बाघ संरक्षण: सभा सम्मेलनमै सीमित

-योगेश अधिकारी / सौराहा, चितवन

 परापूर्वकालमा मानव जीवनको शत्रु प्राणीको रूपमा परिचित बिरालो जातिको सबैभन्दा विशाल, सुन्दर प्राणी बाघ हामी बीचको अज्ञानताको कारण लोपोन्मुख छ । वास्तवमा बाघ आफैमा मानिस देख्ने बित्तिकै आक्रमण गर्ने जनावर भने होइन । तर जब यिनीहरुको आहारा र वासस्थानमा खलल पुर्याउने काम हुन्छ तब यिनीहरु मानव जीवनको शत्रु प्राणीको रूपमा साबित हुन्छन् ।

जंगलका राजा मानिन्छन् बाघ । सबै वयस्क बाघहरूले आफ्नो  वासस्थानको लागी क्षेत्र निर्धारण गरेका हुन्छन् । जब यिनीहरुको वासस्थानमा आहारको कमी आउँछ बाघहरू बूढो वा घाइते हुँदा सजिलै शिकार गर्ने सक्दैनन् तब यिनीहरु सरल शिकारको खोजीमा गाऊ घरतिर निस्कन्छन् । र सजिलै घरपालुवा जनावरको शिकार गर्न सफल हुन्छन् । एक पटक घरपालुवाको नुनिलो रगतको स्वाद पाएपछि बाघहरू नरभक्षी अर्थात् (मानव शिकार गर्ने) हुन्छन् । यदी उनीहरूले सजिलै आफ्नो  वासस्थानमा शिकार गर्न सकेमा यिनीहरु नरभक्षी नहुन सक्छन् । त्यसैले, यिनीहरुको वासस्थानमा आहारको कमी हुन नदिएर यिनीहरुलाई मानव जातिको शत्रु हुनबाट जोगाउन  सकिन्छ ।

कुनै समयमा एसियाको जंगलमा मात्र ३५ हजार बाघ पाइन्थ्यो भन्दा हामी सबैलाई एकादेशको कथा सुनाए जस्तो लाग्न सक्छ । अहिले यो संख्या ३ हजार २ सयमा झरेको तथ्यले बाघ संरक्षणकर्मीहरुलाई चिन्ता थपेको छ । एकातिर वातावरण विनाशको कारण यिनीहरुको संख्यामा कमी आएको छ । अर्कोतिर दुइ प्रजातिका बाघहरू लोप भैसकेका छन् । नेपालमा पाइने पाटे बाघबारे सार्वजनिक तथ्य अनुसार हाल  चितवन राष्ट्रिय निकुञ्जमा १२५, बर्दिया राष्ट्रिय निकुञ्जमा १८, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ८ र पर्सा वन्यजन्तु आरक्षमा ४ वटा बाघ पाइएको कुरा सार्वजनिक भएको छ ।  तथ्यले यो पनि प्रष्ट पार्दैछ कि  बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटामा बाघको संख्या क्रमशः घट्दो छ ।  २००० मा गरिएको बाघको तुलनामा हाल त्यस ठाउँहरूबाट ३७ वटा बाघ हराइरहेका छन् ।

संरक्षित जीवको रूपमा सूचीकृत हुँदाहुँदै पनि हामी बीच विद्यमान अज्ञान  र अशिक्षाको कारण, बन जंगल नासिँदै जानु, बाघको वासस्थान र आहारमा कमी आउनु । अनि अन्तर्राष्ट्रिय बजारमा बाघको हड्डी र छालाको अधिक  मूल्य हुनु, औषधिको रूपमा प्रयोग हुन्छ भन्ने अन्धविश्वास हामीबिच कायम हुनु आदि बाघ लोप हुनुको प्रमुख कारण हुन ।

सरकारद्वारा जारी संरक्षण ऐन अनुसार बाघको शिकार गर्न ५० हजार देखि १ लाख तथा ५ बर्ष देखि १५ वर्षसम्म जेल सजायको व्यवस्था गर्नु बाहेक चोरी शिकारी रोकथामको लागी अरू केही कदम चालेको देखिँदैन । वासस्थान विनाशको क्रम र चोरी शिकारीको क्रम यही अनुपातमा रहेमा भोलिका दिनमा हाम्रा सन्ततिले एकादेशमा हाम्रो देशमा पनि बाघ भन्ने जनावर थियो भनेर मात्रै चित्त बुझाउनु पर्ने दिन आउन सक्छ ।

हुन त बाघ बचाउनका लागी धेरै संस्था लागेका छन् । तर उनीहरूको पहुँच सभा सम्मेलन भन्दा अगाडी बढेको पाइँदैन  । त्यसैले हामी सबै मिली चोर शिकारीलाई निरुत्शाहित गरि बाघ संरक्षणमा व्यापक जन चेतना जगाउने विविध कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्यस्ता कार्यक्रम स्थानीय रूपमा लगी बाघको   वासस्थान संरक्षणमा योगदान पुर्याउने बेला आएको छ । आउनुहोस् सबै मिली यो महान काममा हातेमालो गरौं ।

-लेखक चरावीद तथा चितवन राष्ट्रिय निकुञ्ज, सौराहाको रिभर ब्याङ्क ईन होटेलका मेनेजिङ डाइरेक्टर हुन्

  • sabita

    Article is very nice. Contents are very true. Their habitats should be specified and none can disturb them for their growth and freedom. Preservation is a must for such animals. Govt rule seems week and authorities are corrupted. So every person should be aware of it. Govt. authorities must work properly.If anyone try to kill or smuggle animals then they should get at least 20 years imprisonment.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree