कालापथ्थरमा सरकारले स्मारक वनायो

-लक्ष्मण अधिकारी / कालापथ्थर,  सोलुखुम्बु

सोलुखुम्बु जिल्लाको खुम्बु गाउँ विकास समिति वडा नं ८ अन्तर्गत विश्वकै चर्चित ठाउँ कालापथ्थर ५५४५ मिटर उचाइमा छ । यस ठाउँबाट विश्वकै उच्च शिखर सगरमाथा सजिलै देख्न सकिन्छ भने अरू पुमोरी, लोबुचे, मकालु आदि हिमालहरू नजिकै देख्न सकिन्छ । विशेष गरि खुम्बु क्षेत्रमा भित्रने स्वदेशी तथा विदेशी पर्यटकहरूको अन्तिम गन्तव्य स्थलको रूपमा रहेको यो कालापथ्थर अति रमणीय छ ।

(मन्त्री परिषद बैठकमा सहभागिहरुको नाम उल्लेख छ स्मारकमा)

(आमाडब्लम लगायत दक्षिणतिर देखिने अन्य हिमालहरु)

सन् २००९ को डिसेम्बर ४ (१९ मंसिर २०६६) का दिन तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको संयोजकत्वमा यही ठाउँमा मन्त्रीहरूको ऐतिहासिक बैठक बसेको थियो । यति उचाइमा मन्त्रि स्तरीय बैठक बसेको इतिहासमा नै यो पहिलो हो । यो बैठकको मुख्य आसय भनेको बढ्दो दूषित वातावरणको कारणले हिमालमा लाखौँ वर्ष देखि जमेर रहेको पानीको भण्डार पग्लिएर गइसक्यो र पग्लने क्रम द्रुत गतिमा भइरहेको छ ।

(कालापथ्थरबाट पश्चिम तर्फ देखिने लोबुचे हिमालको चुचुरो )

नेपालमा भएको हिमालको हिउँ भनेको एसियाको पानी भण्डार गर्ने ट्याङ्की हो । आजको बढ्दो सहरीकरण, उद्योग कल कारखाना, शक्तिशाली देशहरूको होडबाजीका कारणले प्रिथ्वी दूषित बनिरहेको छ । जसका कारणले दिन दिनै जीवन कष्टकर बन्दै गइरहेको छ । त्यसैले कार्बन तथा ग्याँस उत्सर्जन गर्ने देशहरूलाई त्यसो नगर, कम गर भन्ने र अन्तरराष्ट्रिय स्तरमा यसलाई मुद्दाको रूपमा अघि सार्ने उद्देश्यले यो बैठक आयोजना गरिएको थियो । र कोपेनहेगनमा भएको बैठकमा नेपाली टोलीले समूह बनाई सडकमा नारा जुलुससम्म गर्न पछि नपरेको यो टोलीको सम्झना स्वरूप नेपाल सरकारको तर्फबाट यस कालापथ्थरमा भर्खरै मात्र  स्मारक बनाइएको छ ।

 अधिकारी नेशनल टिभी तथा पिरामिड ईन्टरनेशनल ल्याबोरेटोरी एन्ड अब्जरभेटोरी सेन्टरमा व्यवस्थापक छन् ।

 -अधिकारीको अघिल्लो फोटो फिचरपनि हेर्नुस-

सगरमाथाको आधारशिविरमा पुष्कर शाह

  • Lakpa sherpa

    khumbu VDC haina Khumjung VDC ho Laxman ji

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree