नेपाली कांग्रेस बेल्जियममा झण्डै कुटाकुट
-अपडेट-[भर्खरै प्राप्त जानकारी अनुसार नेपाली कांग्रेसकोमहाधिवेशनमा भाग लिनका लागि गंगाधर गौतम (पदेन), इन्द्र क्षेत्री, राम थापा, जानकी गुरुङ, उल्का घिमिरे, केशव सापकोटा र सुदाम लम्साल प्रतिनिधीका रुपमा चयन भएका छन् ।
त्यसैगरि, ३ जना महासमिति सदस्यमध्ये १ जना पदेन सदस्य रहने ब्यवस्था छ । बाँकि २ पदका लागि इन्द्र क्षेत्री, राम थापा, जानकी गुरुङ र उल्का घिमिरेको उमेरदवारी परेको थियो । सर्वसम्मत गर्ने प्रयास असफल भएपछि भएको गोप्य मतदानबाट राम थापा र इन्द्र क्षेत्री निर्वाचित भएका छन् ।]
नेपाली कांग्रेसको महाधिवेशनमा भागलिन प्रतिनिधी छनौटकालागि बेल्जियममा मारामार परेको छ । नेपाली कांग्रेसको बिधान अनुसार स्थानिय कमिटीले पाँच सय जना क्रियाशिल सदस्य बनाएपछि मात्रै पार्टीको महाधिवेशनमा भागलिन पाउँछन् । त्यसरि ११ जनाले भागलिन पाउँछन् । बेल्जियमको आन्तेरपेन शहरबाट नेपालप्लस स्रोतले दिएको जानकारी अनुसार नेपाली कांग्रेस बेल्जियम कमिटीले मिले र भेटिएसम्मका नेपालीको नाम लेखाएर सदस्यता दिँदापनि पाँच सय पुग्ने अवस्था नदेखिएपछि काँग्रेसमा मारामार परेको हो । पछिल्लो बैठकमा उनीहरुबिच कुटाकुट नै हुन लागेको थियो ।
नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिन यूरोपका संगठनले हरेक सदस्य पिच्छे नै २५ यूरोका दरले केन्द्रलाई बुझाउनुपर्छ । त्यसरि २५ यूरो तिरेर क्रियाशिल सदस्य बन्न अनिच्छुक बनेपछि बेल्जियमका स्थानिय कांग्रेस नेताहरुलेनै ब्यक्तिगत रुपमा पैसा तिरेर सद्स्यता बाँडेका थिए । अरु संगठनमा सक्रियता पूर्वक लागेका बाहेक देखे र भेटिएजति सबैलाई सदस्यता बाँड्न खोज्दापनि पाँच सय नपुगेपछि महाधिवेशनमा को को प्रतिनिधी बनेर जाने भन्ने विषयमा मारामार परेको हो ।
महाधिवेशनमा प्रतिनिधी छनौटकालागि सद्स्यता दिने क्रममा अवैधानिक रुपमा सद्स्यता बाँडेको भन्ने आरोपपनि स्थानिय नेत्रित्वमाथि लागेको छ । कांग्रेसको बिधानमा नेपाली नागरिकले मात्रै कांग्रेसको सक्रिय सदस्यता पाउन सक्ने भन्ने उल्लेख छ । तर महाधिवेशनमा बढि प्रतिनिधी पठाउने नाममा नेत्रित्वले बेल्जियमको नागरिकता लिइसकेकाहरुलाइपनि सदस्यता बाँडेपछि बिवाद चुलिएको हो । कांग्रेसका केहि सक्रिय सद्स्य र स्थानिय नेताहरुले सदस्यता बढाउने नाममा बिदेशी नागरिकता लिइसकेकाहरुलाई सद्स्यता दिएर अवैधानिक काम गर्न नपाइने अडान लिएका छन् । यदि नेत्रित्वले त्यसलाई सुधार नगरे यी यी सदस्यले बिदेशी नागरिकता लिइसकेको भनेर किटान गरेरै केन्द्रिय कार्यालयमा उजुरी हाल्ने तयारी गरेका छन् ।
कांग्रेसको यो बिवाद खासगरि संस्थापन पक्ष गंगाधर गौतम र बिद्रोही पक्षका उल्का घिमिरे बिच परेको हो । नेपाली जन संपर्क समिती बेल्जियम नेपाली कांग्रेसको भात्री संगठन हो । बेल्जियमा सबै जसो ठुला नेपाली संगठनले आफ्नो भात्री संगठन खोलेका छन् । बेल्जियमको नेपाली कांग्रेस समीति गत साल देखिनै टुक्रिएको थियो । गत सालको एन आर एनको निर्वाचनमा एकाएक उल्का घिमिरेको अध्यक्षतामा नेपाली कांग्रेस बिद्रोही पक्ष बनेपछि कांग्रेस टुक्रेको थियो । टुक्रिएर गएको समूहले कांग्रेस उमेरदारलाई मत नदिएर एमालेका राम अर्जुन कुमार श्रेष्ठलाई अन्तर्राष्ट्रिय समन्वय सदस्य (आ सि सि मेम्बर) मा मत दिएपछि कांग्रेसको विवाद सार्वजनिक रुपमा आएको हो । अहिले दुबै कांग्रेसलाई मिलाएर एक बनाइएपनि महाधिवेशन प्रतिनिधी छनौटकालागि फेरी बिवाद परेको हो ।
यो विवादलाई मिलाउन दुबै कांग्रेसका प्रतिनिधीको अगस्ट २२ र ३१ मापनि बैठक बसेको थियो । अगष्ट २२ मा बसेको बैठकमा बिवाद नमिलेपछि फेरि अर्को बैठक बसेर सुल्झाउने भन्दै बैठक टुंग्याइएको थियो । तर ३१ मा बसेको संयुक्त बैठकमा बिवाद मिल्नुको साटो झन चर्काचर्की पर्दै गएपछि दुई पक्षबिच हात हालाहालनै हुन लागेको थियो । खासगरि सदस्यता बितरणका विषयमा उनीहरुबिच विवाद चर्किँदै जाँदा कुटाकुटको स्थिति स्रिजना भएको थियो ।
(बेल्जियमका बिविध पक्षमा अझै निकै समाचार, फोटो फिचर र लेख रचना आउँदैछन् हेर्दै गर्नुहोला) ।


कांग्रेस मा यस्ता साना तिना बिवाद हुनु सामान्य हो ,र गत NRN निर्बाचन मा उल्का घिमिरे मित्र हरुले सहयोग गरेको उम्मेदवार को नाम राम कुमार न भई अर्जुन कुमार हो ,कृपया लेख लेख्दा बिचार पुर्याएर लेख्नु होला ,अली अली गलती भए त ठीकै थियो तर राम र अर्जुन मा त धेरै अंतर भयो नि ,होइन र ?
साथी
मन परो वा परेन:
0
0
[Reply]
कांग्रेस गतिलो पार्टी बाहे पो
सब जहर पात बटुले पछी सधै पदको लागी मारामार
झन्डै होइन हानेकै हो रे
हल्का के दाता साता नझर्ने गरि मात्रै
मन परो वा परेन:
0
0
[Reply]
नेपाल बिगारेको एमाले पहिलो दोस्रो नेपाली कांग्रेस हुन् l
मन परो वा परेन:
0
0
[Reply]
बेल्जियेममा बसेर नेपालको राजनीति हा हा हा हा हा, त्यो त घरमा बसेर नेपाल देखे जस्तै बैहालेनी!
मन परो वा परेन:
0
0
[Reply]
saathi Reply:
September 4th, 2010 at 7:52 pm
शेर्पा ज्यू , तपाई नेपाली हो की बेल्जिक ? तपाई नेपाली होइन भने नेपालीले चलाएको वेबसाइट किन हेर्नु हुन्छ ? तपाई ले नेपाली वेबसाइट हेर्दा यसले के प्रमाणित गर्छ भने तपाईले पनि नेपाल लाइ माया गर्नु हुन्छ ….नेपाली ले नेपालको बारेमा चासो राख्नु स्वभाबिक हो ….चाहे ती जुनसुकै दल लाइ समर्थन गरुन …नेपाली ले नेपाल को बारेमा बोल्दा राजनीति गरेको भन्नु हुदैन …वास्तव मा तपाईले पनि राजनीति गर्दै हुनुहुन्छ ..यो कुरा तपाईले बुझनू जरुरी छ …
साथी
मन परो वा परेन:
0
0
[Reply]
दोर्जी शेर्पा Reply:
September 7th, 2010 at 6:09 pm
काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर, के हो साथी नेपाली नेपाली बुज्दैनौ कि क्या हो? अर्थ न बर्थ गोबिन्दे गाइ
सम्पूर्ण नेपालीहरुले नेपालको बारेमा चासो राख्नु स्वभाबिक हो तर बिदेसमा बसेर नेपालको बारेमा राजनीति गर्नु अस्वबाबिक.
तेतिका सारो फुर्सद छ बने कुनै नौलो कुरो सिकेर तपाईहरु त जन बिदेसमा बस्नु हुदोरहेछ: एदी सक्नु हुन्छ बने विदेशीले कसरि कम गर्दा रहेछन ? यिनीहरुले कसरि आप्ना देस येतिका विकास गरेका हुन् , कुनै नौलो काम सिकेर नेपाल नै फर्कने हुन् कि? बन्ने कुरा तिर लाग्नु कता न कता , तातो न छारो राजनीति?
मन परो वा परेन:
0
0
[Reply]
मा शेर्पा संग १००% सहमत हाहा बिदेशमा (प्रबाशमा ) बसेर राजनीति सारै मलाई पनि हासो लग्यो शेर्पा जी सक्छन र दम छ भने नेपालमा बसेर राजनीति गर्नु नि किन प्रबासमा बसेर राजनीतिको भोका भएर लडाई, झगडा,मारपिट गर्दै बस्नु त्यो पनि नेपाली नेपाली | बिदेशमा त नेपाली -नेपाली एक आपसमा भाइचाराको भाबना र मेल मिलाप गरेर पो बस्नु पर्ने हैन र ? तातो न छारो को राजनीति राजनीति सहि राजनीति गर्नेले राजनीति भनेको समाज सेवाको भावनाले गर्नु पर्छा सक्छन भने नेपालका दुखि गरिब हरुको लागि केहि गर्ने सहस गर ल त्यो पनि छाडौ त्यहिँ बेल्जियममा कत्ति नेपालीहरु बिचल्लीमा परेका होलान तिनीहरुलाई सहयोग गरुन | किन प्रबासमा पनि यक आपसमा लडेको छि छि छि राजनीति गरि तोपल्नेको बुद्दी शेर्पा जी फेरी पनि अन्तमा तपाई ले जस्तै हासेर जानु पर्ला हौ ह ह ह ह ह बेल्जियम बासी नेपाली हरुको बेलैमा सद बुद्दी आओस |
मन परो वा परेन:
0
0
[Reply]
हो नेपाली ले नेपाललाई माया गर्छा तर के प्रबासमा बसेर त कांग्रेस म एमाले त्यो माओबादी भनेर राजनीतिको मकुन्दो lagayera नेपाललाई माया gareko bhanincha त ? chi chi chi
मन परो वा परेन:
0
0
[Reply]
नेपालमा राजनीति गरेर नथाकेका नेताहरु यहासम्म पनि उस्तै रहेछन भन्ने सुन्दा नमजा लाग्यो, मिल्न जानेको भए नेपालीले किन दुख पाइन्थ्यो र ?
मन परो वा परेन:
1
0
[Reply]