हामी फुटबल हौं

डा लेखनाथ काफ्ले / ताइपेइ, ताइवान    

 हामी क्यारेम बोर्डका गोटी हौं

विबेक, आत्म-निर्णय र स्वतन्त्रता खोसिएका

भूपीले भनेथे ।

व्यवस्थाहरू र समय परिवर्तन सँगै

हामीले प्रगति गरेछौं

हामी

क्यारेम बोर्डका गोटीबाट फुटबल भएछौं ।

————————————–

फुटबल,

गतिमा हुँदा जीवन्त हुन्छ

तर

छिटो वा सुस्त

दायाँ वा बायाँ

ओल्तिर वा पल्तिर

सबै कृया

बलले होइन खेलाडीले निधो गर्छन् र ठोक्छन् ड्याम्म ।

————————————–

हामीहरू,

तीन करोड टाउकाहरु, फुटबल बनाइएर

कहिले दक्षिण तिरको पोस्टमा 

कहिले उत्तर तिरको मैदानमा घुमाइन्छौ फनफन्त्ति ।

जति गुडे पनि

जति उडे पनि

फ्री किक, कर्नर र पेनाल्टी नै पनि

अरूकै गोल बढाउन

हामी ठोकिन्छौ

नापी-नापी, तौलि-तौलि, यो वा उसको लातले

हाम्रो आफ्नै दिशा, अवस्थिति र सीमा हुँदैन ।

समग्रमा हाम्रो नियति, पक्ष-विपक्षका टाउकाहरुको सनकले निर्धारण गर्दछ ।

फाउल, पहेँलो वा रातो कार्डले

हामीलाई कुनै फरक पार्दैन

फरक त

लातको जोरले पार्छ

कता पुगेर बजारिनु पर्ने हो, त्यसले पार्छ । 

————————————– 

हामी

थाक्छौ, कमजोर हुन्छौं, च्यातिन्छौं

काम नै नलाग्ने भएपछि

नयाँ रूपमा फेरी आउँछौ ।

जे जस्तो रूपमा होस्

हाम्रो अन्तिम नियति

अरूको लात द्वारा उत्तर वा दक्षिण पुग्नु मै छ ।

किनकी

हामी

जमिन भाग लगाएर खेलिने खेलको साधन हौं ।

हामी साँच्चिकै फुटबल हौं ।

————————————–

यी तीन करोड टाउकाहरुको

निःशुल्क फुटबल खेल्छन्

अरबौ लातहरूले

छानी-छानी ठोक्छन्, बजार्छन् । 

हामी उछिट्टिनु, ठोक्किनु र उफ्रिनुको पिडा

अरूलाई के थाहा ?

किन कि हामीलाई नै पत्तो छैन

हामी किन र कसका लागी चोट खाँदैछौ ।

हैन, हामी खेलाडी बन्ने कि बल ?

एक दिन

हामीले पनि ती ताता मैदान र चिसा पोस्टहरूमा

अवस्य एउटा गह्रुंगो गोल गर्ने छौं, ड्याम्म

बरु

त्यो दिन कहिले आउला ?

म झर्ने ताराहरू गनेर बस्दै छु त्यही दिनको पर्खाइमा ।

  • Ram Prasad Ghimire

    वा ! बधाइ छ, कवि लेखनाथ जी लाई । बिम्बहरुको बेजोड प्रयोग गर्दै बर्तमान राजनैतिक बिसङ्गतीप्रतिको तीखो प्रहार गर्न सफल अति स्तरिय कविता । नेपाल र सम्पूर्ण नेपालीहरुप्रति गहिरो सम्बेदनापूर्ण आर्तनाद बोकेको सारपूर्ण कविता । बैदेशिक हस्तक्षेप बिरुद्द आगो ओकलिएको राष्ट्रबादी कविता । यस्तै अन्य कविताहरु निरन्तर लेख्दै जानुहोला । अबिराम लेख्दै जानुहोला ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    लेखनाथ काफ्ले Reply:

    आर. पि. जी, धन्यवाद तपाईंको जोशिलो र उत्शाह पूर्ण कमेन्टहरुको लागि।
    - लेखनाथ काफ्ले

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rekha

    असाध्यै समय सामयिक बधाई छ सर ल

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    लेखनाथ काफ्ले Reply:

    रेखा जी, धन्यवाद कबिता पढेर सरहाना सहितको कमेन्ट समेत गरिदिनु भएकोमा।

    – लेखनाथ काफ्ले

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • tripti

    एकदम मन पर्र्यो तपाईको गित
    समय सान्दर्भिक

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • मलाई लाग्छ लेखनाथजी शब्दहरु संगैबहनु भो
    यस कृति मार्फत सम्पूर्ण नेपालीहरुको व्यथा कहनु भो
    यी शब्दहरुले हामीहरु सबैको मन छुन्छ
    हाम्रो विवशतामा ढुंगाहरुको पनि मन रुन्छ
    तर हाम्रा नेताहरु अतिसम्मका पाजी छन
    खल्ती मा पैसा ठुसिदिए आफ्नै आमा सम्म बेच्न राजी छन

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • लेखनाथ काफ्ले

    सुनिल जी
    लयबद्ध कबितामय अत्यन्त सुन्दर शब्दहरुको लागि धेरै धन्यवाद।
    - लेखनाथ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rambabu Thapa

    अब सधै हामीले अरुको लात खाने फूटबल बनेर काम छैन तर अब त हामीले ती हामीलाई फूटबल बनाएर गोल हानेर ख्याती कमाउनेहरुलाई नै फूटबल बनाएर लात्ताले हान्ने बेला आएको छ |
    के सधै फूटबल बनेर त्यो अरुलाई खुसि पार्नको निम्ति लात खाएर बाँच्न सकिन्छ र ???

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Prem

    यहाको कविताहरु राम्रो छ.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • म त खासै कविता को मर्म र भाबना बुज्छु जस्तो त लाग्दैन तर तपाई को कविता अलि अलि बुझें कि जस्तो भान भएको छ, हाम्रो देसको राजनीति लाइ लात्ते भकुण्डो संग तुलना गरेर लेख्नु भएको रहेछ, राम्रो छ / यो कविता नेता सम्म पुगोस !!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • HKS

    राम्रो छ . ल बधाई छ कविजीलाई .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Dc Taipei

    शब्दहरुले हामीहरु सबैको मन छुन्छ
    राम्रो छ . ल बधाई छ कविजीलाई

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Tulsi ram khatiwada (kala)

    LAKE NATH G NAMASKER .
    YOUR POIME IS VERY NICE I LIKET AND I AM VERY HAPPY WITH YOU BECAUSE YOU READ THE COMMANTS

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    लेखनाथ काफ्ले Reply:

    तुलसी जी

    कबिता मन पराइदिनु भएकोमा धेरै खुशी लाग्यो। धन्यवाद ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Kamal Aryal

    Lekhanath jee what a nice poem. I really enjoyed reading and you rightly draw the present political scenario. Wishing you all the very best and look forward to read more ..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Raja Khanal

    बधाई छ काफ्लेजी, कविता धेरै राम्रो लाग्यो !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bhupendra Rana Magar

    weldone Kafle jee, keep it up.Goodluck in advance for the new coming one.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree