माफी माग प्रचण्ड मात्रीकाले होइन

प्रजातान्त्रीक ब्यवस्थामा सरकार पार्टीको निर्देशनमा चल्छ । अर्थात सरकार के कसरि चलाउने, कुन कुन नीति र नियमलाई लागू गर्ने भन्ने निर्णय संबन्धित पार्टीले गर्छ । त्यहि पार्टीको नीति र नियम अनुसार सरकार चल्छ । यदि यो सत्य हो, पार्टीभित्र दादागिरी चल्दैन शक्तिका भरमा भने मात्रीकालाई माग्न लगाइएको माफि त प्रचण्डले पो माग्नु पर्छ । किन माग्ने मात्रीकाले ? किन त ? अहिलेसम्म माओवादीको पार्टीभित्रको नीति “सामान्त, भूमीपति र हुनेखाने” को जग्गाजमिन खोसेर सुकुम्बासी र भूमिहिनलाई बितरण  भन्ने हो । माओवादी पार्टी बिधानमा त्यहि भनेर स्पष्ठै लेखिएको छ ।

अन्तरिम सरकारमा जाने बेलासम्मपनि माओवादीले “सामान्त” का जग्गा खोसेर सुकुम्बासी र नहुनेलाई बाँड्दै आएको थियो । मओवादीको क्रान्तिकारी किसान संघ का अध्यक्ष शिव गौतमले त हाकै भनेका थिए-सुकुम्बासीलाई बितरण गरिएको जमिन फिर्ता गरिन्न बरु अझै बाँडिन्छ भनेर । माओवादीकै पोलिटब्युरो सदस्य नेत्रबिक्रम चन्दलेपनि त्यहि दोहोर्‍याएका हुन । पार्टीमा अलि कडा लाईनका भनेर चिन्नेहरुजति सबैले यहि भन्दै र कार्यकर्तालाई त्यहि गर्न उचाल्ने गरेका थिए ।

माओवादीले क्रान्तिकारी भूमिसुधार गर्ने बताउँदै आयो । त्यो भनेको के हो ? नहुनेलाई जमिन दिने हो कि भएका टहरापनि भत्काउने हो ? जंगल फाँड्न नपाइने, खोला नाला र तालतलैया च्याप्न नपाइने, हुनेको जमिन हडप्न नपाइने हो भने कहाँबाट दिने त सुकुम्बासीलाई जमिन ? जमिन बाँड्न नसक्ने हो भने किन भाषण दिने जमिन दिन्छौं भनेर ? माओवादीले जनयुद्दकालदेखिनै भन्दै आएको होइन हाम्रो सरकार बन्यो भने सुकुम्बासीलाई जमिन दिन्छौं, क्रान्तिकारी भूमिसुधार गर्छौं भनेर ? पार्टीको बिधानमा के छ ? स्पष्ठै लेखिएको छ-सामान्तहरुको जमिन खोसेर गरिब, भूमिहिन र सुकुम्बासीलाई बाँड्छौं भनेर । गत संबिधान सभा निर्वाचनमा माओवादी पार्टीले सार्वजनिक गरेको प्रतिबद्दतापत्रमा पनि क्रान्तिकरी भूमिसुधार र सुकुम्बासीलाई जग्गाबाँड्ने कुरा स्पष्ठसँग उल्लेख छ । जमिन खोसेर बाँड्नु पर्छ मैले भन्न खोजेको होइन । भन्ने खोजेको किन दिन्छौं भन्ने यदि दिन सकिन्न भने ?

माओवादी पार्टीको अध्यक्ष अहिलेसम्म को छ ? पार्टी नीति अनुसार चल्ने नेताले हो कारवाही भोग्ने कि नीति बनाएर त्यो अनुसार चल्न नदिने नेत्रित्वले हो ? कि त बिधान परिवर्तन गर्न सक्नुपर्छ अब माओवादीले । र भन्नु पर्छ-हामी सरकारमा नजाँदा लोकप्रिय बनेर सरकारको भर्‍याङकालागि मात्रै सुकुम्बासीलाई जग्गा दिने भनेका हौं । सरकारमा नगइन्जेल जनतालाई लोभ्याउन र झुक्याउन त्यसो भनेका हौं । अब सरकारमा गइयो कहाँ दिन सकिन्छ र ? भनेर । नत्र पार्टी नीति अनुसार चल्ने मात्रीकाले होइन त्यो सजाएँ भोग्नु पर्छ प्रधानमन्त्री प्रचण्डले । त्यो उनले माओवादी पार्टीको अध्यक्षका हैसियतले भोग्नुपर्छ । किनकि अहिले पास भएको माओवादीको नीति प्रचण्डकै दस्तावेज हो र पार्टी अध्यक्षपनि उनै हुन ।

योपनि हेर्नुहोस-

 कान्तिपुर विशेष: अपरेसन मातृका

  • anukul prakash

    यदी यहाँको कुरा सहि(
    “सामान्त, भूमीपति र हुनेखाने” को जग्गाजमिन खोसेर सुकुम्बासी र भूमिहिनलाई बितरण गर्ने कुरा माओवादी पार्टी बिधानमा लेखिएको भए )
    र तदनुरुप नचल्ने माअोवादी पार्टीको र पार्टी नेताहरुको सत्तालिप्सा प्रस्टै देखिन्छ |तर यो कुरा आजै किटान गर्न मिल्दैन जनताले पर्खेर हेर्ने समय हो यो |के गर्नु हुन्छ त? आजसम्मका हाम्रा आन्दोलनहरु एक्सपेरिमेन्ट मा मात्र सिमित छन् |सबै पार्टीले हाम्रा विश्वाश तोडेरनै माअोवादिले जनताका साथ पाएका हुन् |यो कुरा पार्टी नेता प्रचन्ड ले बुझ्नुपर्ने कुरा हो |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Parti ko bidhan ma tyasto cha vandai ma, bina prakriya,bina sahamati,gair kanuni tarikale garne kam galat ho!
    Media le pani afnu sasto lokpriyata ka lagi galat kuralai ukasnu ramro hoina.
    Hal ko sarkar mao badi ko matra hoina sahamati ko sarkar ho kunai kura lagu garda santi prakriya lai asar naparne gari garnu parcha.
    Yasta udantale duragami asar puryaucha ra sambidhan nirman ra santi prakriyama asar pugcha.
    Sabai ythartha bujera pani vid ko pachi dagudne hami nepali ko yahi kamjodile garda aja hamile yo durgati vognu pari rakhe ko cha!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • very good

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Oh sathi ho kanun ko kura 6odum,kanun ta nepal ma thula bada ko pocket ho.Thula le je gare pani kanun ma sahi hun6 ra sana le ramro gare pani galat hun6 yaha.Matrika le je gare sahi gare yadi uni kanuni tarika le gayaka bhaya tyo kura ko ninaya hun barshau lagne thiyo va tyo dhis-mis hunthyo.Tesai le je gare thik gare,lal abivadan kamred.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • khem koirala

    Ma pani sahamat6u yadi MAOBADI ko bidhanma lekhiye bamojim yadable gareka hun bhane ta.Tara pani Aafai mantri bhayekale arulai so kam lagako va ajha ramro hune thiyo jasto lag6 malai chai ki kaso ho sathi ho?
    KHEM Koirala Morang Urlabari
    Hal KUWAIT

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • यहाँ निर के भयो भने यकै पटक हात्ती खाने काम भयो, मान्छे ले हात्ती खान सक्छ तर बिस्तारै बिस्तारै यक यक भाग गरी यसरी यकै पटकामा को सफल हुन्छ र ? के भयो सरकारले कुरा नसुने पार्टी त थिदैथियो नि निर्नय दिने पार्टी सँग छलफल त गर्न सकथिय नि मातरिकले, माओवादी पार्टी मा चेन अफ कमाण्ड फलो हुँदैन कि के हो मातरिकले यकल निर्णय लियको? अहिलेको ईशाथितिमा पार्टीले उनलाई करबही गरनै पर्छ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Matrika is wrong.Minister should do like this work?He can’t do what he wants out of law n order.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree