बेल्जियम पुग्न घांस खाएका साथीलेनै खुवाएनी हामीलाई घाँस
बेल्जियम आउनासाथ ब्लग गर्छु भन्दा भन्दै निक्कै गाह्रो भयो । पहिलो दिन के भएछ कुन्नी यात्रामा वान्ता गर्दा गर्दा निस्लोट परेर बेल्जियमको मेख्लेन शहर ओर्लिएँ । साथी शेर बहादुर छन्त्याल रेल स्टेशनमालिन आएका थिए । म वान्ताले निस्लोट् परेको देखेर उनी नै छक्क परे। रेल स्टेशनमै औषधी किनियो । त्यसै साँझ झन रगत सम्म वान्ता भयो । डरपनि लाग्यो । भोली पल्टदेखि बल्ल यस्सो झोल सोल खान सकियो, सञ्चो भयो ।
अस्ति दिउँसो तिर उठेर बल्ल हिँडियो । राती ढिला फर्किइयो । बेल्जियम आउने भन्ने निधो गर्नासाथ केहि अनतर्वार्ता गर्ने कुरा गरियो । यस अघि कहिल्यै अनुहार देखिएका, हामी देख भेट नभएका साथी हुन् शेर बहादुर । बिजुली पत्रकै आधारमा हामी घनिष्ट भएका । नेपालप्लसको साईनोले जोडिन पुगेका । कहाँ कहाँ जाने ककसलाई भेट्ने मैले उनैलाई जिम्मा दिएको थिएँ । त्यसै अनुसार उनले अस्ति बेल्जियमको पहिलो नेपाली रेस्टेरेन्ट हिमालय लगे । त्यसपछि यस्सो एकाध नेपालीसित भेट भयो । हिजो बिहानै गोर्खालीले पहिलो र दोस्रो विश्व युद्दमा लडाई लडेको इपर भन्ने ठाउँमा लगे । ब्रसेल्सबाट करिब साँढे दुई घण्टा रेलमा जानु पर्ने रहेछ ।
म आउँछु भन्ने कुरा शेर बहादुर जी बाट सुनेपछि इपर बस्दै आएका महेश थापाजीले खुशि हुँदै त्यो ठाउँ घुमाए । नेपालीका लागि असाध्यै ऐतिहासिक स्थल रहेछ । यसका बारेमा भिडियो ब्लग गरौंला । बिहान महेशजीको परिवारसित खाना खाइयो । अनि नेपालीका सफलता असफलता, दुख र सुख, बेदना र छटपटी अनि उकुशमुकुसका बारेमा केहि त्यस्तै कथा बोकेका नेपालीसित भेटघाट र छलफल गर्ने मेसो थियो । त्यस्तै नेपाली मध्ये अनेक प्रयत्न गरेर म्याग्दीका देबेन्द्र पुन सित समय मिलाएका रहेछन् छन्त्यालजीले । करिब तिन महिना अघिदेखि उनको प्रयत्न थियो । हिजो बिहान लडाई मैदानमा महेशजीले घुमाउँदा पनि बेलुका पुनसित भेट्न ढिलो हुन्छ कि भन्दै हामी भुट्भुटियौं ।
हतार हतारमा आइयो मेरा वर्षौं पुराना मित्र प्रेम पाठकलाई भेट्न । उनीसितपनि हातारमा सामान्य गफगाफ गरियो । अनि तिनै पुनलाई निरन्तर फोनमा सम्पर्क गरिरहे शेर बहादुरजीले भेट घाटकालागि । उनले नाई भनेनन् । दिउँसो देखि साँझसम्म लुभेन शहरमा नेपाली न्रित्य प्रस्तिस्पर्धा रहेछ । पुन त्यहिँ गएछन् । कार्यक्रम हुँदापनि शेर बहादुरजी र उनको निरन्तर सम्पर्क भैरह्यो फोनमा । एक पटक उनी आफैंले फोन गरेर ‘सोल्टी कार्यक्रमपछि म आफैंले फोन गरुला । अनि भेट्न ठाउँ मिलाउँला है’ भनेछन् । अनि शेर बहादुर जीली फोन गर्दापनि हुन्छ भनिरहे ।
हामी उनलाई भेट्नु छ भनेर हतारमा पाठकजीले अलि बेर गफ गरौं भन्दापनि, खाना खाउँ भनेर बिन्ति गर्दापनि हिँड्यौ । बाटोमा हिँड्दापनि कतै कुनै कारणले छुट्ला भनेर छन्त्यालजीले पुनलाई सम्पर्क गरेर म्यासेज छोडिरहे फोनमा । राति ९ बजेसम्म फोन उठ्दै थियो देबेन्द्र पुनको । झन १० बजेबाट त फोन अफ गरेछन् उनले । अनि लगातार छोडेको म्यासेजको कुनैपनि प्रतिक्रिया दिएनन् । त्यसपछि छन्त्यालजीले उनीसँगै रहेका मित्रलाई फोन गरे । दुखेसो गरे- नहुने भए कुरा गर्न मन छैन गर्दिन भन्नु पर्छ । समय छैन, मन छैन जे पनि भन्न सकिन्छ । फ्रान्सदेखि त्यहि अन्तर्वार्ता गर्नकालागि आएको मान्छेमाथि धोका भयो । मलाइ लाज भयो, म माथिपनि विश्वास र भरोसाको प्रश्न उठ्यो । तर अहँ पुन सम्पर्कमा आउनै मानेनन् । तर त्यहाँ हाम्रो कुनै उपाय थिएन । रिसाएर पो के गर्ने ? तिनै देबेन्द्र पुनलाई भेट्न भनेर पर्खिँदा पर्खिँदा बेल्जियमका नेपाली ब्यापारी संघका केहि प्रतिनिधी, केहि रेस्टुरा ब्यापारी, राजनितिक दलका प्रतिनिधीसित भेट गर्न सकिएन । उनले गर्दा दुबैतिर खत्तम बनाइदिए ।
उनले किन भेट्छु भनेर बचन दिएर पनि भेटेनन् ? थाह छैन । बेल्जियमका केहि नेपालीले सुनाए अनुसार उनी करिब पाँच छ वर्ष पहिले नेपालबाट रसिया हानिएका रहेछन् यूरोप छिरेर धन कमाउन । त्यहाँबाट पूर्वी यूरोपका रोमानिया, बल्गेरिया, यूक्रेन लगायतका मूलुक महिनौँ सम्म पैदलमा हिँडेर अनेक दुख र कष्ट छल्दै बेल्जियम आइपुगेका रहेछन् । त्यस क्रममा उनी र उनको समूहले मानव बिक्रेता, दलाल, काला ब्यापारी हरुको अनेक धम्काई ब्यहोरेका रहेछन् । साथमा भएको पैसा जति दलालले लुटेर लगिदिएपछि खाने के ? प्रशासनलाई भनौं भने त्यहिँ समातेर जेल हाल्छ कि त नेपाल फिर्ता पठाउँछ । अनि साथमा पैसो र आँखा अगाडि खाने कुरो नपाएपछि घाँस सम्म खाएका रे । अर्काको मूलुककमा खाने कुरो सम्म केहि नपाएर घाँस समेत लुकेर खानु भन्दा जिवनमा कष्ट के होला ? देबेन्द्र पुन आफैंले सुनाएका रहेछन् यहाँका नेपालीलाई त्यो कथा ।
शेर बहादुरजीले उनलाई भेटघाटकालागि सहमत गराउँदापनि स्पष्ठै भनेका थिए- तपाईको नाम, थर वतन, ठेगाना केहि लेखिँदैन यदि इच्छा छैन भने । वास्तविक घटना खोजिएको हो । तपाईको वास्तबिक घटनालाई नाम बदलेर लेखौंला, प्रयोग गरौंला । उनी राजी भए तर उनले जानी जानी धोका दिए । मैले साँझै छन्त्यालजीलाई भनें – हामीलाई त धोका दियो नी मोरो घाँस खानेले । घाँस खाने त साँच्चिकै घाँस खाने बुद्दीकै रहेछ । छन्त्यालजीले थपे- उसले के घाँस खाने यार हामीलाई पो खुवायो त घाँस ! पछि नेपाली ब्यापारी यूवराज गुरुङसित भेट भयो । रातराती ढिला भैसकेको थियो । तैपनि केहि बेर कुरा गरियो । उनले बेल्जियमको नेपाली समूदाय बारे छोटो कुरकानी हुँदा त्यस्ता पात्रहरुका बारेमापनि प्रसंग कोट्याए । बेल्जियममा ‘मैले घाँस खाएँ, मैले ट्वाइलेट पेपर खाएको हुँ, म पराल खान बाध्य भएँ’ भन्ने नेपाली निकै छन्, देखिन्छन् । त्यस्ता कथा र ब्यथा सुनाउँछन् पनि । तर ति कथा कति सत्य हुन्, यथार्थताका नजिक छन् भन्ने चाहिँ उती मेसो छैन ।’
छन्त्यालजी र म फर्किँदा रातको मध्य रातपनि कट्यो । खाना खाँदा साँढे एक पनि बढि भयो । बिहान ७ बजे निस्किएर राती मध्यरात फर्किँदा थकाईले उत्तिकै हैरान पार्यो । ब्लग लेख्न नपाएकोमा म भुट्भुटिएँ । पुनको ढाँटछललाई ब्लग बनाउने कि नबनाउने भन्ने कुरो भयो । छन्त्यालजीले एउटा नेपालीले अर्को नेपालीलाई यस्तरि धोका दिने ? ‘ त्यस्तो विषय त झन लेख्न पर्छ यार ‘ भने । नेपालीका कथा ब्यथा र लेख्ने हो नी भन्ने उनको तर्क थियो । आज भने राजनितिक दलका केहि प्रतिनिधी, ब्यापारी र अन्य क्षेत्रका नेपालीसित भेटघाट गर्ने कार्यक्रम छ ।


मुला लाई सजाय** दिनु पर्छा
त्यस्तो सित धोका दिएछा
बिदेशमा अब्सने नेपाली हरु झन् चोट्टा हुन्छन
मन परो वा परेन:
0
0
[Reply]
लोत पारेछा पुन ले हाहा
मन परो वा परेन:
0
0
[Reply]
दधिजी , तपाई ले पनि बेला बेला मा नाटक गर्नु हुन्छ ……खास गरि तपाईले बेल्जियम र फ़्रांस को तुलना गरि फ़्रांस मा बस्ने नेपाली हरु निकै सब्भ्य र बेल्जियम मा बस्ने नेपाली हरु असभ्य भएको मनसाय को लेख हरु पहिला पनि आएकै हुन …….बेल्जियम मा घांस खाने ले खुवाय नि हामीलाई घांस शीर्षक को यो लेख पनि त्यही मनसाय ले आएको हो ….होइन भने नेपाल मा रोजी रोटी नपाएर काम र अवसर को खोजीमा अनेक दुःख कस्ट गर्दै यूरोप , अमेरिका लगायत बिश्व का कुना काप्चा मा पुग्न को लागी घांस खादै हिडन बाध्य बनाउने नेपालका सामन्तबादी राज्य सत्ता का नेताहरुको बिरोध तपाई ले किन गर्न सक्नु हुन्न ? यसरी घांस खादै हिडने नेपाली हरु बेल्जियम मा मात्रै नभई फ़्रांस कै पेरिस मा पनि छन ,पेरिस को इफेल टावर मुनि गएर खोज्नु भयो भने पाउनु होला ,,,तपाईले नेपाली को दुःख खोज्न र बेल्जियम का नेपाली हरुको अवमूल्यन गर्न पैसा खर्च गरेर अन्तर्वार्ता लिन यहाँ न आउदा नै बेश होला , ,,,, अनि अर्को कुरा बेल्जियम का नेपाली रेस्टुरेंट ब्याबसायी कहाँ पनि पुग्नु भएको रहेछ ,,,अनि तपाईले त्यहाँ भात खानु भयो की घांस खानु भयो ,,,हाम्रा मित्र शेर बहादुर जी कहाँ घांस नै खानु भयो ,,,रेस्टुरेंट मा पानी पिउनु भयो की मु…
बेल्जियम बासी प्रबासी नेपाली
मन परो वा परेन:
0
0
[Reply]
विकल थापा, बेल्जियम Reply:
August 26th, 2010 at 4:23 am
तेरोमा आएर तेरो गाथा लेखेन भनेर होला है ? कुना चाहि माओवादी नेतो हो यो
अरुकोमा गयो भन्ने कत्रो रिस
मन परो वा परेन:
0
0
[Reply]
बेल्जियमबासी नेपाली Reply:
August 26th, 2010 at 4:28 pm
बिकल जी ,
तपाईले मेरो लेख पढेर प्रतिक्रया जनाउनु भएको मा मुरी मुरी धन्यबाद ! दधि जी को ,blog हेर्ने म नियमित पाठक हु तर यसको मतलब वहाँ म कहा नै आउनु पर्छ भन्ने छैन ! वहाँ म कहाँ आउन चाहेको भए पनि म वहाँ लाइ समय दिन सक्दैन थिएन होला ! खैर साचों कुरा बोलने र लेखने लाइ माओबादी देख्नु भनेको माकुने र सुजाता को चमचा बन्नू हो ! वान की मून ले नेपाल मा राट्रीय सहमति को सरकार चाहिन्छ भन्दा माकुने र सुजाता ले वान की मून लाइ नै माओबादी को कार्यकर्ता बनाई दिए !
मन परो वा परेन:
0
0
[Reply]
विकल थापा, बेल्जियम Reply:
August 27th, 2010 at 6:13 am
छद्म नाम मा नलेख्नुस यार सक्नुहुन्छा भने पहिलो ,कुरा, मैले पनि उहालाई बोलाएको थिए आउनुस बासु भनेर, मेला पठाको थिए, पत्रकारले जसलाई भेट्छ, जहा जान्छा, घुम्छा त्यसैका बारेमा लेख्छा हामीलैई कहा बस्यो, कहा खायो, कोसित हिड्यो के मतलब ? युवराजलाई भेटेको, एमाले नेता, का*ग्रेस नेता, व्यापारीलाई भेटेको कुरा ब्लगमा लेखेकोले माओवादीलाई भेट्न अनि रिसाएको भन्ने बुझिन्छा तपाईको कमेन्ट बाट , माओवादीलाई भेट्नै पर्छा भन्ने के छ ? अनि तपाईले जे भाषा बोल्नुहुन्छ त्यो माओवादीले बोल्छन , तपाईको दिमाख खोटी छ भन्ने के बाट बुझिन्छा भने उहा यासकोमा जानु भो यासकोमा जानु भो भन्ने . तपाईलाई नमिल्ने गरि बोल्दा जसरि माकुने र सुजाता हुन्छा नि त्यसैगरी तपाईको भाषापनि माओवादीको पाठापाठी, वा चरुवा, गोठालो जस्तो लाग्छा . मान्छे तर्साएर तह लगाउछु भन्ने सस्कृति, असभ्य सस्कार माओवादीको
मन परो वा परेन:
0
0
यो ब्लग पढे पछी मलाई पनि बेल्जियम को नेपालीहरुलाई तल पारेर लेखे जस्तो लाग्यो. हेर्नुस साथीहरु मलाई त पार्टीको कुनै मतलब छैन. तर लेख चै चित भुझ्दो छैन बेल्जियम बासि भएको ले गर्दा.
मन परो वा परेन:
0
0
[Reply]
dadi ji le ghas khane le malai pani ghas khuwayo tapic kattiko sandarvik chha.estai patrakarko ho hatko oula katne. bibek binako patrakar harek deshma janmina thalyo.
मन परो वा परेन:
0
0
[Reply]