एन आर एन

स्पेन र पोर्तुगलका नेपालीहरुको साझा माग : सरकार दुतावास दे

भोला लामिछाने, यूरोप स्पेन र पोर्तुगलमा राजदुताबास स्थापनार्थ नेपाल सरकारले चासो लिएको छैन । दशकौ भैसक्दापनि स्पेन र पोर्तुगलमा नेपाल सरकारले दोहोरो राजदुताबास स्थापनार्थ कुनैपनि कदम अगाडी सारेन । दिनानुदिन बढ्दै गैरहेको गैह्रआवासीय नेपालीहरुको संख्या र त्यहाँका उत्पन्न समस्याहरुलाई मध्यनजर गर्दै नेपाल सरकारले दुताबास स्थापनार्थ गर्नु पर्ने हो । तर गरेको छैन ।

बाँकी अंश...

युरोपेली क्षेत्रीय वैठकलाइ भेला होइन ‘रमाइलो मेला’ बनाइयोस्

पूर्ण बन्धन / कोपनहेगन, डेनमार्क क्षेत्रीय भेलाका सकारात्मक कुराहरू पहिले लेखेर, नकारात्मक कुराहरूलार्इ पुछारमा राख्न पाएको भए कति रमाइलो हुन्थ्यो । यसमा जे देखें त्यै लेखें। यसमा अनुशरणीय कुराहरू भने दूरदर्शक यत्र लगाएर खोज्नु पर्ने खालका छन्, है । नेपाल गरिब अवश्य छ । यद्यपी निरिह भने छैन । एनआरएनका नीति र कार्यक्रमहरु नेपाल निरिह […]

बाँकी अंश...

एन आर एन सम्मेलन : दुतावासलाई दबाब दिँदा नेपालीको बेइज्जत, केहि उपलब्धि

एन आर एन ए (गैह्र आवाशिय नेपाली संघ) को क्षेत्रिय सम्मेलन डेनमार्कमा भैरहेको छ । कार्यक्रममा केहि राम्रा कामपनि भए, समाजसेवीलाई सहयोग । बिदेशी पाहुनाकाबिचमा भने नेपालको बेईज्जत हुने काम गरे, बेथिति, कमजोर व्यवस्थापन र नेपालीको जाँडपानी र होहल्लाका कारण । डेनमार्कको पाँच तारे हिल टन होटेलमा नेपालीले जाँड रक्सी खाएर होहल्ला भएको, आफ्ना अन्य […]

बाँकी अंश...

पोर्तुगलको पानीभन्दा सस्तो बियरसँग नुहाउनेहरुसँग मैले के नै जोहरी खेल्नु ?

गणेश पाण्डे / पोर्तुगल केहि दिन अगाडी एन आर एन पोर्तुगलका केहि साथीहरुको साथमा अरुपनि नेपाली साथीहरु मैले काम गर्ने रेस्टुरेन्टमा आउनु भएको थियो । त्यही हुलमा केहि भद्र र केहि झुण्ड पनि थिए । केहिले मलाई के लेख्न हुने र के लेख्न नहुने भनेर सम्झाए । मैले सहज नै स्वीकार गरें । केहिले बबाल […]

बाँकी अंश...

एन आर एन क्यानडा सँगै २२ जना नेपालीको नाम क्यानडा सरकारको कालो सूचीमा

-डिल्ली अंमाई क्यानडाको सरकारले २२ जना नेपालीको नाम कालो सूचीमा राखेको छ । उसले ति नेपालीको नामनै सार्वजनिक गरिदिएको हो । एन आर एन क्यानडा सामाजिक, परोपकारी संस्थाका रुपमा दर्ता गरेर क्यानडाको कानुन बिरुद्द गएकाले कालो सूची निकालेको हो । संस्था दर्ता गरेको तर प्रचलित कानुन अनुसार वार्षिक हिसाबकिताब नदेखाएको, संस्थाको रकम धेरै उल्लेख गरेको […]

बाँकी अंश...

एनआरएन पोर्चुगलको कोषमा पदाधिकारीको लुछाचुँडी

गणेश पाण्डे / पोर्चुगल (अघिल्लो समितिले अगस्ट १६, २०१५ मा महाधिवेशनमा पेश गरेको आर्थिक प्रतिवेदन) गैर आवासीय नेपाली संघ(एनआरएन) पोर्चुगलको कोष पदाधिकारीबाट दुरुपयोग गरिएको खबर बाहिर आएको छ । अगस्ट १७, २०१५ बाट कार्यकाल शुरु गरेको यो समितिले अघिल्लो कार्यसमितिबाट १७ हजार पाँच सय सत्ताइस युरो बुझेको थियो ।

बाँकी अंश...

सुधारको प्रयास आफैबाट

 – धरम के.सी. बैदेशिक रोजगार क्षेत्रका बिकृति, बिसंगति र सुधारबारे धेरै लेखियो, धेरै बोलियो पनि । अबका दिनमा थोरै लेख्ने, थोरै बोल्ने र थोरै भएपनि सुधारतर्फ ठोस काम पनि गर्ने अठोट गरें । यसैबिच म संलग्न संस्था (NRNA)ले यही क्षेत्रको बिशेष जिम्मेवारी पनि दियो । कार्य योजना, कार्यदल र कार्यतालिका नै बनाएर निश्चित काम गर्ने […]

बाँकी अंश...

घर न घाटका एन आर एनहरू

– रविचन्द्र भट्टरार्इ / भियना, अष्ट्रिया एन आर  एनलाई दोस्रो दर्जाका नेपालीहरूको रूपमा लिइन्छ । नेपालबाट हेर्दा देश छाडेर बाहिर बस्ने सबै नेपालीहरूले जतिसुकै माेजमस्ति र रमाइलाे गरेकाे देखिए पनि वास्तविकता अर्कै हुन्छ । केके न गरूँला भनेर देश छाड्ने प्रायः नेपालीहरू अहिले घर न घाटकाे अवस्थामा पुगेका छन् । विदेश बस्ने रहर पुरा गर्न बाहिरिने नेपालीहरूकाे […]

बाँकी अंश...

मानव तस्करी काण्डले एन आर एनमा रडाको : पदको दुरुपयोग र छानबिन समितिलाई बाधा पारेको भन्दै शेष घले समक्ष उजूरी

मानव तस्करी र अनियमितताको प्रसंगले यतिखेर एन आर एन ए भित्र रडाको मच्चिएको छ । तानातान र दबाब छ । तर्कबितर्क, पक्ष बिपक्ष र दबाब स्रिजना भएको छ । एन आर एनको केन्द्रिय नेत्रित्वकर्तामाथिनै मानव तस्करी गरेको आरोप लागेपछि त्यस्तो रडाको नमच्चियोसपनि किन । यो मानव तस्करी काण्डले झन चर्को रुप लिँदै गएको छ । एसेन्टा […]

बाँकी अंश...

शेष घले बिरुद्द केन्द्रिय पदाधिकारीहरुको हस्ताक्षर अभियान

बिनोद शर्मा / टोकियो, जापान गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) का केन्द्रिय अध्यक्ष शेष घले बिरुद्द केन्द्रिय पदाधिकारीहरुलेनै हस्ताक्षर अभियान चलाएका छन् । केन्द्रिय बिधनलाईनै लत्याएर मनपरि ढंगले पदाधिकारीहरु मनोनयन गरेको भन्दै तिनले बिरोध अभियान चलाएका हुन् । यो अभियानमा केन्द्रिय तहकै बहुमत पदधिकारीहरु लागेका छन् । दोस्रो कार्यकालको लागि निर्बाचित भएर […]

बाँकी अंश...