चोरिएकी मोनलिसा कसरि बनिन विश्व प्रसिद्द ?

                    भित्ताकि मोनलिसा बिदेशको भ्रमणमा

monalisa-2.jpg

मोनालिसाका तस्बिर र पोष्टर कसैका ढोकामा झुन्डिएका हुन्छन। कसैका मोटरसाइकलका कि लकर (साँचो जुण्ड्याउने) त कसैले पोष्टकार्डमा मुस्कुराएकि उनलाई सन्देशहरु पठाउँछन। उनि खुला रुपमा छाएकि हुन्छिन गाडि वा घरका भित्तामा। मानिसका टिसर्ट वा पोष्टकार्डमा । आखिर मोनालिसा नै त हुन । चाहे त्यो इटालियाली कलाकार लियो नार्दोदा भिन्चिस्वयंले बनाएको मिनालिसा होस कि त्यसबाट कपि गरिएकि मोनालिसानै किन नहोउन । जुन मोनालिसा भएपनि आखिर तिनै मोनालिसा हुन। तर अचम्म यस्तरि सर्बत्र छाएकि मोनालिसालाई तपाईले जसरि खुला, नजिक र सजिलोसँग देख्नु भएको छ लियो नार्दोदा भिन्चिले बनाएकै मोनालिसालाई भने त्यति सहज रुपले हेर्न पाउनु हुन्न मोनालिसा भएकै ठाउमा पुग्दापनि। यि मोनालिसा बोल्दिनन । मुस्कुराउँछिन तर खितखिताउँदै हाँस्दिनन । रिसाउने त झन कुरै भएन। यि तस्बिरमा मात्रै जिबित छिन। तर यिनलाई सुरक्षाको कत्रो डर ? पेरिसको लुभ्र सग्राहलयस्वयं दर्जनौ सुरक्षाकर्मिले घेरिएको छ

उनलाई हेर्न थुप्रै भर्‍याङ उक्लिनु पर्छ। थुप्रै खुट्किला छिचोल्नु पर्छ । थुप्रै कोठा पारगरेर मात्रै पुगिन्छ। जुन कोठाको एउटा भित्तामा झुन्डिएकि छिन मोनालिसा त्यहाँपनि थुप्रै सुरक्षाकर्मिले निगरानि गरिरहन्छन । तैपनि किन यति डर हो यि मोनालिसालाई ? यि यो कोठाको रोडा, ढुंगा र बालुवाले बनेको भित्तामा उनि  गोली नछिर्ने (बुलेट प्रुफ) दुइ वटा सिसाका फ्रेमभित्र बस्छिन । यहाँ उनलाई हेर्नेको भिडमभिड लाग्छ । त्यहाँको भिड कहिल्यै पातलो हुन्न । कतिपय त त्यहाँ पुगेर बोल्नै सक्दैनन । कोहि त दिनभरिनै हेरेको हेर्‍यै गर्छन । सबैले उनलाई पहिलेनै देखिसकेकै हुन-कम्प्युटरका माउस प्याड, चकलेट मिठ्ठाइका पाकेट, कापी, कलम र कितावका गातामा । पोस्टकार्ड वा पोस्टरमा । त्यसैले खासै हेर्नु नपर्ने हो । यो भिड सायद हेर्नकालागि नभएर उनका अगाडि देखिनका लागि पो हो कि !  यो संग्राहलयमा सबै हेरेर साध्यनै लाग्दैन । सर्सर्ति हेर्नपनि १५ दिन लाग्छ भन्छन मानिसहरु  

monalisa-4.jpg

                  (सधैं यत्तिकै हुन्छ भिड मोनालिसा हेर्नेहरुको ) ।

 त्यसैले मानिसहरु यहाँ तिर्थाटन जस्तो गर्छन मोनालिसालाई हेरेर । डोनाल्ड सेस्सोन भन्ने एकजना इतिहासकारले त दुइ महिनासम्म मोनालिसालाई हेर्ने मानिसहरु हेरेरै बिताएछन । साँढे एक बर्ष चाहिँ उनी कसरि बिश्वप्रसिद्द भइन भनेर पुस्तक लेख्न लगाउँदै रहेछन । वास्तवमा मोनालिसाको यो कलाले यति धेरै प्रसिद्दि पाएको धेरै पनि भएको रहेनछ । १९ औ शताब्दिको शुरुतिर यसको मुल्य ९० हजार फ्रेन्च फ्र्याङ्क (करिब १३ लाख नेपाली रुपियाँ) अनुमान गरेको रहेछ लुभ्र संग्राहलयले । जबकि त्यतिबेला बिश्व प्रसिद्द कलाकार राफेलको ला बेल जार्दिनिय भन्ने कलाको मुल्य भने चार लाख फ्र्याङ्क (करिब साँढे ५४ लाख नेपाली रुपियाँ) अनुमान गरिएको रहेछ । लियो नार्दोका समकालिन कलाकार जीओर्जिओ भासारीले पहिले यो पेन्टिङ देखेका रहेनछन । तर १५४७ मा भने मानव मुस्कान भन्दा बढि इश्वरिय रहेको भन्दै उल्लेख गरेका रहेछन  आँखिभौंलाई भन्दा हाँसोलाई कम ठाउँ दिनु, मोनालिसाको इतिहासनै रहस्यपूर्ण हुनु, पेन्टिङमा उच्च प्रबिधिको तरिका अपनाउनु, लिओनार्दोले आफैंले यो पेन्टिङ राख्नु, यो पेन्टिङ गर्नुपूर्वको स्केच फेला नपर्नु लगायतका कारणले यो बिश्व प्रसिद्द बनेको बताउँछन यूरोपेली कलाकर्मिहरु । मोनलिसा भन्ने यि महिला फ्रान्सेस्को देल गिओकोण्डो भन्नेकि पत्नि भएको बताएका छन अहिलेपुस्तक लेखिरहेका सास्सोनले  

monalisa-1.jpg

 (रोक्का गरिएपछिको तस्बिर। यो तस्बिर १० वर्षे वालक आमोद सापकोटाले क्यामरा लुकाउँदै खिचेका हुन ) । 

फ्रान्समा भने यो पेन्टिङलाई ला जोकोद भनेर चिनिन्छ। यो पेन्टिङको उचाई ७७ सेमी (३० ईन्च) र चौडाई ५३ सेमी (२१ ईन्च) मात्रै छ  यो मानिसहरुले जति बिशाल ठान्छन त्यसको एक छेउपनि छैन । कतिपय त ओहो यति सानो भन्दै छक्कै पर्छन । गत वर्षको अप्रिलमा डेनमार्कबाट पेरिस घुम्न आएका बेला हाम्रै पत्रकार साथिहरु निर्मला शर्मा र यसोधा तिम्सिना मोनालिसाको पेन्टिङ देखेर छ्क्कै परे । “यति सानो ?” भन्दै उनीहरु आश्चर्य मानेका थिए । लियोनार्दोले यो पेन्टिङ फ्रँन्स्वा प्रथम राजाको भेसाईस्थित अदालतमा लिएर गएका थिए । जुन पेरिसबाट करिब १७ किमि टाढा पर्छ । यसलाई शाहि परिवारको कलेक्सनकारुपमा त्यहिकै भित्तामा झुण्ड्याइको थियो । यो पेन्टिङ भिन्चिले त्यहाँ राख्दा भनिन्छ फ्रँन्स्वा त्यहाँ अनुपस्थित थिए।  monalisa_sfumato.jpgसन १७५० सम्मपनि मोनालिसा खासै धेरै चर्चामा थिइनन भन्ने कसरि प्रमाणित हुन्छ भने त्यति बेला एकदमै छानिएका, केहि उच्च अधिकारिहरुलाई ११० वटा अर्वाधिक सुन्दर पेन्टिङ भन्दै देखाइएको थियो । ति मध्ये मोनालिसाको पेन्टिङ परेको थिएन । फ्रान्सेली राज्यक्रान्तिपछि भेसाई दरबारका पेन्टिङहरुलाई पेरिसस्थित लुभ्र संग्राहलयमा सारियो । यसपछि मात्रै मोनालिसाले प्रसिद्दि थाल्यो । १९ औं शताब्दिको मध्यतिर थुप्रै फ्रान्सेलीहरुले मोनालिसाबारे लेख्न थालेपछि यो प्रसिद्द हुँदै गएको हो   मोनालिसा साँच्चिकै भन्ने हो भने सन १९११ बाट धेरै प्रसिद्द हुन थालेको हो । त्यति बेला मोनालिसाको यो पेन्टिङ चोरि भयो । खोजि गर्दा इटालियाली भासेन्जो पेरुजियाँ भन्नेले चोरेको पत्ता लाग्यो   त्यो बेलैमा १४ लाख पाठक संख्या भएको ले पति पारिजियाँ भनिने पत्रीकालगायत थुप्रैले मोनालिसा फ्रान्सको राष्ट्रीय गौरब हुन भन्दै त्यसलाई जसरिपनि खोजि गरेर ल्याउनुपर्ने आवाज उठाए । हरेक मेडियामा उनको हाँसो बारे चर्चा गरिएको थियो । कार्टून्, पोष्टकार्ड र एउटा सानो फिल्म समेत बनाइको थियो । त्यो पेन्टिङ चोरि नभएसम्मपनि इटालियालीहरुले आफ्नै पेन्टिङबारे उती चासो दिएक थिएनन । पेरुज्जिया भनिने इटालियलीले चोरेर त्यसलाई इटालीकै उफिजि भन्ने ठाउँमा छोडिदिएपछि फेला परेकि मोनालिसालाई पूरा उत्सवकासाथ लुभ्रमा फिर्ता ल्याइएको थियो सन १९१४ मा ।  

भित्ताकि मोनालिसा अमेरिका, जापान र शोभियतसंघको भ्रमणमा 

monalisa-3.jpg

(पछिल्लो लहरमा दाहिनेबाट बच्चा बोकेका दीपक प्रसाई, त्यसपछि पेरिस घुम्न आएकी उनकि दिदी, अनुराधा पौडेल, दूज प्रसाई र अघिल्लो भागमा देब्रेपट्टि दीपकजीकि भतिजि र दाहिने नौ वर्ष हुँदा आमोद सापकोटा । 

मोनालिसा यति बिघ्न चर्चित बन्नुको अर्को कारण उनको अमेरिका भ्रमण । फ्रान्सको पाचौं गणतन्त्र पछिका राष्ट्रपती चार्ल्स द गोलले अमेरिकामा फ्रान्सेलीहरुप्रति आकर्षण र सम्मान बढ्ने र दुइ देशका नागरिकबिच सबन्ध बढाउने उद्देश्यले मोनालिसालाई अमेरिका पठाएका थिए सन १९६२ मा । पानीमा नभिज्ने र नडुब्ने (वाटरप्रुफ) बाक्सामा हालेर मोनालिसालाई अमेरिका लगिएको थियो । प्रदर्शनीका लागि । तत्कालिन अमेरिकी राष्ट्रपती मार्लोले चार्ल्स द गोलसित मोनालिसा पठाइदिन आग्रह गरेका थिए । अमेरिकाभरि घुमाउँदा एक करोड ६० लाखले मोनलिसाको नजर गरे । त्यसपछि उनको माग र आकर्षण यति चुलियो कि उनलाई जापान र सोभियत यूनियनसमेत लगियो । यसपछि त मोनालिसाको प्रसिद्दी संसारभरिनै नाटकियरुपमा भयो

मोनालिसाको  प्रसिद्दिबारे अध्ययन गरिरहेका इतिहासकार सेस्सोन के भन्छन भने यो पेन्टिङकै हिसाबले भन्दा त्यति सर्वश्रेष्ठ होइन । प्रचारप्रसार र विश्वको सुन्दर शहरमा भएकाले पनि यति प्रसिद्द भएको हो । यदि यस्तै पेन्टिङ यूरोपको बुल्गेरिया वा अन्य कतै हुन्थ्यो भने यसको खासै चर्चा हुने थिएन   एउटा अचम्म के भने फाट्टफुट्ट झुक्किएर पुगेका नेपालीहरुपनि यहाँ भेटिने रहेछन । हामी त्यसैगरि मोनालिसा हेर्न जाँदा हाल जर्मनी निवासी दिपक र दूज प्रसाईका पति-पत्नि भेटिए । किनकि त्यो मोनालिसा हेर्न चाहिँ कसैलेपनि नछुटाउने रहेछ । यहाँ आइपुगेका नेपाली पत्रकार हरु क्रिष्णमुरारी भण्डारी, दीपक भट्टराई, दिलभुषण पाठक, प्रशान्त अर्याल, यसोधा तिम्सिना, निर्मला शर्मा, तारानाथ दाहाल, किशोर श्रेष्ठ र गोपाल बुढाथोकि सबै “त्यो मोनालिसा हेर्न त छुटाउन भएन नी ” भन्थे  

 

(तेस्रो फोटो आमोद सापकोटा, चौथो ईन्टरनेटबाट खोजि, बाँकि सबै म आफैंले खिचेका हुन आलेखका जानकारीहरु इन्टरनेशनल हेराल्ड ट्रिब्युन र ल मोंद  दैनिककमा प्रकाशित लेखहरुसमेतको सहयोगमा तयार परिएको हो-नेपालप्लस)

  • binod prasad prasai

    so good
    can you give me dipak prasai email add
    please………

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • please i don’t know dipak prasai email.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • dipak rawal

    hii how r uuuuuuuuu ………………?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ek dura

    Dear visiter

    I like very much, if i were with you it will be unremberable day in my life.

    Please send email address everybody.

    Badhai chha hajur.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree