कथा : एक भेट
-कपिल अधिकारी / ताइपेइ, ताइवान
आइतबार को दिउँसो । हिंडेरै जाने दुरी मा छ यो नाच्ने ठाउं । हप्ता भर पछी साथी भाई भेट्न मानिस आउँछन् । प्राय यहाँ एसियाली अनुहारका बढी हुन्छन । यो एउटा साथी भेट्ने अखडा । याँहा कति कम्पनी मा शनिबार काम गर्नु पर्छ आइतबार बिदा । हिजो लामो समय पछी नेपाली साथी भाइ नभेटे पछी उसले मुनाम लै फोन गरेको थियो र मुनाम ले त्याँहा भेट्ने निम्ता गरेको थियो. । उ रैथाने भै सकेको मान्छे ।
यो डिस्को को प्रवेश शुल्क छ दुई सय ताइवानी डलर । उ टिकेट तिरेर भित्र पस्छ । अँधेरो ठुलो कोठा छ । तर पर भने झिम झिम बिजुलीको, एलडीको रंगी बिरंगी रंगिन प्रकाश । ठुलो स्वरको टेक्नो गीत अनि त्यहि किसिममा हल्ली रहेका मान्छेहरू । गीतको मेलोडी हैन गीत ताल सुर र छिटो पन का गीत बज्छन् । नाच्न सजिलो हुने । स्टेज भन्दा पर भने अरू बत्ति छैनन् । त्यसैले अँधेरो छ । कुनै झ्याल छैन । एउटा कुनामा लामो बार छ । बार को स्टुल मा बसेर पिईरहेछन । अनि अगाडी को टेबल टेबल मा छन् साथी र जोडी को झुण्ड । अनि आँखा लगायो हुलमा कतै साथी भाइ छन् कि भनेर । दक्षिणपुर्बी एसियाका थुप्रै अनुहारहरू छन् । नेपाली अनुहार खोज्यो । एउटा टेबलमा टन्न रहेछन । संगीत -गीत यति ठुलो छ कि राम्ररी कुरा गर्न सकिन्न । गीत, नाच, नयाँ साथीसंग भेट । पिउनु रमाइलो गर्ने अखडा हो यो । अनि बेला बेलामा मारा मार झगडा हुने गर्छ ।
उसलाई सम्झना छ यस भन्दा पहिला आउंदा उ ग्याङ फाइट भएर उसले भाग्नु परेको थियो । नाइजेरिन र नेपाली को झगडा रे । त्यहाँ झगडा गर्न के निउँ चाहिन्छ र ? किन मेरो केटि लाइ हेरेको ? किन नाच्न खोजेको ? किन ड्याश लाएर हिंडेको ? कुनै निउँ नै चाहिन्न झगडा गर्न । जंग बहादुरको घोडा किन्ने बेलामा । घार घुर गड्याङ गुडुङ भएको निमेषमै कसले फोन गरिदिन्छ । अनि ट्वाँ ट्वाँ गर्दै आउंछ पुलिस । जसलाई देख्यो उसलाई झ्याप । अनि लान्छ थाना तिर । ईलेगल बसेको रहेंछ भने ब्याक टु मङ्गल मान । देश को फिर्ति यात्रा । बेला बेला मा झुण्ड का झुण्ड समातिन्छन् । झगडा गर्ने र बाठा टाप ठोक्छन् । अरू पर्छन फन्दा मा ।
यहाँ भेटिने नेपालीहरू साँच्चै नेपाली हुन् कि हैनन् भन्न पनि गाह्रो छ । कति गैर नेपालीहरू नेपाली पासपोर्टमा आएका छन् । कति नेपाली भुटानी, तिब्बती भएर बसे का छन् । परिचय गरेका नाम पनि उसकै नाम हो हैन भन्न गारो छ । कति पी सी गरेर आएका छन् । यी भन्ने नाम हुन् कि पासपोर्ट को नाम ? देश द्वन्द मा छ । यसैले भागिरहेछन युवा विभिन्न बहाना गरेर । कस्तो भो मुलुक ? ख्याल ख्याल मै गयो गृह युद्दमा । अनि उकुश मुकुशबाट भागीरहेछन जे जसो जे गरेर । पढ्ने निहुँमा । ट्रेनिंग निहुँमा । काम, भीजीटर अनि कागत बिबाहमा । कसरि विदेश मा जाउँ भन्दै छ अनेक स्वदेश मा रहेका मन । विदेश जाने रहर हैन कहर भो अहिले नै यो बाताबरणबाट भाग्न । घुन झैं पिसिएला भन्ने डर छ ।
गृह युद्धको चपेटा मा परेको देसबाट मानिस विदेश जाने क्रम बढ्नु स्वाभाविक हो । देशमा शान्ति भएको बेला यसरि कसरि मान्छे गएका थिए र ? आफ्नु देसमा कसलाई बस्न मन नहोला ? आर्थिक कारण त दोस्रो हो । त्यसैले यहाँ परिचय गरिएका नामहरू साँच्चै कै हुन् कि पासपोर्टको हुनु नहुनु संग के मतलब भो र ! भाषा संग मतलब छ । नेपाली बोल्न पाउनु, नेपाली भेट्न पाउनु अहिले नै नेपाल गएको जस्तो ।
थुप्रै नयाँ अनुहार भेट्यो परिचय गर्यो । हो हल्ला यस्तो छ कि नाम भने पनि राम्ररी बुझिन्न। ढोकाकै नगिच परेर बारमा लाफिंग बुद्ध देवम संगै जुश पिउन थाल्यो जुन उसको प्रवेश टिकेटले गर्दा उसले पाउंछ । धेरै संग हात मिलायो । नाम, गाम सोध्यो । अनि कति वर्ष यता आदि । नेपाली संगै बसेर बात मार्दै गरेको देखेर एउटा करिब तेईस चौबिसको ठिटो उसको छेउ आयो । उ छोटो कद को उ पातलो थियो । अलि गोलो र हँसिलो अनुहार । ठिटोले चेक सर्ट र जिन्स को पैन्ट लगाएको थियो । अनि उसलाई सोध्यो-तपाई नेपाली हो ? उ भर्खर कुनातिर बाट नाचेर आएको थियो । र मुखबाट भर्खर पिएको बियर अलि अलि गनाइरहेको थियो । अलि टाउको हल्लाउँदै बियरको क्यान मुखमा हाल्दै उसले सोध्यो -
कति वर्ष भो आएको ?
तिन चार, उसले उत्तर दियो ।
अनि कति वर्ष भो तपाई नि ?
सात.
ए
घर ?
ककनी
-ए त्रिशुली जाने बाटो ?
जानु भा छ ?
छ ककनी पिकनिक
मुला र स्ट्रबेरी मज्जा फल्दो रहेछ नि ?
तपाईं को ?
सल्लेरी,
ए
मुला शब्द ले उसलाई फेरी गाउँ पुर्यायो । गणेश हिमाल संधै हाँस्थ्यो आँगन अगाडी ।
नाम नि
गोबिन्द
तपाईं को ?
सोनाम
सोनाम धेरै नाम धेरै पपुलर छ ।
उ सगरमाथाको छेउबाट आएको रहेछ ।
म दाजु भाउजुसंग बस्छ । ताइवान आइडी हो सोनाम ले भन्यो ।
ए
उ रैथाने भैसकेको रहेछ
तपाईंको ?
गोबिन्द
ठुलो आवाजको गीत ले कुरा बुझ्न पनि गाह्रो ।
अनि सोनाम ले सोध्यो
तपाईं को थर ?
उसले उत्तर दियो गोबिन्द
गोबिन्द भन्नु भएको हैन नाम ? अनि थर के नि ?
गोबिन्द ले भन्यो – गोबिन्द मेरो नाम । किन किन उसलाई आफ्नो थर भन्न मन लागेन । सायद उसको रियल नाम र पासपोर्ट फरक थियो अथवा उ चिनिन चाहन्थेन उ कुन जातको हो । कतै जातपात प्रति नै उसको बिस्वास थिएन । उसले भन्यो- म शेर्पा । उसले थाहा पायो सोनाम शेर्पा रहेछ । सल्लेरी र शेर्पा भने पछी । गोबिन्द ले भन्यो- त्यता मेरा धेरै साथीहरू छन् ।
सोनाम ले सोध्यो- कहाँका साथीहरू ?
कलेजमा र काम गर्दाको – म टुरिजम मा काम गर्थें -
ए टुरिजममा हामीले चिनेको धेरै छन्, सोनाम ले भन्यो
अनि सोनाम कता गयो हूल मा, गोबिन्द भने गफ मै रह्यो ।
आज उ रेल चढेर यहाँ आएको थियो । रेल, ट्रेन भन्नु कि के भन्नु यसलाई मास रापिड सिस्टम भनिन्छ/ शहर भित्र नै मा र छोटो दुरी मा टन्न मान्छे बोकेर लाने रेल । गर्मि छ तराइको जस्तो तर ह्युमिड भएर पसिना आउन भने पटक्कै रोकिँदैन । तराइ जस्तो सुक्खा गर्मि हैन । यस्तोमा जानु छ साथी लाइ भेट्न । यो परदेश । यहाँ नेपाली भाषीको कमि । भएका पनि सबै संग चिन जान नहनु । र यहाँ नेपालीको कुनै संघ संगठन र संस्था नहुनुले भेट्न परे जान्छन कुनै पब, डिस्को, कफी सप अथवा ट्रेन स्टेशन मा । त्यहाँ पहिलेनै समय मिलाएर चिने जानेकालाइ भेट्न सकिन्छ । फेरी अर्को कुरा भेट्छु भन्दा दुवै को समय पनि त मिल्नु पर्यो नि । भेट्ने इच्छा पनि त हुनु परयो दुबैको । शनिबार र आइतबार कहिले काहिँ चान्स हुन्छ । यहाँ कति ठाउंमा त शनिबार पनि काम गर्छन । नभए ओबर टाइम हुन्छ । छरिएर बसेकालाई भेट्न सजिलो छैन । संधै यँहा त काम काम । कति काम गरेको ! कति थोरै बिदा हुने ! काम के हो भन्न थाहा पाउन एक पटक बिदेस आउनु पर्ने रहेछ । र काम ले लोथ हुनु पर्दो रहेछ । थोरै श्रमले बनेको रहेछ र यो ठाउँ ?
उ एमआरटि बाट ओर्लियो । अनि दक्षिणपुर्व तिर हेर्यो । अजङ्गको अग्लो भवन ताइपेइ १०१ । विश्व को सबभन्दा अग्लो भवन. । एकटक हेर्यो १०१ लाई । अनि सोच्यो, कति छिटो ठडाएको यो गगनचुम्बी भवन। उसले देख्दा त्यहाँ ठुलो पार्किंग लट थियो । मानिस ले चायो भने बनाउन नसकिने के पो रेहेछ र ? असम्भब के रहेछ र ? देश सम्झियो । गाउँ सम्झियो । सानो घोरेटो -गोरेटो बाटो बनाउन पनि सकिएको छैन । उ पनि बेला बेलामा श्रमदान गर्न गएको हो बाटोको । नजिकैको निम्न माद्यामिक बिद्यालय को भवन को । उसले देखि देखि केहि परिवर्तन भएको छैन । निम्न माद्यामिक भने हाइ स्कूल भै सक्यो. ।
हुन त उ त्यहाँ पढ़ेन । अलि परको स्कुलमा गयो जुन त्यति बेला धेरै फ्यामोस थियो । किन बन्दैन केहि देश मा ? बिकाश भनेर कति पैसा आय ? कता गो ति ? मन गाउँ पुगेर फर्केकोले होला अलिकति दुखे पनि उ प्रफुलित थियो । केहि परिवर्तन भएको छैन जीवन मा । उ सगरमाथाको देशबाट आएको । उ सगरमाथा पनि चढेको छैन । यो भवन पनि । यसको टुप्पोमा पुग्न तीनसय ताइवानी डलर तिर्नु पर्छ रे । रुपिया झन्डै नेपाली छ सय ।
उ सिपाहीमा बस्छ । ठाउँको नाम सिपाही । चिनियामा यसको के मतलब हो उसलाई थाहा छैन । कुनै ब्यारेक छैन वरीपरि तर नाम सिपाही । सिपाही सानो ठाउँ । ताइपेइ शहरको उत्तरपट्टि । यहाँ दुइ वटा विश्व बिद्यालय र एउटा ठुलो हस्पिटल छ । यो हस्पिटल चिनबाट आएका भेटरानको लागि बनाएको रे । देवम भन्छ – सँधै सिपाहीमा अनि कहिले हवल्दार हुने हैन !!! उ सँधै जोक गर्छ । उ हेर्दानै लाफिंग बुद्ध जस्तो देखिन्छ संधै हँसिलो र फरासिलो । साँच्चै लाफिंग बुद्ध नेपाल मा त कतै हुन्न । काठमान्डू को बिहा , स्तुपा मा कतै देखेन लाफिंग बुद्ध । अनि कसरी उत्पत्ति भो होला ? कता बाट आयो होला यो ? उसलाई यो बारे धेरै नै जान्ने इच्छा भएको थियो ।
एउटा स्विस विद्वान ले उसलाई भने को थियो – उता नेपालमा हुँदा, चिनियाहरूको संस्कृति मा खाना एउटा मुख्य बस्तु हो । मतलब खानालाई प्राथमिकता सँग कुरा गरिन्छ । कुनै पार्टी र ग्यादरिंग हुँदा खाना रे यति कुरा गर्छन कि अरू गफ गर्ने टपिक्स झन्डै नै हुन्न । उसले भनेको कुरा यहाँ आएपछी मात्र यो उसलाई हो जस्तो लाग्यो । ताइवानी साथीसँग हिंड्दा यो रेस्टुरेन्टमा यस्तो मीठो, त्यहाँ त्यस्तो भन्छन पट्ट्यार लाग्ने गरि । कसैले खाना बोलाए भने पनि लम्बेतान खाना कै कुरा हुन्छ । मिठो लाग्यो लागेन । यो तिमीहरूको देशमा हुन्छ हुन्न आदि । हामी नेपाली भने केवल राजनीति कुरा गर्छौं । सायद उनीहरू लाई पट्ट्यार लाग्दो हो । कति राजनीति जाने का छौं हामि ले ! उनिहरू कम राजनीति को कुरा गर्छन ।
अनि स्विस विद्वान भन्दै थियो, जब गौतम ले लामो तपस्या गरे अनि हल न चल भए र नखाएर तपस्या गर्दा झन् तपस्या भन्दा मन त खानामा पो जाँदो रहेछ । यो आफूले गल्ति गरेको ठानेर, गल्ति तरिकागर्दा ज्ञान प्राप्त नहुने मानेर बरू भोक मार्न खाना खान गए । यस्तो लामो भोक पछी गौतमले के कति कसरि खाए होलान ? खाए पछि उनको पेट कत्रो भो होला ? अनुहार कस्तो देखियो होला ? अनि चिनियाहरूले अनुमान गरे उनले त्यति त्यसरी खाए होलान र त्यसरी खुसि भय होलान ? खाएर अनुहार तेस्तो देखियो होला । अनि गौतम चाइनिज अनुहारको सुमो खेलाडी जस्तो बनाए । यहि कल्पनाले लाफिंग बुद्ध बन्यो । देवता भन्ने यसरि जन्मे का त होलान नि । राम, कृष्ण, सीता, बिष्णु, ब्रम्हा खै थिए कि जन्मेका । अनि भृकुटी साँच्चै थिइन ? बुद्ध का कथा के साँच्चै हो ?
मुनाम नाचेर आयो र गोबिन्दसंग भला कुसारी गर्न थाल्यो । बिभिन्न कुरा भए देशको । उसको । उनीहरूको । कामको । अनि ताइवानको । आज के भो यहाँ ? अनि किन यति लामो सम्म नआएको आदि । उनिहरूले त्यो हल्ला खल्ला बीच मन फुकाएर गफ गरि रहे !
एक छिनपछी सोनाम आयो र गोबिन्दलाइ भन्यो- बिएर खाने ? उ बिएर किन्न लागेको
थियो आफूलाइ र गोबिन्दलाइ । नयाँ चिनेको नेपालीलाइ साथी बनाउन उ केहि पिलाउन चाहन्थ्यो सायद । हजारको नोट हातमा निकाली सकेको थियो । गोबिन्दले सानो स्वरले भन्यो- धन्यबाद नखाउँ । पछी खाउँला ।
आ ! खाउँ न ! सोनाम जिद्दी गर्न थाल्यो ।
गोबिन्दले भन्यो- धन्यबाद धन्यबाद ।
धेरै नै जिद्धि गर्न थालेपछी गोबिन्दले भन्यो- म बिएर खान्न, खाने गरेको छैन ।
छैन ? सोनाम ले ठुलो स्वरले भन्यो । सोनामको अनुहारमा केहि परिवर्तन भएको महसुस गर्यो गोबिन्दले । सायद उ आश्चर्य भयो होला । अनि नोट शर्ट को पकेट मा छिरायो । घुरेर हेर्यो गोबिन्द लाइ । गोबिन्दलाइ अनौठो लाग्यो ।
खै के भयो कुनी सोनामलाइ अनि गोविन्द लाइ घचेंटन थाल्यो । बाहिर जा ! बाहिर जा ! गोबिन्दले के हो बुझ्न सकेन । सोनाम ले बेस्सरी घचेंटदै भन्न थाल्यो । जा ! निस्की ! नखाने मान्छे किन यहाँ किन आउँछस् ? उ तपाईंबाट अब तँ मा झरेको थियो । बल्ल गोविन्दलाई होश भो उ त रिसाएको पो रहेछ । अब त उ हात हाल्ला जस्तो गर्न थाल्यो । पीटम जस्तो गर्न थाल्यो । गोबिन्द झगडा गर्ने खालको मान्छे पनि हैन । अनयासको स्थितिले उसलाई धेरै गाह्रो बनायो । के गर्ने ? कसरि डिल गर्ने यो अबस्थामा ? उसले सोच्नै सकेन । अनि नगिचै बसेर पिईरहेको देवम बोल्यो, हे सोनाम यो के गरेको ? उ हाम्रो साथी हो । उ पिउँदैन । नपिउने भने पछी भै हाल्यो नि । खान्न भनेपछी के गरि राको ? सकी हाल्यो नि .. अझै उ घचेंटदै रह्यो । अनि देवम अगाडी आएर छुटाइदियो । उ बाहिर निस्कियो देवम संगै ।
उसलाई धेरै नै ननिको लाग्यो । देशमा रक्सि बगेको को छ । धेरै आमाहरूको आँशु बगेको उसले देखेको छ । आमा समूहले रक्सिको घ्याम्पो फुटाल्दै हिंडेको अनि उसलाई थाहा छ । यो मलाई पिट्न खोज्छ यहाँ बिना कारण बियर खाएन भनेर । आफ्नो पैसा तिरेर गएको छु । न उसको डिस्को हो । पहिलो पल्ट भेटेको अनि पहिलो पल्ट नै झगडा । कुट्न पो खोज्छ । उसलाई दिक्क लाग्यो बेकार गइएछ । देवम भन्न लाग्यो – यो (सोनाम ) त धेरै राम्रो मान्छे हो । कहिले कोहिसंग झगडा गर्दैन । राम्रो मीठो बोल्छ । के भो आज यसलाई ! धेरै पिएको पनि छैन । के भो कुनी त्यसै तिमीसंग झगडा गर्न खोज्यो । गोबिन्दले सडक तिर हेर्यो । रातो बत्ती बलिरहेको थियो । थोरै मोटर थियो सडक मा । यो मुख्य बत्ती हैन लेन हो । सेवेन एलेवनको बाहिर एक जोडी आइस क्रिम खाईरहेको थियो । अब कहिले पनि यहाँ आउँदिन । उसले मन मनै आफूलाई लाइ भन्यो ।
झन्डै एक घन्टा जति पछी सोनाम बाहिर निस्कियो र उनीहरू लाइ देखे पछी त्यतै आयो । देवमले सोनामलाइ भन्यो – हे के गरेको बेकार मा ? उ हाम्रो साथी हो । सोनामले गोबिन्दलाई भन्यो- मलाइ तपाईको एटिच्युट मन परेन । सायद थर नभनेकोमा रिसाएको थियो अथवा उसले साथी बनाउन अफर गरेको बियर नखाएकोमा गोबिन्दले केहि भनेन ? भित्र भित्र गोबिन्द सारै रिसाएको थियो । ठुलो इन्सुल्ट भएको ठानेको थियो । उसले सोनामको अनुहारनै हेर्न नचाहेर त्यो आइश क्रिम खाने युवती तिर आँखा लगायो । देवमले भन्यो- हात मिलाउ ! दुवैले हात मिलाए मानौं मिला पत्र भयो । साँझ परेपछी उ घर तिर लाग्यो अमिलो मन लिएर । बिहान जाँदा जस्तो थिएन उसको मन ।
लामो समय गोबिन्द त्यहाँ फर्केर गएन । पटक्कै जान मन लागेन । सोनामले लछार पछार गरेको र उसको अनुवार सम्झी रह्यो । छ महिना जति आफ्नो भाषा बोल्न नपाउनु पनि
कम कस्टकर छैन । बाद्य भो उ फेरी जान । मुनामले फेरी त्यंही आइतबार दिउँसो भेट्ने प्रस्ताब राख्यो फोन मा । उसले बाहिर भेटौं भन्यो । मुनामले त्यतै को बल गरेपछी उसले नाइँ भन्न सकेन । बाटो भरि र एमआरटि भरि उसले सोच्यो – आज सोनामलाइ भेट्यो भने कस्तो होला ? के गर्ला फेरी ! उसको त्यो २४/२५ को केटौले अनुहार उसको अघाडी आयो । मन फेरी अमिलो भो ।
दुई सय ताइवानी डलर टिकेट तिरेर भित्र उ पस्यो । डिस्को उस्तै रहेछ भित्रको डेकोरेसन परिवर्तन भारहेनछ यो छ महिना मा । अनि आँखा लगायो हुल मा कतै साथी भाइ छन् कि भनेर । नेपाली अनुहार खोज्यो । एउटा टेबलमा रहेछन देवम र अरू उसले नचिनेका नेपाली अनुवारहरू । गएर हात मिलायो । सबै संग परिचय गर्यो । अनि देवमले उतिर फर्केर गम्भिर भएर भन्यो – लास्ट टाइममा तिमीसंग झगडा गर्ने सोनाम छ नि त्यो त मर्यो नि । अर्को थाई डिस्कोमा गएको रहेछ । दुइ ग्याङ्ग को झगडा परेछ । सोझो मान्छे छुटाउन गएछ । कुन चाँहीले यमान को छुरी पेटमै छिराइदिएछ । तीन दिन अस्पताल मा उपचार पछी मर्यो ।
च्वास्स बिझ्यो उसको मुटुमा । सायद त्यो छुरी उसको छातीमा भर्खर रोपियो । आकाश झर्यो उसको अगाडी । सब अँधेरो भो । केहि सम्झन सकेन देवम ले अरू के भन्यो । कति उ बस्यो त्यहाँ हेक्का रहेन । के भो यो एक भेट, पहिलो भेट मै झगडा र यो नै अन्तिम भेट । त्यहाँ सोनाम को अनुवार आईरह्यो वरी परि । त्यो सानो कद को पातलो हँसिलो अनुहार । फर्कंदा एमआरटिमा उसले देवमको केहि शब्द भर्खर भनेको संझियो । त्यस्तो सोझो मान्छे तिमीसंग तेसै झगडा गर्यो । गाउँमा भन्छ नि मृत्यु पहिले मान्छे ले यस्तो हर्कत गर्छ जो पहिले गरेको हुन्न । सायद यो मृतु को पुर्व संकेत थियो ।
उसको मन अमिलो हैन मुटु नै किचिएको, टुक्रेको जस्तो भो !


पर्देशे कथा र ब्यथा बोकेको असाध्यै मन छुने कथा तर कपिल जी अलि लामो भयो है पढ्दा पढ्दा थकाई लाग्ला जस्तो
तर कथा असाध्यै राम्रो छ है
मन परो वा परेन:
0
0
[Reply]
आज ताइबानमा काम गर्ने साथीहरुको कथा पढ्न पाईयो तर नेपाली साथीभाईहरु जहाँ गए पनि यस्तै हुन् कि कसो ग्यांग फाइट गर्ने? हुन त जस्तो सोझो मान्छेहरु पनि काम गरिरहेकाछन तर यिनीहरुकै कारणले गर्दा नेपाल र नेपालीको निकै बेईजेत भैरहेकोछ । यिनीहरुको चेतनाको बिकाश कहिले हुनेहोला कुन्नि ?
मन परो वा परेन:
0
0
[Reply]
too detail, too long. there is few words of confusing for me, may be that is because i don’t live that territory. Article looks like an event description rather than story but the writing skill is nice.
मन परो वा परेन:
0
0
[Reply]
samaya saandarbhik kathaa ! bideshmaa nepaliko basaaii kasto hunchha bahnne bujhinchha, thanks kapilji.
मन परो वा परेन:
0
0
[Reply]
जाड र रक्सी त नेपाली को लागि अमृत = खायर अंमर भ्ईने दिब्ब्य चिज नै भयो डिस्को जानु अली अली पैसाहुनी स्वाठ हरुको सान नै भयो। जँहा खाना खादा मासु तिर लाइन बढी छ भने सम्झनु नेपाली हुन दैभने हुन्छ। एदी तपाईं बिरानो ठाउमा हुनुहुन्छ र कसैले घाटी छोयर हात फुक्छ भने नेपाली दाई भनेर सलाम गरिदिनुस्। यदी तपाईं हवाइ जहाज मा यात्रा गर्दै हुनुहुन्छ र मिठाइ यारहोस्तेज ले मिठाइ बाढदा धेरै झीक्यो भने सम्झनु उपनी नेपाली नै हो
मन परो वा परेन:
0
0
[Reply]