गीत

-मोहन स्वरूप / उत्तराखण्ड, भारत

जे भने नि हुन्छ मलाई

जे गरे नि हुन्छ मलाई

सक्छ्यौ भने जाउ तिमी

पुराना ती याद भूलाई

°°°°°°°°°°°°°°°°°°°°°°°°°

तिमीसँग साधन भए

मेटाई देऊ यादहरू

बोल्नु भन्दा अब मलाई

नबोलेकै जाती बरु

°°°°°°°°°°°°°°°°°°°°°°°°°

मेटाई देऊ देउरालीका

ढुङ्गाहरू खोपी लेख्या

जलाई देऊ सलाई कोरी

जो थिए ती सपना देख्या

°°°°°°°°°°°°°°°°°°°°°°°°°

हाँसो देख्न चाहे यदि

खुशी देख्न चाहे मलाई

लिएर आऊ फूलको थुँगा

राख मेरो चिता सजाई


  • यी शब्दहरू निकै नै मार्मिक छन, यहाको प्रगति को कामना गर्दछु .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Mohan Swaroop Reply:

    धन्यवाद् निरौला ज्यू । हजुरको आशीर्वाद् शिरोधार्य छ । प्रयास गर्नेछु ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • दादा, मलाई निर्लज नबनाउनु होला किन गायब! तपाईहरु त विश्वशान्तिको बुगुल घन्काउने मान्छे नै यसरि लापत्ता हुने हो ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree