समाचार

नेपाली दुतावास भवन : बेश्यावृत्ति र लागू औषधको अखडा

● कृष्णहरि पुष्कर यो एउटा दुख लाग्दो तथा सत्य कथा हो कि यूरोपकै मुटुमा रहेको बोनस्थित नेपाली दुतावास भवन अहिले गैह्र कानुनी बेश्यावृत्ति र लागू औषध दुर्ब्यसनी केन्द्रमा रुपान्तरिक भएको छ । अवलोकन कर्ताहरुले दाबी गरिरहेका छन्, यो एउटा गैह्र कानुनी क्रियाकलाप र ठग तथा लुटेराहरुको केन्द्र बनिरहेको छ । तरपनि यो अझै अनुसन्धान भैरहेको विषय [...]

बाँकी अंश...

पत्रकारको नाम लिँदै बिदेशका नेपालीलाई ठग्ने धन्दा

यदि कुनै मान्छेले तपाइको अनुहार हेरेर भुत, वर्तमान र भविष्य हेरिदिन्छु भन्यो भने पत्याउनुहुन्छ ? त्योपनि प्रत्यक्ष होइन, स्काईपबाट हजारौं दुरी टाढाको मान्छे हेरेर बताउने रे । त्यसरि ठग्ने ब्यक्ति पत्रकार । पर्वत घर भएका लक्की भवानी र उनको समूहले स्वदेश र बिदेशमा रहेका नेपालीहरुलाई यसरि ठग्दै आएका हुन् । अरुलाई भ्रममा पारेर ठग्न सजिलो [...]

बाँकी अंश...

यूरोप स्तरिय न्रित्य प्रतियोगिताको तयारी भब्य, नेपालीहरु तिब्र प्रतिक्षामा

यूरोप स्तरिय नेपाली न्रित्य प्रतियोगिता यहि आइतबार हुँदै छ । लामो समयको प्रतिक्षा र तयारी पछि नेपालीहरुले मात्रै होइन फ्रान्सेलीहरुलेपनि यसलाई ब्यग्रताका साथ पर्खेर बसेका छन् । यो कहिले आउला ? कहिले हेर्न पाइएला भनेर चासो चाख पनि उत्तिकै बढ्दो छ । पेरिसको काँठमा रहेको रेस्टुरेन्ट समा द हिमालयका का सञ्चालक रबीन शर्मा ओली दुई [...]

बाँकी अंश...

कुखुरासित यात्रा गर्दा नेपालीलाई झन सास्ती

यूरोपमा आर्थिक मन्दीको मार छ । त्यो मारले यूरोपेली देशहरु थलिएका त छन् नै । आप्रवासी नेपालीहरुलाई पनि निक्कै मारमा पारेको छ । सुन्दर सपना बोकेर बिध्यार्थी भिसामा बेलायत गएका, पढौंला र दामपनि कमाउँला भनेर घरघडेरी बेचेर बेलायत पुगे कति नेपाली बिध्यार्थी । तर बेलायती सरकारले त्यहाँको शिक्षा नीति बदलिदियो एक्कासि । अनि शुरु भयो [...]

बाँकी अंश...

जनदूश्मन किटान गर्दै फेरी बक्तब्य

पत्रकार कनकमणी दिक्षित, मानव अधिकारवादी सुबोध प्याकुरेल र संयुक्त राष्ट्र संघका जागिरे कुलचन्द्र गौतमलाई जन दुश्मन भनेर लेख छपाएको विषयले झनै बिबाद र अझ गरमागरम स्रिजना गर्दै छ । जन दुस्मन घोषणा गरेको भन्दै यी तिन पात्रले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई लाल रक्षकमाथि कारवाहीको माग गरेका थिए । निबेदनमा लाल रक्षक  नेकपा माओवादी पार्टीको मुखपत्र [...]

बाँकी अंश...

विदेशमा नेपाली चोरको बिगबिगी

सुन्दा नमज्जा लाग्छ । बेमोज हुन्छ । बिदेशको ठाउँ । एकाध सय नेपाली हुन्छन् बिदेशमा । बिदेशपनि सात समुद्र पारी । थोरै भएका नेपालीहरु बिच भेटघाट हुँदा आफ्नो पन, आपनत्व, निकटता र आफ्नो भाषा तथा संस्क्रितिको स्वाद लिन पाइने हो । जतिसुकै बिकसित मुलुक होस्, जहाँ पुगियोस्, जतिसुकै सेवा र सुबिधा पुगोस् आफ्नो भाषा, संस्क्रिति [...]

बाँकी अंश...

पोर्चुगलमा नेपाली ब्यापारीपनि कालो सूचीमा

[समाचार प्रति आपत्ति मिति २०११ डिसेम्बर १८ आदरणीय दाजुभाई तथा दिदि वहिनीहरु साथै  विभिन्न सञ्चार माध्यमहरु, समाजमा रहेका जोस कसैले पनि आफुमाथी परेको दुख र पिडालाई पोख्न र व्यक्त गर्न पाउँछन् । जस अर्न्तगत यि निवेदकहरुले पनि गैर आवासिय नेपाली संघ पोर्चुगलमा मेरो विरुद्धमा निवेदन दिए । दुवै पक्षको कुरा सुनि सके पछाडी श्री रमेश [...]

बाँकी अंश...

भारतीय खुफिया एजेन्सीसित प्रचण्डको किन गोप्य भेटघाट ?

(प्रचण्डले खुफिया एजेन्सीका कर्मचारी भेटेको भन्दै बादल र किरणले बुझाएको ज्ञापनपत्रको आठौं बुँदा) कहिले पूर्वतिर बेपत्ता हुने त कहिले मलेशिया । कहिले सिंगापूर त कहिले भारत जान्थे खुसुक्क खुसुक्क माओवादी अध्यक्ष प्रचण्ड । लुकि लुकि झल्याक झुलुक्क हिँड्ने गर्दा खास कारण खुलाइँदैनथ्यो । गत महिना भारतको सिलिगुढी पुगेका उनले आफ्ना ज्वाईँ भेट्न गएको बताएका थिए [...]

बाँकी अंश...

फ्रान्सेली सेनाका नेपाली अफ्गानिस्तानमा मारिए

कति दुख लाग्दो छ नेपालीको नियती । बेलायतले युद्द लड्छ हामी नेपाली मारिन्छौं । भारतको कारगिलतिर युद्द पर्छ नेपालीनै अघि सर्छन् र मारिन्छन् । कोरियामा साहूले ढाड डाम्नेमा नेपाली नै हुन्छन् । अमेरिकाले प्राक्रितिक स्रोत र साधनको अति दोहन गरेको असर नेपालीले भोग्नु पर्छ ब्रह्माण्डको तापक्रम बढेर हाम्रा हिमाल पग्लिनाले । हुँदा हुँदा कहिल्यै नसुनिएको [...]

बाँकी अंश...

दूतावासको रकम ब्यक्तिका नाममा खर्च

(ब्यक्तिले आयोजना गरेको तीज पर्वमा दूतावासका नाममा काटिएको पत्र) नेपाली नियोग र दूतावासमा अनियमितता र मनपरी कति हुन्छ भन्ने यो एउटा सानो उदाहरण हो । नेपाली दूतावास पेरिसमा राजदूत मोहनक्रिष्ण श्रेष्ठ छन् । नेपाली महिलाको पर्व तीजमा दूतावासले नेपाली चेली बेटीलाई निम्ता गरेको छ । त्यसको रकम दूतावास मार्फत नेपाल सरकारले तिर्छ । तर नेपाली [...]

बाँकी अंश...