All articles from: November, 2008

अन्तत: मिले प्रचण्ड र बैद्द !

नरम र कडा लाईनका दुइ बिच समझदारी हुने भएको छ । तत्कालकालागि लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ भन्ने पार्टी अध्यक्ष प्रचण्ड र तत्कालै बिद्रोह गरेर जनगणतन्त्रतिर जानुपर्छ भन्ने बैद्द दुबैबिच एकै दस्ताबेज बनाउने सहमती भएको हो । नरमपन्थि लाईनका प्रचण्डले कडा लाईनका बैद्दको कार्यपत्रका मुख्य र महत्वपूर्ण मुद्दाहरुलाई समेट्ने भएपछि यो समझदारी बनेको हो । उनीहरु [...]

बाँकी अंश...

गजल

-बिष्णु वाग्ले   अत्याचारको रुख ढलोस नयाँ नेपालमा   भ्रष्टचारको आँत गलोस नयाँ नेपालमा ।   भोकाले पेट भर्न अनि नाङ्गाले लाज छोप्न पाउन   बिधिको त्यो शासन चलोस नयाँ नेपालमा ।।

बाँकी अंश...

“जनयुद्दमा लागेकोले बा आमापनि बोल्नु भएन”

 ”अहिले उनले देखे-त्यहि बुर्जुवा शिक्षा लिएका प्रचण्ड पार्टी अध्यक्ष मात्रै छैनन । प्रधानमन्त्री पदपनि पड्काए । अर्थ मन्त्रीमा उनीहरुले भन्ने गरेको बिस्तारबादी मुलुक भारतबाट त्यहि बुर्जुवा शिक्षाको पिएचडी लिएका बाबुराम भट्टराईनै नभई भएन । रक्षामन्त्रीपनि अरु भएनन, रुशबाट बुर्जुवा शिक्षा लिएकै राम बहादुर थापा चाहियो । सबै मुख्य पदमा पुग्ने त त्यहि बुर्जुवा शिक्षा लिने [...]

बाँकी अंश...

गुरु-चेला भिडन्त, जित्ला कसले ?

                                 कुन कुन नेता कसका पक्षमा ?  माओवादीभित्र अहिले दुइ धारको अन्तरपार्टी संघर्ष चुलिएको छ । जनगणतन्त्र पक्षधर मोहन बैद्द समूह र लोकतान्त्रिक गणतन्त्र पक्षधर पार्टी अध्यक्ष प्रचण्डबिच । लोकतान्त्रिक गणतन्त्र भनेको अहिलेकै गणतन्त्र भयो। भलै थुप्रै रङ बुट्टा थप्न सकिन्छ बिभिन्न सुधारका नाममा । तर जनगणतन्त्र भनेको जनवादमा पुग्नु अगाडि कसरत  गरिने गणतन्त्र हो [...]

बाँकी अंश...

हामी संकल्प गरौं

- सुभासचन्द्र देवकोटा आउ, हामी, सहस्र मनहरु खिपेर, एउटा देश कोरौ, जहाँ हिमाल उठेको हुनुपर्छ हरीया पहाड मुन्तिर पहेंला धानको वाला झुलेको हुनुपर्छ ।             यसवेला हातमा हात बाँधेर वस्ने वेला छैन, स्कुल जाने नानीहरु कापी र कलम च्यापेर आउ, मेलापात हिँड्ने वैनीहरु डोको र नाम्लो वोकेर आउ,

बाँकी अंश...

शिविरभित्र छापामारको जिवन

माओवादी जनयुद्दको प्रारम्भतिर म केहि पहाडी जिल्ला घुमेको थिएँ । माओवादी जनयुद्दबारे मुल उद्देश्य राखेर रिपोर्टिङ गर्न । त्यो बेला छापामार भेट्नु चन्द्रमा खसाल्नु जस्तो मानिन्थ्यो । छापामारलाई भन्दा आफुलाई पो बढि खतरा दुबै तर्फबाट । जिल्लामा सरकारी गुप्तचरहरु स्याउँस्याउँति हुने सदरमुकाममा कोहि नौलो देखेपछि । पछिल्लो समयमा जनयुद्दले घेर्दै ल्याएपछि छापामारहरु छ्यापछ्याप्ती भए । [...]

बाँकी अंश...

गजल

-शिला ठकुरी, पेरिस  विष पिए जस्तै पीडा तिमी टाढ हुँदा मुटु  रित्तिए झैं भयो आँशु तिम्लाई सम्झि रुँदा मुटु  दूर देशको एकल वास कति कष्ट हुने जिउन  दुखेको मन सञ्चो लाग्छ तस्विरलाई छुँदा मुटु

बाँकी अंश...

मन कुँड्याउँदै देश छोडेर बाहिरिनेको लर्को

विश्वमा झण्डै झण्डै नेपालमा मात्रै होला विमानस्थल कर लिने चलन नेपालमा । त्यहि कर तिर्नपनि लामो न लामो लाईन लाग्नुपर्छ । कहिलेकाहिँ त त्यहिं आधा घण्टा लगाइदिनेरहेछन कर्मचारीले । त्यत्रो कर लिँदापनि विमानस्थलमा उहि र सधैँ उस्तै छ बेथिति । जतिसुकै सुशासन भनेपनि बिमान कंपनीले तोकेको छुट भन्दा बढि सामान भयो वा केहि भएमा कर्मचारीहरु [...]

बाँकी अंश...

छुटेका पल र अनुभूती

-विद्या सापकोटा ‘निर्जला’   केही पलको लागी के विदा मागेथेँ मागेथेँ ??   ममा केही बाँकि रहेन, केवल शून्य अनि शून्यता ।।   बेहोसिमा ढलेथेँ,   भिजेका सिरानी वीच, कसैले सुस्तसुस्त मेरो घुम्टो उठायो,   मैले देखेँ……….. सूर्यको रक्तिम किरणमा मेरो……….ऊ ।।

बाँकी अंश...

कतिन्जेल पर्लान त तानतानमा पत्रकार ?

बिहानैदेखि मलाई खगेन्द्र संग्रौलाले दिएका केहि उपन्यासहरुको खोजि गर्नु थियो । रत्न पुस्तक भण्डारमा सबै फेला परेनन । बाँकि पुस्तक किन्न पाटनढोका पुग्ने सल्लाह दिए नेपाल साप्ताहिकका साथी प्रशान्त अर्यालले । दिउँसोको खाना नयाँ पत्रिकाका अध्यक्ष (अहिले छोडिसेके) स्नेह सायमी दाईसँग हुने भो । दाइसँग समग्र नेपाली पत्रकारिताका बारेमा अझ उनले नयाँ पत्रिका छाड्ने कारणबारे [...]

बाँकी अंश...