पुग्ला त आज प्रचण्डको पक्षमा बहुमत ?
-अपडेट-फेरीपनि हारे प्रचण्डले-नेकपा एमाले र आशा गरिए अनुसार मधेशी मोर्चाका दुई दलले मतदान नगरि तटस्थ बसेपछि आजपनि प्रधानमन्त्रीका दुबै उमेरदवार पराजित भएका छन् ।
प्रधानमन्त्री पदका लागि आज सातौं पटक निर्वाचन हुँदै छ । अनेक प्रयास गर्दा छ पटक सम्मपनि प्रधानमन्त्री चुन्न दलहरु असमर्थ भएपछि मतदनमा भाग नलिएका दलहरुबिच फाटो र किचलोपनि बढ्दै छ । संसदिय परम्परमा सभासदहरुले निर्वाचन बहिस्कार गरेर संसदलाई पंगु बनाउन नहुने भन्दै यस अघि मतदान नगरेका दलहरुमा मतदान गर्नु पर्ने आवाज उठेका छन् । त्यसो गर्दा अहिलेसम्म नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई भन्दा माओवादीलाइ फाइदा पुग्ने देखिएको छ । देशलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउनु हुन्न भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको दोस्रो ठूलो घटक मधेसी जनाधिकार फोरम नेपाल मोर्चाबाट अलग्गिएर निर्वाचनमा भाग लिने घोषणा गरेको छ । मोर्चाबाट फोरम अलग्गिएर एनेकप माओवादीका अध्यक्ष प्रचण्डलाई उसले मतदान गर्ने बताइसकेको छ ।
मोर्चाले त्यस्तो निर्णय गर्दा आज हुने निर्वाचनमा माओवादीको मत बढ्ने निस्चित त छ नै, प्रचण्डको बहुमत नै पुग्छ कि भन्ने संकेत समेत देखिएको छ । लोकतान्त्रिक फोरमकापनि केहि सभासदहरुले संयुक्त मोर्चाबाट अलग्गिएरनिर्वाचनमा बहग लिने बताएका छन् । उनीहरुले माओवादीकै पक्षमा मतदान गर्ने बताएक छन् । मधेशी जन अधिकार फोरमको २५ मत सहित फोरम लोकतान्त्रिकका २८ सभासदले प्रचण्डलाई मत दान गरेमा अन्य झिना मसिना दलहरुले पनि प्रचण्डलाई मतदान गर्ने छन् । फोरम लोकतान्त्रिकका केहि सभासदले पार्टीको ह्वीपलाई तोडेर प्रचण्डलाई मत दिने घोषणा गरेको बताइन्छ । त्यो अवस्थामा यदि पार्टीले सहमती कायम नगरे फोरम लोकतान्त्रिक टुक्रिन सक्छ । पार्टी टुक्रिन दिनु भन्दा प्रचण्डलाई नै मतदान गरेर जाने अवस्था रहेको बताइन्छ ।
यदि फोरम का दुबै घटकले मत दिएभने माओवादीको २३७, फोरम (यादव समूह) को २५ र लोकतान्त्रिक फोरमको २८ जोड्दा २९० मत पुग्छ । बहुमत पुर्याउन अब माओवादीलाई चाहियो-१३ मत । त्यसमा नेकपा संयुक्तको ५ मत, नेमकिपाको ५ मत, नेपाली जनता दलको २ मत, राष्ट्रिय जनमुक्ति पार्टीका २ मत, सरीता गिरी नेतृत्वको सदभावना आनन्दीदेवीको एक मत र नेपाः राष्ट्रिय पार्टीको एक मत पनि माओवादीले पाएर ३०६ पुग्ने छ ।
यसरि हेर्दा आज हुने निर्वाचनमा प्रचण्डको बहुमत पुग्न सक्ने संकेत देखिएको छ । तर मधेशी दलहरुको अडान र हत्त पत्त विश्वास नहुनाले यसै हुन्छ भन्ने अवस्था भने छैन । अर्को तिर सरकार बनाईसकेपछि माओवादीसित शक्ति बाँडफाँडका लागि मोलतोल भैरहेको बताइन्छ । त्यसमा सहमती हुन नसकेपनि मतदानले अर्कै रुप लिन सक्छ ।

