पत्रकारको शक्ति: कलम की आन्दोलन ?
(देब्रेबाट नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा, नेपाल प्रेस यूनियनका अध्यक्ष समिरजंग शाह र आफैं)
राती ११ बजे । नेपाल पत्रकार महासंघका सभापति धर्मेन्द्र झाले फोनमा भने- ददिजी भोलि पेरिस घुमाउन पर्यो । तपाइहरूमाथि त मेरो अधिकारै लाग्छ नि ! असाध्यै खुशि भएँ म । हो त, नेपाली पत्रकारको नेता । सर्वोच्च पदमा उनै छन् अनि किन नलाग्ने ? हाम्रो जिम्मेवारीपनि त उनैले लिन्छन् । छोटो कुराकानी भयो फोनमा । भोलि पल्ट पेरिसको एउटा मेट्रो स्टेशनमा भेट गरौं भन्ने सल्लाह गरियो । झा सँगै रहेछन् नेपाल प्रेस युनियनका अध्यक्ष समिरजंग शाह । एउटै पेशा भएपछि धेरै कुरा मिल्छन् । निकै विषयमा साझेदारी गर्न सकिन्छ । पत्रकारिता भित्रका गुदी मात्रै होइन सञ्चार माध्यममा आउन नसकेका राजनीतिक गतिविधिपनि बुझ्न पाइने । झन् अध्यक्ष नै भएपछि त अझ बढि सहज हुने भो । चिनाजानी नहुने कुरो भएन । तर प्रत्यक्ष अनुभव साटासाट भने हामीले कहिल्यै नगरेका ।
एउटा सग्लो दिन भरीमा कहाँ कहाँ लैजाने ? फ्रान्सेली राजा लुइस लाई जनताले पक्रेर जिलेटिनमा राख्नु पहिले पुर्याइएको प्लास द ला बास्तीइमा गइयो । समिरले खोइ के हो सोध्दै थिए । म अक्मकाएको के थिएँ धर्मेन्द्रले खुरुरु बताउन थालीहाले । म लाजले पानी पानी भएँ भित्र भित्रै । उनलाई त सबै कण्ठै रहेछ । फ्रान्सेली राज्यक्रान्ति र राजतन्त्रका कथा त उनले त्यही सारा खोल्न थाले । अनि जाँदै नगएको त्यो फ्रान्सेली स्वतन्त्रताको प्रतिकको बारेमापनि कहन थाले ।
लाजै भो कसो गर्ने ? मैले घुमाउन लगेको तर बेलिबिस्तार लाउने चाहिँ अध्यक्ष भए । अनि म लागेँ चुपचाप । समिरजंग चाहिँ ए ए भन्थे । यत्रा वर्ष यहाँ बसेको ददि सापकोटा ढुसै रैछ भन्ने ठाने होलान् सायद उनलेपनि । कसो गर्ने ? अनि बचेँ- “लौ मलाई त इतिहासमा उति चासो छैन । त्यति जान्दिन । यस्सो यो ठाउँ यो हो सम्म भन्ने हो” भन्दै । ढाडस दिए समिरजंगले- हो त, इतिहासमा गहिरो चाख नभए त आउँदैन नी !
नेपालभरि बाहुन र क्षेत्री, गुरुङ र मगर, राई र लिम्बू, मधेशी र पहाडी भनेर जात र जाती अनि क्षेत्रीय आधारमा फुटिरहेका बेला झा अध्यक्षमा चुनिए । क्षेत्रीय र जातीय बिखण्डन मच्चाउनेहरु सलबलाइरहेका बेला नेपालका करिब १० हजार पत्रकारले तराई मूलका झा लाई अध्यक्षमा जिताउँदा म कम्ती रमाएको थिईन । त्यतिखेर नेपालका पत्रकारहरू बुझक्कि रहेछन् जस्तो लाग्यो । तराई मूलका झालाई अध्यक्षमा छानेर देशभरि उनीहरूले जातीय र क्षेत्रीय विखण्डनका विरुद्ध सन्देश छरे ।
अरू पत्रकार साथीहरूसित कुरा गर्दा सुनाउँथे- धर्मेन्द्रको कार्यकाल जमेन भन्दै । सोध्थें, किन जमेन ? साथीहरू भन्थे- पत्रकारहरू मारिएका छन् । कुटिएका छन् । धम्की र तर्साउने क्रम उत्तिकै छ । कार्यक्षेत्रबाट बिस्थापित गराइने क्रमपनि जारीनै छ । ठूला मिडिया हाउसले मनलागी निकाल्छन् । महासंघ केही गर्न सक्दैन । तर धर्मेन्द्र झाले त्यसको लागि गतिलो आन्दोलन गर्न सकेनन् । प्रजातान्त्रिक आन्दोलनमा गतिलो भूमिका खेल सकेनन् । यस पटकको नेत्रित्व लोसे पर्यो, लुते भयो । त्यही कुरा सुनाएँ झालाई । प्रतिक्षा गरेँ उनले के जवाफ देलान् ।
गज्जवको तर्क गरे उनले । पत्रकारहरूको शक्ति के हो ? कलम की तरबार ? सञ्चारकर्मीहरूको दम्भ कलम र कागजमा ओकलिनु पर्छ कि सडकमा ? हामीले रोष प्रकट गर्ने लेखेर हो की आन्दोलन गरेर ? हामीले अड्डा जमाउने रेडियो, पत्रपत्रिका र टिभी हुन् की नारा र जुलुस गरेर सडक पेटी ? जब पत्रकार ले सडकमा ओर्लेर आन्दोलन गर्छ तब राजनीतिक पार्टीले गर्छन् के ? ब्यवसायिक संघ संस्था र अन्य समूहको, जनताको असन्तुष्टि पोख्ने थलो कुन ?
उनले सुनाउँदै गए- पत्रकारहरूको दम्भ नै कलम हो । हामीले गर्ने आन्दोलन होइन । जब सडकमा आन्दोलनलाई प्रमुखता दिईन्छ तब हाम्रो कलम, हाम्रा शब्दका भाउ र वजन घट्न सक्छन् । कलमको शक्ति होइन सडक आन्दोलनले प्राथमिकता पाउन सक्छ । सञ्चारकर्मीले त लेखेर, व्यक्त गरेर गाउँघर, सारा जनता, नीति निर्माता, राजनीतिक पार्टी र सरकारलाई आफ्ना तर्कमा आश्वस्त तुल्याउन सक्नुपर्छ । झुकाउने शक्ति हुनुपर्छ पत्रकारको कलममा । पत्रकारले लेखेरै आफ्ना मागहरू पुरा गराउन संबन्धित निकायलाई बाध्य गराउन सक्नुपर्छ । किनभने पत्रकारको मुख्य माध्यम भनेकै कलम हो । कलमलाई भन्दा सडक आन्दोलनलाई प्रमुख ठान्ने हो भने पत्रकारले कलमनै किन बोक्नुपर्यो ?
पत्रकारले साँच्चै आन्दोलन गर्नै नहुने हो कि होइन ? गर्नै परे कुन तहको, कुन हदसम्म गर्नुपर्ने हो ? त्यसको मापदण्ड के ? मापन कसरी गर्ने ? तर उनका तर्क मलाई चित्त बुझ्दा लागे । किनभने पत्रकारको कलमले सारा जगतलाई उठाउन सक्छ । ब्युँझाउन सक्छ सिंगो बस्ती र शहर । झुकाउन सक्छ, बाध्य गराउन सक्छ सिंगै सरकारलाई । उल्ट्याउने क्षमता राख्छ गलत नीतिहरूलाई पत्रकारका कलमले । सहमत गराउन सक्छ । सक्नुपर्छ । आखिर तिनका कलमले जनतालाई जगाउन सके जनता आफैँ उत्रन्छन् नि आन्दोलनमा । किन कब्जा गर्नुपर्यो पत्रकारले सडक ?
चरा त नछोड्नुस् है ?
समीरजी रेडियो नेपालका पत्रकार । रेडियो संबन्धि कुरा भए । झा अन्नपूर्ण पोष्ट दैनिकका । सबै जसो मेडियाका सर्सर्ती छलफल हुने नै भयो । मेरो नेपाल जाने बुझेका विशिष्ट व्यक्तिहरू बारेको प्रकाशोन्मुख पुस्तकबारे कुराकानी भयो । धर्मेन्द्र झाले मैले कतै चराको क्षेत्र छोडेर बाटो बिराउँछु कि भन्ने चासो देखाए । नेपालमा चराबारे तपाई जे लेख्नुहुन्छ त्यो आधिकारिक जस्तो मानिन्छ । तपाईले चराबारे लेखिसकेपछि मान्छेहरू भर पर्छन् । नेपालमा त्यसरी लेख्ने कोही निस्केन । अझै निस्किने छाँट छैन । तपाइको पहिचानपनि त्यसैगरी बनेको छ । फ्रान्सेली संबन्धि पुस्तकले अवस्यै चर्चा पाउने छ । तर तपाईले चराका विषयलाई छोड्नु भएन । चराकै विषयमा लेख्नुस् किताब । अरू विषयमा त अन्य ब्यक्तिलेनै लेख्छन् नी । चराका विषय लेख्न सक्दैनन् । त्यसैले आफ्नो पहिचान र कोही नभएको त्यो क्षेत्रबाट अर्कै गोरेटोतिर नलाग्नुस् । म अब एकाध पुस्तकको तयारीमा लागेको र त्यसपछि सधैँ प्रक्रिति, जीवजन्तुकै बारेमा अध्ययन गर्ने, भविष्यमा अन्य पुस्तकपनि त्यही क्षेत्रमा लेख्छु भनेर आश्वस्त पारेँ । खुशि भए झा ।
यो बाहुनवाद ले गर्दा………….
उनी पोर्चुगल र स्पेन लगायत कता कता घुमफिर गर्दै आइपुगेका थिए फ्रान्स । ‘युरोपको सांस्क्रितिक र ऐतिहासिक संगम हेर्ने बुझ्ने हो भने त फ्रान्स नै हो नी’ भन्थे झा । जहाँ पुगे त्यहाँका नेपाली समूदायबारेपनि यस्सो जिज्ञासा राख्थें म । आइफल टावर पुगेका के थियौं समिरजंगले पोर्चुगलको प्रसंग निकाले । एउटा नेपाली कार्यक्रममा भाग लिएछन् त्यहाँ । नेपालीहरू पालै पालो भाषणमा उत्रिए । कोही शेर्पा समाज । कोही थारू कल्याणकारी समूह । गुरुङ समाज र थकाली समाज, चितवनवासी र वागलुंङे समाज । सयौं संस्था बिदेशमा पनि नेपालीका । नेपालीलाई प्रिथक बनाउने अनेक जातपात र आफ्नै समूहका संस्था । भाषणको पारापनि उही नेपाली पाराको रे ।
भाषणका क्रममा एक जना आएर माईक समाउँदै चर्चरिएछन्- साथीहरू, दाजुभाइ तथा दिदी बहिनीहरू ! आज हामीलाई सदियौं देखि थिचोमिचो गरेर हेपिएको छ । यो शामन्ती संस्थाले हामीलाई दबाएको छ । यो बाहुनवाद ले गर्दा………….वाँ परेछन् समिरजंग । लागेछ, ए रात्तै युरोपको यस्तो देशमा बसेका यी नेपालीलाई कहाँ कुन बाहुनबादले सताएछ हँ । कसले कुन जातजातीलाई थिचोमिचो गरेर माथि उठ्न दिएनछ ? बिदेशमापनि नेपालीले गतिलो संस्क्रिति, राम्रो संस्कार नसिकेकोमा दुख मनाउ गर्दै थिए शाह । उनी यो युरोपमा अथाह ज्ञान, संस्क्रिति, प्रविधि छन् । तिनलाई सिकेर आफू अगाडि बढ्ने अनि स्वदेशमापनि भित्र्याउने कोसिस गर्नुपर्ने हो नेपालीले भन्थे ।


एकदम सहि हो कुरो हामी नेपाली अब जातीय, बर्गीय संगठन मा मात्र सिमित हुने छैनौ । अब लिंगिये संगठनको पनि सुरुआत गर्ने छौ किनकि हामी मा दम छ हामी नेपाली हौ। हामी लाइ नेपाली भनेर चिनाउनु को साटा साना तिना समाज का नाम मा विभाजित छौ । अरुले कुनै काम सुरुआत गर्न खोजे संका को दृस्टी हेर्छौ । काम मा जुनसुकै मुल्यमा बाधा पुर्याउछौ अनि त्यहिँ काम १० वर्ष पछी आफ्फैले गर्दा भने भाबुक अनि गौरवान्वित महसुस गर्छौ, यहि हाम्रो पहिचान हो । दधि जी. लेख को सम्बन्धमा मेरो विचार तलवारको लडाई रोमनहरुले लड्थे, फराओनको समयमा लडिन्थ्यो तर आज त् बिबेकसिल समाज छ, चेतनसिल व्यक्ति छ र संचार को युग छ अह मलाई त् लाग्दैन कि तलवारको आवश्यकता छ ।
मन परो वा परेन:
0
0
[Reply]
dharmendra jhaako kuraa ekdam sahit ho. kalam roja ki sadak. kalammaa bishwaas chha bhane sadak kina? janataalaaii sadakmaa oraalera maag puraa garaaune banaauna saknuparchha.
Ekdam raamro kuraa uthaaunu bhayo Dadiji. raamro lekhaai ekdam saandarbhik bisaya.
मन परो वा परेन:
0
0
[Reply]
नमस्ते दधिजी! लल मोज गर्नुस पत्रकार साथीहरु पेरिसमा घुमेर……………….
मन परो वा परेन:
0
0
[Reply]
Jhajiko kuraasita ma pani sahamat chhu. kalam maa biswaas nahune haru sadakmaa jaanchhan. kalam boknele sadak, sadan, patrikaa saraa kabjaa garepachhi sadak maa jaane baahek aru bikalpa nahunele garne k ? sabai patrakaarlenai kabjaa garne ? Ekdam raamro bisaya uthaaunu bhayo Dadiji.
मन परो वा परेन:
0
0
[Reply]
great story
I agree with Dadiji and jha. He is absolutely right.
मन परो वा परेन:
0
0
[Reply]
दधि जी , सारै समय संधर्भिक कुरा ऊठाउनु भयो , आजकल जता ततै बाहुनवाद ले गर्दा देश एस्तो हालत मा पुगेको भन्ने हरु धेरै भेटेको छु मैले पनि । हुन पनि हो केहि निम्न कारण हरु छन् जसले गर्दा बाहुन हरु लै दोस दिनु पर्छ ।
१, पहिले पहिले को जमाना मा जाड रक्शी खानु हुदैन एसले राम्रो गर्दैन भनेर प्रचार गरे जसले गर्न मानवीय स्वभाव अनुसार गैर बाहुन क्षेत्री हरु तेस्को स्वाद कस्तो हुने रहेछ भनि विचार गर्दा आफ्नो सम्पति , समय , स्मरण शक्ति गुमाउन पुगे अनि बाहुन क्षेत्री भन्दा पछाडी हुन पुगे । एदी एस्तो प्रतिबन्ध को कुरा पहिले नभनेको भए उनि हरु ले एसको चलन गर्ने थिएनन् तेसैले यो सबै जाड रक्शी बाहुन वाद ले सुरु गराएको हो ।
२, अर्को महत्व पूर्ण कुरा गैर बाहुन , क्षेत्री हरु ले समाज मा जुन सुकै कम पनि गर्न पाउने तर बाहुन हरु ले पुराना धर्म को पुस्तक पढने पर्ने , जस्तो सुकै होस् तेस्ले राज्य को अरु अङ्ग मा जागिर खाना नपाउने, पुजा आजा गर्नु पर्ने हुनाले गैर बाहुन हरु झर्को लाग्दो पढाई भन्दा मुढे बल को जागिर खान , लडाई, भिदाई को काम गर्न हौसिए । अनि कुनै उपाए नभएको बिरालो ले मान्छे लै आक्रमण गरे जस्तो बाच्न को लागि बाहुन हरु बाध्य भए पदन को लागि समय क्रम ले पढेका मानिश हरु को मुल्यांकन हुदै गएको ले मात्र आजकल केहि थोरै संख्या मा बाहुन हरु माथिल्लो पद मा पुगेका हुन् । अहिले पनि मुढे बल को जमाना हुने थियो भने अहिले बाहुन हरु मासिने थिए होलान तेसैले आजकल पढाई को कदर हुनु पनि बाहुनवाद कै दोस देखिन्छ ।
३, आज सम्म नेपाल मा परापुर्ब काल देखि अहिले सम्म किराती ,मगर, तामाङ्, मल्ल आदी इत्यादी हुदै ठकुरी हरु को राज्य हुदै आयो । सबै जसो जाती को राज्य मा बाहुन हरु लै पुस्तक पढ्न बाहेक अरु काम को जिम्मेवारि दिएको पाइदैन । पछील्लो राणा शासन सम्म हेर्दा बिदेसी पैसा आर्जन गर्ने ठाउँ मा मंगोलियन र ठकुरी हरु ले नै वीर बहादुर भन्ने पगरी दिएर गुर्खा भर्ति पठाएको ईतिहास छ । अहिले आएर बाच्न को लागि पुस्तक पढने बाहुन हरु माथि बेसहरा सम्झिएर, निर्धो थानेर, संगठन नभएको थानेर सबै तिर बाट प्रहार हुनु स्वभाविक हो किन कि नेपाल का येस्ता बहादुर हरु ले साचै शोषन गर्ने , दमन गर्ने राज्य का बिरुद्ध बोल्न त सक्ने कुरा भएन । जो होचो छ तेसैले गाली गरेर तर्साएर आफ्नो विरता देखाउनु पर्यो । यदी संगठित र बलिया जातीका मानिसहरु लाई चलायो भने त भोली आफ्नो खैरियत छैन भन्ने बुझेका धुर्त हरु ले बाहुन बाद् देख्नु मा बाहुन हरु कै असंगठित हुने बानीको दोस देखिन्छ ।
४, भर्खरै घतेका केहि उदाहरण हरु छन् एदी त्यो राम बहादुर बम्जन को ठाउँ मा कुनै बाहुन तपस्वी ले गाउले लाई कुटेको भए अहिले नेपाल मा जनजातीहरु ले के गर्ने थिए होला?
५, आफ्नो जातीको लागि कुन बाहुन छेत्री अहिले सम्म सडक मा उत्रिएको छ नेपाल को IGP भएको दर्जाको? तेसैले नेपाल अहिले को अवस्था मा पुग्नु मा बाहुन वाद को दोष छ । यदी भोली जनजाती वाद् हवि हुने हो भने नेपाल आधा चिन जस्तो आधा ईन्डिया जस्तो हुने पक्का छ । किन कि २ वटा देशले बराबर बाडेर लिने छन् ।
मन परो वा परेन:
0
0
[Reply]
Dhruba Reply:
August 18th, 2010 at 3:42 pm
सत प्रतिसत सहमत
मन परो वा परेन:
0
0
[Reply]
पत्रकारको शक्ती न कलम न आन्दोनल ! पत्रकारको शक्ति भनेको पत्रकारिता को “धमला-ईकरण” र चाप्लुसी ! यो भन्दा नेपालको सन्दर्भमा खासै फरक देखिएको छैन | धर्मेन्द्र झा र पत्रकार महासंघ भनेको धमला जस्ता पत्रकारको प्यादा मात्र हुन् जो सहि र गलत सम्म छुट्टाउन जान्दैनन् तर आफुलाई विद्वान र “स्वच्छ” पत्रकार भनन चुक्दैनन | यस्ता बिबेकहीन व्यक्तित्वहरु लाई घुमाउन पाउँदा ददी जी ले किन अहोभाग्य प्रकट गरेको हो, शंकै छ | मेरो विचार मा यो ददी जी को पनि चाप्लुसी बाहेक केहि देखिन्न |
मन परो वा परेन:
0
0
[Reply]
ददिजी तपाई कुन बुटि खानु हुन्छ? बडो सान्दर्भिक र सटिक प्रसंग कोट्याउनु हुन्छ। नेपाली एकता जिन्दाबाद।
मन परो वा परेन:
0
0
[Reply]
त्यो बिचकाले चाही जुटा पत्रकारिमार्फत पैसो टन्नै कमाएर ड्याम्मै मोटाए जस्तो छ. कि कसो?
मन परो वा परेन:
0
0
[Reply]
tripti Reply:
August 19th, 2010 at 8:30 am
होइन शेर्पाजी रेडियो नेपालमा काम धेरै गर्नु नपर्ने तर बेस्सरी त्यहाको क्यान्टिनमा खाने गरेकोले मोताको होला हाहा
मन परो वा परेन:
0
0
[Reply]
Dai, Ekdum ghat lagyo… yo sab sankalit rupma book pani nikalnuparchha hai
मन परो वा परेन:
0
0
[Reply]