नमरि स्वर्ग देखिन्न

-भीम के सी कमल /  पोर्चुगल

नमरि स्वर्ग देखिन्न, भन्दैमा मर्न सकिन

टिपेर सिउरिन पाइन, भनी म झर्न सकिन ।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

सुन्दर बाग पिरतिको, छन् प्रेम-पुष्प फुलेका

सुकेर जान्छन् कि सबै, म सेंचन गर्न सकिन ।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

दुइ किनार भै फाटियो, संयोग कि दैवको खेल

मन्दै छ बहाव तर, म जंघार तर्न सकिन ।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

छेउमा गइ चियाउँदा, इशारा पाइन कुनै

शंकामै जुग जाने भो, म भर पर्न सकिन ।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

धाएमा हुने हो खेती, रोपेमा लाग्ने हो फल

भीमको बोट मासिन्छ क्यारे, म सत्बीज छर्न सकिन ।

  • राम गुरुङ

    एकदम राम्रो लाग्यो भिम जी लेख्दै गर्नुस है

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Harka Pun

    क्या हो भिम सर, नेपाल छोडेर बैरागिने ? सुन्दर फूललाई ओइलाको हेर्ने, अनि दुख मान्ने ? गजब छ, गजब छ . नेपालमा गाएको दोहोरि भन्दा गजब .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Tulsi ram khatiwada (kala)

    yes it is nice not bad

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • धन्नेबाद भिमजी तपाइले लेख्नु भयको लेख सारै मिठो छ र फेरी फेरी पनि नेपाली ……….को मन जित्न को लागि आउने ……… पनि यसरि नै लेख्दै गर्नु होला ल धन्नेबाद

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • भीम के सी कमल

    धन्यबाद सुझाबको निमित्त सबै मित्रहरुलाई !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • jiwan kunwar

    साह्रै मिठो छ ल
    बिदेशमा बसेपनि नेपाल तिरै नाचेको छ होइन त मन चाहि ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • tak sharma

    hello………
    very very good

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • हजुरको सृजनाले जीवनको यथार्थलाई झल्काएको छ स्वर्ग भन्ने कुरा पौराणिक अबधारणा बाट हामीलाई देखाउन खोजेको हो ., होइन र ? कर्तव्यले, कामले . धर्मले मुक्ति र शान्ति दिन्छ स्वर्ग त केवल कालो पर्दा हो छ या छैन ?र यो हजुरलाई पनि
    किन रुन्छ मन मेरो ……२
    इन्द्रेनी शर्मा जलद नवलपरासी ,प्रगतिनगर
    लिस्बोन पोर्तुगल यूरोप
    न्याउली चरी रुन्छ बनमा बेद्नालाइ पोखी
    किन रुन्छ मन मेरो त्यस्तै हुने हो की ?
    किन रुन्छ मन मेरो ……२
    मुगलानी भै बित्यो जीवन यसै गरी गरी
    नेपाल पुग्ने कैले होला याद वरिपरी
    किन रुन्छ मन मेरो ……२
    यो जिन्दगीले आज मलाई कति रुवायो
    आफनैदेश महान हुने बोध पो गरायो
    किन रुन्छ मन मेरो ……२
    त्यसैले त रुन्छ मन चाड पर्व आउदा
    बर्षौ भयो घर नगएको चोट मात्रै हुदा
    किन रुन्छ मन मेरो ……२
    कति बर्ष पर्खी होलीन मुग्लानिलाई संझी
    यो बर्ष त जान्छु भन्छ आफ्नै देश संझी
    किन रुन्छ मन मेरो ……२
    मुग्लानिको मनको कुरा कस्ले बुझ्ने होला
    त्यसैले त रुन्छ मन कस्ले बुझाई देला ?
    किन रुन्छ मन मेरो ……२

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree