नेपाली नेता भारतीय गुलाम हुन छोड
हुनपनि हो, आम नेपाली जनता भारत भनेपछि त्यत्तिकै मुर्मुरिन्छन् । भारतिय सरकार भन्नासाथ टाउको चड्किन्छ अधिकांश नेपालीको । तर के गर्ने नेपालीको बिडम्बना ! हाम्रा नेतालाई तिनैको चाकरी नगरि हुँदैन । भारतीयको पाउमा नपरी ति सासपनि फेर्दैनन् । अहिले भारतले दाङ लगायतका कति ठाउँमा हजारौं नेपालीको उठिवास लगाएको छ । तरपनि हाम्रा नेतालाई, यो [...]
बाँकी अंश...नेपाल बन्द
सुमन शर्मा, बागलुङ धेरै भए तिथी मिती भन्दा पनि नेपाल बन्द बेरोजगार नेपाली को धन्दा पनि नेपाल बन्द जन्मे जत्ती नेता बन्ने उम्रे जती मन्त्री आफ्नो नेता कार्यकर्ता गन्दा पनि नेपाल बन्द
बाँकी अंश...झिक्यो कांग्रेसले सरकार ढाल्ने किचलो
नेपाली कांग्रेसले न आफुले कहिल्यै गतिलोसित सरकार चलाउन सक्छ । नत अरुलाई नै चलाउन दिन्छ । आफ्नै सरकार ढालेर मध्यावधि निर्वाचनमा देशलाई धकेल्ने कमपनि कांग्रेसलेनै गर्छ । संबिधान सभाको निर्वाचनमा आफु भन्दा अरु दल ठुलो हुँदापनि सरकारमा टाँस्सिएको टाँस्सियै गरेर अरुलाई सरकार बनाउन दिँदैन । सरकार अरुले बनाउनासाथ गतिलोसित चलाउनपनि दिँदैन । अनेक बखेडा झिक्दै [...]
बाँकी अंश...खडेरी लागेको मन र असार
- गणेश खड्का ” प्रतिक्षा ” हरियो भन्नु सालको पात पहेंलो बेसार यता नि पानी उता नि पानी लागेछ असार । पानीलाई पर्यो लै रिमिझिमी रुझ्यौ कि रुझिनौ आँखाको चालले बोलाएँ मैले बुझ्यौ कि बुझिनौ ।
बाँकी अंश...माओवादी नेता पनि एक्कासि दिल्लीतिरै किन ?
नेपाली नेताको पारा बडो गज्जबको छ । भारतको हस्तक्षेप भनेर कराउँछन् स्वार्थ नपर्दा । भारतीय बिस्तारबाद भन्दै खुब गाली गर्छन् । सरकार बाहिर बस्दा भारतको निकै धज्जी उडाउँछन्। तर सरकारमा पुगेपछि सबैभन्दा पहिले भारतीयलाईनै चाकरी गर्न थाल्छन् । अस्ति भर्खरै एमालेका नेता केपी ओली दिल्ली गए । उनले निकै भेटे भारतीय नेतालाई । यता नेपालमा [...]
बाँकी अंश...हुम्लाको सेरोफेरो
हुम्लालाई धेरैले ठगेको भन्छन् । भौगोलिक कठिनाईले गर्दा हो, हुम्लेलीहरु ठगिएका छन् । तर प्रक्रितिले भने हुम्लालाई ठगेको छैन । ढाँटेको छैन । प्राक्रितिक छटाले हुम्ला धपक्कै बलेको छ । सुन्दर हिमाली द्रिष्यदेखि हाम्रा नदीका कञ्चन मूल यहिँ भेटिन्छन् । मन हौस्याउने झरनादेखि विविध संस्क्रितिको जमघट पाईलै पिच्छे भेटिन्छ । आर्थिक रुपमा कमजोर भएपनि हुम्लेलीहरु [...]
बाँकी अंश...नेपाली शब्दकोष तयार पार्दाको प्राविधिक कठिनाई
-मारी क्रिषिचिन काबो कम्प्युटर प्रविधिभन्दा पहिले मैले हरेक नेपाली शब्दको लागि कार्डको सूची बनाउँथें । तिनलाई बाक्सामा राख्थें । नेपाली भाषामा धेरै शब्द थिए । मैले धेरै टाढा बिचार गरेर काम शुरु गरें । नेपाली भाषामा स्नातकोत्तर गरेपछि शायद नेपाली फ्रान्सेली भाषाको शब्दकोष लेख्न सकौंला कि भन्दै शब्द जम्मा गर्न थालेकी थिएँ शुरुदेखि नै [...]
बाँकी अंश...फ्रान्सेलीका हातबाट नेपाली शब्दकोश: खुशि बनौं कि बेखुशिपनि ?
कहिलेकाहिँ गलत ठाउँमा फोन गर्दापनि फाईदा हुने रहेछ । गतसाल त्यस्तै भयो । एक जना मानवशास्त्रीको खोजिमा रहेको मलाई एक जना फ्रान्सेलीले यो हो भन्दै फोन दिए। त्यसमा नंबर घुमाउँदा त पेरिसको दोफिन विश्वविद्दालयमा परेछ । फोन एक जना कोकिल स्वरकि नारीले उठाईन । गफ गरें । नेपाली हुँ भन्नासाथ उनले बडो चाखका साथ गफ [...]
बाँकी अंश...कुम्लो र कुटुरो बोकेर
-गिता थापा, ईजरायल कुम्लो र कुटुरो बोकेर जब अघि बढ्छु आफ्नै हाँस्छन् मलाई देखेर अनी धिकार्दै आफ्नै भाग्यलाई रुँन्छु पुर्पुरो ठोकेर हार गुहार माग्न जाउँ बोल्दैन सरकार बसेको छ मुखमा ताल्चा ठोकेर
बाँकी अंश...याहूका मित्रलाई पत्रचार
प्रिय मित्र ढाकमायाजी, समयले नेटो काटेको कसैलाई थाहा हुँदैन । बगिरहन्छ । चलिरहन्छ । र उडिरहन्छ आफ्नै नियममा । हामी फगत त्यही नियमको बन्दी हौ । न कसैले रोक्न सक्ने न त कसैको ईशारामा चल्ने । गतिमान समयको पछि पछि हामी एक यात्री । यात्रा पनि कस्तो यात्रा जती हिंडे पनि गन्तब्य झन टाढा हुने [...]
बाँकी अंश...
