बर्तमान परिपेक्षमा राष्ट्रिय सवाल बारे

-विष्णु वाग्ले

किचनास-४, दहपोखरी, स्याङ्जा   bishnu.jpgजेठ १५ गते जन्म लिएर गणतन्त्र भर्खर बामे र्सर्दैछ । गणतन्त्रलई ताते ताते गराउन पाउँदा सामान्य रुपमा खुशि लाग्नु त स्वभाबिकै हो । नेपालमा गणतन्त्र आउँनु पथ्र्यो आएको छ । तर चुनौतीहरुको सामना गरेर जनसमस्याहरुलाई हल गर्नु प्रमुख कुरा हो । खुशिले उन्मुक्त हुनु र चुनौतीमा हतास देखिनुले राम्रो परिणाम दिदैन । हुन सक्छ कसैको हर्षाशु त कसैको रोदन क्रन्दनले अधर भिजेको होला तर पनि परेलीका डीलहरु त टिलपिल भइरहेकै छन् र खरानी बनेर उडेका भातृत्व र अत्मियताहरु अनि विधवाको क्रन्दन र टुहुरको रोदनमा उमंगको खहरे कसरी उर्लाउन ? शहरका सेता महल भित्र बसेर खुशिको उन्माद मनाउनुको मज्जा त अर्कै होला तर जहाँ नाङ्गै आङ र भोकै पेटमा पसिनका धारा बगिरहेको छ, जर्सलई दुई छाक खान र एकसरो लगाउन धौ-धौ परिरहेको छ उसलाई खुशिको के अर्थ ? घाम डुबि तारा नउदाएको आकाश भएको बेला भोको पेट भर्ने आशामा कोइला खानीमा हिरा खोज्दै गरेको ब्यक्तिको प्रतिबिम्ब भेटिन्छ नेपाली निम्न बर्गीय गरीवहरुको बस्तीमा जहाँ गएर अदर्शका कुरा गर्नु कागलाई बेल पाकेको खबर सुनाउन जस्तै हो ।        जुन देशमा स्वाभिमान, परिश्रम र दक्षताको कनै उचित कदर हुदैन अनि भ्रष्टचार र चाकडिको लिप्त यथार्थताले गाँजेको छ, त्यो देशमा राष्ट्रभक्तिको खोक्रो आर्दशको के काम ? प्रजातन्त्रको नाममा प्रजालाई निरंकुश तन्त्रको मन्त्र लठ्ठी र बन्दुकको भरमा कसी लगाईन्छ, अनि ठुलालाई चैन सानालाई ऐन भनेसरी सोझ सिधा जनतालाई बलीको बोको र दशैंको खसी बनाइन्छ भने बहुदलीए प्रजातन्त्रको के सार ? आज राष्ट्रमा गृहयद्धले ज्वालामुखी दन्काईरहेको बेला समस्या समाधान गर्न तिर नलागेर उल्टै कसैलाई अतंकाकारीको बिल्ला भिर्राईन्छ, कतै सुराकी भनेर दर्ज्यानी बर्ढाईन्छ त कतै चन्दादाता भनेर कठारा पुर्‍याइन्छ । कुनै छानबिन बिना नै निर्दोष ब्यक्तिलाई गोलीको भरमा यमलोक पुर्यान्छ । सत्ताको लागि साँढे जुधाई गर्नेहरुको मारमा गरीब जनता परिरहेका छन । भाइ फुटे गवार लुटे भन्ने युक्ति जान्दा जान्दै पनि वीर गोर्खालीको शान्ती राष्ट्र भनेर चिनिने यो देशमा साम्राज्यवादीहरुले सिमा अतिक्रमण गरेर राष्ट्रकै पहुँचमा धब्बा लागि सक्दा पनि राष्ट्रनायक र सत्ताधारीको ध्यान सो कुरामा केन्द्रित भएको पाईएको छैन । जब आफ्नै राष्ट्रको भुमि र स्वदेशी नागरिक रातारात सिमा अत्रि्रमणले विदेशी हुन पुग्छन भने जिम्मेवार पक्षबाट राष्ट्र र जनताका यस्ता सम्बेदनशील समस्याहरुलाई हेलचेक्रयार्यं गर्दै बेवास्ता गर्नुको अर्थ के ? नेपाललाई यो स्थितिसम्म ल्याईपुर्याउन सत्ताको कुर्चीलाई शासक वर्गले सम्पत्ति आर्जन गर्ने माध्यमको रुपमा लिएकाले यस्ता विकृत र विसंगतिपूर्ण सत्ताका तावेदरको नै प्रमुख हात रहेको छ भन्दा अत्यक्ति नहोला ।       

राष्ट्रले नयाँपन खोजिरहेको बेला नेपाली जनताले नयाँ नेपालको परिकल्पना गर्नु असान्दर्भिक नहोला । नयाँ बिहानी आउँनको लागि अँध्यारो रात छिचोल्नै पर्दछ । कालो रातलाई चिर्नका निम्ति नेपाली धर्तीले राता मान्छेहरुलाई जन्माउने क्रम त्रि्र पारेको छ । सहि सिद्धान्तले जीबनको सहि बाटो देखाउँछ । यो बिना कसैको पनि जीबनको गोरेटो अबरुद्ध हुन्छ । बिकृतिले बिकराल लिंदै जानु, मानिस वर्गमा मात्र होईन ब्यक्ति ब्यक्तिमा बिभाजित हुँदै जानु, हिंस्रक र फासिबादी हुँदै जानु,सहकारिता, सामहिकता सामाजिकीकरणको अलवा चरम ब्यक्तिबाद र एकाधिकारबादतिर जानु जस्ता थुप्रै समस्याहरु गलत बिचारबाट प्रेरित समस्याहरु हुन । गलत बिचारको उपजले समाजलाई प्रसव पिडातिर धकेल्छ । यतिबेला हाम्रो देश प्रसब पिडामा छटपर्टाईरहेको छ । सम्भावना र चुनौतिहरुको दोहोरो भार छ ।         भावनामा बग्ने प्रबृत्तिले उदारतालाई जन्म दिन्छ र यसबाट समाज अराजक र भ्रष्ट बन्ने खतरा हन्छ । तर्सथ गलत नेतृत्वको बिरुद्धमा जनतालाई नै ध्यान दिएर जनताले नै निगरानी रख्दै नीति तर्जुमा गरेमा ब्यक्तिबादी र हैकमबादी शैलीको प्रयोगले बढवा पाउने थिएन । परिवर्तनशिल समयसँगै निरन्तर परिमार्जित गर्दै समाजलाई बिकसित गरेर लैजानु पर्छ । समाजलाई समय सापेक्षित रुपमा सामहिकीकरणमा जोड दिनु पर्छ । किन भने सामुहिकीकरणले सबैलाई सविधासम्पन्न बनाउँदछ । त्यसकारण राज्यसत्ताले आम नागरिकको समस्यालाई पहिचान गर्दै ब्यापक जनश्रमको सहि उपयोग गर्दै कु संस्कारको बिरुद्ध नयाँ संस्कारको जग बसाल्दै समाजको समग्र उन्नतिको लागि पूर्वाधार बिकासमा प्राथमिकताका साथ जोड दिनु पर्छ । हाम्रो देश कृषिप्रधान देश भएकाले क्रान्तिकारी भुमिसधार सिद्धान्त लागु गरेर जमिनको पुन बितरण गरिनुपर्छ र जमिनको आधुनिक ढंगले ब्यवस्थापन गरिनुपर्छ । साथै राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय पूँजिको संरक्षण दिने ब्यवस्था हुन पर्छ । त्यसो गरिए मात्रै देशमा प्रजातन्त्र फस्टउने आर्थिक आधार तयार हुन्छ । यसको साथै शिक्षा स्वास्थ्य र रोजगारी जनताका आधारभुत अधिकार बनाईनुपर्छ । नेपालको जुन अर्ध औपनिबेशिक अवस्था छ जसलाई सबै देशहरुसँग पञ्चशिल र असंलग्नताको आधारमा समान सम्बन्ध राख्ने आधार तयार नगरेसम्म यो राष्ट्रको आर्थिक सामाजिक र प्रजातान्त्रिक बिकास सम्भव हुदैन र छैन । त्यसकारण यो राष्ट्रिय पक्ष, हाम्रो राष्ट्रिय स्वाधिनताको ग्यारेन्टी गर्ने सबै कुराहरु संबिधानमा ब्यवस्थित हुनु पर्दछ । हरेक वस्तुलाई द्वन्दबादी ढंगले बुफ्ने, समस्याहरुको पहिचान र त्यसको निराकरण वस्तुबादी ढंगले गर्ने, भूतबाट सिक्दै बर्तमानमा लागि पर्ने र भविष्यबारे सोंचेर अघि बढ्ने बिचार परिबर्तनका पक्षधरले राख्नुपर्छ । सबै मानिस र्सबगुण सम्पन्न  ब्यक्ति होइनौं ।

त्यसैले सक्नेले भौतिक आर्थिक र नसक्नेले प्रोत्साहनका सकारात्मक बिचार उपलब्ध गराएर समाज परिर्वतनमा ठुलो योगदान दिन सकिन्छ । यसको लागि युवा वर्ग सचेत हुँदै भावि सम्भावना तर्फचनाखो भै राख्नु सबै भन्दा महत्वपूर्ण कुरा हो । युवाहरु भ्विष्यका कर्णधार मात्र होइनन् वर्तमानका साझेदार पनि हुन भन्ने कुरा बुझ्न जरुर छ । युवा शक्ति नै राष्ट्रको गहना हो । यो शक्तिलाई भविष्यको रुपमा मात्र नलिएर वर्तमानमा समाज निर्माण कार्यमा सहि सदुपयोग गर्न सकियो भने राष्ट्रले  छिट्टै काँचुली फेर्ने छ भन्ने कुरामा दुई मत नहोला । किन भने बैचारिक तर्क, भविष्यको सम्भावना त्यसको परिकल्पना, सहि अनुमान र सिर्जनशिलताले मानिसको जीवन स्तरमा ठुलो परिवर्तन ल्याउँछ । वर्गीय जातिय र लिंगिय विभेदको अन्त्य नहुँदा सम्म समाजका बिकास निर्माण कार्यमा बाधा उत्पन्न हुन सक्छ । मानिसमा चेतनाको कमिले यस्तो भएकाले सबैभन्दा पहिले शैक्षिक बिकासमा आमुल परिर्वतन ल्याउनु आवश्यक छ । सहि कुराको अनुसरण र गलत कुरालाई त्याग गर्न सक्ने बुझक्कड  समाजको परिकल्पना गर्नु पर्छ भन्ने हरेक परिवर्तनका सम्वाहकले बुझ्न आवश्यक छ । हामि शान्ति चाहन्छौं । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि, प्रकृतिको छटाले भरिपूर्ण यो मुलुकमा अशान्तिले बिकराल रुप लिएको छ । दिनानु दिन आमाको कोख रित्तिएको छ । डाँडा  पाखाहरु बिधवाको क्रन्दन र टुहुराको रोदनले निस्सासिएको छ । मान्छेमा संवेदना  हराएको छ । कोहि बिबाह पछि सुहगरातको सट्टा चुरा फोर्न र सिउँदो पुच्छ्न बाध्य हुन परेको छ भने कोहि गर्भे टुहरा हुनु परेको छ । संगिन र बलले शान्तिको कामना गर्न सकिदैन तर्सथ संवाद र वार्ताको पहल गरिन पर्छ, जसले यो राष्ट्रमा स्वणिर्म दिन फर्काउन सकोस । बम र गोला बारुदको थर्काईले छाति चर्किरहेको बेला बारुदको धुवाँ सँगै कयौं जीवनको अस्तित्व उडिरहेको बेला जहाँ एउटी आमा आफ्नै सन्तानको लासको थुप्रो र रगतको आहाल हेरिरहँदा उमंगको के अर्थ होला र ? तिनै बिक्षिप्त आमा जो आँशुको दहमा डुब्दै आफ्नै सन्तानको लासलाई कख्याउँदै शान्तिको कामना गरिरहेकी छन्, उनैको प्रतिबिम्बको रुपमा पाएको छु नेपाल आमालाई । त्यसैले समयको यो बिन्दुमा सम्यमित भएर अगाडि बढ्नु आवश्यक छ । कति सुनाउन बिधवा फूलहरुमाथि ढुंगा बषिर्एको कथा । कति बताउनु फक्रनै लागेको कोपिलाको पोथ्रा चुँडिएको ब्यथा । चुडाउने र चुडिनेलाई के थाहा कति पिडा हुन्छ हाँगालाई, कति आघात पुग्छ मातृत्वलाई । अर्थ छैन सलामी दिनु र अमर रहनका नारा लगाउनुको । रगतले सिंचिएको भूमिमा उम्रिएको जमरा शिरमा खै के लगाउनु । आर्शिवादका शब्दको अर्थ रहला र खै ? मान्छेको बोल्ने मुख मात्र होईन हेर्ने आँखा र देख्ने मन हुनु पर्छ। सबैलाई चेतना भया ।


  • Dear bishnu wagle jiu=kati ramro lekh lekhnu bhayako kati khusi lagyo jasko seema nai chhaina yasta lakh aghi pani padna paun.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Tapai jastai rastriya chintan ra manabiya bhawana vaeko manisko khacho cha yo desh lai!
    Tapaika hat haru yastai rayastra badi lekh ma badi rahun…..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Dear Wagle ji tapaiko lekh dhere ramro lago phere pani pratichha ma chhu good by.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • जब आफ्नै राष्ट्रको भुमि र स्वदेशी नागरिक रातारात सिमा अत्रि्रमणले विदेशी हुन पुग्छन भने जिम्मेवार पक्षबाट राष्ट्र र जनताका यस्ता सम्बेदनशील समस्याहरुलाई हेलचेक्रयार्यं गर्दै बेवास्ता गर्नुको अर्थ के ? नेपाललाई यो स्थितिसम्म ल्याईपुर्याउन सत्ताको कुर्चीलाई शासक वर्गले सम्पत्ति आर्जन गर्ने माध्यमको रुपमा लिएकाले यस्ता विकृत र विसंगतिपूर्ण सत्ताका तावेदरको नै प्रमुख हात रहेको छ भन्दा अत्यक्ति नहोला । so Great word

    सत्ता मा बस्ने हरु होसगर कि सिमा को लागि आवाज उठाउनु पहिलो आवश्यकता हो देसको सिमा मिचिदा पनि नेताहरु सिहदर्वारको कुर्सी भाग बन्डामै नबिर्सिदेये हुन्थ्यो कि – तिर्थ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sushil poudel ' dubai '

    ” dear bishnu wagle jiu ” bijaya dashamee ko suvha kamana ”
    lekh ramro cha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • santosh paudel

    dear wagle ji tapaiko lekh dhere ramro lago thanks your suggestion for nepali people ok by by

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • raj pandey dubai

    i know what is the ghadatantra but our neta is not good.one by one want to cheirs now telling girigha is this one or that one see what is ghadatantra who is our leder i am not objection u but our country problem …………….. so your lekha is good u giving good sandesh ok

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • सागरिका

    बिष्णु जी खै के भनु तपाईंको यो लेख को प्रसंसा गर्ने शब्द नै छैन म सँग। नेपालको आजको वास्तविकतालाई ऐना बनाइ दिनु भयो । फेरी लेख्नु होला बारम्बार लेख्नु होला तपाईंबाट अरु धेरै धेरै पढन पाउन नेपाली जनता अनी यि मती भ्रस्ट भएका सबै नेता यवम तिन्का पुच्छरहरुले ।तपाई ले भन्नु भये जस्तै सबै नेताहरु लगायत सबै नेपाली जनताहरुको पनि बोल्ने मुख मात्र होईन हेर्ने आँखा र देख्ने मन पनि भैइदिये यो हाम्रो नेपाल सांच्चै नै कती सुन्दर बन्ने थियो होला? तपाईको कलमले समाजमा छरिएको कालिमामा प्रभातको किरण बनी चेतनाको प्रकाश छर्न सफल होस यही छ बिजया दशमीको मेरो शुभ-कामना।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • देश्-प्रेमी

    साह्रै मन छुने लेख लेख्नु भएको मा बिष्णु जि
    लाई ह्र्दय देखी नै धन्यबात
    हो यसरी नै झक्झक्याउनु पर्दछ बिउझेर पनि निदाएका
    नाटक गर्ने हरुलाई,.
    देश हामीहरु सबैको हो सबैको बराबर कर्तब्य छ
    यो देश बनाउनलाई
    आशा छ तपाईंको यो बुलन्द आवाज हरु ले शाही निदान पाउने छ भनेर

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ekadev pandey kuwait

    Dear Bishnu Jee, I study your letter, very nice , and very improtent for us because we are infromed by your letter. I canot live without your admire, realy this letter touch my hourt. No one leader for happy and prospars sothat we shoud be a unit to move the government’s weaks and to bring on line, Thankyou for your letter . Atlast HAPPY BIJAYA DASHAMI forall NEPALI.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Binaya Paudel

    You better immediately stop writing mate. It seems you dont have any sense of language, syntax and the way words are combined. Writing Bla Bla Bla doesn’t mean anything. Mind your own job and let the writer do with the pen.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • nepal plasma prakasit lekh rachhana ramrai chhan ajhai ramra lekh rachhana prakasit garna jamarko garda ramro hunchha jasto lagchha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • sarba partham nepal plaska sampurna karyea dhal lai shuva dipawali ko mangalmaya hardick shuvakamana.
    bideshma huda pani yesari afna manka kura pir haru
    internet marfath bhye pani leker pathune madhiyam
    nepal plasley banai deya chha asma jiyadai khushi lageko chha.
    ahiley nepalma maobadhi neta haruley nepali jantako
    bhwana biparit kaam garna ghai rahechhan. theyo garnu
    bhane ko nepali rajnitickma maobadhi rajnaitick party ko
    prabesh sangai durbhageya pani huna sakchha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree