किन चाहेका छैनन् संघियता र जनजातिलाई अधिकार ?
प्रचण्डले अखण्ड चितवन भन्दै निकालेको वाणी अहिले अखण्ड सूदुर पश्चिमसम्म फैलिएर माओवादीलाईनै अप्ठेरोमा पारिरहेको छ । अचम्मा लाग्दो के छ भने संघियता र जनजातिको अधिकारकालागि लडेको नेकपा माओवादीका नेता लेखराज भट्ट र दरबारका पाल्तु चौकिदार, प्रजातन्त्रलाई दरबारमा लगेर बिसाउने शेरबहादुर देउवा दुबै त्यो अखण्ड सूदुर पश्चिमका पक्षमा देखिए । भारतीय राजदूतको बिस्कुन चर्न हिँडेपछि भट्ट [...]
बाँकी अंश...जनजातिलाई अधिकार दिँदा बाहुन क्षेत्री किन तर्सिने ?
एक जना साथीले मलाई सोधे ‘हैन ददी जी, तपाइ बाहुन भएर किन जातिय अधिकारको पक्षमा चर्किनुहुन्छ ? जातिय अधिकार भो भने त बाहुन क्षेत्रीलाई लघार्छन् नी ठाउँ ठाउँबाटै।’ मैले उनैलाइ जिज्ञासा राखें ‘ए जातिय राज्य भन्न खोजेको मन नपरेका अरु जात, जाति, भाषा भाषीलाइ लघार्ने भनिएको हो र?’ ‘यी जनजातिले बाहुन क्षेत्रीलाई मात्रै गाली गर्छन्, [...]
बाँकी अंश...बाबुरामका अगाडि उपरखुट्टी नलगाउन बेलायती राजदूतलाई पत्र
बेलायत बसाईका चार दिन मध्ये पछिल्लो दिन हतार हतारमा बिहानै पुगियो रिचार्ड ओडेलका घर । करिब २५ वर्ष बिताएका रहेछन् उनले नेपालमा । खासगरि उनी रहेछन् बिकाशको संरचना तयार पार्ने ब्यक्ति । उनी बडो अजिवका मान्छे रहेछन् । के जङ चल्यो कुन्नी, उनले कम्मर कसेछन् विश्व भ्रमण गर्ने । घरबाट निस्कँदा ५० पाउण्ड रहेछ उनको [...]
बाँकी अंश...लण्डनमा नेपाली पत्रकारको जमघट : अबचाहिँ केहि हुन्छ हुन्छ
(बायाँबाट पहिलोमा भगिरथ योगी, प्रवेश सुवेदी र नरेश खपांगी । दाहिनेतिर पहिलोमा म आफैं, शशी पौडेल र श्याम लुइँटेल) मेरो मुल उद्देश्य थियो, नेपाल जाने बुझेका बेलायतीसित गफागाफ गर्ने । केहि नेपालीसित अन्तर्वार्ता गर्ने आगामि दुई पुस्तककालागि । त्यसैले भेट्न र रमाउन खोज्ने साथीहरुसित यो पटक भेटौंला झैं लागेको थिएन । तर बीबीसी नेपाली सेवाका [...]
बाँकी अंश...बेलायतको सडकमा हरेक तेस्रो ब्यक्ति नेपाली
रिडिङ शहरको हिन्दू मन्दिरमा देब्रेबाट शशी दाइ, म र सरमन मगर) यतिखेर म बेलायतमै छु । लण्डनको नाकमुन्तिर छ बसाई । हिजो बिहान उठेर फेरी उहि किताबका गफ गरियो एक्कै छिन् भाउजु करुणासित । शशी दाईले अब केहि घत लाग्ने, मन छुने, चाकरी रुचाउनेले होइन, न त हो देखाउनलाई । साँच्चै पाठकले रुचाउने किताब लेखे [...]
बाँकी अंश...आधा दर्जनसित छलफलकालागि आइपुगियो बेलायत
स्पेनको यात्रा पछि निक्कै समय लाग्यो नेपाल जाने बुझेका, नेपाललाई वर्षौंदेखि नियालीरहेका, नेपाल र नेपालीलाई माया गर्ने र नेपालका विविध विषयमा अध्ययन अनुसन्धान गरेर नाम र जिवन कमाएकासित अन्तर्वार्ता गर्न । यूरोपमा बेलायत सायद त्यस्तो मुलुक हो जहाँ सबै भन्दा बढि होलान् त्यस्ता पात्र । त्यसपछि बल्ल सायद फ्रान्सेलीहरु पर्लान् । तरपनि के के मिलेको [...]
बाँकी अंश...तिन दशकदेखि राई र लिम्बूका पछि पछि
राईहरुले कति जान्दछन् राई र लिम्बू भाषा र संस्क्रितिबारे त्यो भन्दा कयौं गुणा जान्दछन् उनी । तर उनी न त राई हुन्, न लिम्बू नै । न नेपालमा जन्मे हुर्के नत नेपालीनै हुन् । तर उनलाई राई भाषा खरर आउँछ । लिम्बू भाषामा पारखी छन् । प्राध्यापक डा मार्टीन गेन्जले । उनको जन्म थलो जर्मनी [...]
बाँकी अंश...सबै नेपालीले दौरा सुरुवाल लगाइदिए पो !
आम्स्टरडममा विल्कोसित गफ्फिँदै जाँदा उनले भनेका केहि कुरा मध्ये नेपाली राष्ट्रिय पोशाक बारेपनि थियो । उनको तर्कले हामी सामान्य नागरिक त के हाम्रा नेताको दिमाखमा लागेको बुद्दीको बिर्कोपनि खोल्न सहयोग पुग्ने लाग्थ्यो । उनी नेपाली पोशाक असाध्यै रुचाउने रहेछन् । त्यहाँको नेपाली कार्यक्रममा नेपाली पोशाकमै नाचेका पनि । उनको काममा सधैं नेपाली पोशाक लगाएर जान [...]
बाँकी अंश...ए दिल्लीमा मलाई भेट्ने त्यो फ्याङ्ले बाबुराम अहिले प्रधानमन्त्री ?
एकाध वर्ष अघि साथी रबीन ओलीको रेस्टुरामा उनले सुनाएका थिए, बिध्यार्थीकालका च्याँसे बाबुराम भट्टराईबारे । त्यो बेलाको त्यहि च्याँसे ठिटो अहिले प्रधानमन्त्री डा बाबुराम भट्टराई बनेपछि उनलाई लाग्ने रहेछ्, ए रात्तै मैले जिन्स पाइन्टमा दिल्लीका गल्ली गल्लीमा भेट्या त्यो चिम्से पातलो ठिटो यहि बाबुराम भट्टराई हो र ? गत साल पेरिसको आफ्नै पोखरा रेस्टुरेन्टमा गफ्फिन [...]
बाँकी अंश...अवसर पाए पुरुष भन्दा कम रैछन् त महिला ?
महिलाहरु कमजोर हुन्छन् । ती पिलन्धरे हुन्छन् । जोखिम लिन डराउँछन् । जिम्मेवारीबाट भाग्छन् । नेत्रित्व क्षमता हुन्न । छत्र छायाँमा बस्न रुचाउँछन् । कमजोर मानसिकता हुन्छ । चुनौतिपूर्ण अवस्थामा गोडा लरखराउँछन् । ज्ञान र सिपमा पुरुषभन्दा कमजोर हुन्छन् । पुरुषका सहयोगी त हुन्छन् तर नेत्रित्व लिएर आफैं अघि सर्दैनन् भनेर हेयको भावनाले हेरिने गरिन्छ [...]
बाँकी अंश...
