विदेशमा नेपालका ‘भूमिगत’ पार्टी बग्रेल्ती
(आजको जनआस्था सप्ताहिकमा मेरो आफ्नै नाममा प्रकाशित समाचार)
(यो पोष्टरमा रा प्र पा बेल्जियम भनेर लेखिएको छ । त्यसरि प्रचार गर्नु यूरोपेली कानुन अनुसार गैह्र कानुनी हो । तस्बिर म आफैंले खिचेको हुँ ।)
एकिक्रित नेकपा (माओवादी) दश वर्षे जनयुद्द रोकेर खुल्ला राजनीतिमा आएको पनि निकै भयो । नेकपा (एमाले) झन् वर्षौं वर्ष देखि यसै खुल्ला छ । नेपाली कांग्रेस त झन् २००७ सालमा प्रजातन्त्र आएदेखि भूमिगत छैन । देशमा गणतन्त्र आएपछि नेपालका दलहरू खुला हुने क्रम बढिरहेपनि नेपालका प्रमुख दलहरूले युरोपका मुलुकहरूमा भने धमाधम गैह्र कानुनी संगठनहरु खोलिरहेका छन् । युरोपेली परिषदको नियम र कानुन अनुसार अन्य देशका राजनीतिक दलहरूले युरोपका कुनैपनि मुलुकमा राजनीतिक संगठन खोल्नु गैह्र कानुनी हो ।
त्यसरी गैह्र कानुनी संगठनहरु खोल्नेमा नेकपा (एमाले) र नेपाली कांग्रेस सबैभन्दा अगाडि छन् । नेकपा (माओवादी) ले भने जनयुद्दकालमा जनयुद्द सहयोग समिति भनेर खुलेरै गठन गरेको थियो । तर पछि त्यसरी जाँदा दमन हुन सक्ने भयले त्यसलाई भंग गरेको थियो । युरोपेली मुलुकको कानुनलाई ठाडो चुनौती दिँदै युरोपेली विभिन्न मुलुकमा आफ्ना संगठन खोल्न अहिले नेपालका राजनीतिक दलहरूको प्रतिस्पर्धा नै चलेको छ । त्यसरी प्रतिस्पर्धा गर्नेमा नेपालका प्रमुख तिन दल नै मुख्य छन् । पछिल्लो समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल थपिएका छन् । उनीहरूले यसै महिनाको शुरुमा बेल्जियम आएर संगठन खोलेका छन् ।
ती संगठनहरुले अहिले बेल्जियम, फ्रान्स, स्पेन, नेदरल्याण्ड, ईटाली लगायतका थुप्रै मुलुकमा धमाधम नेपालमा झैँ राजनीतिक पार्टीहरू खोलिरहेका छन् । अचम्म त के छ भने नेपालको आन्तरिक मामिलामा छिमेकीले चुइँक्क बोल्दा विदेशी हस्तक्षेप भयो भनेर कुर्लने हाम्रा नेताहरू नै युरोपका मुलुकमा आएर धमाधम राजनीतिक दलहरू खोल्न निर्देशन दिने र आफैँ संलग्न भएर खोल्ने गरेका छन् । नेपाली कांग्रेसले युरोपेली स्तरको पार्टी संगठन २००७ मा पार्टी विदेश विभाग प्रमुख सुजाता कोइरालाको उपस्थितिमा गरेको थियो । त्यसपछि नेपाली कांग्रेस पार्टी कै नाममा कमिटीहरू धमाधम गठन गर्न थालिएको हो । गत जुलाई महिनामा स्पेनको बार्सीलोना शहरमा नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस युरोप’ भनेर किटानीकै साथ युरोपेली स्तरको सम्मेलन गरेको छ । अध्यक्षमा दिलबहादुर गुरुङलाई चुनेको छ । त्यसबारे उनीहरूले खुल्लमखुल्ला रूपमै मिडियाबाट सार्वजनिक गरेका थिए ।
त्यसपछि पनि शेर बहादुर देउवा, रामचन्द्र पौडेल लगायतका नेता आएर बेल्जियम लगायतका मुलुकमा कांग्रेसको पार्टी गठनलाई नै प्राथमिकता दिँदै गएका छन् । गत हप्ता बेल्जियमको आन्तरपेन शहरमा भेटिएका नेपाली कांग्रेस बेल्जियमका नेता उल्का घिमिरेले पंक्तिकारसित हाकै भने – हाम्रो युरोपका अधिकांश मुलुकमा पार्टी कमिटी गठन भएका छन् । नभएका ठाउँमा पनि सांगठनिक गर्ने क्रम चलिरहेको छ” ।
उता नेकपा (एमाले) का नेताहरू स्वयं आएर खुल्लमखुल्ला रूपमा पार्टी कमिटीहरू गठन गर्ने गरेका छन् । त्यसरी पार्टी कमिटीहरू गठन गर्न नेकपा वर्तमान ग्रिहमन्त्री भीम रावल स्वयं युरोप आएका थिए पार्टीको विदेश विभाग प्रमुख भएका बेला । त्यसपछि नेकपा (एमाले) का नेता ईश्वर पोखरेल, प्रधानमन्त्री माधव कुमार नेपाल र केपी ओली विभिन्न ठाउँमा पार्टी गठन गर्न लागे । नेता ओलीले गत फर्वरीमा युरोप आएका बेला जर्मनीको फ्र्यांकफर्टमा कार्यक्रम गरेरै खड्ग न्यौपानेको अध्यक्षतामा नेकपा एमाले जर्मनी शाखा गठन गरेका थिए ।
नेपालमा राजाको सक्रिय शासन अघि देखिनै त्यसता संगठनहरु स्थापना भएका थिए । त्यति बेला नेपालका प्रमुख दलहरूले लोकतन्त्र, प्रजातन्त्र जस्ता नाम झुन्ड्याएर आआफ्ना पार्टी निकट संगठन खोल्ने र आफ्नो पार्टीको बिस्तार गर्ने गर्थे । नेपालमा राजाको सक्रिय शासनपछि भने दलहरूले आआफ्नै पार्टी गठनमा तीव्रता दिएका हुन् ।
नेकपा एमाले समर्थित नेपाली लोकतान्त्रिक मञ्च बेल्जियमका महासचिव शिव कुमार बरुवाल, नेपाली कांग्रेस बेल्जियमका नेता उल्का घिमिरे र जन प्रगतिशील मञ्च बेल्जियमका महा सचिव प्रेम पाठक सबैले नेपालका दलहरूले आआफ्ना पार्टीहरू खोलेको सहजै स्विकार गर्छन् । बरुवाल भन्छन्- नेपालमा लोकतन्त्र नभएका बेला विदेशमा भएका नेपालीले लोकतन्त्र र प्रजातन्त्र बहालीका लागि अनेक संगठन खोले । पछि तीनै संगठन र दलहरुबिच प्रतिस्पर्धा जस्तो हुँदा हुँदै दलहरूले भात्री संगठन खोल्न थालेका हुन् ।”
त्यसो त नेपालका दलहरूले सन् २००० ताका देखिनै आआफ्ना दलको समर्थनमा विभिन्न नाममा संगठनहरु खोल्ने गरेका हुन् । विश्व साम्राज्यवाद प्रतिरोध इकाई, ईन्सोफ, जन प्रगतिशील मञ्च, लोकतान्त्रिक गणतान्त्रिक मोर्चा आदि अनेक नाममा माओवादीको समर्थनमा काम गर्ने संगठन हुन् । तर नेपाली जन प्रगतिशील मञ्चका महासचिव प्रेम पाठक भने त्यसलाई स्विकार गर्दैनन् । ” हामीलाई माओवादीकै कार्यकर्ता भन्नु भन्दापनि सर्वहारा वर्गको मुक्तिको लागि बिचार बोकेका साथीहरू छन् । माओवादीले देशमा जुन बलिदान गरेको छ त्यसलाई समर्थन गरेका हुन् जस्तो लाग्छ । नेपाली जनताको मुक्तिको लागि भोलि अर्को कुनै धार आयो भने त्यसलाई फलो गर्लान् त्यो अलग कुरा हो ।” तर ती संगठनहरुले युरोपमा भएका विभिन्न कार्यक्रममा नेकपा (एमाओवादी) भनेर लेखिएका ब्यानर र तूल सहित माओवादीका मागहरूलाई नै हुबहु प्रचार प्रसार गरेबाटै ती माओवादी जन वर्गीय संगठन हुन् भनेर सहजै बुझ्न सकिन्छ ।
(एकिक्रित नेकपा माओवादी भनेर लेखिएको ब्यानर सहित स्विजरल्याण्डमा नेपालीले निकालेको जुलुस)
त्यसैगरी, नेपाली कांग्रेसले नेपाल तरुण दल, नेपाली जन संपर्क समिति लगायतका समिति गठन गरेको थियो । उता एमालेले भने नेपाली लोकतान्त्रिक मोर्चा गठन गर्यो । यी सबै संगठनका नाम जे राखेपनि काम भने आआफ्नै पार्टी बिस्तार गर्ने थियो । युरोपमा नेपालका राजनीतिक संगठन खोल्न पाइँदैन भन्ने हेक्का भने सबै जस्तो दललाई छ । किनभने तिनले आआफ्ना राजनीतिक पार्टी गठन गर्दा बाहिर भने विभिन्न सांस्क्रितिक र लोकतान्त्रिक संगठनका नममा हल लिने र प्रचार प्रसार गर्ने गरेका छन् । बाहिर अर्कै संगठनका नाममा प्रचार गर्ने र भित्र भने भात्री संगठन खोल्ने तिनको क्रियाकलापबाटपनि बुझिन्छ, तिनले गैह्र कानुनी काम गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भने “रा प्र पा नेपाल बेल्जियमको आयोजना मा” भन्दै खुल्ला पोस्टर निकालेर नै प्रचार प्रसार गरेको थियो कमल थापा पार्टी गठनका लागि आउँदा ।
कांग्रेस नेता उल्का घिमिरेले भने नेपाली कांग्रेसले युरोप स्तरको नेपाली कांग्रेस संगठन खोलेपनि नेपाली कांग्रेस केन्द्रीय कार्यालयले भने मान्यता नदिएको बताए । युरोपेली कानुन अनुसार नपाइने भएरै होला, पार्टी केन्द्रले मान्यता दिएको छैन” उनले भने ।
यसरी गैह्र कानुनी रूपमा राजनीतिक क्रियाकलाप गर्ने र भूमिगत संगठन खोल्ने गर्दा त्यसको असर नेपालीमा कस्तो पर्ला ? एमाले समर्थित नेपाली लोकतान्त्रिक मञ्च बेल्जियमका महासचिव शिव कुमार बरुवाल बेल्जियममा सबै नागरिकले आआफ्ना राजनीतिक आस्था राख्न पाइनाले यहाँको समाजलाई असर नपर्ने गरि आफ्ना क्रिया कलाप सञ्चालन गरे कुनै फरक नपर्ने दाबी गर्छन् । तर “किन राजनीतिक पार्टीकै नाम राखेर सिधै प्रचार प्रसार नगरेर अन्य संगठनको नाममा गर्नुहुन्छ त ?” भन्ने प्रश्नको जवाफ भने उनले दिन सकेनन् ।
नेपाली नप्रगतिशील मञ्चका महासचिव प्रेम पाठक भने कुनै पनि हालतमा सिधा नाम राखेर नेपाली राजनीतिक दलको संगठन खोल्न नहुने धारणा राख्छन् । कुर्दिस्ट कम्युनिस्ट पार्टीले त्यसैगरी राजनीतिक गतिविधि गर्दा त्यस संगठनका सदस्यहरूलाई जेल हालेर पार्टी माथि प्रतिबन्ध लगाएको उदाहरण दिँदै उनले भने- पार्टी खोल्ने साथीहरूले कार्यक्रम गरेका छन्, समाचार छापिएको छ । त्यसैका आधारमा कसैले गएर बेल्जियम सरकारलाई यो युरोपेली कानुन विरुद्ध भयो भन्दै उजुरी हालि दियो भने के गर्ने ? पार्टीका नाममा लेटर प्याड र छाप होलान् । छापा हान्दा फेला पार्यो भने भोलि त्यसले सारा नेपाली माथिनै असर पार्छ ।”
बेल्जियम सरकारले पहिले देखिनै बेल्जियमस्थित नेपालका राजनीतिक संगठनहरुलाई निगरानी गरिरहेको पनि पाठकले बताए । भने- हाम्रो जन प्रगतिशील मञ्च बकाईदा यहाँको प्रशासनमा दर्ता छ । तैपनि हाम्रो संगठनमा आबद्ध साथीहरूलाई पेपर दिँदा ढिलो गर्ने,नागरिकता दिँदा नेपालको राजनीतितिर बढि सक्रिय भन्ने टिप्पणी गर्ने गरेको छ । यहाँका संगठनलाई सरकारले बकाइदा निगरानी गरिरहेको छ ” ।
राजनीतिमा चासो राख्ने फ्रान्सेली स्वतन्त्र पत्रकार फ्रंस्वा लिएका भनाईमा त झन् यदि विदेशमा बस्ने नेपालीहरूले यसरी खुल्ला वा भूमिगत रूपमा नेपालका राजनीतिक दलका समितिहरू खोले भने सारा नेपालीमाथि नै युरोपेली सरकार कडा रूपमा उत्रिन सक्छ । “नेपालीहरू यहाँ के गर्न आएको ? काम गर्न की राजनीति गर्न ? आफ्नो देशको राजनीति गर्ने भए आफ्नै देशमा जानुपर्छ, आफ्नै देशमा खोल्नु पर्छ राजनीतिक संगठन् । यात यहाँको कानुन अनुसार गर्नु पर्छ । कम्युनिस्ट पार्टी, युरोपबाट पतन भइसकेको राजतन्त्रको वकालत गर्ने पार्टी बिस्तार गरेर युरोपमा कस्तो संस्क्रिति भित्र्याउन खोलेको ? प्रश्न गर्दै फँस्वाले भने- युरोपको सुरक्षा संयन्त्र नेपालको जस्तो कमजोर छैन । सबै जानकारी राख्छ यहाँको सुरक्षा निकायले । कुनैपनि दिन झ्याप्प पारेर कडा रूपमा प्रस्तुत हुन् सक्छ । यस्तो गतिविधिले सारा नेपालीमाथि निगरानी बढाउने, कडाइ गर्ने वातावरण बनाउन सक्छ “।


![DSC_0215[1]](http://www.nepalplus.com/wp-content/DSC_02151.jpg)

हो हजुर हो स्याल लाई काल आयो भने गाऊ पस्छा भने को यहि हो| नेपाली जनमानसको औकात कति छ भन्ने कुरा सबै मुलुक का जनता लाई थाहा छ | तेसैले नेपाली मुर्ख स्वाठ हरु हो जोरी खोज्न तिर नलाग जे कामको लागि तेही कामगर| जसले राजनीतिक गर्छौ तिमीहरु त राजनीतिक को मोज लुला तर कति त सोझा र निमुखा छन् | जो सधै आफ्ना परिवारको हात र मुख जोड्न को लागि तल्लिन छन | जसलाई पुलिश को छापा मा परेमा कसले जिम्मा लिन्छ | हुन त आचे खाने लाई पाद को के स्वाद | जब तिमि आफ्नो घरमा बसेर स्वाधिनता ले बस्न सक्दैनौ भने अर्काको अधीनता मा रहेर कसरि देश र जनता लाई सुख दिने काम गर्दै छौ त ? यदि तिमि हरु संग देश र जनता को लागि केहि गर्नी खुबी र क्षमता छ भने आफ्नो देश मा बसेर गर होइन भने यो त १ परकर को ढोंग हो ? हामी नेपाली हरु मा १ रुपता छैन खोइ अनेकता बीच यकता ? हामी नेपाली जनता नेपालका नेताका तोता हौ | सुगा हौ सुगा लाई मानिस ले जे राटायो तेही बोल्छ तेही हामी नेपाली हौ ? सबै नेता खराब छैनन् कुनै बेला गणेश मान सिंह ले भन्थे रे आदनीय सम्पूर्ण नेपाली जनसमुदाय तिमि हरु सबै आचे खाने हौ किन कि आज मैले भासण गर्दै छु मेरो आमसभा मा ताली बजाउदै हाहा गर्छऊ भोलि अर्को पार्टी को नेता आयर भासण दिदा उतै ताली बजाउदै हि हि गर्छऊ अनि कसरि हुन्छ त देश मा १रुप्ता . हे नेपाली हरु हो देश मा एक रुपता होइन तिमि हरुको एस्तो पाराले त देश मा कुरुपता आउछ एस्मा कुनै दुई मत छैन। खोइ त एकरुपता देश बेदेश बाट नेपाली हरुलाई रोज्गरी बाट बिमुख हुँदै छन नेपाली हरुले बैदेसिक कम्पनी हरु मा हड्ताल गर्ने हुँदा कती असजिलो अब्साथ सिर्जना भयको छ । राजनितिक गर्नी मान्छे त तेहो जो लभ मोह रिस डाह, सम्पूर्ण नेपाल मेरो नेपाल सम्पूर्ण नेपाली मेरा नेपाली सम्पूर्ण नेपाली का छोरा छोरी मेरा छोरा छोरी जस्ले सम्झन्छ तेही हो । हाम्रा नेपाली २ रुपैया मा बिक्छन अनी तिन्ले कसरी देश र जनताका बारेमा सोचन सक्छन? हामी नेपाली जनता जबसम्मा आफ्नो बल र बुद्धी ले आफ्नो खुट्टा मा हिंड्न सक्दैनौ तबसम्म हामी नेताको ताल मा नाचो मेरे बूल्बुल् पैसा मिलेगा भन्दा सम्मा छ्म छमी नाच्छौ । तेसैले सोचौ तेसैले सोचौ तेसैले सोचौ तेसैले सोचौ बेला अझै बाँकी छ
मन परो वा परेन:
0
0
[Reply]
Thank gita jee.your comment are very good i am support you.
taksharma@yahoo.com
मन परो वा परेन:
0
0
[Reply]