नेपालीले भोगेको फ्रान्सेली हिमाल

-दिनेश श्रेष्ठ / फ्रान्स

[हिमाली क्षेत्रमा कहाँ कहाँ हिउँ भासिन्छ भन्ने टुंगो हुँदैन । त्यसैले सेनाहरु एक अर्कामा नछुटुन् भनेर हातको लौरोमा अगाडिदेखि पछाडि सम्म डोरीले बाँधिएको हुन्छ । त्यसो गर्दा कोहि हिउँमा भासियो भने तत्कालै थाह हुन्छ र उद्दार गर्न सकिन्छ ।]

हिमाल हाम्रो देशमा मात्रै छैनन् । फ्रन्समापनि छन् । यूरोपको सबै भन्दा अग्लो हिमाल मों ब्लँ फ्रान्समै पर्छ । हामी फ्रान्सेली सेनामा रहेकाहरुले हिमाली क्षेत्रमापनि विभिन्न खाले तालिम गर्नुपर्छ । फ्रान्सेली सेनामा रहेको म एक नेपाली आफ्नो देशका हिमाली क्षेत्रसँग तुलना गर्दै तालिम गरें । त्यसै क्रममा देखे भेटेका द्रिष्यलाई क्यामरामा छोपेको थिएँ । अरु देशका हिमाल कस्ता होलान ? त्यहाँको जनजिवन कस्तो होला भन्ने कौतुहलता मलाई भए झैं अरु नेपालीलाईपनि पक्कै होला । त्यहि जिज्ञासा र कौतुहलता अलिकति भएपनि मेटिन्छ कि भनेर मैले केहि तस्बिर नेपालप्लसका पाठकहरुसित साझेदारी गर्न खोजेको छु ।

जता हेर्‍यो हिमाल, हिमालै हिमाल । हिमालको साम्राज्य जस्तो । यिनै हिमालका हिउँ छिचोल्दै तालिम गर्नुपर्छ सेनाले । कठिनमात्रै हुँदै आनन्दपनि उत्तिकै आउँछ ।

तस्विरमा अलि माथि देखिएका खाल्टा खुल्टि हामीले हिमालको माथिल्लो तहबाट हिँडेर ओर्लिका हुन् । यहाँ हामी हिउँ खोतलेर खाडल बनाउँदै छौं । हिउँ खोलेर खाडल बनाएर हामी त्यहिँ स्लिपिङ ब्याग राखेर सुत्छौं । यसरि केहि दिन बित्ने गर्छ ।

फ्रान्सेली सेनाले यस्तै डोरीका आधारमा हिमालका चट्टानमा चढ्नुपर्छ ।

यो चट्टानको टुप्पोमा अलि अलि किरिङ मिरिङ टाउका देखिएको हाम्रै समूह हो । हामी सबै समूहनै चढान उक्लेर माथि पुगेका थियौं ।

हाम्रो देशका हिमाली भेगमा झैं फ्रान्सेली हिमालमा पनि यस्ता तालतलैया प्रशस्तै देख्न पाइन्छ ।

हिमालका गाथा, संस्कार र संस्क्रिति अनि धार्मिक महत्व जहापनि हुने रहेछन् । यो क्रस चिन्हले क्रिस्चियाली धर्मका विविध पाटोलाई संकेत गर्छ ।

झररर छ्याङ छ्याङ झरना ! कस्को मन लोभ्याउँदैन यसले ? हामीलेपनि यस्ता झरना देख्यौं । नेपालको संझना दिलाउने रहेछ यस्तो देख्दा ।

को अग्लो ? डाँडा बाट तलतिर का मसिना थुम्का ढाकेर बसेको बादल नियाल्दै सैनिकहरु ।


आफ्नै जिवन: पहाडको टुप्पोमा पुगेर तलतिर नियाल्दै एक च्याङ्ग्रा । यस्ता च्याङ्ग्रा नेपालका हिमालमा पनि पाइन्छन् ।

फ्रान्स औद्योगिक क्षेत्रमा मात्रै होइन क्रिषीमापनि उत्तिकै धनी छ । हिमाली भागमा भेडा  च्याङ्ग्रा पाल्ने चलन यहाँपनि निकै रहेछ ।

जतिसुकै औद्योगिक राष्ट्र किन नहोस्, औद्योगिक विकासका चमत्कार यो मूलुकमापनि सबै नागरिकले चाख्न पाएका छैनन् । फ्रान्समा आधुनिक रेल, बस, हवाईजहाज लगायत भारी बोक्ने आधुनिक अनेक साधन बनेपनि १८ औं शताब्दीको गधाले तान्ने गाडाको प्रचलन अझै रहेछ । यो क्षेत्रका गाउँलेको जनजिवन त्यसैगरि चलिरहेछ ।

  • tapta bhandari

    धेरै राम्रा तस्बिर हरु हेरेर आनन्द लाग्यो धन्यबाद! मेहेनेत राम्रो छ cameramen को बधाई छ!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • himalibabu

    very good article and the photos of mountains and lakes and the mountain goats….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Ramro Picture sangai sabda haru….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sagar Sharma

    Thanks writer.
    Enchanting scenes & sights.

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • चादनी

    फ्रान्सको हिमाल पहाड़ नेपाल भन्दा धेरै सुन्दर छ!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree