किन सुस्तायो नेपाल प्लस ?
ब्लग गर्न नपाएको धेरै भयो । एक हप्ता झण्डै । मैले दशै मनाएपछि ब्लग गर्नै पाइन । दशैको लगत्तै काठमाडौ गइयो । काम नै काममा दौडिइयो । मेरो दोस्रो प्रकाशोन्मुख पुस्तककालागि गयो धेरै समय । हिजो पोखरा आएको । तस्बिरहरु त खुब खिचियो, हेरियो केहि ठाउ । तर ब्लग गर्न सकिन । म सग ल्यापटप छ । तर कि बोर्ड फ्रान्सेली पर्यो । त्यो बानी परेपछि अङ्रेजी किबोर्ड चलाउन मुश्किल पर्ने रहेछ । किनभने किबोर्डनै मिल्दैन फ्रान्सेली र अङ्ग्रेजी भाषाको । नेपालमा लेख्न मन लाग्दा बत्ती जान्छ । सुत्ने बेलामा आउछ । धेरैजसो ठाउमा बत्ती नभएपछि नेटपनि नआउने रहेछ ।
चितवनमा साथी रुपेन्द्रले मेरो ल्यापटपमा नेट जोडिदिन्थे र मैले ब्लग अपडेट गर्थे । पोखरा आएपछि मेओ कम्प्युटरमा नेटनै जोडिएन र समस्या पर्यो । यो बिचमा मैले काङ्रेस, माओवादी र सरकारका थुप्रै गोप्य समाचार पाएर पनि लेख्न पाइन । असाध्यै थक्क थक्क भएको छ । ति मध्ये केहि त अझै सार्वजनिक भएका छैनन । प्रसिद्द लेखक खगेन्द्र सङ्ग्रौला दाईसितपनि मैले भेट गरे । उनीसितका गफ गाफपनि कम्ति रोचक छैनन । अब पर्सी म चितवन फर्किन्छु र ब्लगलाई नियमित गर्छु । त्यो बेला सम्मका लागि मैले क्षमा माग्नु र तपाईहरुले क्षमा दिनु बाहेक अर्को बिकल्प छैन । त्यो बेला सम्म तपाइहरुलाई नया नया लेख रचना पठाउन मेरो आग्रह् छ । केहि पठाउनु भएको छ भने केहि दिन पर्खिनुहुन फेरि आग्रह है त् ?


दधी ज्यु साच्चै कता हराउनु भयो भनेको त ?पोखराको रमणिय ढ्रिस्यहरुमा हराइरहनु भएको रहेछ । राम्रो राम्रो खुराकहरु ल्याएर छिट्टै पस्किनुहोला हामी प्रतिक्ष्यामा छौ।
मन परो वा परेन:
0
0
[Reply]
एउटा सुचनाः
नेपाली भाषाका ब्लगहरू निम्न ठेगानामा सूचीबद्ध गरेका छौं । नेपाली भाषामा कुनै नयाँ ब्लग बनाउनुभएको छ भने ब्लग ठेगाना पठाईदिनुहोला ।
http://nepalibloglist.blogspot.com
मन परो वा परेन:
0
0
[Reply]
तपाइँहरु को फोटो हेरेर मेरो गाउँ को पो याद् आयो भन्य, मेरो गाउन् पनि त्यतिक्कै रमाइलो छ भन्या नपत्याए मेरो फोटोहरु हेर्नुस् न त । http://www.blog.nayanepalnews.com
मन परो वा परेन:
0
0
[Reply]
nepal plus abiral bagdachha sustayo bhanu tapai ko vram ho.
मन परो वा परेन:
0
0
[Reply]
kya ho daju nepal aayara pani wastai na garna yo ta ali vayana ni
मन परो वा परेन:
0
0
[Reply]