मधेसी मोर्चालाई टुक्र्यायो माओवादीले
छैठौं पटक पनि प्रधानमन्त्री पदको निर्वाचनमा टुंगो लागेन । दलहरुले मतदान गरेनन् । न माओवादीलाई मत दिन्छन् न त कांग्रेस उमेरदवारलाई नै । संसदिय ब्यवस्थानै जोक्कर बनाईसके । उपाय के त ? माओवादीले सकभर साना तिना दललाई आफ्नो पक्षमा ल्याउने र फकाउने रणनीति अपनाए । पार्टीका नेताहरु बिभिन्न दलसित वार्तामा जुटे । तरपनि प्रचण्डलाई मत दिने पक्षमा ल्याउन सकेनन् । अब के गर्ने ? कति पटक चुनाव लड्ने ? माओवादीको रणनीति बदलियो-सकेसम्म दलाहरुमा फाटो ल्याउने, फुटाउने र सके जतिलाई आफ्नो पक्षमा ल्याउने ।
पटक पटकको निर्वाचनमा पराजय र दलहरुबिच सहमतीको संभावना न्युन देखिएपछि माओवादीको बैठकमा प्रचण्डले दलहरु बिच फुट आउँदै गएको र पार्टीलाई त्यसले हित गरेको बताएका थिए । बिरोधी दलहरुलाई फुटाउन, उनीहरुबिच फाटो ल्याएर कमजोर बनाउनपनि प्रधानमन्त्री पदको निर्वाचनलाई अझै उपयोग गर्नु उपयुक्त हुने तर्क पार्टीमा राखेका थिए ।
माओवादीले दलहरुबिच राम्रै चलखेल गरेपनि । प्रधानमन्त्रीको चुनाव कै शिलशिलामा नेकपा एमाले झण्डै टुक्रिने अवस्थामा पुगेको थियो । बामदेव लगायतका थुप्रै नेता माओवादीसित सहकार्य गर्नुपर्ने पक्षमा पुगेका थिए । मधेशका दलहरुलाई आफ्नो पक्षमा तान्न भरमग्दुर कोसिस गर्दापनि नसकेपछि अहिले संयुक्त तराई मोर्चा मा फुटेको छ । यो माओवादीकै कारणले हो भनिन्छ । यसबाट संयुक्त मोर्चामा अझ फुट आ उने मूल्यांकन माओवादीको छ । अबको निर्वाचनमा आफ्नो पक्षमा मत बढ्ने आशापनि गरेका छन् ।
संयुक्त मधेशी मोर्चा तराईका पार्टीहरुको संयुक्त मोर्चा हो । उनीहरुले संयुक्त मधेश एक प्रदेश लगायतका मुख्य नारा बोकेका छन् । मोर्चामा संबद्य दलाहरुबिच प्रधानमन्त्री निर्वाचनमा मत दिने की नदिने भन्ने विषयमा मतभेद थियो । मधेशी जन अधिकार फोरम माओवादीलाई समर्थन गर्ने पक्षमा थियो भने केहि दल अहिलेकै गठबन्दका पक्षमा थिए । मतभेद गहिरिँदै जाँदा हिजो देखि फोरम मोर्चाबाट अलग्गिएको छ ।
मोर्चाको बैठक बसेकै बेला बिचबाटै फोरम अध्यक्ष उपेन्द्र यादव बाहिरिएका थिए । उनले बैठ्क त्यागेर बाहिरिँदा मोर्चा त्याग्ने वा प्रधानमन्त्री पदमा मतदान नगर्ने दुबै काम गर्न मोर्चामा संबद्दहरु स्वतन्त्र रहेको भनाई राखे । प्रधानमन्त्री पदमा मतदान नगर्न मोर्चामा रहेका दलहरु स्वतन्त्र भए झैं मोर्चाबाट अलग्गिनपनि स्वतन्त्र रहेको भन्दै प्रधानमन्त्री पदमा मतदान नगर्नेलाई चुतौती दिएका थिए उनले।
मोर्चामा रहेका तराई मधेश लोकतान्त्रिक पार्टी, बिजय कुमार गच्छदारको फोरम र नेपाल सद्भावना पार्टी महतो समूह अहिलेकै गठबन्दनका पक्षमा छन् । उता फोरम उपेन्द्र समूह र सद्भावना देवी को सरिता गीरी समूह भने लिखित सहमती गरेर प्रचण्डलाई मतदान गर्ने पक्षमा पुगेको बताइन्छ ।


जे गरे पनि किन खाली मओबदीलाई दोस लेखक जी तपाइको कुन आखाले माओबादी पार्टीलाई हेर्नु भाको छ कृपया त्यो पनि बतैदिनुस न खाट्टी कांग्रेस पर्नु भयो होला अझ त्यो पनि बताई दिए राम्रो | यहता अरु पार्टी भुटेको छ जसमा पनि दोस माओबादी क्या हासो लाग्दो कुरा नेपालमा अरु पार्टीले नराम्रो कम गरे पनि दोस जत्ति मओबदीलाई दिने चलन छ तर याद राख्नुस अब नेपालमा कुनै पार्टीले केहि गर्न सक्दैन केहि गरे पनि त्यो पार्टी हुनेछा एकिकृत नेकपा माओबादी अरु पार्टी हरु को त पटन हुन सुरु भैसक्यो |
मन परो वा परेन:
0
0
[Reply]
नेपाली पत्र (Read the reality . Who is responsible to this situation)
“पदमा टिकिराख्न प्रधानमन्त्रीको हारगुहार
काठमाडौं। नेपालको राजनीति दिनदिनै गहिरो खाडलतिर भासिन थालेको आभाष हुन थालेको छ। पााचौं चरणको प्रधानमन्त्री निर्वाचनमा पनि देशले प्रधानमन्त्री नपाउादा देश सञ्चालनको महत्वपूर्ण आधारहरू नै धरासायी बनेका छन्। काम चलाउ प्रधानमन्त्री माधवकुमार नेपाल ‘अड्काऊ, बिगार र टिकिराख’ को रणनीतिक सिद्धान्तमा रहेकाले देश झन् जर्जर अवस्थामा पुग्न लागेको हो।
नेपालीहरूको महान् चाड दशैं नजिक आइसकेको छ। देशका नब्बे हजारभन्दा बढी निजामति तथा त्यति नै मात्रामा सैनिक कर्मचारीहरूका लागि दशैं खर्च वितरण गर्ने बेलामा मुलुक बजेटविहीन छ। दैनिक कार्य सञ्चालनका लागि मात्र जम्मा तीन महिनाका लागि (असोजसम्म) पेश्की बजेट पारित भएकोमा त्यसको समय समाप्त हुन लागेको छ। अस्तव्यस्त मुलुकमा पेश्की रकमको अभावमा कर्मचारीहरू समेत आक्रोशित हुने देखिन्छ। दशैं खर्चसमेत नपाउने अवस्थामा मार्कामा पर्ने अधिकांश साना तहका कर्मचारीहरू पर्छन्, जसको अतिरिक्त आम्दानी हुादैन।
प्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई कामचलाउ नै भए पनि सत्तामा टिकाउन सत्ताका सबै समीकरणहरू अड्काउन खेलेको भूमिका प्रमुख जिम्मेवार रहेको माओवादीको मूल्याङ्कन छ। दुई महिनासम्म पनि तटस्थ बसेर कुनै पनि सरकार बन्न नदिने अवस्थामा पुर्याओउनुको मुख्य जिम्मेवार प्रधानमन्त्रीको पार्टी नेकपा (एमाले) हो। पार्टीको केन्द्रीय समितिमा स्पष्ट बहुमत हुादाहांदै पनि माधव नेपाल र केपी ओलीको समूहले ठोस निर्णय गराएका छैनन्। महाकाली सन्धी गर्दा रातारात बैठक बसेर निर्णय गर्न सक्ने एमालेले देशका लागि प्रधानमन्त्री छनौट गर्नेजस्तो ज्यादै संवेदनशील विषयमा मतलब नै नगरेको मात्रै होइन, काम चलाउ सरकार नै टिकाउने र दोष अरुलाई थोपरेर ढुक्क बस्ने प्रवृत्ति प्रधानमन्त्री नेपालमा देखिएकोमा एमालेका युवा नेताहरू नै रुष्ट छन्। ‘पार्टी माधव नेपालको मात्र होइन’, एक एमाले नेताले नेपालीपत्रसाग भने, ‘अनिर्णयको बन्दी बनाएर सत्ता लम्ब्याउने र देशलाई धरासायी बनाउने हर्कतको एक दिन भण्डाफोर हुनेछ।’
पार्टीभित्र निर्णय हुन नदिई अड्काउने र बाहिरबाटै अर्को समीकरण बन्न लाग्दा देशी, विदेशी सबैको प्रयोग गरेर बिगार्ने काम पनि प्रधानमन्त्री नेपालले गरेका छन्। मधेसी जनअधिकार फोरम र विजय गच्छदारको लोकतान्त्रिक फोरमका सभासद्हरू माओवादीका पक्षमा मतदान गर्ने तयारी गरिरहादा प्रधानमन्त्री नेपालले गुप्तचर विभागमार्फत् प्राप्त सूचनालाई भारतीय दूतावासमा दिएर ती दुबै दललाई भारतीय दबाब दिन लगाएका थिए। लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारका एक जना सहयोगीले बताएअनुसार, राजदूत राकेश सुदसाग निकै झगडा गर्दा रिसको झोंकमा गच्छदारले मोबाइल नै फुटाएका थिए। स्रोतका अनुसार, सुदसाग कुरा गर्दागर्दै उनले मोबाइल फ्यााकेका थिए। पछि अर्को फोनबाट फेरि फोन गरी आफू तपाईंको नोकर नभएको भन्दै फोन राखिदिएको सूत्रले जनाएको छ। यति हुादाहुादै पनि भारतीय दबाबलाई गच्छदारले खप्न सकेनन् र पााचौं चरणमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का पक्षमा मतदान गर्न सकेनन्। प्रधानमन्त्री माधव नेपालले साना दलमा पनि भााड्ने धेरै प्रयत्न गरे। राजाका ज्वाईं राजबहादुर सिंहले माओवादीका पक्षमा सभासद्हरूलाई प्रभावित पार्न थालेको कुरा सहन नसकेर उनले डिस्कोको बहानामा उनलाई थुन्न लगाए र भारतीय दबाब दिन लगाएर राजालाई पनि चुप लाग्न बाध्य पारे। यसरी समीकरणको बाधक भएर एकलौटी शासन गर्दै आएका नेपालले मुलुकलाई अनिर्णयको बन्दी बनाउन छाडेका छैनन्। देशको दुरावस्थामा मुसुमुुसु हाास्ने र विदेशीको इश्ाारामा राज्यका सबै यन्त्रहरूलाई काम नलाग्ने बनाउने उनको राजनीतिले अन्ततः उनीमाथि नै कलंक लाग्ने देखिएको छ। “
मन परो वा परेन:
0
0
[Reply]
यो खाँटी कांग्रेस होइनकी, खाँटी भारतीय दलाली र सान्ति प्रक्रिया बिरोधिहरुको पराजय मानसिकताको भक्कानो ओकलेको हो! आफु बिकारने र बिक्रने दोस अरुलाई दिने धुपौरेहरुको पुच्छर लुकाउने उपया हो!
मन परो वा परेन:
0
0
[Reply]