एउटै बाघ जोगाउन यत्रो रकम ?
एउटा बाघ जोगाउन वर्षको कति लाग्ला ? त्यसको अनुमान र आँकलन गर्न सकिएको छैन । तर बाघ संरक्षण यति महँगो र चुनौतिपूर्ण हुँदै गएको छ कि प्रत्येक बाघ जोगाउन वर्षको साँढे सात लाख रकम थप लाग्दै छ । अनुसन्धान अनुसार प्रत्येक बाघ संरक्षणका लागि बिगतको तुलनामा २४ प्रतिशत थप खर्च ब्रिद्दी भैरहेको छ ।
विश्वमा अहिले कूल ३५०० वटा बाघ छन् । चोरी शिकारी, वासस्थानमाथि अतिक्रमण र बाघमाथिका अन्य जोखिमलाई हटाउन बाघ संरक्षणमा यस अघि लगानी गरिए भन्दा थप २४ प्रतिशतका दरले ब्रिद्दी भएको छ । अनुसन्धान अनुसार बाघ संरक्षणका लागि वार्षिक ३ करोड ५० लाख डलर थप लगानि भैरहेछ । त्यो रकमलाई भाग लगाउँदा प्रत्येक बाघको संरक्षणकालागि १० हजार अमेरिकी डलर पर्छ ।
त्यो रकम बाघ पाइने क्षेत्र र वासस्थानको रक्षा गरेर बाघको प्रजनन् क्षमता बढाउने र संख्या ब्रिद्दी गर्नको लागि खर्च गरिने हो । अहिलेसम्म बाघ पाईने ति क्षेत्रको संरक्षणकालागि भनेर संरक्षणवादी, स्थानीय, अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था र स्थानिय प्रशासनले चार करोड ७० लाख डलर खर्च गरिसकेका छन् । त्यो भनेको तिन अर्व रुपियाँ भन्दापनि बढि रकम हो । बाघ पाइने ति उल्लेखित वासस्थान संरक्षणकालागि वार्षिक ८२ लाख डलर लाग्ने उल्लेख छ ।
बाघका त्यस्ता वासस्थानहरु मध्ये भारतमा १८, ईन्डोनेशियामा आठ, रसियामा ६ र बाँकी नेपाल, बंगलादेश र भुटानमा छन् । यति धेरै रकम खर्च गर्दापनि प्रत्येक बाघको संरक्षण सुनिश्चित गर्न नसकिने संरक्षणवादीहरुले बताएका छन् । यो रकम खाली बाघका महत्वपूर्ण ठानिएका वासस्थानको समग्र संरक्षणमा ध्यान दिनकालागि मात्रै हो ।
अध्ययनका अनुसार विश्वका ७० प्रतिशत बाघ बाँकी रहेको वासस्थान मध्ये ६ प्रतिशतमै रहेका छन् । सनो ठाउँमा धेरै बाघ रहेकाले तिनको संरक्षण सहज र महत्वपूर्ण ठानिएको छ । प्रत्येक बाघ संरक्षणकालागि त्यो रकम ठुलो देखिएपनि विशेषज्ञहरुले भने त्यसलाई ठुलो मानेका छैनन् । क्याट कन्सरभेसन अर्गनाईजेसनका एलन रोबोनोविजका अनुसार बाघको छालालाई बजारमा मानिसहरुले २० हजार अमेरिकी डलर तिर्न तयार हुन्छन् । त्यसमाथि हड्डी, नङ्ग्रा,यौनांग र अन्य भागको मूल्य जोड्ने हो भने करोडौं हुन्छ । “चोरी शिकारीहरुले बाघ मार्न गर्ने प्रयासको तुलनामा साँढे सात हजार डलर बाघ संरक्षणको लागि ब्रिद्दी हुनु केहि होइन” उनले भने । उनका अनुसार एउटा म्रित बाघका अंगहरुको मूल्य बजारमा ५० हजार अमेरिकी डलर (करिब ३६ लाख) भन्दापनि बढि छ ।
त्यसो त त्यो रकम सिधा बाघ संरक्षणकै लागि मात्रै खर्च हुँदैन । बाघ संरक्षणका नाममा गरिने त्यो रकम पर्यावरणिय पर्यटनकालगि पनि जाने गर्छ । बाघ संरक्षको लागि नियुक्त गरिने कर्मचारी, स्वच्छ प्राक्रितिक जीवन चक्रको विकास र बाघका आहाराको संरक्षणकालागिपनि खर्च गरिन्छ ।
वर्षको तिन करोड ५० लाख डलर के सानो हो त ? कहाँ बाट आउँछ त यत्रो रकम ? विश्व अर्थतन्त्रको तुलनामा यो रकम एउटा ठुलो बाल्टीमा एक थोपा मात्रै हो भन्छन् संरक्षणवादीहरु भने । तिनका भनाईमा त्यति रकम त बाघका वासस्थानहरु मासेर खेती गरिने फलफूलको न्युन मात्रा बिक्रि गरेर आउने जतिपनि होइन ।
यो अध्ययन वाईल्ड कन्सरभेसन सोसाईटी, आइ यु सि एन, विश्व बैंक लगायतका अन्य संस्था मिलेर गरिएको हो । बाघको संरक्षणकालागि नोभेम्बरको २२ र २३ मा रसियामा हुन लागेको विश्व भेला पूर्व यो अध्ययन गरिएको हो । यो सम्मेलनको प्रायोजन रसियाका प्रधानमन्त्री भ्लादिमिर पुटिनले गर्ने भएका छन् ।
बाघ संबन्धि तलका लेखपनि हेर्नुस–


Hello Dadiji Namaste.
First of all thanks to the giving good information about this.
Well u know i am really bothering about the nepal govt.system they never establish such kind of policy rules and regulation in the nation because all politicians are tied with selfishness.Merely they are thinking how to hold the chair they are shit they don’t have any feeling for the country and citizens so they are doggy ……………..bye
मन परो वा परेन:
0
0
[Reply]
साह्रै राम्रो जानकारि दिनु भयो ददिजी धन्यावाद । बरु आजकाल कम भयो नी ददि जी जिवजन्तु र चरा बारे । तपाईको सिप, ज्ञान र पहिचान नगुमोस् है ? अलि धेरै लेख्ने गर्नुपर्यो ।
मन परो वा परेन:
0
0
[Reply]
लेकाली Reply:
September 28th, 2010 at 3:49 pm
हो त आजकल ददीजीलाइ बढी नै राजनीति लागेको जस्तो महशुस भएको छ । हरेक हप्ता प्रकृति र जीवजन्तु बारे लेख राख्ने बाचा गर्नु भएको थियो तर भुल्न लाग्या जस्तो छ ।
मन परो वा परेन:
0
0
[Reply]
दधि जी,
This is really touchy fact that now people are thinking more to animal than human beings. One very cunning idea is- animal respond but we can not understand actually and delighted that they are not against you. So you like them. Your kith and kin argue for right and wrong so you do not like them. Modern people thinks of dogs, cats and wild animal and spent so much for them, but alas! they kick their parents and fellow members. In their view it is to be a “environmentalists” or even “conservationists”. Actually we should think first to human species: see how many are suffering from diseases, hunger, malnutrition and underprevilage behavior. They do not spent a single penny for them but can spend lots for animal. So, I think, it is a politics of “money holder” and “lender”. Well, we should think about them because we human beings are only species that have characters to think for others. However, you ever realized any wild animal thinks about human welfare ? That is why, IUCN in 2000 publish paper and statement that conservation will not sustained if human well being is not addressed, and in its policy statement it was recorded “sustainable use of wild natural resources”. Therefore my feelings are if tiger conservation is linked with sustainable use or human welfare then in less amount we can conserve them. Other example is- long back many wild plants would have finished like Tulsi and Bar-Peepal and also Thotari (Kchhuwa), etc but as it is linked with human use so they are still there.
Dadhi jee, wehen are you coming back ? we should stat practical conservation campaign in Nepal.
M.K.Chalise
मन परो वा परेन:
0
0
[Reply]
I रेअल्ली अप्प्रिचिअते थिस चोन्सेर्वेशन एफ्फोर्ट्स एंड वे शौल्ड तरी एंड चोन्सेर्वे थिस मग्निफिचेंत अनिमल्स बेफोरे इत गोएस ओफ्फ़ थिस वोर्ल्ड. एंड इ थिंक थिस अमौंत इस जुस्त अ समाल अमौंत एंड ठेरे शौल्ड बे मोरे फुन्द तो मके द वोर्क फोर लोंग टर्म एफ्फेच्ट्स.
मन परो वा परेन:
0
0
[Reply]