६०१ लाई काँधमा बोक्न उपयुक्त छ त अझै ?

-योगेन्द्रमिलन छन्त्याल / जर्मनी

संविधान बनाउन भनेर नेपालमा १६ अर्ब ५० करोडभन्दा बढी खर्च भएछ । यो पैसा हामी हरेक नेपालीको पसिना र रगतबाट जम्मा भएको ढुकुटीबाट रिट्ट्याइएको हो । यत्रो रकम झ्वाम पार्नेहरुमा ६०१ जना सभासदहरु र नेपालका टाठाबाठाहरु रहेका छन् । यी सबैले मुखले भन्ने गर्दछन् : उनीहरु केवल नागरिकका लागि अझ विशेषत, गरिब र निमुखाहरुका लागि सोच्दछन् र गर्दछन् । तर तपाई हामीले हिसाब गरेर २१ लाख, ४५ हजार ८ सय अति गरिबहरुलाई राशन वितरण गर्ने हो भने २ वर्ष बिना अनिकाल बाँच्नसक्दा रहेछन् यो खर्चले ।

राजनीतिक दलका निकट मित्रहरु भने आफ्नो दललाई सोह्रै आना ठिक र अन्य दलका कारण संविधान बन्न नसकेको कुरा सञ्चारमाध्यमहरुमा भट्ट्याइराख्नुभएको छ । वास्तवमा यो पनि देशको पक्षमा बोलेको आवाज होइन । तोकेको समयमा संविधान नलेख्ने अवस्था सिर्जना गर्नेहरु स्पष्ट छन् : मूलत: राजनीतिक दलहरु र ती देश र नागरिकका हितमा नभएका दलका आवाजलाई सधै हजुर्‍याइँ गर्ने सभासदहरु । तपाई हामीले जति तारिफ गरे पनि नेपालका राजनीतिक दलहरुको व्यवहारबारे मैले यहाँ आलोचना गर्न उपयुक्त छैन । देशको प्रगति र उन्नतिका लागि राजनीति नै मूल निर्णायक कुरा हो भन्ने कुरामा हामी सबै स्पष्ट छौ ।

हामी सबैले सोच्नुपर्ने बेला आएको छ – जुन देशलाई राजनीतिक सिद्धान्तको नजरमा नागरिकको हितमा कहिल्यै नसोच्ने आरोप लगाइन्छन् कम्यूनिष्ट नेताहरुबाट, ती देशहरुमा हाम्रो देशभन्दा सयौगुणा नागरिक सेवासुविधाहरु छन्, सरकार र राजनीतिक दलहरु सधै नागरिकहरुप्रति उतरदायी छन् । जुन देशमा कम्यूनिष्टको प्रेतात्मा छ जस्तो प्रचार गरिन्छ प्रजातन्त्रवादीहरुबाट हाम्रो नेपालमा, ती देशमा पनि नागरिकको सुरक्षा छ, निशुल्क शिक्षास्वास्थ्यको ग्यारेन्टी छ । सर्वसाधरणको कुरा सरकारका निकायहरुमा सुनुवाइ हुन्छ । यी अवस्थाबारे थाहा पाएपछि हामीहरुले किन प्रश्न नगर्ने – हाम्रा देशका नेताहरु कस्तो प्रजातन्त्र वा जनवादी व्यवस्था चाहेका छन् त ?

हामीले भोगेका छौ – पञ्चायतलाई पनि प्रजातान्त्रिक व्यवस्था भनिन्थ्यो । बहुदललाई प्रजातन्त्रको पुनर्वहाली भनियो । हाम्रा देशका धुर्त राजनीतिज्ञहरु नागरिकहरुलाई गुमराहमा पारेर उनीहरुको सत्ता टिकाउनलाई पूर्ण प्रजातन्त्रको नाटक गरे, लोकतन्त्रको जाल हाने । गणतन्त्रको भाषण गरे यसरी – मानौकि, गणतन्त्रमा सबै नागरिकहरुलाई सबै कुराको ग्यारेन्टी हुनेछ । ”संविधानसभाको चुनाव भए बल्ल भनेजस्तो हुनेछ” फेरि भाका फेरिए । २ वर्षमा संविधान निर्माण गर्छौ भन्नेहरु अरबौ रकम सिध्याउछन् तर जिम्मेवारी पूरा गर्दैनन् । जति नयाँ र मिठा नारा आए पनि व्यवहार उस्तै रहे । नेपाली र नेपालको अवस्था दिनप्रतिदिन नाजुक बन्दै आइरहेको छ ।

अरु विकसित देशहरुको राजनीतिक वातावरण हेर्ने हो भने सही काम कुरा भएमा विपक्षको पनि समर्थन गरिन्छ, यदि गलत काम कुरा छन् भने आफ्नै दलको पनि विरोध गरिन्छन् । हरेक राजनीतिज्ञहरु देशका लागि सोच्ने गर्दछन् न कि व्यक्तिगत स्वार्थका लागि । हामीले विगतमा राजनीतिक दलहरुलाई भर पर्‍यौ, विश्वास गर्‍यौ र साथ दियौ l तर उनीहरूले हाम्रो सोझोपन र इमान्दारिताका फाइदा उठाए l हाम्रा अनुरोधलाई लत्याए l हामी फस्यौ l हाम्रा सपना खेर गयो l किनकि उनीहरु सधै कुर्सीको खेल खेले l यो तितो अनुभवले हामीलाई भविष्यमा चनाखो र सचेत हुन सिकाएको छ l सचेत र सृजनात्मक दवाबसहित दलहरुको व्यवहार सच्च्याउनु पर्दछ l

मुख्य कुरा नेपालमा दण्डहीनता, जसले जे गरेपनि हुने वा गल्ती गर्नेलाईसमेत सचेत नबनाउनु नै गैह्रजिम्मेवारीपनका कारकतत्व बनिरहेको पाइन्छ । ६०१+.. ले गर्नु गल्ती गरेका छन् । यो गल्ती क्षम्य पक्कै छैन । अब हामी विश्वमा धेरै पछाडि परिसकेका छौ । गहिएर सोचौ एकपटक : ६०१+.. लाई काँधमा बोक्न उपयुक्त छ त अझै ? यदि छैन भने एउटा नयाँ अभियानको शुरुवात हुनुपर्दछ पक्कै नयाँ नेपालका लागि । त्यो मेरो व्यक्तिगत विचारमा ६०१+..लाई ससम्मान नेपाली राजनीतिबाट विदाइ गर्नुपर्दछ सधैका लागि सन्यासी बनाउने नागरिक घोषणासहित । यसले भविष्यमा राजनीतिज्ञहरुलाई सचेत र उत्तरदायी बनाउने छ ।

  • तिलक थापा

    युगान्तकारी परिवर्तन त भएकै हो देशमा तर जनतालाई चाहिएको प्रत्यक्ष लाभ हो । फेरी त्यो लाभ दिन सक्ने हैसियत देशको राजनीतिले नै राख्छ । त्यसकारण कुनैपनि नेता, नीति र पार्टीको नियत बुझ्नको लागी के गर्ने भन्ने सन्दर्भ आजको हाम्रो चुनौती हो । प्रशस्त छलफल-बहस को बिषय पनि हो यो । संक्रमणकालीन अवस्थामा गुज्रेको देश स्थिरतातिर जान पक्कै पनि समय लाग्छ । आशाबादी हुन जरुरी छ —अहिलै निराश नभैहालौं ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Pradippremi

    ६० १ जनालाई अब जनताले विश्वास गर्ने आधार नै छैन , किन कि जनताको मन जित्ने किसिमको कम गरि रहेको छैन्नन . झाको तेही जुनै जोगी य पनि कानै चिरेका भने झैँ जो सुकै प्रधान भ्य पनि हुने वाला केहि छैन . जनताको दुख कसले पनि बुझी देने हैन आखिर . आपनो स्वार्थको लागि अरु केहि गर्नसक्दैन नेताहरु . गरिबको पसिना बाट आयको करले नेताहरुलाई पोस्यको छ . जन्ताकोलागी इ नेताहरुले कहिले सुख नदिने भय . देश सुध्रिनको लागि यस्ता नेताहरु बाट अस नगरौ . यसकोलागी औता सच्चा नेताको देसमा आबस्यक छ . देशलाई रिती सके खोक्रो परि सके . बनारस दपौनु पर्छा यी सबैलाई . यो देसमा जनताहरुलाई सुख र सन्ती कहिले नमिल्ने भयो .
    हे प्रभु के दीनम आ यस्ता नेताहरुले देसको नेतृत्व लिन पुगेछन , धिकार छ नेताहो तिमिहरुय्लाई . जनताको कर खयर जहिले मोती राख . सुभकामना छ .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • uttam kumar shrestha

    मलाई त यो कुरा एकदम ठिक लग्यो अब एकछिन पनि ढिला नगरी ६०१ लै बिदा गर्ने बेला भाको छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree