टाई लगाउँदा हप्कि खाएँ
-भिम रावल २० बर्षजति भयो नेपाली नेता र पार्टीहरुको बिदेशमा बस्ने नेपालीहरुलाई हेर्ने नीतिमा परिवर्तन आएको। पहिले उनीहरु बिदेश जाने नेपालीहरुलाई स्वार्थी, देश त्यागेर हिँडेको, पार्टीलाई धोका दिएर हिँडेको भनेर हेपिन्थ्यो। २०४५ साल अगाडी हाम्रो पार्टीमा पनि त्यो अवस्था थियो। पछि बिस्तारै महसुस हुन थाल्यो कि नेपालीहरु विश्वब्यापीकरणको कारणले, ज्ञानलिने हिसाबले, बिदेशमा बस्न मन लागेर, [...]
बाँकी अंश...सहमतिको राजनिति थाल्यो माओवादीले
जति आलोचना गरेपनि नेकपा (एमाले) लाई केहि कुरामा प्रशंसा गर्नै पर्छ। जहाँ, जसरि, जुन शर्तमा भएपनि सरकारमा टाँस्सिइरहने परम्परालाई तोडेकोमा। हो, एमालेले त्यो गन्हाउने परम्परालाई तोडेको छ सर्लक्क सरकारबाट राजिनामा दिएर। जनताले विश्वास नगरेको भन्दै। त्यतिनै राम्रो संस्क्रितिको थालनी गरेका छन नेकपा (एमाले) का महासचिव माधवकुमार नेपालले। निर्वाचनमा नराम्ररिपराजय भोगेपछि उनले राजिनामा दिए आफ्नो पदबाट। [...]
बाँकी अंश...राजालाई एक महिने म्याद
आज माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले राजालाई चार हप्ताको म्याद दिएछन। गुण्टा सुन्टा कस्ने। नारायणहिटी राजदबार सर्लक्क छोडेर बाटो लाग्ने। नछोडे उनलाई चेतावनिपनि दिएका छन-चार हप्तामा संबिधान सभाको बैठक बस्छ। त्यो बैठकसम्म राजा नहिँडे त्यहाँबाट राज्यलेनै हटाउने। राजा सुरुक्क ईमान्दारिपूर्वक खुरुक्क गुण्टा कसेर हिँडेमा चाहि उनलाई सम्मानपूर्वक राज्यले राख्नेपनि उनले बताएछन आज राजधानीमा भएको [...]
बाँकी अंश...डरलेनै हो त माओवादीलाई दिएका भोट ?
ठूला ठालु हुँ भन्नेले जे गरेपनि ठिक हुन्छ। जति लुटेपनि लुट हुन्न। जति कुम्ल्याएपनि सानातिनाले बोल्न पाइन्न। जति दबाएपनि निसाहाराहरु उठ्न पाईन्न। तलका जनता भनेको भेडा बाख्रा सरह हुन। तिनले गोठाले जे भन्यो त्यहि मान्नुपर्छ। जता देखायो लुरुलुरु त्यतै जानुपर्छ। यहि सोच्छन हाम्रा नाम मात्रका नेताहरु। हिजो जनताले नेपाली कांग्रेसलाई पटक पटक सरकार बनाउन दिए। [...]
बाँकी अंश...लौ पुग्यो बहुमत माओवादीको
सारालाई चकित पार्दै संबिधान सभाको चुनावमा भटाभट जित्दै आएको माओवादीले अब सरकार बनाउनकालागि बहुमत पुर्याएको छ। यो चुनाव सरकार बनाउनका निम्ति नभएर मुलत संबिधान बनाउनका निम्ति हो। तर बहुमतका आधारमा सरकार बनाउन अब माओवादीलाई ब्यवहारिक र नैतिक बाटो भने खुलेको छ। माओवादी पार्टीले अहिले सम्म ११९ सिटमा विजय गरिसकेको छ। नयाँ सरकारको नेत्रित्व गर्नकालागि उसलाई [...]
बाँकी अंश...झुक्नेनै भो त अमेरिका माओवादीसँग ?
अमेरिका संसारभरिनै कम्युनिष्टहरुलाई देखिसहँदैन। उ कुनैपनि देशमा नयाँ शक्ति देश्नासाथ आफ्नो पक्षमा पारेर कठपूतली बनाउन चाहन्छ। अनी लूट मच्चाउँछ। नत्र भने उसले आतंककारिको आरोप लगाएर बन्दूक र बुटले दबाउन खोज्छ। नेपालका माओवादीको विषयमापनि उसले त्यसै गरेको थियो। शुरुमा माओवादी एउटा नयाँ शक्तिका रुपमा देखिएपछि उसले आफ्नो पक्षमा पार्न खोजेको थियो। तर माओवादीहरुले कुनै पक्षसँगपनि नझुक्ने [...]
बाँकी अंश...किन आउँदै छ चिनियाँ टोली नेपाल ?
नेपालमा असहज वा असमान्य स्थिति हुँदा बिदेशी कुटनितिज्ञ र गुप्तचरको भिड लाग्नु त नियतिनै हो। खुल्लमखुल्ला बिदेशी राजदूतावासमा देशका नेता र दलले बैठक गर्न थालेपछि त्यो त झन सामान्यनै हुने भयो। खासगरि भारत र अमेरिका त्यो विषयमा सधै अगाडि हुने गरेका हुन। नेता र दलका कान फुक्ने देखि धम्क्याउने गर्दै आएका हुन अमेरिका र भारतले। [...]
बाँकी अंश...नाम मात्रका पार्टीका फूर्तिमात्रै ठूला
अहिलेसम्म १९७ सिटको निर्वाचन परिणाम घोषणा भईसकेको छ। निर्वाचन कूल २४० सिटकालागि भएको थियो। अनलाईनखबरका अनुसार ति मध्ये नेकपा (माओवादी) ले ११० सिटमा जितिसकेको छ। दोस्रो स्थानमा नेपाली कांग्रेस बनेको छ ३२ सिट ल्याएर। तेस्रो स्थानमा २७ सिट ल्याएर नेकपा (एमाले) छ। बरु यो निर्वाचनमा अनपेक्षित रुपमा मधेशी जन अधिकार फोरम अगाडी देखिएको छ। उसले [...]
बाँकी अंश...सेनामा खैलाबैला, दिने भए कटुवालले राजिनामा !
राजा महेन्द्रका अबैधपुत्रका रुपमा चर्चा गरिने नेपाली सेनाका सेनापति रुक्मागत कटुवालले शुरुदेखिनै माओवादीसँग द्वन्द बढाउँदै आएका हुन। उनी प्रथमत सात राजनीतिक दलले माओवादीसँग दिल्लीमा गरेको संझौता बिपरित कडा अलोचना गर्ने व्यक्ति हुन। माओवादीलाई उनले शुरुदेखिनै बन्दुक र बलका भरमा ठिक पारेर अन्य दलर राजा ज्ञानेन्द्रलाई मिलाएर राजतन्त्र जोगाउन मरिमेटेका थिए। जन आन्दोलपछि सात दलिय सरकार [...]
बाँकी अंश...चुनावअघि ओलीको बोली
माओवादी अध्यक्ष पुष्पकमलको ‘प्रचण्ड‘, मोहन वैद्यको ‘किरण‘, रामबहादुर थापाको ‘बादल‘ उपनाम भएजस्तै प्रचण्डपत्नी सीता पौडेलको पनि उपनाम ‘राष्ट्र‘ राखिएको माओवादीका एक मित्रले बताएका छन् । यदि, प्रचण्डजीको श्रीमतीको उपनाम ‘राष्ट्र‘ नै हो भने श्रीमान् प्रचण्ड त राष्ट्रपति भइहाल्नुभयो नि !
बाँकी अंश...
