एनआरएन कब्जा गर्ने ल्याए माओवादीले गोप्य नीति

-ददि सापकोटा

 

nrnmid001.jpgमैले यो थाह पाएको निकै नै भयो । झण्डै चार पाँच महिनानै । तर बल्ल लेख्ने मेसो पर्‍यो । स्पष्ठ भइयो । हो, कुनैबेला माओवादीहरुले यो एनआरएन भन्ने संस्थालाई पानी बाराबर ठान्थे । कतिपयले त यसलाई हुनेखाने, धनीको, तस्करको धन सेतो बनाउन खोलेको आदि ईत्यादी आरोप लगाए । माओवादी हुँ भन्ने बाह्रखरी नचिनेकालाइपनि एनआरएनका अध्यक्ष डा उपेन्द्र महतोसँग फोटो खिचाउँदा लाज लाग्छ भनेको मेरै कानले सुने । टाढा नजाउँ फ्रान्स, जर्मनी, बेलायत र बेल्जियमकै उदाहरण दिउँ । एनआरएनका अध्यक्ष डा उपेन्द्र महतोसँग फोटो खिचाउँदा पार्टीले कारवाही गर्छ भन्ने माओवादीहरु थिए । र एनआरएनको कार्यक्रममा उनीहरु तर्कन्थे । जबकि त्यहि बेला माओवादी बिदेश बिभाग प्रमुख सिपी गजुरेल एनआरएनका अध्यक्ष उपेन्द्र महतोसँग आँखा जुधाउँदै, शरिर ठोक्काउँदै फोटो प्रदर्शन गर्थे । अहिले सिधै भन्नुपर्दा माओवादी पार्टीले एनअरएनलाइ कब्जामा लिने गोप्य निर्णय गरेको छ । अब एनआरएनमा माओवादीहरु बिस्तारै छिर्ने, छिराउने र अन्तत एनआरएनलाई कब्जा गर्ने निर्णय गरेका छन । माओवादीको यो कुनै महfधिवेशनबाट पास नभएपनि वा बिधानमै स्पष्ठसँग उल्लेख नगरेपनि नीतिगत निर्णय यहि गरेको छ ।

कसरि गर्नेछन त कब्जा ? 

एनआरएनलाई पानी बाराबारको रुपमा ब्यवहार गरेकाले त्यसमा सिधा प्रवेश गर्न नैतिक कठिनाई हुनसक्ने तर्कहरु माओवादीब्रित्तभित्र चलेको थियो । एनआरएनसँग कस्तो ब्यवहार गर्ने भन्ने विषयमा माओवादीका बिदेश बिभाग प्रमुख सिपी गजुरेलसँग गएका वर्षदेखिupendra-and-gajurel.jpg बिदेश भ्रमण गर्दा माओवादीका बिदेशमा रहेका समर्थकहरुले प्रश्न गर्दै आएका थिए । उनीहरुले एनआरएनलाई प्रयोग गर्नुपर्ने तर्क राख्दै आएका थिए । फरक मत राख्नेहरु भएतापनि बहुमत माओवादी समर्थक र कार्यकर्ताको तर्क यहि थियो । बिदेशबाट पठाइने मुल्यांकन रिपोर्टमापनि त्यहि कुरा उल्लेख हुने गर्थ्यो ।

जब नेकपा एमाले र नेपाली कांग्रेसले गैह्र आवासिय नेपालीहरुलाई द्वैध नागरिकता दिने निर्णय गरे तब माओवादीहरुलेपनि आफ्नो पार्टीको तर्फबाट बिदेशमा रहेका लाखौं नेपालीको मागलाई अवमूल्यन गर्न नसक्ने र अन्य पार्टीसँग प्रतिस्पर्धा गर्नुपर्ने ढंगले लियो । तर गैह्र आवासिय नेपालीहरुलाई द्वैध नागरिकता दिने निर्णयमा भने नेपाली कांग्रेस र एमालेपनि सहमत थिएनन नीतिगत रुपमा । उनीहरुले गैह्र आवासिय नेपालीहरुलाई आफुतिर आकर्षित गर्ने पार्टीहरुको होडमा लोकप्रिय देखिनकालागि मात्रै यो निर्णय गरेका थिए ।

 बिदेशबाट त्यो दबाब निरन्तर आइरहेपछि गत सालसम्म नेकपा

माओवादीले बिदेशमा रहेका आफ्ना कार्यकर्ताहरुलाई अनुकुलता अनुसार एनआरएनमा बस्दा फरक नपर्ने निर्णय दिएको थियो । त्यसमा बसेर आफ्नो पार्टीका कार्यक्रमहरुलाई सफल पार्न, पार्टी नीतिहरुबारे छलफल गरेर आकर्षित गर्ने भूमिका खेल्न सकिने तर्कहरु दिएका थिए । पार्टीका मागहरुलाई वकालत गर्नुपर्ने बताउँदै आएका थिए । तर माओवादी खासगरि अन्तरिम सरकारमा छिरेपछि त्यो नीतिमा एक्कासि परिवर्तन गरेर एनआरएनलाइ आफ्नो पार्टीहितमा प्रयोग गर्नुपर्ने नीति लियो ।

बेलायतमा अघिल्लो वर्ष भएको एनआरएनको क्षेत्रिय भेलामा आएका माओवादी नेता क्रिष्णबहादुर महराले त्यहाँका माओवादी समर्थकलाई अब एनआरएनलाई प्रयोग गर्नु पर्ने बताएर एनआरएन उपयोगको बाटो खोलेका थिए । माओवादीले हरेक देशमा भएका एनआरएनमा पहिले आफ्ना तुलनात्मक रुपमा कमजोर समर्थक, राजनीतिक रुपमा अलि कमरुपले देखापरेका र नेपाली समाजमा राजनीतिक रुपमा बन्दा भिन्न तरिकाले भिजेकाहरुलाई अब घुसाउने नीति लिएको छ । त्यस्ता माओवादीहरु अब एनआरएनको समीतिहरुमा छिर्ने छन । बिस्तारै तिनले एनआरएनका मागहरुलाई जोडतोडका साथ उठाउने र अन्य पार्टी समर्थकहरुलाईपनि छिराउने वातावरण बनाउने छन । उनीहरुले एनआरएनमा आबद्द नेपालीहरुलाई राजनीतिकरुपमा सांगठनिक गर्नु पर्ने तर्कपनि गरेका छन ।

अहिले सम्म झण्डै शत्रुवत ब्यवहार गरेको एनआरएनको उहि माग र नारा भित्र कसरि प्रवेश गर्ने ? नयाँ अक्किल रचेका छन । त्यसकालागि उनीहरुले एन्आरएनको सिप र आर्थिक लगानी नेपालको राष्ट्रिय हितमा हुनु पर्ने, एनआरएनलाइ नेपालको नयाँ राजनीतिक परिवर्तनसँग सुहाउँदोगरि नेत्रित्व गर्नुपर्ने भन्ने खालको तर्क अघि सार्दै बाटो खोलेका छन । अब केहि समयदेखिनै उनीहरु भटाभट एनआरएनमा प्रवेश गरेको देख्नपाइने छ ।

किन लिए एनआरएन कब्जाको नीति ? 

बिदेशमा माओवादीका जनप्रगतिशिल मञ्च, जनप्रतिरोध सरोकार मञ्च लगायतका संघ संगठनहरु नभएका होइनन । तरपनि ति संघ संगठनहरु एनआरएनको तुलनामा भिज्न सकेका छैनन नेपालीहरुबिच । ति नितान्त राजनीतिक उद्देश्यबाट प्रेरित भएकाले गैर राजनीतिक नेपाली र माओवादी इतरकालाई गोलबन्दगर्न सकेनन । उता बिश्वभरिनै एनआरएन नेपाली समूदायबिच जरैसम्म भिज्दै गएको गै गर्‍यो । बिदेशी संघ संस्थाहरुमापनि पहुँच पुगेको छ । यसलाइ राजनीतिक प्रभावबाट मुक्त बिशुद्द नेपाली संगठनका रुपमा लिइनालेपनि यसको पहुँच र प्रभावकारिता छ । त्यसैले माओवादीहरुलाई एनआरएनको पहुँच र प्रभाव प्रयोग गरेर माओवादीका नीतिहरु स्वदेशी र बिदेशी संघ संस्थासम्म बिस्तार गराउन सहज हुन्छ ।

 

 

 

 

 

 

 

 

माओवादीले एनआरएनमा पकड कमाउन खोज्नुको अर्को प्रमुख कारण के भनेका छन भने यदि एनआरएनले उठाएका मागहरु माओवादी सरकारले पुरा गर्ने हो भने त्यो जस आफैंले नलिएर किन एनआरएनलाई दिने ? एनआरएन नेत्रित्वकर्ताले त्यसको जस लिएपनि आफ्नै पार्टीको नेत्रित्वले त्यसको जस लेओस । आफुले पुरा गरेका मागको जस लिने मौका किन नेकपा एमाले र नेपाली कांग्रेसलाई दिने ? “एन आर एनले उठाएका माग, बिदेशमा बस्ने नेपालीका समस्या हल गर्ने हाम्रो पार्टीको नेत्रित्वमा बन्ने सरकार ले हो । अनि किन त्यसको जस हामीलेनै नलिने ? माग हामीले पुरा गर्ने अनि त्यसको फाईदा अरुलाई लिन त दिनु भएन नी” माओवादी नेताहरुले ठ्याक्कै यसै भन्ने गरेका छन । नेकपा माओवादीका कार्यकर्ताहरुले बेल्जियमको एनआरएनमा नेपाली कांग्रेस र एमाले अगाडि रहेर राजनीतिक फाइदा लिएको उदाहरण दिने गरेका छन ।

 

 

 

 

 

 

 

 

गैर्‍ह आवासिय नेपालीहरुलाई द्वैध नागरिकता दिने निर्णय माओवादीले पार्टीगतरुपमै गरेको छ । माओवादी पार्टीको नीतिगत मुल्यांकन र तयारीपनि के छ भने आगामी निर्वाचनमा दुइ तिहाई महुमतनै ल्याएर एकल सरकार बनाउने । त्यसको अर्थ अब एनआरएनले उठाएका सबै माग पुरा गर्ने दायित्व माओवादीकै हुने छ । त्यसरि द्वैध नागरिकता दिने जस्तो लोकप्रिय माग पुरा गरेको जस कुनैपनि हालतमा आफ्नै पार्टीले लिनुपर्ने निर्णयमा माओवादी पुगेका छन ।

 

 

 

 

 

 

 

 

एनआरएनको सञ्जाल विश्वभरि बिस्तार भइसकेकाले त्यसलाई पार्टीहितमा प्रयोग गर्नुपर्ने तर्कपनि अगाडि सारेका छन माओवादीहरुले । आफ्नै पार्टी सरकारमा भएपछि एनआरएनसँग समान्जस्य गर्न,  मागहरु पुरा गराउनपनि सहज र बढि भरपर्दो हुन्छ भन्ने उनीहरुको दाबी छ । यहि हप्ता स्विजरल्याण्डका नेपालीहरुको कार्यक्रमलाई संबोधन गरेपछि आफ्ना पार्टी समर्थकहरुसँगको छलफलमापनि माओवादीका बिदेश बिभाग प्रमुख सी पी गजुरेलले त्यस्तै निर्णय सुनाएका थिए । बेलायतको लण्डन शहर, बेल्जियम र जर्मनी लगायतका शहरमा हुने माओवादी कार्यकर्तासँगको भेटघाटमापनि उनले त्यस्तै निर्देशन दिनेछन ।

  • upendra

    Futau ra raaj gara ko niti

    maowaadee sadhai safal

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Then whats wrong?It is good for evrybody whats mb r doing about NRN.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • suman

    ख़बर त राम्रो रहे छ! येसलाई कब्जा भन्नु भन्दा अरुकेही सबद भन्दा राम्रो होला की?
    की क्त्तै डर लागेको त होइन? अरु नेपाली पनी आउनु भनेको त “एनआरएन ” लाइ त राम्रो ख़बर हो नी, कुरा होला कसले भाग खानी भनेर त्यों त जले गर्छा उसले खान्छ होला!
    “एनआरएन ” माँ कती किसिमका कती अरु दलका होलन अब्बा “मोओ” ले पनी आउनु पर्छा. सबै नेपाली को एनआरएन कती रामरों न ” माले , न त काले नत तारे!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • ददी जि को बिस्लेसन कत्ति ठीक र कत्ति बेथिक त्यो भबिस्य ले बताउछ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Harihar Aryal, Paris

    Thank dadijee for raising the NRNA matter. NRNA is for all nepalese. As its motto “BY THE NEPALI FOR THE NEPALI ” “Nepalika lagi nepali”. What the NRNA asking with the nep. GVT ?? ;;Nothing. NRNA gives always to Nepal, to their MOTHERLAND; If the nation thinks that it should preserve their citizen , for ever it will manange the Dual citizenship , it is not for individuel nepali but for Nepal itself. It is the demand of time and need of the situation.
    If , as you wrote, the nepali who believes in the Maoist mouvement joints the NRNA mouvement, it is very positive for the NRNA mouvement. Any nepali and people of the nepalese origine can joint its mouvement. We can work more for Nepal. But we should not forget that the NRNA is a non political organisation.
    The word CAPTURE, I THINK, IS NOT APPROPRIATE;

    Harihar Aryal, ICC member, France

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sante

    Heiz you all !
    Now “sabai nepali maobadi, sabai maobadi nepali”
    before, “sabai pancha nepali hun, sabai nepali pancha hun”

    Result: throught treate to politicalization every where finally maoist will face big catastrophy after few year just let the time come.

    thank !
    sante

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sameer, Doha, Qatar.

    Anyway, it’s just a view of the writer. we have to focus our eyes over the words that there is no any written mandetory decision.

    Thanks to Mr. Dadi for your article

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Aryal NP, Bermuda

    EVERY ONE HAS A OWN VISION. NRN IS THE MUCH INPORTANT THAN ANY OTHER GROUP TO GROW NEPAL IT SELF NOW. THIS IS THE ONLY WAY TO EARN DOLLER TO NEPAL .SO OFCOURSE EVERY GROUP OR PARTY LIKE TO CLOSE TO NRN AND ARTICAL WHICH IS WRITTEN IS REALLY MUCH TRUE AND FAIR……. IN REAL
    THANKS
    DADI JEE
    N HAPPY DASHAI
    FROM BERMUDA

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • aakash

    ghakas chaaaaaa dedi

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sabita ko Bhawana

    साथी ददी ज्यु,

    तपाइको लेख पनि क्या गजब छ बा। कैले काँही के तपाइ ददीको सट्ट केबल एक मानव भएर सोच्ने प्रयत्न गर्नु हुन्छ। जब तपाइ एक मानव भएर, ददीजी का बिभिन्न फुट देखाउने प्रश्नहरुको जबाफ खोज्नु हुन्छ, तपाइको चेतनाले बिस्तारै ददीलाइ मिठा जबाफहरु दिने छ। अनि ददी चुप लागेर बस्ने छ र तपाइ एक प्रगतिशिल सोच बोक्ने मानवको रुपमा अगाडि आउनुहुनेछ।

    एन आर एन मा माऔवादी, नेका, युएमएल, मधेशि, पाहाडि, ब्यापारी,उधोगपति, आदी सबै आ‍-आफ्ना पुर्वाग्रह र संकुचित भावना त्यागेर एक चेतनशिल मानवको रुपमा आउदछन भने सबैलाइ हार्दिक स्वागत छ। यदि कुनै मानिष संकुचित भावना र एकतान्त्रिक सोच लिएर आएका छन भने पनि बिस्तारै त्यो दुषित सोचलाइ एक पबित्र चिन्तनमा परिणत गर्न एन आर एन भित्र चेतनशिल मानवहरु विश्व को कुनाकुना बाट त्याँहा आइरहेका छन। कुनै एक मानिष पवित्र चिन्तन लिएर हिड्दछ, नेपालको र विश्वको भलो चाहान्छ भने त्यो सोच बोक्ने मानिष वबित्र हुन्छ। तर कुनै एक माहान सोचको पछ्यधर को कोट लगाइ आफ्नो स्वार्थ मा सिमित रहने निच मानिषको एक न एक दिन पर्दा फास भइहाल्छनि।

    त्यसैले यो वाद र त्यो वाद भनेर “खोक्ने” पुरानो बानि छोडेर मानिषले एक समयकालिर र प्रगतिशिल बिचारलिएर मैदानमा उत्रिनु पर्दछ। त्यसपछि वास्तविक रुपमा मानवको र जगको नै भलो हुने छ।

    भन्नुको मतलब नत माऔवाद, नेका, युएमएल र अन्य नै गलतछन तर यी पवित्र मानव भलाइका बाटहरुको दुर प्रयोग गर्ने “चप्परे कान्छाहरु” पो पापी हुन।

    लौ त साथी ददी, आर्को पल्ट चै एक चिन्तन गर्न मिल्ने बिषय लिएर आउनुस है।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree