शनिवार पेरिसको राजदूत निवासमा तीज : सबै चेलीलाई निम्ता

                                 पोर्चुगलमा पनि मनाइँदै

नेपाली महिलाहरूको महान पर्व तीज (हरितालिका) आ उने शनिवार पेरिसको राजदूत निवासमा हुँदै छ । गत वर्षबाट राजदूत निवासमा सबै नेपाली चेलीबेटीलाई निम्तो गरेर मनाउन थालिएको तीजलाई यस पटक पनि निरन्तरता दिईएको हो । गत साल जिवनप्रकाश श्रेष्ठ कार्यवाहक राजदूत हुँदा उनकी पत्नी नीता श्रेष्ठले यो प्रचलन शुरु गरेकी थिइन । यस पटक मोहनक्रिष्ण श्रेष्ठ राजदूत दम्पतीले यसलाई निरन्तरता दिएका छन् । दूतावास परिवारले सबै नेपाली चेलीबेटीलाई बिना संकोच तीज मनाउनका लागि निम्तो गरेको छ । दूतावासमा सबै चेलीबेटीको ठेगाना नहुन सक्ने भएकोले खबर पाउनेले सबै नेपालीलाई जानकारी दिन अनुरोध गरेका छन् ।

त्यस दिन सबै चेलीबेटी बसेर चिनापर्ची, नाचगान गर्ने र सँगै तीजको खाना सँगै खाएर रमाइलो गर्ने कार्यक्रम छ । त्यसको भोलि पल्ट नेपाली सांस्क्रितिक ग्रिहले पार्क द ला भिलेतमा तीजको कार्यक्रम राखेको छ । ग्रिहले राखेको कार्यक्रम साँढे १२ बजेबाट शुरु हुन्छ । तर यस दिन भने आफ्नो खाना आफैँ लिएर जानु पर्ने छ । ग्रिहलेपनि तीज को कार्यक्रम केही वर्ष देखि यसैगरी मनाउँदै आएको छ । दूतावास निवासमा हुने तीजमा पुरुषहरुका निम्ति निम्तो छैन भने ग्रिहले आयोजना गरेको तीज कार्यक्रममा भने पुरुषहरूपनि सहभागी हुन सक्छन् ।

उता पोर्चुगलको लिस्बोन शहरमा पनि त्यहाँका विभिन्न संघ संस्थाले आगामी सेप्टेम्बर १२ का दिन भव्य रूपमा मनाउने निर्णय गरेका छन् । त्यसको लागि बिमला गोतामेको संयोजकत्वमा एक समितीनै बनेको छ ।


  • लल!! भोज गरौँ, मोज गरौँ!! उपलब्धि निकै छ!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • nilam khadgi

    चाकड़ी चाप्लुशी गर्ने सबैलाइ फ़ोन बाणी बात पहिले खबर,हामी दलाली नगंरने कसले खबर गरला!नेपाल पलुस बात मात्र खबर पाए!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • झरना थारु

    तिज मात्र किन?? अरु जात जाति का पर्ब पनि राजदुताबास भित्र तुरुन्तै मनाउन पौन्नु पर्यो

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Santosh

    तीज पर्वले धार्मिक महत्वलाई दर्साएको मात्र छैन । पछिल्लो समयमा यसले विकृतिर विसंगति पैदा गर्दै गएको छ । हाम्रा आमा हजुरआमाहरुले तीज आफ्नो पतिको सु–स्वास्थ्यको कामना गर्दै पानी समेत नखाई व्रत बस्दथे भने आजकाल तीज को राम्रो र कस्ले के खायो भन्ने होडवाजी रुपमा विकसित हुन थालेको छ । यसलाई सामाजिक कलंक भन्न सकिन्छ ।

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree