कथा : उपेक्षित पागल
-गीता थापा (दोषी)
उ हातमा नेपालको चन्द्र सुर्य अंकित झण्डा बोकेर जताततै भत्किएको बाटो-घाटोलाई हेरेर सुम्सुमाउँदै थियो । र एक्लै आफ्नो मनको गुनासो आफैसँग पोख्थ्यो । उसलाई सबैले पागलको संज्ञा दिएका थिए । उ घरीघरी रुन्थ्यो । घरी टाढा-टाढासम्म सुनिने ठूलो स्वरले लगातार हाँस्थ्यो । यती राम्रो मेरो देशको झण्डा फेर्न दिन्नँ म । कसको के बिगार गर्यो मेरो यो झण्डाले ? उ आफैँसँग रिसाउँदै थियो ।
जनतालाई भ्रममा राखेर आफै भित्र-भित्र लड्दै ठीक छ । विकासका कुनै पूर्वाधारतिर गम्भीर भएर सोच्न सकेका होइनन् । नयाँ कुरा सोच्न सक्दैनन् । पुराना बनिबनाउ देशको गौरव भत्काउने रे ! ‘बिगार्ने कुरा भन्दा माथि उठेर केही सोच्न सकेका छैनन्’ भन्दै झण्डालाई च्याप समातेर एकहोरो हेरिरहन्थ्यो । यस्ता कपूत नेताहरु जति नेपालमा मात्रै थुप्रो लाग्नु पर्ने ?
हो पनि कसैको केहीँ बिगार गरेको थिएन । चन्द्र सुर्य अंकित नेपालको झण्डाले । स्कूले जीवनदेखि क्याम्पसको लक्का जवान हुँदा सम्मै त्यही झण्डाको ओत लागेर कहिले जुलुशमा हिँड्दा चर्को घाम कहिले दर्के झरी पर्दा त्यही झण्डाको छेको लागेर, कहिले प्रहरिका लाठी उ माथि बर्षदाखेरी बग्दै गरेका रगतका धारा लपेटेर बचेको थियो । राम्रो बिचार, सम्पूर्ण गुणले सम्पन्न, इमान्दार हुँदाहुँदै पनि उसले देशको लागि केही गर्न नसकेकोमा उ साह्रै दुखी थियो ।
गाउँ -गाउँमा गई झुठो आश्वासन देखाएर चुनावको लागि भोट माग्नु पर्दा होस् वा गाउँले भेला गराउने भाषण सभा-समारोह हुँदा होस् । अरू साथी भन्दा अगुवा भएर उनै हिँडेको थियो । नुनको सोझो गरेर खाने गाउँका निमुखा जनताहरूलाई गाउँको विकास गर्ने प्रलोभन देखाएर आफ्नो पाटीको नेतालाई जिताउनलाई सक्दो कोसिस गरेको थियो । तर उसलाई के थाहा नेताहरूको बोली केवल भोटको लागि मात्रै हो ? उनीहरूले आफ्नो पद र कुर्सीको लागि गाउँलेहरूको सोझो मनलाई टेकेर राजनीतिको घिनलाग्दो पहाड चढ्छन् भनेर ? उ त सोझो एउटा गाउँले केटो । स्कूलको पढाई सकेर आफ्नो सुनौलो भविष्यको सुन्दर कल्पनाको खोजीमा सहर पसेको थियो ।
उ सहर आएर पढ्छु र आमा बुवाको सपना साकार पार्छु भन्दा-भन्दै कति खेर ढुङ्गा,मुढासँग जुधेर नयाँ दिनको खोजी गर्नतिर तल्लीन रह्यो । उ स्वयंलाई पत्तै भएन । गाउँको गरिबी र भोकमरीको अन्त्य गराएर गरिब दुखीले राहत पाउने झूटो सपनामा फसेर आफ्नो पढाई समेत पूरा गर्न सकेन । झाडा पखाला र कुपोषण जस्तो डरलाग्दो महामारीको भयबाट पीडित बालबालिका र! शिक्षाबाट वञ्चित भई अँध्यारोमा जीवन बिताउन बाध्य पारिएका महिला र पिछडिएका जात जातिहरूलाई त्यसता चङ्गुलबाट मुक्त गराउन सकियो भने देशले सुखको सास फेर्नेछ भन्ने सोचेको थियो ।
जब आफ्नो समर्थन पार्टीले जित्यो, उ धेरै खुशी भएको थियो । आफ्नो लक्ष्य पूरा हुने भयो भनेर । तर उसले सोचे जस्तो कहिल्यै हुन सकेन । उ त्यो गहिरो दलदलबाट निस्किन नसक्नेगरी राजनीतिको फोहोरी खेलमा फसिसकेको थियो । के थाहा नेताले स्वार्थ पूरा गरी सकेपछि आफूलाई यसरी रछ्यानमा मिल्काउँछन् भनेर । जब आफ्नो पार्टीले जित्यो उ कयौं पल्ट बधाई दिन भनेर सिंहदरवारको गेटसम्म पुगेर भित्र पस्न मनाही छ,भन्ने शब्द सँग सम्झौता गरी फर्केको थियो । आफ्नो रित्तो कोठामा आएर तीनै खाट र कुर्सीका सहारामा डाँको छोडेर रोएको थियो । न अब उ गाउँ जान नै सक्थ्यो मुख देखाउन । न कुनै काम गर्न उ सँग योग्यता थियो । नेताहरूले आफ्नो फाइदाका लागि उसको कलिला भावना माथि खेलबाड गरेका थिए । अब उनीहरूले उसलाई चिन्न छाडेका थिए । उ केवल काम चलुन्जेल भाँडो नत्र घाँडो भन्ने कुराको संघारमा उभिएर खोक्रो आदर्शवादी भाषण जनतालाई दिन नसक्ने गरी थाकेको थियो ।
सबै बाट उपेक्षित पागल भएको थियो । गाउँबाट लगाएर आएको कपडा च्यातिएर उ कुरूप भएको थियो । जताततै फोहरी खटिराले घेरिँदा औषधी नपाएर फोस्रिएको घिन लाग्दो शरीरसँग देशको चन्द्र सुर्य अंकित झण्डा बोकेर भत्किएको बाटो-घाटो सुमसुम्याउँदै ‘म फेर्न दिन्न मेरो देशको झण्डा ‘ भन्दै अझैपनि झण्डालाई च्याप समातेर चिच्याउँदै थियो पागलको उपमा भिरेर ।


Excellent piece Gitaji
मन परो वा परेन:
0
0
[Reply]
यो हजुरको लेख मा मेरो १०० मा १०० नै सहमत छु | तेओ पागल पनि बिनाकाम को पागल रहेछ | जनता लाई गास बास र कपास जो जरुरत छ भोका नांगा असाहेय कति छन् तेस्को बारेमा थाहा छैन तेओ झन्डा फाटी जावोस , चयाती जावोस तेस्मा केहि फरक पर्दैन | देसै च्यातियार भुजा भुजा हुन लग्यको छ देसै को एस्तो हालत हुदा झन्डा चापी हिड्नु त पागलपन नै हो नी होइन र ? सजक हुनु पर्यो तेओ केटा को पनि मतिभरस्ट भयको रहेछ जसले जाउ भन्यो तेतई जानी यो त बाजाको स्वोर मा जन्त जानु जस्तै भो | आफ्नो मार्ग के हो र मा के को लागि यहा आयको हो थाहा हुनी प्रयोनी नजाने पछाडी दुख हुन्छ नि नेता को पछाडी लाउने
ने = नेत्र नभयको
ता = ताग्परे तिवारी नै त गोतामे भन्ने जात हो |
यो अनि येस्ता को विश्वास मा पर्दा येस्तई हुदैन त ? बरुचाही अब सजक हुनुहोस र आफ्नो जसोगारी हिड्नुस यही मेरो सुभकामना
मन परो वा परेन:
0
0
[Reply]
एक दम राम्रो भावना छ गीता जी यसमा
कता कता अलि प्रस*ग अस्पष्ठ जस्तो देखिन्छा अलि निखार ल्याउनु जरुरी हो की बरु ? यसले अरुलाई प्रशस्त सकारात्मक सन्देश दिन सक्छा
मन परो वा परेन:
0
0
[Reply]
ekdam samaya sandarbhik chha gita Ji
मन परो वा परेन:
0
0
[Reply]