माओवादीमा दुई धार
अकस्मात गत शनिवार फ्रान्सको बोर्दो शहर जाने योजना बन्यो । त्यतातिर लागें । त्यहि कारणले गर्दा केहि मित्रहरुले लेख्नु भएको नीजि मेलको जवाफ मैले दिन भ्याएको थिईन । मुख्यत वाईन कारखाना हेर्नु, डिस्टिलरी निरिक्षण गर्नु र वाईन बनाउने अङ्गुर खेती हेर्ने बुझ्ने उद्देश्य थियो । चार रात पछि हिजो राती आईपुगें । थकाई र निन्द्रा निस्लोट छ । तर के लेख्ने केहि मेसो छैन । अहिले मध्ये रात कट्यो नेपालप्लस अपडेट गर्ने हुटहुटीले छोडेको छैन । त्यसैले आज प्रकाशित जनआस्थाको यो समाचार हेरेर चित्त बुझाउनुस् है त ? आज बेलुकाबाट त अन्य सामाग्रिहरु राख्ने नै छु—————————–
वर्तमान राजनीतिक गतिरोधलाई कसरी चिर्ने भन्नेबारेमा स्पष्ट दुई धार देखापरेको छ । पार्टी अध्यक्ष प्रचण्डले चुनावमा आफू बारम्बार हार्नुपरेको रिस पोख्दै ’राष्ट्रियताको नारा’ उराल्ने संभावना उनले मंगलबार भारतीय दूतावासलाई लेखेको पत्रले पनि स्पष्ट गर्छ । सधैं एउटाविरुद्ध अर्कोलाई प्रयोग गर्ने उपयोगवादी राजनीति गर्दै आएका प्रचण्डले तुलसी गिरीलाई भेट गर्नुको रहस्य उनी पूर्व राजावादीसित साँठगाँठ गर्न र ’राष्ट्रवादी गठबन्धन’ बनाउन उद्यत रहेको माओवादीभित्रकै प्रचण्डइतर पक्षको तर्क छ । भारतको सेखी झार्न दरबारियासित नजिकिने नीतिले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको मुद्दा कमजोर हुने प्रचण्डइतर माओवादी नेताहरुको तर्क छ ।
माओवादीको बैठक असोजमा हुने भनिएको विस्तारित बैठकको तयारीका लागि बस्न लागेको हो । वर्तमान शान्ति प्रक्रियालाई पूर्णता दिने गरी अध्यक्षले सबैको विचारलाई समेटेर साझा लाइन नल्याएमा बाबुराम र किरण पक्षले आउँदो विस्तारित बैठकमा छुट्टाछुट्टै दस्तावेज पेश गर्ने योजना बनाइरहेको माओवादी स्रोत बताउँछ । ‘तर अध्यक्षले विचारलाई सही संबोधन गरेमा छुट्टै दस्तावेज आउँदैन,’ स्रोतले भन्यो । ‘अध्यक्षको कार्यशैलीबारे देशभरि प्रश्न उठेको छ । समग्र राजनीतिक कार्यदिशा, पार्टीभित्रको आन्तरिक जनवाद एवं अनुशासनहीनता र संघर्षका कार्यक्रमबारे यो बैठकले ठोस निर्णय गर्छ,’ माओवादी स्रोतले भन्यो । तर, प्रमको चुनावमा भएको हारलाई ‘विस्तारवादले हरायो’ भन्दै आवेगात्मक रुपमा लिएर दरबारियासित नजिक हुनु गलत हुने स्रोतको कथन छ ।


आखिर जस्तोसुकै क्रान्तिकारी भए पनि राजावादीहरुको टाट्नामा नसुती धर हुंदो रैनच । “क्रान्तिकारीहरु” राजावादीका टाट्नामा सुते पनि, राजावादीले फ़ालेका जुठो हड्डी चाटे पनि “अग्रगमन” नै हुंदो रैच । अरुले त्यही काम गरे भने चाहिं “प्रतिगमन” हुने रैच । दुबै थरिको “गमन” चाहिं नेपाली जनताका लागि महाविषालु “गोमन” ज्यानमारा डसाई पो हुंदो रैच । अब भने एमाले माओवादीलाई फ़ुटाएर ओली र बाउराम मिलेर एउटा पार्टी खोल्नु पर्च । प्रचण्ड र झलनाथ मिलेर अर्को पार्टी खोल्नु पर्च । तब मात्र अबको राजनीतिक गतिरोधले निकास पाउंच ।
मन परो वा परेन:
0
0
[Reply]
oli lai liyar parti banayr feri oarko neta marnu chha ra
मन परो वा परेन:
0
0
[Reply]