एकै बगैंचाको दुई गुलाफ
-विद्या सापकोटा
चौघेरो उही
काख-पोल्टो एउटै
अथाह प्रेम र स्नेहबीच
रगमगाउँदैं/खितखिताउँदैं
हुर्किदैं-बढ्दै
मातक /सार्थक दुई शैशव ।।
बढ्दो लाली, चढ्दो यौवन
खुल्दोथ्यो सौन्दर्य,
…………………
झुल्किदियो बसन्त
कस्सिए (ती), रीतको फेरोमा
निस्सासिए, मायाको भोकमा
अन्ततः
छुट्टिए/टुक्रिए/हुत्तिए पर-पर ।।
…………………
फक्रने बहानामा
दौडाइएको/दौडेकी
(एउटी)
खूव रमाई /रौसिई/विलाई
(सु)बासनाको महलभित्र
………………………….
अलिकति बिडम्बना,
गोधुलीको अलच्छिनी कूचोमा
लत्पतिए रङ्ग, हराए राग
………………………
झट्ट,
कल्पदै बबचना, सम्झँदै संगी
ओइलिदैं/पहेलिदैं/मुर्झाउँदैं
फुत्किई चुसाइको सीमाबाहिर ।।
दुःखद संयोग,
समानान्तर उमेर
समानान्तर भोगाइ
समानान्तर नियती
……………………..
प्रफुल्ल विहानीमा
लाभ्रे कीराले
ढकमक्क/छपक्क
पहेंला गुलाफहरु ।।
-हालः शंकरदेव कलेज, काठमाडौं



सदा झैँ* अति सुन्दर कविता बिद्या जी
लेख्दै गर्नुहोला
मन परो वा परेन:
0
0
[Reply]
गुलाब जस्तै जस्तै लाग्दैछ जीन्दगी….
मन परो वा परेन:
0
0
[Reply]
It’s brilliant, all the best.
मन परो वा परेन:
0
0
[Reply]
Great Poem Bidhyaji, I liked it somuch, thanks
मन परो वा परेन:
0
0
[Reply]
मानबिय सोचाई, जिन्दगीको भोगाई, भाग्यको लेखाइ, माया ममताको तिर्खाइ, एबं समयको दौडाइ भित्र दुइ गुलाबका फूलहरुमा लाभ्रे कीराले ढकमक्क/छपक्क माया पिरती जोडेपछी…….. अति नै रोचक कबिता,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,.
मन परो वा परेन:
0
0
[Reply]
धेरै राम्रो ६ ल खुसि लाग्यो. विद्या जी..
मन परो वा परेन:
0
0
[Reply]
असाध्यै मिठो छ बिद्या जी
बरु कताहहरु आ उन छाडे नी किन होला ? दादीजी जस्तो दाई पाउनु तपाईको लागि भाग्य हो, खतरा दाजुको खतरा बहिनी, लौ प्रगति होस् .
मन परो वा परेन:
0
0
[Reply]
YES I LIKET THIS POIME IT IS SO NICE
मन परो वा परेन:
0
0
[Reply]
I LOVE YOUR POEM
मन परो वा परेन:
0
0
[Reply]
I have to say to you thankas a lot to sharing my own story
मन परो वा परेन:
0
0
[Reply]