धन्न त्यो कुरा वीरेन्द्रले चाल पाएनन
-लोर ल फ्लक
हुन त मैले नेपालमा काम गरिन । पतीको हाँगो समातेर गएकि हुँ नेपाल । नेपालको जम्माजम्मी बसाई भने मेरो उत्क्रिष्ठ रह्यो । हिमाल पहाड देखियो । निषेधित क्षेत्रपनि हामीले पानी पधेंरो झैं घुम्यौं । संसार प्रसिद्द हिम हिम चुचुराहरु धित मारेर हेरियो । एउटा फरक संसार देखियो भन्नु पर्यो । खुशिको सिमानै रहेन । आँखाले ब्रह्माण्ड नाघे । गोडाले आकाश छोएका थिए । धेरै मानिसकालागि कौतुहल र रहस्यमय लाग्ने राजपरिवारका थुप्रै क्रियाकलापपनि हामीले अनुभव गर्न पाइयो । एक पटक राजा वीरेन्द्रसँगको घटना मलाई झल्झली याद आइरहन्छ । एकदिन फ्रान्सेली राजदूतले राजा वीरेन्द्रलाई खाना खान मेरो निवासमा आउन मन गर्छन कि भनेर निम्तो पठाएछन दरबारमा । संभवत आउलान नै भनेर चाहिँ त्यति आशा गरेका थिएनन । तर दरबारबाट खबर आयो, राजा आउन मन गरेका छन खुशिसाथ भनेर ।
उनी आउने भनेपछि खानाको सूचि ९मेनु० पठाइयो । वीरेन्द्रले मन पर्ने खानापनि छानेर पठाए । दरबारका लागि भनेर विशेष मेनु पठाईएको थियो । विशेष कारणले राजदूत बुढाबुढी त्यहि बेला फ्रान्स नआइनहुने भएछ । लौ निम्ता गरिसकिएको छ के गर्ने त रु कार्यवाहक राजदूतले मलाई खाना बनाएर राजा र रुसी राजदूतलाई स्वागत गर्न सक्नुहोला भनेर सोधे । हामीले अस्विकार गर्ने कुरा भएन ।
टेवल सेवल मिलाइयो । मैले खाना तयार पारें । खाना खाने बेलामा कस्तो संयोग पर्यो भने म वीरेन्द्रको आडैमा परें । उनले शंखे किरा बडो स्वादले खाए । मलाई आपत पर्यो । शंखेकिरा खान भनेपछि मलाई एकदम घ्रिणा लाग्ने । खाना आफैंले बनाएकि छु । उनको आडमा बसेर अन्य खाना लिनपनि त्यति सुहाएन । आपत पर्यो । लौ जे पर्ला पर्ला भनेर आफुलाईपनि पस्कें शंखेकिरा । मन नपरि नपरि बडो मुश्किलले केहि खाएँ । किलकिल लागिलागि निलेको सकभर थाह नदिन खोजिरहें । धन्न त्यो कुरा वीरेन्द्रले चाल पाएनन । आफैंले दिएको मेनुबाट उनले छानेकालेपनि उनको रुचिको खाना खानुपर्ने भयो । मेनुमा भएपनि शंखेकिरा रोज्लान भनेर त मैले एकरत्ति सोचेकि थिइन । उनी त शंखेकिरा भनेपछि भुतुक्कै पो हुने रहेछन । खुब स्वाद लिई लिई खाए बा १
हुनत वीरेन्द्रसँग धेरै पटक भेटघाट भएको हो । मेरो श्रीमानले काम गरुन्जेल उनीसित भेट भ इरहने नै भयो । उनीसँग धेरै छलफल गरियो । वीरेन्द्र थिए एकदम सजिला र दयालुपनि थिए । रानीपनि गज्जबले अंग्रेजी बोल्थिन । भेट त दरबारका अरुसँगपनि नभएको होईन । तर ति त्यति फरासिला थिएनन । कतिलाई त चिनिएन पनि । राजपरिवारका सदस्यहरु महिलानै भएपनि उनीहरुसँग बोल्न अलि असहज हुन्थ्यो । वीरेन्द्र चाहिँ अरु भन्दा भिन्न थिए । राजकाजको घेराबाट स्वतन्त्र हुन खोज्थे । निकै सहज भएर प्रस्तुत हुन्थे उनी । ब्यवहार गर्न अप्ठेरा थिएनन ।
यताउति घुम्न गएका बेलापनि उनी अचम्मै गर्थे । कूटनितिक सिमा नाघेर एक्लै घुम्न रुचाउँथे । उनी स्कर्टिङ अंगरक्षक बिनानै एक्लै गाडी हाँकेर बारम्बार बाहिर निस्किरहन्थे । हिमाली क्षेत्रको भ्रमणमा गएको बेलापनि क्याम्प छोडेर उनी फुत्त फुत्त एक्लै निस्कने गर्थे । कहाँ जान्थे,कसलाई भेट्थे कसैलाई नभनि एक्लै निस्किएका उनी स्थानिय मानिसको घरमा गएर चिया खाएर बसिरहेकापनि हुन्थे कहिलेकाहिँ त । गज्जबको पारा थियो उनको ।
त्यसो त, उनी राजकुमार भएको बेला फ्रान्सको नोरमदी क्षेत्र आएका थिए । तर त्यतिबेला भने उनीसित हाम्रो भेट हुन पाएन । दीपेन्द्र चाहिँ हामीले चिन्दा फुच्चे थिए । उनलाई नचिन्ने कुरा भएन । फुच्चे देपेन्द्र हेलिकोप्टरका खुट्किला उक्लिन नसक्दा च्याप्प समातेर सिटमा राखिदिन्थे मेरो लोग्नेले । राजदरबार हत्याकाण्ड सुनेपछि हामी असाध्यै मर्माहत भयौं । के भएको हो बुझ्न कठिन भयो । राजा विरेन्द्रसँगका क्षण आँखाभरि घुमिरहे । कसैले दीपेन्द्रलेनै हो भन्थे । कसैले उनैका भाइले आफु राजा हुन त्यसो गरे भन्थे । हामीलाई असाध्यै दुखि बनायो त्यो घटनाले ।
यतिका वर्ष भयो नेपाल जान त मन लाग्छ नै । तैपनि नजाने विचार गरेका छौं । किनभने हामीमा नेपालको ज्यादै गहिरो संझना छ । त्यहि बेलाको नेपालको गहिरो छाप बसेको छ । हामीले सन १९७० देखि १९७५ मा नेपाल गएका र पछिल्ला वर्षमा फेरि नेपाल पुगेका फ्रान्सेलीसँग भेट्यौं । तिसँग त्यो बेला र अहिलेको नेपालबारे छलफल हुँदा सबै दुखी भएको बताउँथे । सबै मर्माहत बन्थे १९७० को दशकमा देखेको कुरा गुमेको पाउँदा । पहिलेको नेपालको छाप उनीहरुमा उल्टिएछ । हामीपनि अब नेपाल गयौं भने त्यसैगरि चोट पर्ला जस्तो लाग्छ । त्यस्तै मर्माहत हुन नपरोस । पुरानै संझना, पुरानै छाप रहिरहोस भनेर नेपाल नजाने सोच बनाएका हौं । मलाई त्यहि बेलाको नेपाल नै संझना राखिरहौं भन्ने छ ।
नेपालमा धेरै चिज बदलियो । आफुले देखे भेटेका प्रियहरुपनि कोहि दरबार हत्याकाण्डमा मारिए । कोहि लाखापाखा लागे । नेपालका कुना काप्चामा पुगेका हामी । लामो समयका लागि अब जाने पाइने होइन । त्यत्रो समय बसेर नेपाल हेरे भोगेका हामी दुइ तिन दिन पर्यटक बनेर के पो हेर्न जानु र । (ददिराम सापकोटा र अनुराधा पौडेलको प्रकाशोन्मुख पुस्तकको एक भाग । पुस्तकको नाम दर्ता भ ईनसकेकाले गोप्य राखिएको छ । दशैंको लगत्तै सार्वजनिक गरिएको छ। नाम दशैं पछाडि सार्वजनिक गरिनेछ। फोटो-ददि सापकोटा-नेपालप्लस) ।


plz yes ko aaru bhag pani nepal plus ma rakdinus na. late king birendra ko barayma phadda sarai nai runa man lagcha. ani nepali haru samjanchu. yi tahi nepali ta hun jas lay wahako swarga bas huda aasuko dhara bagayaka tiya ra aaja unhai nepali lay unko salik bhatkaudai chan. ma bham dev gautam lai bhetya banay ta tongue nai katayra kukur lai dinthya. janawar.
मन परो वा परेन:
0
0
[Reply]
पढ्दा पढ्दै सकियो,अती चाखलाग्दो,अझ बढी पढ्ने इच्छा मनमा रहेको छ । आशा गरौ त्यो इच्छा तपाईंको प्रकाशित हुने किताव ले पुरागर्नेछ। धन्यवाद !
मन परो वा परेन:
0
0
[Reply]
meeththo ! saarhai meeththo !! tara saarhai vyaktigat ! uhanle Afno maat rai kura garnu bhaeko rehechha, tara yatika varsabhitra nepal ra nepalima ke bityo hola bhanera soche jasto bujhina.
मन परो वा परेन:
0
0
[Reply]
Intersting real story….
मन परो वा परेन:
0
0
[Reply]
अम्मै लौ हेर त “लोर ल फ्लक” दीदी पो रइछीन। झन्डै नचिनेको पो। कत्ती राम्ररी घैला बोकेकी, नेपालमा हुदा काठमान्डौको टुप्पि ठड्याउने जाडोमा बिहानै गैरीधारामा पानिलिन जाने बाँनी, बिचाराले घैलालाइ भुल्नै नसकेर साथै लिएर आइछन। अलिक दुब्लाएकी जस्ति पनी देखिन्छिन। तर वरिपरि नेपाली सजावट, तेसमा पनि टिलिक्क चम्केको तामाको घैला र हँसिलो अनुहारले गर्दा निक्कै नै संतुष्ठ देखिन्छिन।
सापकोटा र पौडेल जीहरुले अब हाम्रि “लोर ल फ्लक” दीदी का मिठा मिठा बितेका दिनहरुका भावनात्मक संझनाहरुलाइ अबस्य पनि इमान्दारिता पुर्वक प्रस्तुत गर्नु हुनेछ भन्ने आशा गरौ। धेरै बिरेन्द्र, रानी, आदी, इत्यादी जस्ता धेरै मरमसलाहरु हालेर स्वादिस्ठ को सट्टा पिरो र स्वादलिनै नसकिने तरिकाले पस्किने हुन कि अब यो त नाम दिए पछि थाहा हुनेछ। बलिउडको जमाना छ अब कता मरमसला नहालि पस्किने भन्ने तर्फ लागे भने चै बिचारा “लोर ल फ्लक” दीदी को कथामा एकदिन सापकोटा र पौडेल जीहरुले फिल्म बनाउने भए भने मुख्य रोलमा “शाहारुख” भाइलाइ नै गुहार्नु पर्ने हुन्छ।
जे होस सापकोटा र पौडेल जीहरुको कोशिस चै गजब छ बा।
कोकोकोला को सन्सनि पुर्ण र रोचक तस्विर लगाएतको कथा पछी अब आउने यो नया कथामा धेरै नै सिर्जनात्मक र ब्यवहारिक बस्तु र बिषयहरु हनेछन जस्तो छ।
मन परो वा परेन:
0
0
[Reply]
raja Birendrako barema padna paauda dherai khusi lagchha. paddha interest huda hudai sakiyao
aasha chha pachika pananhurama pani padna paaunechhu.
मन परो वा परेन:
0
0
[Reply]