन्दा पहिले लेख राम्रो सँग पढ्नु होला । गुरु र गोरुमा धेरै फरक छ । असल गुरुले बिद्यार्थीलाई कट्टुमा शू गर्ने गरी सजाँय दिदैन बरु मायापूर्वक खिम काकाले झै गरी सिकाउछ र नै उनी सधैं मेरा मनका प्रमेथियस हुन् ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    gita khatri Reply:

    फेरी याद आयो एक जना मानिस ले आफ्नो छोरा लै कहिलेई पनि राम्रो संग पढछ भनेर भन्दैनथीयो रे | तर पनि उसको छोरा सधै पर्थम हुन्थेयोरे तर पनि उसको बाबाले राम्रो पधदैन मात्रै भन्दथीयो र एक दिन उसको छोरा लाई बाबु संग असाधई रिस उठेछ र आमालाई भनेछ आमा मा सधै परिक्षा मा पर्थम हुन्छु तरपनि बाबाले कहीलेइ पनि जस्दिनु भयन म त अब बाबा लाई मारी दिन्छु | बाबु छोरा तेसो नगर मतेरो बुबा लाई सम्झाइदिन्छु | अनि छोरा ले फेरी पनि बाबुलाई मर्ने कोसिस नै गरेछ र खुकुरी लियर ढोका कुरी बाबुको पर्तिक्षा मा बसेछ | अनि बेलुका को समयमा लोग्ने र स्वास्नी खाना खादैगर्दा श्रीमतीले भनेछिन होइन अब छोरा लाई गाली गर्न छोड्नु पर्यो छोरा म यसरि पर्थम हुदा पनि बाबा गाली मात्रै गर्नु हुन्छ मत मारी दिन्छु भन्छ | अनि त श्रीमान झसङ्ग भयछ र भनेछ मैले छोरा लाई गाली नगर्दा र सधै पढछ भने र सधै पुल्पुलाउदा त हाम्रो माया ले बिग्रिन सक्छ मैले पढ़दैन भनेको छुर पो उसले पढेको छ | तेसो हो भने आज बाट म उसलाई केहि भन्दिन उ त मेरो सुख दुख सम्पति जे भने पनि त उही नै त होनी मैले जे गरेको छु सबै उसको लागि | अनि ढोका मा बाबु लाई रुगी बसेको छोरा को हातबाट खुकुरी भुइमा खसेछ र छोरा ले महसुस गरेछ हो गलत त म पो रहेछु | तेओ पिटाई तपाइलाई पिटेर मजा लिनलाई कदापि होइन | छन्त्याल जी येस्ता लेख त यो गीता ले कति पढी र कति कमेन्ट दीई खुद मलाई थाहाछैन सबै राम्रो संग padhera अनि chitta na bujhera नै कमेन्ट deyakee hu sur taala laya सबै thahaa pauchhu

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Tulsi ram khatiwada (kala) Reply:

    hi gita g i read the commant and story if you are in that place what you sayed when you make the mistake at that time open your all cloth and ponice for you…………………………

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree