पेरिसमा गणेश पूजा: हजारौं सहभागि

पेरिसको गणेश मन्दिरकी एक फ्रान्सेली पूजारीले केहि हप्ता अगाडि निम्तो दिएकी थिईन -हिजो गणेश पूजामा सहभागि बन्न । हिजो गएको । ओ हो हो कहाँबाट आएका त्यति धेरै गणेशका भक्त ? अधिकांश भारतीय र श्रीलंकेली हिन्दूहरु । पेरिसको करिब  दश किमी सडक पुरै बन्द गरेर सडक भरि नाच, गान र अन्य रमाईलो गरेका । हजारौं लाखौं मानिस थिए ।  वरिपरीका होटेल र रेस्टुरामा उत्तिकै भिड एशियाली खाना चाख्नेको । सामान उत्तिकै बिक्रि भएको थियो । बाटोमा कमीला जस्तो मान्छेको भिड । असाध्यै रमाईलोसित मनाउने रहेछन् । वर्षौं वर्ष देखि फ्रान्समा बसेपनि आफ्नो धर्म, संस्क्रिति, पर्व र संस्कार प्रति कति धेरै प्रतिबद्द ?

गणेशको रथ चाहिँ महिलाहरुले तानेका थिए ।

पेरिसको ला शापेल भन्ने ठाउँ भारतीय र श्रीलंकेलीहरुको अति धेरै वस्ती भएको ठाउँ हो । यहाँ ति देशका नागरिकको पसलाहरु अतिनै छन् । यहाँ दक्षिण एशियाली लगभग सबै जसो समान पाइन्छ । हिजो गणेश पूजाको दिनमा गणेश तस्बिर र मूर्तीले सबैजसो पसल रंगिएका थिए ।

कुनै मन्दिर जस्ता रथमा पुरेत थिए सायद । तिनलाई तान्नेमा अर्ध नंग्न हरु थिए ।

सारीमा सजिएर गणेशको मूर्तीलाई नमस्कार गर्दै एक फ्रान्सेली युवती । गणेशको पूजा र पर्व हेर्न फ्रन्सेलीहरुपनि निकै थुप्रिएका थिए ।

गणेश मन्दिरका फ्रान्सेली पूजारी । यीनको लागि गाडीमा विशेष छाता सहितको ब्यवस्था थियो ।

सडकमा साना साना प्लास्तिकका दिब्बामा खानेकुरा बाँडिएको थियो निशुल्क । त्यहि हारालुछ गर्दै थिए । यो कार्टुनको खाना त लुछेर मिनेटमै खत्तम पारे ।

यसरि अग्नी ज्वाला टाउकामा बालेर हिँड्ने महिला निकै थिए । त्यसबाट निस्केको धुवाँले वरिपरिको वातावरण नै कुइरीमण्डल बनेको थियो ।

कोहि हनुमान बनेर घोडामा थिए, कोही मुकुण्डो लगाएका । कोहि अन्य वस्त्रमा भिन्न न्रित्य देखाउँदै ।

मुजुरका प्वाँखहरु घोचामा जेलेर बनाइएका कलात्मक साधनहरु काँधमा बोकेर दर्जनौं पुरुषहरुले न्रित्य देखाएका थिए । यो न्रित्यले धेरैलाई आकर्षण गरेको थियो ।

बाटो घाटोमा ठाउँ ठाउँमै नरिवलका थुप्रा थिए । न्रित्य तोली नजिक पुग्दा ति नरिवलका डल्ला टिप्दै सडकमा बजारेर फुटाल्थे । एक थुप्रो त उत्तिखेरै झिरिप्पै पार्थे तिनले ।

(सबै तस्बिर म आफैंले खिचेका हुन्) ।

  • Sonam Jirel

    आफ्नो संस्कृति आफ्नो पर्व यसरी राम्ररी फ्रान्स मा मनायको देख्दा के लग्यो भने , धार्मिक संस्कृति भने को देस को सिमाना जस्तै खुम्च्न्दैन / यसले धेरै लाइ अटाउने बनाउन सक्छ/ भारती , नेपाली , लंकाली , फेन्च पनि तेंहा अटाउन सक्ने रहेछन / सुन्दर तस्बिर र नंया सुचना को लागि ददी जी लाइ धन्यबाद ./

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • जिबेन्द्र लामिछाने

    होइन के के गर्न भियाउनु हुन्छा हो ददिजी ? कहिले कता वाईना फेक्त्री रे कहिले बेल्जियम रे ; कहिले कुन कुन देश पुग्नु हुन्छा , कहिले प्रोग्राम रे, कहिले चरा प्रवचन रे , तपाईको काम, सक्रियता र मेहनत देखेर लोभ लाग्छा एक्ददम/ यहा पनि लोभ लाग्ने फोतानै रहेछन धन्यबाद ददिजी

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Tilak B

    Great photos Dadiji.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree