पोर्चुगलको पार्कमा दिल खोलेर नाचे चेलीबेटी
-भीम के सी कमल/ लिस्बन, पोर्चुगल
लरक्कै लर्क्यो रातो सारी भुइँमा,
संगीसाथी सबै भैराछ भेला
भन्देउ न कुन चाहिँ राम्री हामी दुइमा ।
रातो सारी, चुरा, पोते र गरगहनाले सजिएका, मन भरी माइतीको सम्झना बोकेका पोर्चुगलको राजधानी शहर लिस्बनको सान्तोस आल्कान्त्रा भेगमा बस्ने महिला दिदिबहिनीहरुले लिस्बनको इस्त्रेला पार्क, लापामा छमछमी नाच्दै यस बर्षको तीजको दर खाएका छन् ।
स्थानिय महिला दिदिबहिनीहरुले स्वस्फुर्त रुपमा आयोजना गरेको सो दर खाने कार्यक्रममा उक्त भेगका प्राय सम्पुर्ण दिदिबहिनीहरुको उपस्थिति रहेको बताइन नाच्दानाच्दै थाकेकी लक्ष्मी रेग्मीले । उनि लगायत सबै दिदिबहिनीहरुले घरबाटै तीजको दर तयार गरेर लगेका थिए कार्यक्रममा । गत बर्ष घरघरमा डाकेर सबै दिदिबहिनीलाई दर खाने तथा खुवाउने गरेकोमा यस पटक महिलाहरुको संख्या बढेको र सबैकहाँ जादा समय पनि नपुग्ने भएकोले सामुहिक रुपमा दर खाएको बताइन अर्की सहभागी लक्ष्मी सापकोटाले । साना साना बालबच्चाहरु पनि तालमा ताल मिलाएर नाचेको देखेर दंग परेकी पोर्चुगिस बृद्धा फातिमाले नेपालीहरुको सांस्कृतिक परम्पराहरुको खुलेर प्रशंसा गरिन पंक्तिकार संग ।
दिउसो १ बजे देखि साँझ ६ बजेसम्म नाचगान र खानपिनमा रमाइरहेका चेलिबेटीहरु ६ बजे पछी भने आज नपुगेको रहर एनआरएन लगायत अन्य संघसस्थाहरुले १२ तारिख आइतबार इस्तेफानियामा आयोजना गरेको तीज कार्यक्रममा नाचेर पुरा गर्ने भन्दै बिदा भए ।




बिदेशमा बसेरपनी नेपालीपन झल्काउनुहुने सम्पूर्ण दिदि-बहिनिहरूमा तीजको यो पवन् अबसरमा शुभकामना छ। जहाँ बसेपनी आफ्नो परम्परा र सस्क्रितीको लाई नभुलौ!!!!! HappY Teej…………………………………
मन परो वा परेन:
0
0
[Reply]
………….
I wish Happy teej all Nepali sister.Yes i read news so that i say thanks you are remember Nepal.
now i am in Iraq.
tak taksharma@yahoo.com
मन परो वा परेन:
0
0
[Reply]
धेरै खुसि लाग्यो-आफ्नो रीति-रिवाज लाई बिदेशमा पनि उजागर गर्नु भएको मा………
मन परो वा परेन:
0
0
[Reply]
इ आम वेरी हप्प्य सीं द नेपाली लड्य इन् तीज अट इन्पोर्तुगल /
ठंक्स नेपाली लदिएस्.
मन परो वा परेन:
0
0
[Reply]