नेपालमा संबिधान बनेन कसो गर्ने ? पेरिसमा छलफल हुँदै

संबिधान बनाउन भनेर जनताको करबाट तलब र कसम खाएका हाम्रा सभासद र नेताले दुई वर्षसम्म बनाउन सकेनन् । थपिएको अर्को एक वर्षे कार्यकालपनि आधा गुज्रिन लाग्यो । तर अहिलेसम्मपनि संबिधान बनाउन चासो दिएका छैनन् । बरु राजनीतिक पार्टीहरु आरोप प्रत्यारोपमा उत्रिरहेका छन् । सभासदहरुले बिना संकोच हाम्रो गरिब मुलुकको तलब थापीरहेका छन् । नेताहरु देशमा संबिधान बनाउन छोडेर पत्नीहरुसहित बिदेश भ्रमणमा रमाएका छन् । बिदेशमा बस्ने नेपालीहरुले पनि स्वागत गरिरहेका छन् थुप्रै मुलुकमा ।

यस्तो अवस्थामा बिदेशमा बस्ने नेपालीहरुको भूमिका के ? के हाम्रो देशको अहिलेको अवस्थाबारे हाम्रो कुनै चिन्ता, चासो, चाख र सरोकार छैन ? के हामी प्रजातान्त्रिक भनिने मुलुकमा बसिरहेका नेपालीले कुनै रचनात्मक भूमिका खेल्न सक्दैनौं ? यसै विषयमा आगामी अक्टोबर ३१ तारिख आइतवारका दिन पेरिसमा खुल्ला ब्रिहद छलफल हुँदै छ ।

यो कुनै राजनीतिक पार्टी, कुनै संघ संगठनले राखेको कार्यक्रम होइन । आफ्नो देशको अवस्था र प्रजातन्त्रकालागि चासो राख्ने, देशको भलो चाहने र आफ्नो रचनात्मक सहयोग वा समर्थन दिन खोज्ने नेपालीहरुको आव्हान हो । त्यसमा सहभागि भएर देशका लागि आआफ्नो तर्फबाट सहयोग र समर्थन जुटाउन सहयोग गर्नु हुन सबै फ्रान्सबासी नेपालीहरुलाई आव्हान छ । कार्यक्रम कहाँ र कहिले हुने तल हेर्नुहोस् ।

 कार्यक्रम हुने मिति- ३१ अक्टोबर २०१०, आइतवार

 समय-  दिनको २ बजेदेखि ६ बजेसम्म

स्थान-  रेस्टुरेन्ट काठमाडौं

ठेगाना-   22 rue de Boulangers, 75005 Paris.

मेट्रो-  Jussieu /

लाइन- 7

यो खबर चिनजानका अन्य नेपालीहरुलाईपनि पठाइ दिएर सहयोग गर्नुहुन अनुरोध छ ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree