दशैंको मुखैमा काला बजारिया बढे, सरकार असफल

आज फूलपाती । जनताकालागि वर्ष दिनको यो पर्वमा सरकारले सहुलित दरमा सहयोग गर्नु पर्ने  हो । आवश्यक वस्तुहरुकालागि । तर अहिले नेपालमा काला बजारियाहरुको बिगबिगि यति बढेको छ कि बजार पुरै उनीहरुले नियन्त्रणमा लिए सरह छ । दैनिक नभइनहुने दुध, चिनी, मट्टितेल, नुन, पिठो र मसला जस्ता चिजहरुमा मनलागि मूल्य बढाएका छन । बजारमा ति सामानहरु प्रशस्तै छन । तर चर्को मूल्य असुल्नकालागि “सामान को अभाव छ, यो पटक सामान नै आएन, डिलरले दिँदैन हजुर हामीले के गर्ने” यस्तै यस्तै भनेर शोषण गरिरहेका छन । यो त मैले आफ्ना दैनिक ग्राहकलाई भनेर बल्लतल्ल ल्याएको हजुर भन्दै काला बजारियाहरुले दोब्बर मुल्य लिइरहेका छन । त्यसरि बाध्य भएर दोब्बर मुल्य तिर्न खोज्दापनिग्राहकहरुले सामान पाउन सकेका छैनन ।
स्थानिय स्तरबाट त्यसको ब्यापक बिरोध र असन्तुष्टि भएपछि हिजो क्याबिनेट बैठक बसेको थियो जसले सहज आपूर्ती गर्ने, कडाईका साथ बजार अनुगमन गर्ने, कालाबजारियाहरुलाई कारवाहि गर्ने निर्णय गरेको थियो । तर त्यसको प्रभाव आज नेपालमा कहि र कतैपनि पर्न सकेको देखिएको छैन । त्यसैगरि, त्यस्ता काला बजारियाहरुलाई स्थानिय स्तरमै कारवाही गर्न सक्ने अधिकार उपभोक्ता सरक्षण ऐनलेपनि दिएको छ । त्यस्तो अनुगमन र कारवाही गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई छ । तर सरकारले तिनलाई परिचालित गर्न नसकेर तिपनि बेकम्मा सावित भएका छन । काला बजारियाहरुले त्यहि कमजोरीको फाईदा उठाएर पुरै बजारलाई नियन्त्रणमा लिएका छन ।

  • prakash bastola

    all political pary are like same,nobody have nationality, maoist also fell on his way.they are forget their road map.if the nepal has gone on this way with in 10 years, may be nepali will be poorist in the world and make unsuccess country.so i request to all political leader you are dont forget nationality,humanright,people manded.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Parsu Ram Bhandari

    अपुर्ती मन्त्री जि तपाईं को के काम यदी तपाईले कन्ट्रोल गर्न न सक्नी भय रजिनामा दे भाईहलोनी, यदी तपाईं गरीब नेपाली जनत को प्रथिनिधी हो भनी भरस्त हरु को सम्पत्ति सिल गरर उनिहरु लाई कर्बै गर्नुस् नत्र हजुर लाई केही दिन को रमझम पछी फेरी हामी जनत ले सडक म लौन पनि सक्छौ ,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • देश्-प्रेमी

    ब्यापारको नाम मा काला बजारी गर्ने
    र त्यसलाई सम्रक्षण गर्ने हरुको दुर्गा भवानी
    ले नस्ट गाह्रोस कहिल्यै सोछेको पुरा नहोस्

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • nepal ma kada kanun ko khacho chha k garnu kanun palana garne le nai kanun ulanghan gari rakha chan yaha yestai ho yaha kahi k bhannu sarai dukha lagchha malai ta.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • yesta kalabajari haru lai sarkarle kehi garnu shakyo ta ? jun joghi aayepani…………………………..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree