“जनताको समर्थन बटुल्न मात्रै माओवाद”-पूर्व फान्सेली राजदूत
माओवादी जनयुद्दका बेला उनले नेपाललाई गरेको सहयोग बिर्सिनसक्नुको छ । सडक सडकमा मान्छे मारिन्थे । त्यसले उनलाई छुँदैनथ्यो । गाउँ गाउँमा भिडन्त हुन्थे तर उनले वास्ता गर्दैनथे । गाउँबाट सारा मानिस शहर पस्थे । उनी चाहिँ पहाडतिर लाग्थे । अमेरिकी, बेलायती र अन्य मुलुक ‘लौ नेपाल असुरक्षा छ, नजाउ’ भनेर धमाधम सूचना जारी गर्दा उनी चाहिँ हातमा लौरो लिएर अन्नपूर्ण र सगरमाथा अनि हेलम्बुतिर पैदल यात्रामा गएर देखाउँथे- ल हेर कहाँ छ असुरक्षा नेपालमा ? नेपाल नजान सूचना जरी गर्ने बिदेशीहरुलैइ चुनौति नै थियो त्यो ।
पूर्व फ्रान्सेली राजदूत मिसेल जुलिभेटसित भेत्न मन लागेको निकै पहिले हो । तर नेपालबाट उनी सेवा निब्रित्त भएर फर्केकाले कूटनितिक सेवामा रहँदा प्रयोग गरेको ईमेल रद्द गरेछन् । निक्कै समयपछि एउटा कार्यक्रममा भेट हुँदा बल्ल त्यसको पत्तो पाइयो । लौन एक दिन गफगाफ गरौं भन्ने प्रस्ताव राख्नासाथ उनले सहर्ष स्विकार गरे । पेरिसको ठेगाना दिए ।
उनलाई काठमाडौंमा अरु देशका कूटनितिज्ञले बहुलाहा, सन्काहा, डरै नभएको, ज्यानको मायानै नभएको कूटनितिज्ञका रुपमा हेर्थे । ‘जुलिभेट तिमी के सन्काको ? माओवादीले मान्छे मारेर एकदम असुरक्षा छ । तिमीलाई मर्ने मन छ ? तिमी किन गाउँ गाउँ त्यो डाँडा पाखा गएको ?’ फ्रान्सेली परराष्ट्र मन्त्रालयले उनलाई त्यसै भन्दै धेरै पटक सचेत गराएको उनले सुनाए ।
‘माओवादीले अहिलेसम्म एक जनापनि बिदेशी पर्यटकमाथि हमला गरेको छैन । पर्यटक आक्रमण गर्ने उनीहरुको नीतिनै छैन । उनीहरु त बरु पर्यटनको बिकास गर्न चाहन्छन् । उनीहरुको आन्तरिक कुरामा हात नहाले पर्यटकलाई केहि गर्दैनन् । मओवादीहरु राज्यसित लडेका हुन्, पर्यटकसित दुस्मनी छैन । त्यस्तो केहि खतरा छैन यहाँ’ भन्दै अड्डि कस्ने रहेछन् उनी ।
संभवत त्यहि कारणले गर्दा उनी सबैका लोकप्रिय बने । माओवादीहरु आतंककारी होइनन् राजनीतिक लडाई लडेका हुन् भन्ने अभिब्यक्ति दिएकाले उनी माओवादीको प्रिय बने । उता भटाभट सूचना जारी गरेर आफ्ना देशका पर्यटकलाई नेपाल नजान आग्रह गरिरहेका बेला उनले होइन सुरक्षा छ पर्यटकलाई भन्दै आफैं पद यात्रा गएर देखाए । पर्यटकलाई नेपाल भ्रमणमा उत्साहित गरे । त्यो देखेर सरकारपनि दंग । सर्व साधारण र ब्यापारी लगायत सबै दंग ।
सायद त्यहि कारण थियो, प्रचण्ड सार्वजनिक हुँदा त्यसको छोटो समयमै जुलिभेटलाई भेट्न पुगेका थिए । पछिपनि पटक पटक बाबुराम भट्टराइ र पचण्डसित उनको भेट भएछ ।
भेटमा उनीहरुसित बिभिन्न विषयमा कुरा हुने भए । बाबुराम भट्टराइ र प्रचन्डसित उनको जिज्ञासा हुने रहेछ- होइन यो माओवाद भनेर तपाईहरुले कस्तो माओवाद ल्याउन खोजेको ? चिनमा माओकालिन ब्यवस्था जस्तै ? त्यस्तै कडा कम्युनिष्ट ब्यवस्था ? यत्रा विशाल दुई देशबिच रहेको यति सानो देश नेपालमा के त्यस्तो कम्युनिष्ट शासन टिक्छ ? त्यो त कुनै हालतमा संभव छैन भन्ने रहेछन् उनी । तपाईहरु रुपान्तरित हुनुपर्छ भन्ने तर्क राख्ने रहेछन् जुलिभेट ।
चिन र भारतको यो द्रुत गतिमा भैरहेको आर्थिक विकासको नेपालले फाइदा लिन सक्नुपर्छ । त्यसले नेपालमा प्रभाव पार्छ । पूँजीवादी विश्व अर्थतन्त्रमा शक्ति राष्ट्रका रुपमा उदाइरहेका त्यस्ता दुई मुलुकबिच नेपालले कम्युनिष्ट शासन टिकाउनै सक्दैन भन्ने तर्क उनी गर्ने रहेछन् । अनि लाग्ने रहेछ- बाबुराम भट्टराई र प्रचण्डले यो बुझेका छन् कि छैनन् ?
के को नबुझ्ने ? बुझ्दैनन् पचण्ड र बाबुरामले ? दुबैले राम्रोसित बुझेको उनले बताए । नेपालमा त्यस्तो शासन टिक्दैन भन्नेमा उनीहरु स्पष्ठ रहेछन् । किन माक्सवाद, लेलिनवाद, माओवादको सिद्दन्तको कुरा गर्नुहुन्छ त भनेर सोध्द्दा बाबुरामले जवाफ दिएछन्- जुलिभेटजी हेर्नुस् न राजनीतिमा त्यस्तो हुन्छ के । त्यस्तो गर्नुपर्छ । केहि निश्चित समयको लागि पनि त्यो गर्नुपर्छ । उनीहरुले कार्यकर्तालाई विश्वासमा लिन, प्रभाव पर्नको लागि मात्रै माओवादका चर्का नारा उरालेका रहेछन् । नेपालमा कम्युनिष्ट नारा र सिद्दान्तको आकर्षण छ । त्यसबाट जनतालाई विश्वासमा लिन सजिलो हुन्छ । जनतालाई विश्वासमा लिएर शक्तिमा पुगेपछि माओवादीपनि रुपान्तरित हुने हो । तिनको माओवादी सिद्दान्तले शासन गर्न सकिन्न भन्नेमा उनीहरुनै स्पष्ठ छन् ।


पहिले तपाइको लेखको सुरुको अंस >
माथिको वाक्यमा माअोवादीलाइ पनि जनाउद्छ र कुनै तेस्रो ब्यक्तिलाइ पनि जनाउदछ। कुनै पनि लेखको सुरुवात नै यस्तो बहुअर्थ लाग्ने सर्वनामबाट गर्नु राम्रो होइन भनेर हाम्रो प्रोफेसरले हामीलाइ सधै भन्छन। तर म तपाइलाइ अर्ती दिन भने खोजेको होइन नि। राम्रो कुन हुन्छ अाफै बिचार गर्दा राम्रो हुन्छ।
अस्तु
मन परो वा परेन:
0
0
[Reply]