All articles from: November, 2007

रामचन्द्रलाई आत्महत्याको रहर

पेरिस। आजभन्दा दुई महिनाअगाडि भैरहवाबाट एक बिरामी सिफारिस भएर काठमाडौं आए। उनको नाम शायद पप्पु रसाइली थियो। उनको एउटा हात निकै काटिएको थियो। तर, छिन्ने अवस्थामा भने थिएन। डा. उपेन्द्र देवकोटाको निजी नर्सिङ होममा ती बिरामीलाई सिफारिस गरिएको रहेछ। बिरामीलाई एक घण्टाभित्र शल्यक्रिया नगरे मृत्यु हुनसक्ने बताएछन्। बिरामी पनि अलि गम्भीर भएकाले आत्तिएछन् बिरामीका मानिस। [...]

बाँकी अंश...

पम्फाले मच्चाउँदैछिन कि त प्रलय !

वर्ष दिनभन्दा लामो समयपछि एक संघर्षशील नारी राजदूत भएर आउने खबरले फ्रान्सवासी नेपाली खुशी हुनुपर्ने हो। तर, यहाँका थुप्रै नेपालीले असहज महसुस गरेका छन्। राजाको प्रत्यक्ष शासनकालमा राजदूत भएर आएका प्रज्वल्लसमशेर राणाले राजावादी खेमामा नजानेहरुलाई तर्साउने र धम्क्याउने गरेका थिए। त्यसपछि कार्यकारी अधिकार हातमा लिनेको व्यवहार पनि खासै भिन्न रहेन। केही नेपालीमा नयाँ राजदूतको आगमनले [...]

बाँकी अंश...

वीरेन्द्रसँगको भेटका विशेष सम्झना (दोस्रो भाग)

-एरिक भाली     प्रकृतिसँग मिलेर बस्नु भनेको अहिले दुर्लभ कुरा हो। गोलार्द्धको आधा जनसंख्या अहिले शहरमा बसोबास गर्न गइरहेका छन्। तिनले आफूलाई प्रकृतिको तौरतरिकाबाट बिच्छेद गरेका छन्। तर, प्रकृतिसँग बलियो सम्बन्ध र एकाकार भएर बसेको पाएँ मैले नेपाल र अफगानिस्तानका जनता।  अहिले हाम्रो कालमा गोलार्द्धको तापक्रम बृद्धिलगायत जति पनि समस्या देखिएको छ, त्यो प्रकृतिले [...]

बाँकी अंश...

यस्तो भएपछि हामीले नेपालमा कसरी काम गर्ने ?

– एरिक भाली  माथिल्लो डोल्पाको जनजीवनका बारेमा केन्द्रित भएर बनाएको फिल्म क्याराभानको कथा रच्ने मूल मानिस नै त्यही फिल्मका प्रमुख पात्र थिन्ले हुन् भन्दा तपाइँहरूलाई अचम्म लाग्नसक्छ। यो फिल्मलाई नेपालीहरूले क्याराभान भने पनि बाँकी विश्वले चाहिँ ‘द हिमालय‘ भनेर चिन्दछ। मैले अरुण उपत्यकाका बारेमा पुस्तक निकालिसकेपछिको कुरा हो। थिन्ले टीबी लागेर काठमाडौंको मेरो घरमा बसेका [...]

बाँकी अंश...

नेपाली बुद्धको विदेशमा बेइज्जत

- ददिराम सापकोटा   सन् १९८० मा नेपाल घुमेका डेनमार्कको कोपनहेगनका मरिआन सेनेथ र लुइस सेनेथलाई यसपटक पेरिस घुम्न आएका बेला यहाँको नग्न संग्रहालयले फेरि नेपालको झल्को दिलायो। संग्रहालयको एक कक्षमा एउटा नेपाली काष्ठकला देखेपछि उमेरले ६५ वर्षो हाराहारीमा पुगेको यो दम्पत्तिले मुखामुख गर्दै भन्यो – ‘ओहो   त्यो संसारिक मोह त्यागेर सत्य जीवनको खोजीमा हिँडेका [...]

बाँकी अंश...

वीरेन्द्रले कुखुरा भुत्ल्याएको दिन

%e0%a4%b5%e0%a5%80%e0%a4%b0%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a5%81%e0%a4%96%e0%a5%81%e0%a4%b0%e0%a4%be-%e0%a4%ad%e0%a5%81%e0%a4%a4%e0%a5%8d%e0%a4%b2

-ददिराम सापकोटा   युवराज वीरेन्द्र त्यतिबेला बेलायतको इटन, लेजमा पढ्थे । उनका बाबुले त्यो बेला यहाूका एक फ्रान्सेलीलाई चिन्दा हेछन् । एरिग्वाँ नामक ती व्यक्तिको काम रहेछ महङ्गा सारीहरु बेच्ने । नेपालका राजपरिवारले पनि उनैको पसलबाट सारी किन्दोरहेछ । एरिग्वाँ राजदूत नभए पनि नेपालका राजा र राणा परिवारलाई पेरिसमा स्वागत गर्नेदेखि होटल मिलाउने, खानपिन र [...]

बाँकी अंश...

विदेशमा पनि महिला त बझाङका जस्ता

-ददिराम सापकोटा  दुई दशकदेखि पेरिसमा बसोबास गर्दै आएकी ज्ञानु कायस्थको अनुभवमा नेपाली पुरुषहरु महिलालाई अगाडि बढ्नै दिँदैनन् । नेपालमा जस्तो महिलाहरुले घरायसी काममा मात्रै सीमित रहेर हुँदैन । पुरुषहरुले मात्रै जागिर खाएर यहाँ गुजारा चल्दैन । दैनिक जीवन महङ्गो हुनाले महिला र पुरुष दुवैले आर्थिक कमाइ गर्नुपर्छ । दिनभरि पुरुषसरह काम गरे पनि साँझ फर्किएपछि [...]

बाँकी अंश...

माओवादीको भागमा पर्ने दूतावासको हालत

-ददिराम सापकोटा अघिल्लो वर्षो सेप्टेम्बर २६ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को भवनमा कार्यकारी परिषद्को चुनाव थियो । यो चुनावमा नेपालले समेत उम्मेदवारी दिएको थियो । साना-ठूला सबै देशले त्यसमा विजयी हुनका लागि भोट माग्दै एक-अर्का मुलुकका कूटनीतिज्ञसँगको भेटवार्तालाई तीव्र पारेका थिए । नेपाली राजदूतावासका तत्कालीन प्रथम सचिव निरञ्जनमानसिंह बस्नेतले पनि [...]

बाँकी अंश...

यूरोप पुगेर तस्करको जयगान

- ददिराम सापकोटा पेरिस । राष्ट्रिय राजनीतिमा आउने क्रमसँगै नेकपा (माओवादी) का नेताहरु यतिखेर विदेशी राष्ट्रहरुको र्समर्थन र विश्वास आर्जन गर्नतिर कस्सिएर लागिपरेका छन् । यसै सिलसिलामा भर्खरै माओवादीका नेताहरुले स्पेन र इटालीलगायतका यूरोपेली राष्ट्रका सांसद र केही उच्च सरकारी अधिकारीहरुस“ग भेटघाट र छलफल गरेको थाहा भएको छ । माओवादीका दुईजना केन्द्रीय नेताहरुले इटाली, स्पेन, [...]

बाँकी अंश...

पारसलाई पेरिसमा कालो झण्डा किन?

-ददी सापकोटा, ९ चैत २०६२, पेरिस    पारस जस्ता हत्याराले लोकतन्त्रिक युरोपेली भूमिमा टेक्दा बुद्धको जन्मभूमि नेपालको बेइज्जतीमात्र हुन्छ। त्यसैले यिनका एक-एक पोल खोलेर लोकतन्त्रप्रेमी फ्रान्सेलीहरूबीच नंग्याउनुपर्छ यिनलाई।   आफ्नो देशको युवराजलाई विदेशी मुलुकमा आउँदा स्वागत गर्नुको साटो कालो झण्डा देखाएर बेइज्जत गर्ने ? आफ्नै युवराजलाई विदेशीका सामु कालो झण्डा देखाएर कसको बेइज्जत हुन्छ ? [...]

बाँकी अंश...