जित कसको ?
एनेकपा माओवादीको अहिले केन्द्रिय कमीटी बैठ्क चलिरहेको छ । अघिल्ला बैठकहरुमा भन्दा यस पटक पार्टीमा स्पष्ठ रुपमा तिन धार देखा परे। अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय मोहन बैद्य र डा बाबुराम भट्टराईका धार । पार्टीका तिन शक्तिशाली नेताहरु तिन भिन्न प्रतिबेदन लिएर प्रस्तुत भएकाले माओवादी भित्र बैचारिक लडाईपनि बढ्दै गएको चर्चा चलेको छ । यस अघि पार्टीमा प्राय बैद्य र प्रचण्डका फरक फरक मत र प्रतिबेदन हुने गरेकामा यस पटक भट्टराईले समेत भिन्न प्रतिबेदन लिएर प्रस्तुत भएकालेपनि त्यस्तो चर्चा चलेको हो । तिन शक्तिशाली नेताहरुले आआफ्ना भिन्न बिचार र दाबीका साथ प्रतिबेदन तयार पारेकाले अब पार्टीमा जित कसको होला त ?
पार्टी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को प्रतिबेदनमा घरेलु प्रतिक्रियावाद र भारतीय विस्तारवाद विरुद्ध सदन, सडक र सरकारबाट सशक्त संघर्ष गर्दै शान्ति र संविधानलाई पूर्णता दिनुपर्छ भन्ने उल्लेख छ । सडक, सदन र सरकारको मोर्चा मार्फत नयाँ शान्ति र संविधानको कार्यभार पूरा गर्नुपर्ने पार्टीको पहिलेकै रणनीतिलाई अगाडि बढाउनुपर्ने प्रचण्डको प्रतिबेदनले जोड दिएको छ ।
उता मोहन बैद्य किरणले भने पार्टी शान्ति संझौता गरेदेखि संबिधान सभाको निर्वाचनसम्म आइपुग्दा नेता र कार्यकर्ता बिचलित भएको, निम्न पूजिवादी चिन्तन हाबी भएको र पार्टी संसदिय दलदलमा फस्ने खतरा रहेको आरोप लगाएका छन् । पार्टीलाई स्वदेशी तथा बिदेशी प्रतिक्रियावादीहरुले चौतर्फी घेराबन्धि गरेर जनयुद्दका उपलब्धिहरुलाई नै खत्तम पार्न खोजेको र माओवादीलाई समग्रमा फसाउन खोजेकोले पार्टी जनबिद्रोहमा जानु पर्ने दाबी गरेका छन् । संबिधान सभाको निर्वाचनसम्म आइपुग्दा भारतले नांगो हस्तक्षेप गरेको, माओवादीलाई पाखा लगाउन खोजेको र राष्ट्रियतामा भारत नै प्रमुख बाधक रहेकाले भारतलाई स्पष्ठ रुपमा प्रमुख बिरोधीका रुपमा किट्नुपर्ने पक्षमा छन् बैद्य ।
उता अर्का उपाध्यक्ष बाबुराम भट्टराई भने तत्काल पार्टी जन बिद्रोहमा जान नहुने पक्षमा छन् । भारतलाई प्रधान शत्रुको रुपमापनि लिन नहुने पक्षमा छन् । उनी भारतीयहरु भन्दा देशमै घरेलु प्रतिक्रियावाद हाबी रहेको उल्लेख गरेका छन् । साथै भट्टराईले अहिले जन बिद्रोहमा जानकालागि स्वदेशी र बिदेशी परिस्थिति अनुकुल भैनसकेको दाबी गरेका छन् । उनले जनयुद्द, जन आन्दोलन र मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नु पर्ने उल्लेख गरेका छन् । पार्टीले ति उपलब्धि रक्षा गर्न शान्तिपूर्ण बाटो रोज्नु पर्ने, ब्यापक जनदबाब र शान्तिपूर्ण आन्दोलन मार्फत जनताको पक्षमा संबिधान बनाउनु पर्ने पक्षमा जोड दिएका छन् ।
कार्यपत्रका हिसाबले बैद्यको भन्दा डा बाबुराम भट्टराईको प्रतिबेदन पार्टी अध्यक्षको निकट छ । किनभने भट्टराइ र प्रचण्ड दुबैले अहिले शान्तिपूर्ण आन्दोलन र सरकार बनाउनु पर्ने कुरालाई महत्व दिएका छन् । जे होस, तिन वटै प्रतिबेदनलाई मिलाएर संयुक्त बनाउने पक्षमा छन् नेताहरु । यी तिन प्रतिबेदनहरु मतदानकै आवस्थामा पुग्ने गरि बिवाद नभएको बताइन्छ । तरपनि पार्टीमा अहिलेसम्म प्रचण्ड नै शक्तिशाली मानिन्छन् । पार्टीमा निकै शक्तिशाली मानिएका अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव राम बहादुर थापा ‘बादल’ लगायतका नेता प्रचण्डकै पक्षमा रहेको बताइन्छ । तर पार्टी शान्ति संझौतामा आएदेखि प्रचण्डको आलोचना बढ्दो छ । पार्टीको कार्यदिशाबारे बिवाद, बहस र आलोचनापनि उत्तिकै प्रश्नहरु उठिरहेकाले यसैको जित हुन्छ भन्न मुस्किल छ ।


दस बर्स जनयुद तेसबधि हजारौ नेपाल आमाको छोराहरुले ज्यान गुमौना बिबस भय .युद कालमा पिडित भयका आफन्त गुमयाका मनिष हरु प्रति यक पल्ट मवाबदिले हृदय देखि नै सोच्नु जरुरि छ . पुन यस्तो प्रकारको युद गर्र्न उचित हुदैन देश र जन्ताकोलागी . कसरि हुन्छ सान्ति बाटो नै अंगालेर सहमति कायम गरि देशलाई असल बाटोमा उन्मुख गरुन उत्तम मनिन्छा. हो मवाबदी पार्टी जनताको जनादेश बाट उ संबिधान सभाको सबै भन्दा ठुलो पार्टीको रुपमा स्थापित हुन पुग्यो र सरकार पनि चलायो . तर के गर्ने जनताले सोचेको जस्तो कम हुन् सकेन विभिन्न राजनीतिक खिचातानीले गर्दा उसले गर्न चाहेको कम सफल हुन सकेन विभिन्न अवरोधको कारणले गर्दा . तर फेरी उ संबिधान सबको ठुलो पार्टी र जनताको जनादेश सबै भन्दा बढी उसमा भयकोले गर्दा सरकार मेरो नेतृत्वमा हुन पर्छा भन्ने उसको भनाइ हो . तर के गर्ने यस्तै अरु पार्टीहरेल सम्रथान नगरेको कारणले गर्दा आज मावोबादी पार्टीमा भिभिन्न नेताहरुको आपनो अपनाई सिदान्त , विचार हरु फरक रुमा देखिन थालेको छ . सबिधान को नियम र अधिकार अनुसार लार्जेस्ट पार्टी भयकोले गर्दा उसको नेत्रुवामा सरकार बनौकोलागो स्वभाविकनै हुनेथियो तर दलले समर्थन नगरेको कारणले गर्दा आज भीरको चिँदो उधो न उभो भयको छ. jasari हुन्छा मवाबदी पार्टी autai सहमति garera jananai utatam hunechh.
मन परो वा परेन:
0
0
[Reply]